ग्राण्डी इन्टरनेशनल हस्पिटलमा स्त्रीरोगसम्बन्धी क्यान्सर सचेतना महिना सेप्टेम्बर २०२६ को अवसरमा “𝐎𝐮𝐫 𝐒𝐭𝐨𝐫𝐢𝐞𝐬. 𝐎𝐮𝐫 𝐌𝐨𝐯𝐞𝐦𝐞𝐧𝐭” विषयक 𝐏𝐀𝐍𝐄𝐋 𝐃𝐈𝐒𝐂𝐔𝐒𝐒𝐈𝐎𝐍आयोजना गरिएको छ।
कार्यक्रममा अस्पतालका कन्सल्टेन्ट अन्कोलोजिस्ट प्रा. डा. राजीव कुमार देव, क्लिनिकल साइकोलोजिस्ट तथा काउन्सेलर जुगमाया चौधरी, डा. अश्मा शाही तथा नर्सिङ इन्चार्ज सबित्री रञ्जितकार प्यानलिस्टका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रमको मध्यस्थता अस्पतालको स्त्री तथा प्रसूति रोग विभाग प्रमुख प्रा. डा. पदमराज पन्तले गर्नुभएको थियो भने अस्पतालका मेडिकल डाइरेक्टर डा. बिनोद बिजुक्छेले स्त्रीरोगसम्बन्धी क्यान्सरको रोकथाम, प्रारम्भिक पहिचान तथा उपचारबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएका यस्ता सामाजिक सचेतनामूलक कार्यक्रमलाई अस्पतालले प्राथमिकतामा राख्दै आएको बताउनुभयो ।
कार्यक्रममा अस्पतालमा कार्यरत महिला कर्मचारी, नर्सिङ टिम समुदाय तथा विभिन्न क्षेत्रमा कार्यरत महानुभावहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूबीच क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि, अनुभव आदान–प्रदान तथा समयमै स्वास्थ्य परीक्षणको आवश्यकताबारे समेत अन्तरक्रिया गरिएको थियो।







