आज मिति : २०८२ माघ ११
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

प्लाज्मा थेरापीले देखाएको आशा #PlasmaTherapy #Covid19

Nam Raj Bhatta by Nam Raj Bhatta
September 15, 2020
in Research & Study
A A
1
Plasma therapy for Covid 19

Plasma therapy for Covid 19

Share on FacebookShare on TwitterShare on LinkedInQR Code

नेपालगन्ज, ३० भाद्र २०७७

विश्वका अधिकांश देशहरुमा गम्भिर कोरोना संक्रमित विरामीहरुमा प्लाज्मा थेरापी पद्धतीबाट उपचार गर्ने गरिन्छ । नेपालमा समेत केही महिनाअघि यो विधी प्रयोगमा ल्याइसकिएको अवस्था छ । गम्भिर खालका कोरोना संक्रमित विरामीहरु बढिरहेको अवस्थामा यसले केही भएपनि राहत दिएको छ । नेपालमा समेत यो विधीबाट उपचार गर्दा धेरै गम्भिर खालका कोरोना संक्रमितहरु निको भएर घर फर्किसकेका छन् । सबैलाई यसले केही भएपनि सकारात्मक आशा भने जगाइदिएको छ । कोरोनाको खोप तथा औषधी पत्ता नलागिसकेको अवस्थामा प्लाज्मा थेरापीले समेत धेरै जनाको ज्यान बचाउन सकिने देखिन्छ ।

बाँके जिल्लामा समेत प्लाज्मा थेरापीबाट गम्भिर संक्रमितको उपचार सुरु भइसकेको अवस्था छ । यहाँका दुई अस्पतालले प्लाज्मा थेरापीबाट उपचार गर्ने अनुमती सरकारबाट पाइसकेका छन् । अनुमती पाउनेमा सरकारीतर्फ भेरी अस्पताल र नीजितर्फ नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर रहेका छन् । पहिलोपटक भदौंको दोस्रो सातातिर भेरीमा उपचार गराइराखेका एक कोरोना संक्रमितलाई प्लाज्मा दिइएको थियो ।

उनी आइतबार कोरोना जितेर घर फर्किसकेका छन् । पहिलोपटक प्लाज्मा दिइएका संक्रमित निको भएर घर फर्किएपछि चिकित्सकहरु समेत उत्साहित छन् । बाँकेमा प्लाज्मा थेरापीबाट उपचार गर्दा निको हुने पहिलो व्यक्ति हुन्, शारदा नगरपालिका–६ सल्यान घर भई नेपालगञ्ज बस्दै आएका २९ वर्षीय प्रविण केसी । अन्य कुनै पनि रोग नभएका उनीमा कडा लक्षणसहितको कोरोना भाइरस देखिएको थियो ।

अवस्था गम्भिर बन्दै गएपछि चिकित्सकहरुले केसीलाई आइसीयुमा राखेर अक्सिजन दिदा समेत स्वास्थ्यमा सुधार आउन सकेको थिएन । कुनै पनि उपाय लगाउँदा संक्रमितको स्वास्थ्यमा सुधार नआएपछि चिकित्सकहरुले प्लाज्मा दिने निर्णय गरेका थिए । नभन्दै प्लाज्मा दिएपछि उनको स्वास्थ्य क्रमश सुधार हुँदै गएको थियो । उनलाई नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजालले प्लाज्मा दिएका थिए । संक्रमितलाई दिने प्लाज्मा कोरोना संक्रमित भएर निको भएका व्यक्तिको चाहिन्छ ।

गम्भिर अवस्थाका केसीलाई प्लाज्मा दिने काम मात्र भएन उनले कोरोनालाई पराजित गर्न सफल भए । बाँकेका दुई अस्पतालका आधा दर्जन गम्भिर संक्रमित विरामीलाई अहिले पनि प्लाज्मा दिएर उपचार गराइराखिएको छ । कोरोना संक्रमण भएर निको भएकाहरुमध्ये आधा दर्जन बढीले प्लाज्मा दान समेत गरिसकेका छन् । पहिलोपटकको प्रयास नै सफल भएपछि यहाँका चिकित्सक र स्वास्थ्यकर्मी खुसी भएका छन् ।

गम्भिर खालका संक्रमितका लागि यो उपचार विधी धेरै हदसम्म प्रभावकारी हुनसक्ने आंकलन छ । अब अरुको जिवन जोगाउनको लागि कोरोना भएर निको भएका व्यक्तिहरुले आफ्नो प्लाज्मा दान गर्नुपर्ने अहिलेको प्रमुख आवश्यकता देखिन्छ । नत्र यो उपचार विधी सम्भव नै छैन । त्यसैले प्लाज्मा दान गरेर गम्भिर खालका संक्रमित विरामीहरुमा निको हुने आशा दिलाउनुपर्छ ।


>> कोरोनाबारे सम्पूर्ण कभरेज यँहा पढ्नुहोस्
Tags: # PCR machine#Health and population ministryBheri hospitalCorona Virus #Covid19Nepalganj Medical collegePlasma Therapy #COVID19Plazma Therapy
Previous Post

भाद्र महिनाको ३० गते थप एकै दिन १४ सय ५९ जना संक्रमित थपिए #Covid19

Next Post

भाद्र महिनाको अन्तिम दिन थप अहिले सम्मकै धेरै १५ सय ३९ जनामा कोरोनाको पुष्टि #Covid19

Related articles

सञ्चार, गलत जानकारी र मानसिक स्वास्थ्य #Mentalhealth
Articles

सञ्चार, गलत जानकारी र मानसिक स्वास्थ्य #Mentalhealth

4 months ago
1.6k
डोटीका डा. ज्ञानेन्द्र जोशी विश्वका शीर्ष २% वैज्ञानिकको सूचीमा
Research & Study

डोटीका डा. ज्ञानेन्द्र जोशी विश्वका शीर्ष २% वैज्ञानिकको सूचीमा

4 months ago
1.6k
सुर्तीजन्य पदार्थ नियन्त्रण नहुँदा नसर्ने रोगको प्रकोप बढ्यो 
Research & Study

सुर्तीजन्य पदार्थ नियन्त्रण नहुँदा नसर्ने रोगको प्रकोप बढ्यो 

8 months ago
1.6k
गंगालाल अस्पतालमा हार्ट अट्याकको BYPASS अपरेशन, OFF–Pump पद्दतिबाट गराउनेको संख्या बढ्दै
Research & Study

गंगालाल अस्पतालमा हार्ट अट्याकको BYPASS अपरेशन, OFF–Pump पद्दतिबाट गराउनेको संख्या बढ्दै

10 months ago
2k
अनुसन्धानकर्तालाई युवा लक्षित बनाउन स्वास्थ्यमन्त्री पौडेलको आग्रह
Research & Study

अनुसन्धानकर्तालाई युवा लक्षित बनाउन स्वास्थ्यमन्त्री पौडेलको आग्रह

1 year ago
1.6k
स्वास्थ्य अनुसन्धान परिषद्ले मंसिर ९ देखि १२ सम्म अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
Research & Study

स्वास्थ्य अनुसन्धान परिषद्ले मंसिर ९ देखि १२ सम्म अन्तर्राष्ट्रिय सम्मेलन गर्ने

1 year ago
1.6k
Next Post
dr.jageshor gautam

भाद्र महिनाको अन्तिम दिन थप अहिले सम्मकै धेरै १५ सय ३९ जनामा कोरोनाको पुष्टि #Covid19

Comments 1

  1. Pingback: प्लाज्मा गरेका डाक्टरलाई २ पटक भ्याक्सिन लगाउदा पनि कोरोना पोजिटिभ • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Sitlahar bata kasari bachne HO Dhangadhi
Sitlahar bata kasari bachne HO Dhangadhi
Dasharathchand nagarpalika vital events registration
Dasharathchand nagarpalika vital events registration
The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices
Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (130)
  • Disease (106)
  • English (51)
  • Fitness (27)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,417)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.