Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ भाद्र ३१
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

शहरी क्षेत्रमा GP Clinic को बढ्दो महत्त्व: सूर्यविनायकको HPN Clinic उदाहरणीय

Nam Raj Bhatta by Nam Raj Bhatta
June 26, 2026
in Research & Study, News
Reading Time: 2 mins read
A A
0
शहरी क्षेत्रमा GP Clinic को बढ्दो महत्त्व: सूर्यविनायकको HPN Clinic उदाहरणीय
614
SHARES
3.4k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

नेपालमा शहरीकरण तीव्र गतिमा बढ्दै जाँदा प्राथमिक स्वास्थ्य सेवा (Primary Health Care) को आवश्यकता पनि उत्तिकै बढेको छ। विशेषगरी General Practitioner (GP) Clinic हरूले बिरामीलाई प्रारम्भिक मूल्याङ्कन, उचित उपचार तथा आवश्यक पर्दा सम्बन्धित विशेषज्ञकहाँ समयमै रिफर गर्ने प्रणालीलाई प्रभावकारी बनाइरहेका छन्। भक्तपुरको सूर्यविनायकस्थित HPN Clinic यसैको एक सफल उदाहरणका रूपमा स्थापित हुँदै गएको छ।

सन् २०२५ मा MDGP डा. बिनोद दंगालको नेतृत्वमा स्थापना भएको HPN Clinic ले समुदायस्तरमा गुणस्तरीय तथा सहज GP सेवा प्रदान गर्दै आएको छ। बेलायतस्थित Health Partnership Nepal (HPN) को सहकार्यमा स्थापना भएको यस क्लिनिकले सुरुदेखि नै “पहिलो सम्पर्क GP सँग” भन्ने अवधारणालाई व्यवहारमा उतारेको छ।Messenger creation B60AC6FA 56FD 4BB3 8D09 B49A7EA1A8F4

डा. बिनोद दंगालले दोलखा र सिन्धुपाल्चोकका दुर्गम क्षेत्रमा करिब १५ वर्षसम्म निरन्तर स्वास्थ्य सेवा प्रदान गरी प्राप्त गरेको अनुभव अहिले सूर्यविनायकका स्थानीय बासिन्दा तथा आसपासका जिल्लाका बिरामीहरूको सेवामा उपयोग गरिरहनुभएको छ।

हाल HPN Clinic मा General Check-up, दीर्घरोगको व्यवस्थापन, सामान्य शल्यक्रिया (Minor Surgery), Ultrasound, Echocardiography (Echo), Laboratory सेवा, Counseling तथा Pharmacy सेवा एउटै स्थानबाट उपलब्ध हुँदै आएको छ। न्यूनतम शुल्कमा छिटो, भरपर्दो र बिरामीमैत्री सेवा उपलब्ध गराइएकाले बिरामीहरूको विश्वास निरन्तर बढ्दै गएको क्लिनिकले जनाएको छ।Hpn clinic

यस क्लिनिकको अर्को विशेषता भनेको नियमित रूपमा सञ्चालन गरिने निःशुल्क स्वास्थ्य शिविरहरू हुन्। विभिन्न सामाजिक संस्थासँग सहकार्य गर्दै मधुमेह, उच्च रक्तचाप, थाइराइड लगायत नसर्ने रोगहरूको निःशुल्क परीक्षण तथा स्वास्थ्य परामर्श प्रदान गरिँदै आएको छ। साथै महिलाहरूका लागि पाठेघरको मुखको क्यान्सर (Cervical Cancer) परीक्षण तथा Freedom Kit Bag निःशुल्क वितरण कार्यक्रम पनि सञ्चालन हुँदै आएको छ।

HPN Clinic ले अत्यन्तै न्यून शुल्कमा Whole Body Health Check-up Package सञ्चालन गर्दै आएको छ, जसमा सोही दिन सम्पूर्ण रिपोर्टसहित MDGP डा. बिनोद दंगालद्वारा विस्तृत स्वास्थ्य परामर्श प्रदान गरिन्छ। यसले रोगको प्रारम्भिक पहिचान र समयमै उपचार सुरु गर्न महत्वपूर्ण भूमिका खेलेको छ।

स्थापनाको करिब एक वर्षको अवधिमै बिरामीहरूको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको क्लिनिकले जनाएको छ। दोलखा, सिन्धुपाल्चोक, रामेछाप, भक्तपुर, काठमाडौं र ललितपुर लगायतका क्षेत्रबाट नियमित रूपमा बिरामीहरू सेवा लिन आउने गरेका छन्। आवश्यक परेका बिरामीलाई सम्बन्धित विशेषज्ञकहाँ समयमै रिफर गर्ने प्रभावकारी प्रणालीका कारण बिरामीहरू सन्तुष्ट रहेको अनुभव क्लिनिकले साझा गरेको छ।

स्थानीय बासिन्दाहरूका अनुसार, “पहिले GP चिकित्सकबाट मूल्याङ्कन गराएर मात्र आवश्यक परे विशेषज्ञकहाँ जानु उपयुक्त हुन्छ भन्ने चेतना अहिले विस्तार हुँदै गएको छ। यसले अनावश्यक खर्च, समयको बचत र विशेषज्ञ चिकित्सकमाथिको अनावश्यक चाप पनि कम गरेको छ।”

स्वास्थ्य क्षेत्रका जानकारहरूका अनुसार विकसित मुलुकहरूमा जस्तै नेपालमा पनि GP Clinic केन्द्रित स्वास्थ्य प्रणाली विस्तार गर्न सकिएमा स्वास्थ्य सेवा अझ प्रभावकारी, पहुँचयोग्य र किफायती बन्ने विश्वास गरिएको छ। सूर्यविनायकस्थित HPN Clinic ले यही अवधारणालाई व्यवहारमा सफलतापूर्वक लागू गर्दै शहरी प्राथमिक स्वास्थ्य सेवाको एउटा उदाहरणीय मोडेल प्रस्तुत गरेको देखिन्छ।

Tags: Dr. Binod DangalGeneral practice and EmergenceHPN Clinic Bhaktapur
SummarizeShare246ScanTweet154

Related articles

Dengue Fever Treatment

शहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै #Dengue

by Nam Raj Bhatta
September 16, 2026
0

नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि फैलिएको छ । बागलुङमा डेङ्गु सङ्क्रमणले बागलुङ बजारका घरैपिच्छे बिरामी भएका छन् भने गाउँतिर स्क्रब टाइफसका बिरामी बढेका छन्...

नेपाल चिकित्सक संघ र आइएमई खल्तीबीच सम्झौता

नेपाल चिकित्सक संघ र आइएमई खल्तीबीच सम्झौता

by Nam Raj Bhatta
September 15, 2026
0

नेपाल चिकित्सक संघ र डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेडबीच सम्झौता भएको छ। चिकित्सक संघका सदस्यहरुलाई सुविधा दिने गरी दुई संस्थाबीच सम्झौता भएको हो। चिकित्सक संघमा आबद्ध...

दार्चुला जीप दुर्घटनामा परेका ५ जना घाइतेको उपचार निसर्ग अस्पतालमा हुँदै

सुदूरपश्चिम प्रदेशमै पहिलोपटक निसर्ग हस्पिटलमा ‘विशेष प्रोटिन परीक्षण सेवा’ सुरु

by Nam Raj Bhatta
September 15, 2026
0

सुदूरपश्चिम प्रदेशमै पहिलोपटक निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरमा विशेष प्रोटिन परीक्षण सेवा सुरु भएको छ। जटिल रोगको पहिचान, उपचारको प्रभावकारिता मूल्यांकन तथा बिरामीको अवस्थाको नियमित निगरानीमा महत्वपूर्ण मानिने...

हरितालिका तीजमा पाशुपत क्षेत्रमा ॐ हस्पिटलको निःशुल्क हेल्थ डेस्कबाट १ हजारभन्दा बढी लाभान्वित

हरितालिका तीजमा पाशुपत क्षेत्रमा ॐ हस्पिटलको निःशुल्क हेल्थ डेस्कबाट १ हजारभन्दा बढी लाभान्वित

by Nam Raj Bhatta
September 15, 2026
0

हरितालिका तीज पर्वको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजाआजाका लागि आउने श्रद्धालु भक्तजनको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले पवित्र पाशुपत क्षेत्रमा सञ्चालन गरेको...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    878 shares
    Share 351 Tweet 220
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    705 shares
    Share 282 Tweet 176
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    696 shares
    Share 299 Tweet 165
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    647 shares
    Share 259 Tweet 162
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    698 shares
    Share 310 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • शहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै #Dengue
  • नेपाल चिकित्सक संघ र आइएमई खल्तीबीच सम्झौता
  • सुदूरपश्चिम प्रदेशमै पहिलोपटक निसर्ग हस्पिटलमा ‘विशेष प्रोटिन परीक्षण सेवा’ सुरु
  • हरितालिका तीजमा पाशुपत क्षेत्रमा ॐ हस्पिटलको निःशुल्क हेल्थ डेस्कबाट १ हजारभन्दा बढी लाभान्वित
  • नालीको छेउमा जन्मिएको बच्चा: संविधानको कागज र राज्यको वास्तविकता बीचको दूरी

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.