नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघको अध्यक्षमा डा. होमप्रसाद अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।
शनिबार काठमाडौंमा सम्पन्न संघको दोस्रो महाधिवेसनबाट डा. अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन् । कार्यसमितिमा निवर्तमान अध्यक्ष महेन्द्रराज भुसाल रहनेछन् ।
यस्तैगरी, संघको वरिष्ठ उपाध्यक्षमा विक्रम अधिकारी सर्वसम्मत भएका छ्न । महासचिवमा छमबहादुर अधिकारी चयन भए । सचिवमा समीर शर्मा र कोषाध्यक्षमा रोजिका प्रधान चयन भएका छन् ।
यस्तैगरी, सदस्यहरुमा लवेन्द्र कुँवर, हेमकुमार बिडारी, प्रकृति आचार्य, विशाल लामिछाने र श्रेयशध्व जोशीलगायत चयन भएका छन्।






