दुखाई व्यवस्थापन तथा न्युरोलोजिकल रोगको उपचारमा बोटुलिनम टक्सिनको बढ्दो प्रयोग, यसको वैज्ञानिक आधार, सुरक्षित प्रयोग तथा आधुनिक इन्जेक्सन प्रविधिबारे काठमाडौंमा विशेष प्रि–कन्फरेन्स वर्कसप सम्पन्न भएको छ।
NASPCON 2026 को pre Confrence वर्कसपमा विशेषज्ञ चिकित्सक द्वारा सैद्धान्तिक प्रसुती, प्रत्यक्ष केश प्रदर्शन र अल्ट्रासाउन्ड गाइडेड इन्जेक्सन बारे प्रशिक्षण भएको हो।
Nepal Association for the Study of Pain (NASP) को आयोजनामा, TU Teaching Hospital को Department of Anaesthesiology को सहकार्य तथा Gufic Biosciences Ltd. को सहयोगमा NASPCON 2026 Pre-Conference Workshop – “Botulinum Toxin in Pain Medicine” आयोजना गरिएको हो। उक्त कार्यक्रम महाराजगञ्ज मेडिकल क्याम्पस, TU स्थित Auditorium Hall B मा सम्पन्न भएको छ।
वर्कसपमा बोटुलिनम टक्सिनको mechanism तथा pharmacology, chronic pain conditions मा यसको indications, injection techniques तथा dosing strategies, ultrasound-guided injections, clinical evidence तथा patient selection, live clinical demonstrations एवं safety, side effects र management लगायतका विषयमा विशेषज्ञहरूले प्रशिक्षण दिएका थिए।
कार्यक्रमकी Course Director डा. निनादिनी श्रेष्ठ (MD, FIPM, FIPP, CIPS, ESRA-DPM) तथा Course Coordinator डा. सुरज लामिछाने (MD, FIPM) रहेका थिए।
दुखाइ व्यवस्थापनमा बोटुलिनम टक्सिनको भूमिका
“Botulinum Toxin: What a Pain Physician Needs to Know” शीर्षकको सत्रमा HAMS Hospital का Consultant Anesthesiologist तथा Interventional Pain Specialist डा. सुरज लामिछानेले प्रस्तुति दिएका थिए। डा. लामीछानेले pain medicine मा बोटुलिनम टक्सिनको प्रयोग, बिरामी छनोट तथा उपचार गर्दा चिकित्सकले ध्यान दिनुपर्ने महत्वपूर्ण पक्षबारे जानकारी दिनुभयो।
त्यसैगरी Dystonia, Spasticity, Myofascial Pain तथा Neuropathic Pain मा बोटुलिनम टक्सिनको clinical applications बारे MD, DM Neurology, FEBN तथा TUTH मा Movement Disorders Fellowship गरेका डा. राजीव ओझाले प्रस्तुति दिएका थिए। डा. ओझाले Trigeminal Neuralgia, Post-Herpetic Neuralgia तथा Migraine लगायतका अवस्थाहरूमा बोटुलिनम टक्सिनको चिकित्सकीय प्रयोगबारे समेत चर्चा गर्नुभयो।
Ultrasound-guided injection मा विशेष जोड
वर्कसपको महत्वपूर्ण सत्र “Ultrasound Guided Botulinum Toxin Injection: Clinical Pearls” रहेको थियो। उक्त सत्र DM (Neurology), MRCP (SCE, Neurology), FIPM, FMSUPM तथा USA बाट Neuromuscular Ultrasound Fellowship गरेका डा. उज्ज्वल रोयले सञ्चालन गरेका थिए।
अल्ट्रासाउन्डको प्रयोगबाट target muscle तथा anatomical structures लाई पहिचान गरी इन्जेक्सनलाई थप सटीक र व्यवस्थित बनाउन सकिने विषयमा डा. रोयले व्यावहारिक जानकारी दिएका थिए।
सुरक्षा र Troubleshooting मा पनि छलफल
बोटुलिनम टक्सिनको सुरक्षित प्रयोग तथा सम्भावित जटिलताको व्यवस्थापनबारे Maldives स्थित Dharumavantha Hospital का HOD, Consultant Anaesthesiologist & Pain Specialist तथा SAARCAA का President डा. Asadh Mohamed Shaheed ले “Safety Concerns with Botulinum Toxin / Troubleshooting” शीर्षकमा प्रस्तुति दिएका थिए।
उनले बिरामी छनोट, safety precautions, सम्भावित adverse effects, injection-related challenges तथा clinical troubleshooting का विषयमा सहभागी चिकित्सकहरूलाई जानकारी दिएका थिए।
प्रत्यक्ष केस प्रदर्शन
वर्कसपको विशेष आकर्षण Live Clinical Case Demonstration रहेको थियो।
Temporalis Hypertrophy सम्बन्धी केसमा डा. निनादिनी श्रेष्ठले बोटुलिनम टक्सिन इन्जेक्सन प्रत्यक्ष रूपमा प्रदर्शन गरेकी थिइन्।
त्यसैगरी Cervical Dystonia सम्बन्धी केसमा डा. राजीव ओझा र डा. उज्ज्वल रोयले संयुक्त रूपमा बोटुलिनम टक्सिन इन्जेक्सन प्रदर्शन गरेका थिए। प्रत्यक्ष प्रदर्शनले सहभागी चिकित्सकहरूलाई theoretical knowledge लाई practical clinical application सँग जोड्न सहयोग पुगेको थियो।
Gufic Biosciences Ltd. को निरन्तर सहयोग रहने प्रतिबद्धता
कार्यक्रममा Gufic Biosciences Ltd. का Country Manager दीपक भट्टाचार्यले pain medicine तथा न्युरोलोजिकल क्षेत्रमा चिकित्सकहरूको ज्ञान र सीप अभिवृद्धि गर्ने यस्ता वैज्ञानिक कार्यक्रमको महत्व रहेको बताए।
भट्टाचार्यले आगामी दिनहरूमा पनि यस्ता scientific workshop, academic कार्यक्रम तथा practical training हरू सञ्चालन गर्न र आवश्यक सहयोग निरन्तर प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनका अनुसार चिकित्सकहरूलाई नयाँ उपचार प्रविधि, clinical evidence र practical injection techniques सम्बन्धी अद्यावधिक ज्ञान उपलब्ध गराउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्नेछ।
Precision, Relief, Better Lives
“Botulinum Toxin in Pain Medicine – Precision. Relief. Better Lives.” भन्ने मूल अवधारणासहित सम्पन्न वर्कसपले pain medicine मा बोटुलिनम टक्सिनको वैज्ञानिक तथा व्यावहारिक प्रयोगबारे विशेषज्ञ चिकित्सकहरूबीच ज्ञान आदानप्रदानको महत्वपूर्ण अवसर प्रदान गरेको थियो।
विशेषज्ञहरूको प्रस्तुति, अन्तरक्रिया तथा प्रत्यक्ष केस प्रदर्शनमार्फत Spasticity, Dystonia, Myofascial Pain, Neuropathic Pain तथा Migraine जस्ता विभिन्न अवस्थाहरूको व्यवस्थापनमा बोटुलिनम टक्सिनको सम्भावित प्रयोग, उपयुक्त patient selection, precise injection technique तथा सुरक्षा सम्बन्धी पक्षहरूमा सहभागी चिकित्सकहरूलाई व्यावहारिक जानकारी प्राप्त भएको थियो।






