बुधबार CBM Global को आर्थिक सहयोग तथा सी.एम.सी.-नेपाल र सिंजा गाउँपालिकाको साझेदारीमा सञ्चालित कर्णाली मानसिक स्वास्थ्य कार्यक्रमअन्तर्गत सिंजा गाउँपालिका वडा नं. ५ स्थित सनिगाउँ स्वास्थ्य चौकीमा mhGAP Module 1 र Module 2B तालिम प्राप्त स्वास्थ्यकर्मीहरूका लागि चिकित्सकीय सुपरिवेक्षण कार्यक्रम सम्पन्न भएको छ।
विशेषज्ञ चिकित्सकको सहजीकरणमा सञ्चालित उक्त कार्यक्रममा १६ जना सेवाग्राहीले मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग सेवा प्राप्त गरेका थिए। यस कार्यक्रमले तालिम प्राप्त स्वास्थ्यकर्मीहरूको मानसिक स्वास्थ्य सेवा प्रवाहसम्बन्धी ज्ञान, सीप तथा कार्यक्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा सिंजा गाउँपालिकाका अध्यक्षज्यू, वडा नं. ५ का वडा अध्यक्षज्यू तथा स्वास्थ्य शाखा प्रमुखज्यूको समेत उपस्थिति रहेको थियो।
स्थानीय स्तरमै गुणस्तरीय मानसिक स्वास्थ्य सेवा पहुँच विस्तार गर्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको हो।








