Global IME Bank Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ कार्तिक ६
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

बोटुलिनम टक्सिनको प्रयोगबाट दुखाइ तथा न्युरोलोजिकल रोगको उपचारमा नयाँ सम्भावना

Nam Raj Bhatta by Nam Raj Bhatta
September 26, 2026
in News
Reading Time: 4 mins read
A A
0
बोटुलिनम टक्सिनको प्रयोगबाट दुखाइ तथा न्युरोलोजिकल रोगको उपचारमा नयाँ सम्भावना
591
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

दुखाई व्यवस्थापन तथा न्युरोलोजिकल रोगको उपचारमा बोटुलिनम टक्सिनको बढ्दो प्रयोग, यसको वैज्ञानिक आधार, सुरक्षित प्रयोग तथा आधुनिक इन्जेक्सन प्रविधिबारे काठमाडौंमा विशेष प्रि–कन्फरेन्स वर्कसप सम्पन्न भएको छ।

NASPCON 2026 को pre Confrence वर्कसपमा विशेषज्ञ चिकित्सक द्वारा सैद्धान्तिक प्रसुती, प्रत्यक्ष केश प्रदर्शन र अल्ट्रासाउन्ड गाइडेड इन्जेक्सन बारे प्रशिक्षण भएको हो।

Nepal Association for the Study of Pain (NASP) को आयोजनामा, TU Teaching Hospital को Department of Anaesthesiology को सहकार्य तथा Gufic Biosciences Ltd. को सहयोगमा NASPCON 2026 Pre-Conference Workshop – “Botulinum Toxin in Pain Medicine” आयोजना गरिएको हो। उक्त कार्यक्रम महाराजगञ्ज मेडिकल क्याम्पस, TU स्थित Auditorium Hall B मा सम्पन्न भएको छ।

वर्कसपमा बोटुलिनम टक्सिनको mechanism तथा pharmacology, chronic pain conditions मा यसको indications, injection techniques तथा dosing strategies, ultrasound-guided injections, clinical evidence तथा patient selection, live clinical demonstrations एवं safety, side effects र management लगायतका विषयमा विशेषज्ञहरूले प्रशिक्षण दिएका थिए।

कार्यक्रमकी Course Director डा. निनादिनी श्रेष्ठ (MD, FIPM, FIPP, CIPS, ESRA-DPM) तथा Course Coordinator डा. सुरज लामिछाने (MD, FIPM) रहेका थिए।

दुखाइ व्यवस्थापनमा बोटुलिनम टक्सिनको भूमिका
“Botulinum Toxin: What a Pain Physician Needs to Know” शीर्षकको सत्रमा HAMS Hospital का Consultant Anesthesiologist तथा Interventional Pain Specialist डा. सुरज लामिछानेले प्रस्तुति दिएका थिए। डा. लामीछानेले pain medicine मा बोटुलिनम टक्सिनको प्रयोग, बिरामी छनोट तथा उपचार गर्दा चिकित्सकले ध्यान दिनुपर्ने महत्वपूर्ण पक्षबारे जानकारी दिनुभयो।

त्यसैगरी Dystonia, Spasticity, Myofascial Pain तथा Neuropathic Pain मा बोटुलिनम टक्सिनको clinical applications बारे MD, DM Neurology, FEBN तथा TUTH मा Movement Disorders Fellowship गरेका डा. राजीव ओझाले प्रस्तुति दिएका थिए। डा. ओझाले Trigeminal Neuralgia, Post-Herpetic Neuralgia तथा Migraine लगायतका अवस्थाहरूमा बोटुलिनम टक्सिनको चिकित्सकीय प्रयोगबारे समेत चर्चा गर्नुभयो।IMG 20260925 WA0004

Ultrasound-guided injection मा विशेष जोड
वर्कसपको महत्वपूर्ण सत्र “Ultrasound Guided Botulinum Toxin Injection: Clinical Pearls” रहेको थियो। उक्त सत्र DM (Neurology), MRCP (SCE, Neurology), FIPM, FMSUPM तथा USA बाट Neuromuscular Ultrasound Fellowship गरेका डा. उज्ज्वल रोयले सञ्चालन गरेका थिए।
अल्ट्रासाउन्डको प्रयोगबाट target muscle तथा anatomical structures लाई पहिचान गरी इन्जेक्सनलाई थप सटीक र व्यवस्थित बनाउन सकिने विषयमा डा. रोयले व्यावहारिक जानकारी दिएका थिए।

सुरक्षा र Troubleshooting मा पनि छलफल
बोटुलिनम टक्सिनको सुरक्षित प्रयोग तथा सम्भावित जटिलताको व्यवस्थापनबारे Maldives स्थित Dharumavantha Hospital का HOD, Consultant Anaesthesiologist & Pain Specialist तथा SAARCAA का President डा. Asadh Mohamed Shaheed ले “Safety Concerns with Botulinum Toxin / Troubleshooting” शीर्षकमा प्रस्तुति दिएका थिए।

उनले बिरामी छनोट, safety precautions, सम्भावित adverse effects, injection-related challenges तथा clinical troubleshooting का विषयमा सहभागी चिकित्सकहरूलाई जानकारी दिएका थिए।

प्रत्यक्ष केस प्रदर्शन

वर्कसपको विशेष आकर्षण Live Clinical Case Demonstration रहेको थियो।
Temporalis Hypertrophy सम्बन्धी केसमा डा. निनादिनी श्रेष्ठले बोटुलिनम टक्सिन इन्जेक्सन प्रत्यक्ष रूपमा प्रदर्शन गरेकी थिइन्।Neurological disease

त्यसैगरी Cervical Dystonia सम्बन्धी केसमा डा. राजीव ओझा र डा. उज्ज्वल रोयले संयुक्त रूपमा बोटुलिनम टक्सिन इन्जेक्सन प्रदर्शन गरेका थिए। प्रत्यक्ष प्रदर्शनले सहभागी चिकित्सकहरूलाई theoretical knowledge लाई practical clinical application सँग जोड्न सहयोग पुगेको थियो।

Gufic Biosciences Ltd. को निरन्तर सहयोग रहने प्रतिबद्धता

कार्यक्रममा Gufic Biosciences Ltd. का Country Manager दीपक भट्टाचार्यले pain medicine तथा न्युरोलोजिकल क्षेत्रमा चिकित्सकहरूको ज्ञान र सीप अभिवृद्धि गर्ने यस्ता वैज्ञानिक कार्यक्रमको महत्व रहेको बताए।Deepak bhattacharya
भट्टाचार्यले आगामी दिनहरूमा पनि यस्ता scientific workshop, academic कार्यक्रम तथा practical training हरू सञ्चालन गर्न र आवश्यक सहयोग निरन्तर प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनका अनुसार चिकित्सकहरूलाई नयाँ उपचार प्रविधि, clinical evidence र practical injection techniques सम्बन्धी अद्यावधिक ज्ञान उपलब्ध गराउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्नेछ।

Precision, Relief, Better Lives
“Botulinum Toxin in Pain Medicine – Precision. Relief. Better Lives.” भन्ने मूल अवधारणासहित सम्पन्न वर्कसपले pain medicine मा बोटुलिनम टक्सिनको वैज्ञानिक तथा व्यावहारिक प्रयोगबारे विशेषज्ञ चिकित्सकहरूबीच ज्ञान आदानप्रदानको महत्वपूर्ण अवसर प्रदान गरेको थियो।

विशेषज्ञहरूको प्रस्तुति, अन्तरक्रिया तथा प्रत्यक्ष केस प्रदर्शनमार्फत Spasticity, Dystonia, Myofascial Pain, Neuropathic Pain तथा Migraine जस्ता विभिन्न अवस्थाहरूको व्यवस्थापनमा बोटुलिनम टक्सिनको सम्भावित प्रयोग, उपयुक्त patient selection, precise injection technique तथा सुरक्षा सम्बन्धी पक्षहरूमा सहभागी चिकित्सकहरूलाई व्यावहारिक जानकारी प्राप्त भएको थियो।

 

Tags: Botulinum Toxin in Pain MedicineDr. Rajib ojhaGufic Biosciences LtdTrivhuwan University
SummarizeShare236ScanTweet148

Related articles

डा. प्रदीप मिश्रले काङ्ग्रेस महाधिवेशनमा पेसागत विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा

कांग्रेसको पेशागत तथा विज्ञ क्षेत्रबाट केन्द्रीय सदस्यमा डा. प्रदीप मिश्र निर्वाचित

by Nam Raj Bhatta
October 16, 2026
0

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पेशागत तथा विज्ञ क्षेत्रबाट केन्द्रीय सदस्यमा नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. प्रदीप मिश्र निर्वाचित भएका छन्। लामो समयदेखि चिकित्सा सेवा तथा सामाजिक कार्यमा...

डडेल्धुरा मेडिकल कलेजको डीनमा डा. डबलबहादुर धामी नियुक्त

डडेल्धुरा मेडिकल कलेजको डीनमा डा. डबलबहादुर धामी नियुक्त

by Nam Raj Bhatta
October 16, 2026
0

सुदूरपश्चिम विश्वविद्यालयमातहत रहेको डडेल्धुरा मेडिकल कलेजको डीनमा डा. डबलबहादुर धामी नियुक्त भएका छन्। सुदूरपश्चिम विश्वविद्यालयले खुला प्रतिस्पर्धात्मक छनोट प्रक्रियामार्फत डा. धामीलाई डीन पदमा नियुक्त गरेको हो। बझाङको छबिसपाथिभेरा...

नेपाल राष्ट्रिय एकद्वार प्रणालीमार्फत औषधि व्यवस्था विभागका अनलाइन सेवाहरूको शुभारम्भ

नेपाल राष्ट्रिय एकद्वार प्रणालीमार्फत औषधि व्यवस्था विभागका अनलाइन सेवाहरूको शुभारम्भ

by Nam Raj Bhatta
October 16, 2026
0

औषधि व्यवस्था विभागबाट प्रदान गरिने औषधि, औषधिजन्य कच्चा पदार्थ तथा औषधि उत्पादन सामग्रीहरूको निकासी तथा पैठारीसम्बन्धी सिफारिसपत्र, अनुमतिपत्र, इजाजतपत्र, प्रमाणपत्रलगायतका सेवाहरूलाई डिजिटल माध्यमबाट प्रवाह गर्ने उद्देश्यले नेपाल राष्ट्रिय...

CMC-NEPAL स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय (MoHFS) द्वारा सम्मानित

CMC-NEPAL स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय (MoHFS) द्वारा सम्मानित

by Nam Raj Bhatta
October 14, 2026
0

नेपालमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग (MHPSS) मा पुर्‍याएको योगदान र भोटेकोशी बाढी प्रभावित समुदायहरूका लागि गरेको कार्यको कदरस्वरूप विश्व मानसिक स्वास्थ्य दिवस २०२६ को अवसरमा CMC-NEPAL लाई...

Please login to join discussion
AHF Nepal Bada Dashain
Norvic Pharmacy medicines delivered at home
Norvic Pharmacy medicines delivered at home
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    886 shares
    Share 354 Tweet 222
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    711 shares
    Share 284 Tweet 178
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    704 shares
    Share 303 Tweet 167
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    704 shares
    Share 313 Tweet 163
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    651 shares
    Share 260 Tweet 163

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • कांग्रेसको पेशागत तथा विज्ञ क्षेत्रबाट केन्द्रीय सदस्यमा डा. प्रदीप मिश्र निर्वाचित
  • डडेल्धुरा मेडिकल कलेजको डीनमा डा. डबलबहादुर धामी नियुक्त
  • नेपाल राष्ट्रिय एकद्वार प्रणालीमार्फत औषधि व्यवस्था विभागका अनलाइन सेवाहरूको शुभारम्भ
  • रसुवा बाढीले ३५ हजार बालबालिका दादुरा खोप बाट प्रभावित
  • CMC-NEPAL स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय (MoHFS) द्वारा सम्मानित

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.