CBM Global को आर्थिक सहयोग तथा CMC-Nepal र गुठिचौर गाउँपालिकाको साझेदारीमा सञ्चालित कर्णाली मानसिक स्वास्थ्य कार्यक्रमअन्तर्गत गुठिचौर गाउँपालिका वडा नं. १ स्थित खड्गदेवी माध्यमिक विद्यालयमा विद्यालय सुपरिवेक्षण कार्यक्रम सम्पन्न भएको छ।
सुपरिवेक्षणका क्रममा विद्यालय मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्य समितिको बैठक बसी सञ्चालित कार्यक्रमका गतिविधि, उपलब्धि तथा कार्यक्रमलाई दिगो र प्रभावकारी बनाउन समितिको भूमिका र जिम्मेवारीका विषयमा छलफल गरिएको थियो।
त्यसैगरी, विद्यालयका मनोसामाजिक फोकल शिक्षकलाई वास्तविक केसमा आधारित सुपरिवेक्षण तथा सहजीकरण प्रदान गरिएको थियो। मनोसामाजिक परामर्शका क्रममा देखिएका चुनौतीहरू, तिनको समाधानका उपाय तथा केस अभिलेखीकरण र प्रतिवेदनसम्बन्धी विषयमा समेत छलफल गरिएको थियो।
यस प्रकारको नियमित सुपरिवेक्षण तथा सहजीकरणले विद्यालयमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग सेवालाई थप व्यवस्थित, प्रभावकारी र दिगो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।








