Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ असार ३०
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

२०% मात्र काम गरिरहेको अत्यन्त कमजोर मुटुमा पनि सफल बाइपास सर्जरी सम्भव : डा. विश्व पोखरेल

Nam Raj Bhatta by Nam Raj Bhatta
June 24, 2026
in News, Research & Study
Reading Time: 1 min read
A A
0
२०% मात्र काम गरिरहेको अत्यन्त कमजोर मुटुमा पनि सफल बाइपास सर्जरी सम्भव : डा. विश्व पोखरेल
631
SHARES
3.5k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

ठूलो हृदयघात (हार्ट अट्याक) पछि मुटुको कार्यक्षमता केवल २० प्रतिशत सम्म झरेका बिरामीहरूको समेत सफलतापूर्वक बाइपास शल्यक्रिया नेपालमै भइरहेको वरिष्ठ कार्डियाक सर्जन डा. विश्व पोखरेलले बताएका छन्। उनका अनुसार केही वर्षअघिसम्म यति कमजोर मुटुमा बाइपास शल्यक्रिया गर्नु अत्यन्त जोखिमपूर्ण मानिन्थ्यो, तर आधुनिक शल्यप्रविधिको विकाससँगै अहिले यस्ता जटिल बिरामीहरूको सफल उपचार सम्भव भएको छ।

डा. पोखरेलले मुटु नरोकी गरिने अफ–पम्प कोरोनरी आर्टरी बाइपास सर्जरी (Off-Pump Coronary Artery Bypass Surgery–OPCAB) प्रविधिले उच्च जोखिम भएका मुटुरोगीहरूको उपचारमा उल्लेखनीय सफलता दिलाएको बताए। यो प्रविधिमा मुटु चलिरहेकै अवस्थामा बाइपास शल्यक्रिया गरिने भएकाले अत्यन्त कमजोर मुटु भएका बिरामीका लागि विशेष रूपमा प्रभावकारी मानिन्छ।

डा. पोखरेलका अनुसार ठूलो हृदयघातपछि धेरै बिरामीको ज्यान जाने जोखिम हुन्छ भने बाँचेकामध्ये कतिपयको मुटुको कार्यक्षमता गम्भीर रूपमा घटेको हुन्छ। छाती दुख्ने, छाती भारी हुने वा सास फेर्न गाह्रो हुने जस्ता प्रारम्भिक लक्षणलाई बेवास्ता गर्दा बिरामी ढिलो अस्पताल पुग्ने र त्यसबेलासम्म मुटुमा अपूरणीय क्षति पुगिसकेको हुने गरेको छ।

“धेरै बिरामीमा आकस्मिक एन्जियोप्लास्टी (स्टेन्ट, जाली हाल्ने) गरेर उपचार गर्न सकिन्छ भने कतिपयलाई बाइपास सर्जरी आवश्यक पर्छ। तीमध्ये केहीको मुटु अत्यन्त कमजोर भइसकेको हुन्छ भने केही बिरामी दम, मिर्गौला रोग लगायतका अन्य स्वास्थ्य समस्याबाट पनि ग्रस्त हुन्छन्। यस्ता अवस्थामा अफ–पम्प बाइपास सर्जरी प्रभावकारी विकल्प बनेको छ,” डा. पोखरेलले भने।

सामान्यतया बाइपास, भल्भ फेर्ने तथा अन्य जटिल मुटु शल्यक्रियाहरू मुटुलाई अस्थायी रूपमा रोकेर गरिन्छ। तर अफ–पम्प प्रविधिमा मुटु नरोकी शल्यक्रिया गरिने भएकाले शल्यक्रियापछि हुने जटिलता कम हुने र बिरामी छिट्टै स्वास्थ्य लाभ गर्न सक्ने चिकित्सकहरूको भनाइ छ।

डा. पोखरेलका अनुसार यो प्रविधिबाट अत्यन्त कमजोर मुटु भएका बिरामी, मिर्गौला रोगी, दमका बिरामी, ज्येष्ठ नागरिक तथा ठूलो हृदयघात भोगिसकेका बिरामीहरूले विशेष लाभ पाएका छन्। गत वर्ष मात्र २७ वर्षदेखि ८४ वर्ष उमेर समूहका २५० भन्दा बढी बिरामीको सफलतापूर्वक उपचार गरिएको उनले जानकारी दिए। शल्यक्रियापछि अधिकांश बिरामीलाई ३ देखि ५ दिनभित्र घर फर्काउन सकिने भएकाले अस्पताल बसाइ पनि छोटो हुने गरेको छ।

अफ–पम्प बाइपास सर्जरीको अर्को महत्वपूर्ण पक्ष यसको लागत हो। डा. पोखरेलका अनुसार यो उपचार परम्परागत बाइपास शल्यक्रियाको तुलनामा करिब एक लाखदेखि डेढ लाख रुपैयाँसम्म सस्तो पर्न सक्छ। “आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्था आउन नदिन हामी सरकारी सुविधासँगै आवश्यक पर्दा विभिन्न संघसंस्थासँग सहयोग लिएर पनि बिरामीको शल्यक्रिया गरिरहेका छौं,” उनले बताए।

नेपालबाट प्रत्येक वर्ष हजारौं बिरामी मुटुको उपचारका लागि भारत जाने गरेको तथ्यांकबीच नेपालमै जटिल मुटु शल्यक्रियामा प्राप्त सफलताले स्वदेशमै गुणस्तरीय उपचार सम्भव रहेको सन्देश दिएको चिकित्सकहरूको भनाइ छ। डा. पोखरेलका अनुसार अफ–पम्प बाइपास सर्जरीबाट नेपालमा प्राप्त उपचार परिणाम छिमेकी भारतका प्रतिष्ठित मुटु अस्पतालहरूसँग तुलनायोग्य रहेको छ।

Tags: Dr. Bishwo PokharelGangalal memorial hospitalOpen heart surgery
SummarizeShare252ScanTweet158

Related articles

बर्ड फ्लु लक्षित २४ सै घण्टा हटलाइन तथा टेलिपरामर्श सेवा पुनः सञ्चालन

बर्ड फ्लु लक्षित २४ सै घण्टा हटलाइन तथा टेलिपरामर्श सेवा पुनः सञ्चालन

by Nam Raj Bhatta
July 13, 2026
0

नेपालमा पछिल्लो समय काठमाडौं उपत्यका लगायत विभिन्न जिल्लामा बर्ड फ्लु (Highly Pathogenic Avian Influenza–H5N1) को संक्रमण पुष्टि भएपछि पशु स्वास्थ्य, जनस्वास्थ्य तथा पोल्ट्री उद्योगको सुरक्षालाई मध्यनजर गर्दै नेपाल...

काठमाडौं क्यान्सर सेन्टरले भित्र्यायो नेपालमा पहिलो पटक ‘कार टी सेल’ थेरापी

काठमाडौं क्यान्सर सेन्टरले भित्र्यायो नेपालमा पहिलो पटक ‘कार टी सेल’ थेरापी

by Nam Raj Bhatta
July 12, 2026
0

भक्तपुरको ताथलीमा रहेको काठमाडौं क्यान्सर सेन्टरले नेपालमा पहिलो पटक 'कार टी सेल' थेरापी सुरु गरेको छ। शनिबार आयोजित पत्रकार सम्मेलन मार्फत सेन्टरले क्यान्सर उपचारका लागि अत्याधुनिक सेवा प्रारम्भ...

निसर्ग हस्पिटलका मेडिकल डाइरेक्टर डा. अन्सारी SSN च्याप्टरको अध्यक्षमा सर्वसम्मत निर्वाचित

निसर्ग हस्पिटलका मेडिकल डाइरेक्टर डा. अन्सारी SSN च्याप्टरको अध्यक्षमा सर्वसम्मत निर्वाचित

by Nam Raj Bhatta
July 12, 2026
0

निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरका मेडिकल डाइरेक्टर एवं वरिष्ठ जनरल सर्जन डा. मेराज आलम अन्सारी ‘सोसाइटी अफ सर्जन्स अफ नेपाल (SSN)’ को सुदूरपश्चिम च्याप्टरको अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित...

क्वेष्ट फर्मास्यूटिकल्स प्रालिले मनायो रजत जयन्ती

क्वेष्ट फर्मास्यूटिकल्स प्रालिले मनायो रजत जयन्ती

by Nam Raj Bhatta
July 11, 2026
0

क्विष्ट फर्मास्यूटिकल्सले आफ्नो स्थापना कालको २५ वर्ष पूरा गर्दै रजत जयन्ती भव्यताका साथ मनाएको छ।  औषधि उद्योगलाई आत्मनिर्भर, प्रतिस्पर्धी र निर्यातमुखी बनाउन स्पष्ट सरकारी नीति, उद्योगमैत्री वातावरण तथा...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    829 shares
    Share 332 Tweet 207
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    693 shares
    Share 277 Tweet 173
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    637 shares
    Share 255 Tweet 159
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    689 shares
    Share 307 Tweet 159
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    671 shares
    Share 289 Tweet 159

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • बर्ड फ्लु लक्षित २४ सै घण्टा हटलाइन तथा टेलिपरामर्श सेवा पुनः सञ्चालन
  • काठमाडौं क्यान्सर सेन्टरले भित्र्यायो नेपालमा पहिलो पटक ‘कार टी सेल’ थेरापी
  • निसर्ग हस्पिटलका मेडिकल डाइरेक्टर डा. अन्सारी SSN च्याप्टरको अध्यक्षमा सर्वसम्मत निर्वाचित
  • क्वेष्ट फर्मास्यूटिकल्स प्रालिले मनायो रजत जयन्ती
  • नबिल बैंकको आर्थिक सहयोग र सुष्मा कोइराला मेमोरियल अस्पतालको प्राविधिक सहकार्यमा जलेका बिरामीलाई निःशुल्क उपचार

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.