Magnus pharma
आज: २०८३ बैशाख ९
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

प्लाज्मा थेरापीले देखाएको आशा #PlasmaTherapy #Covid19

Nam Raj Bhatta by Nam Raj Bhatta
September 15, 2020
in Research & Study
Reading Time: 1 min read
A A
1
Plasma therapy for Covid 19

Plasma therapy for Covid 19

621
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

नेपालगन्ज, ३० भाद्र २०७७

विश्वका अधिकांश देशहरुमा गम्भिर कोरोना संक्रमित विरामीहरुमा प्लाज्मा थेरापी पद्धतीबाट उपचार गर्ने गरिन्छ । नेपालमा समेत केही महिनाअघि यो विधी प्रयोगमा ल्याइसकिएको अवस्था छ । गम्भिर खालका कोरोना संक्रमित विरामीहरु बढिरहेको अवस्थामा यसले केही भएपनि राहत दिएको छ । नेपालमा समेत यो विधीबाट उपचार गर्दा धेरै गम्भिर खालका कोरोना संक्रमितहरु निको भएर घर फर्किसकेका छन् । सबैलाई यसले केही भएपनि सकारात्मक आशा भने जगाइदिएको छ । कोरोनाको खोप तथा औषधी पत्ता नलागिसकेको अवस्थामा प्लाज्मा थेरापीले समेत धेरै जनाको ज्यान बचाउन सकिने देखिन्छ ।

बाँके जिल्लामा समेत प्लाज्मा थेरापीबाट गम्भिर संक्रमितको उपचार सुरु भइसकेको अवस्था छ । यहाँका दुई अस्पतालले प्लाज्मा थेरापीबाट उपचार गर्ने अनुमती सरकारबाट पाइसकेका छन् । अनुमती पाउनेमा सरकारीतर्फ भेरी अस्पताल र नीजितर्फ नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर रहेका छन् । पहिलोपटक भदौंको दोस्रो सातातिर भेरीमा उपचार गराइराखेका एक कोरोना संक्रमितलाई प्लाज्मा दिइएको थियो ।

उनी आइतबार कोरोना जितेर घर फर्किसकेका छन् । पहिलोपटक प्लाज्मा दिइएका संक्रमित निको भएर घर फर्किएपछि चिकित्सकहरु समेत उत्साहित छन् । बाँकेमा प्लाज्मा थेरापीबाट उपचार गर्दा निको हुने पहिलो व्यक्ति हुन्, शारदा नगरपालिका–६ सल्यान घर भई नेपालगञ्ज बस्दै आएका २९ वर्षीय प्रविण केसी । अन्य कुनै पनि रोग नभएका उनीमा कडा लक्षणसहितको कोरोना भाइरस देखिएको थियो ।

अवस्था गम्भिर बन्दै गएपछि चिकित्सकहरुले केसीलाई आइसीयुमा राखेर अक्सिजन दिदा समेत स्वास्थ्यमा सुधार आउन सकेको थिएन । कुनै पनि उपाय लगाउँदा संक्रमितको स्वास्थ्यमा सुधार नआएपछि चिकित्सकहरुले प्लाज्मा दिने निर्णय गरेका थिए । नभन्दै प्लाज्मा दिएपछि उनको स्वास्थ्य क्रमश सुधार हुँदै गएको थियो । उनलाई नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजालले प्लाज्मा दिएका थिए । संक्रमितलाई दिने प्लाज्मा कोरोना संक्रमित भएर निको भएका व्यक्तिको चाहिन्छ ।

गम्भिर अवस्थाका केसीलाई प्लाज्मा दिने काम मात्र भएन उनले कोरोनालाई पराजित गर्न सफल भए । बाँकेका दुई अस्पतालका आधा दर्जन गम्भिर संक्रमित विरामीलाई अहिले पनि प्लाज्मा दिएर उपचार गराइराखिएको छ । कोरोना संक्रमण भएर निको भएकाहरुमध्ये आधा दर्जन बढीले प्लाज्मा दान समेत गरिसकेका छन् । पहिलोपटकको प्रयास नै सफल भएपछि यहाँका चिकित्सक र स्वास्थ्यकर्मी खुसी भएका छन् ।

गम्भिर खालका संक्रमितका लागि यो उपचार विधी धेरै हदसम्म प्रभावकारी हुनसक्ने आंकलन छ । अब अरुको जिवन जोगाउनको लागि कोरोना भएर निको भएका व्यक्तिहरुले आफ्नो प्लाज्मा दान गर्नुपर्ने अहिलेको प्रमुख आवश्यकता देखिन्छ । नत्र यो उपचार विधी सम्भव नै छैन । त्यसैले प्लाज्मा दान गरेर गम्भिर खालका संक्रमित विरामीहरुमा निको हुने आशा दिलाउनुपर्छ ।


>> कोरोनाबारे सम्पूर्ण कभरेज यँहा पढ्नुहोस्
Tags: # PCR machine#Health and population ministryBheri hospitalCorona Virus #Covid19Nepalganj Medical collegePlasma Therapy #COVID19Plazma Therapy
SummarizeShare269ScanTweet147

Related articles

बागलुङका स्वास्थ्य संस्थामा डेंगु परीक्षण किट अभाव

सुदूरपश्चिममा डेंगीबाट तीन वर्षमा सात हजारभन्दा बढी प्रभावित

by Nam Raj Bhatta
February 22, 2026
0

कञ्चनपुर, १० फागुन २०८२ सुदूरपश्चिम प्रदेशमा अझैपनि डेंगी संक्रमणको जोखिम देखिएको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्यांकअनुसार, विगत तीन आर्थिक वर्षमा प्रदेशभर डेंगीबाट संक्रमित हुनेको संख्या सात हजार...

सञ्चार, गलत जानकारी र मानसिक स्वास्थ्य #Mentalhealth

सञ्चार, गलत जानकारी र मानसिक स्वास्थ्य #Mentalhealth

by Nam Raj Bhatta
October 9, 2025
0

✍️ डा. कन्चन दाहाल, मनोरोग विशेषज्ञ  जेनजी क्रान्तिले नेपालको सामाजिक चेतनामा ठूलो हलचल ल्याएको छ। तर यसका बीचमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत गलत समाचार, अतिरञ्जना र भ्रम फैलिरहेकाले...

डोटीका डा. ज्ञानेन्द्र जोशी विश्वका शीर्ष २% वैज्ञानिकको सूचीमा

डोटीका डा. ज्ञानेन्द्र जोशी विश्वका शीर्ष २% वैज्ञानिकको सूचीमा

by Nam Raj Bhatta
September 26, 2025
0

काठमाडौं, १० असोज २०८२ सुदुरपश्चिम डोटीका कृत्रिम बुद्धिमत्ता (AI) विशेषज्ञ डा. ज्ञानेन्द्र प्रसाद जोशी स्ट्यानफोर्ड युनिवर्सिटी र एल्सेभियरको २०२५ को “विश्वका शीर्ष २% वैज्ञानिक” को प्रतिष्ठित सूचीमा परेका...

सुर्तीजन्य पदार्थ नियन्त्रण नहुँदा नसर्ने रोगको प्रकोप बढ्यो 

सुर्तीजन्य पदार्थ नियन्त्रण नहुँदा नसर्ने रोगको प्रकोप बढ्यो 

by Nam Raj Bhatta
May 31, 2025
0

काठमाडौं, १६ जेठ २०८२ नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण नहुँदा नसर्ने रोगको प्रकोप बढ्दै गएको छ। पछिल्लो तथ्यांक अनुसार नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट वार्षिक ३९ हजार २०० मानिसको ज्यान...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, टेकु, काठमाडौं
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य कर कोषको सचिवालयको कार्यालय, काठमाडौं
Madira sewan ko asarharu DPHO Office Lalitpur
× Full size view
Silverline Hospital Kathmandu by Shreedeep Group
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    687 shares
    Share 275 Tweet 172
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    631 shares
    Share 252 Tweet 158
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    628 shares
    Share 251 Tweet 157
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    675 shares
    Share 301 Tweet 156
  • जाडोमा बच्चाको स्याहार कसरी गर्ने ? यी १४ ओटा उपाय जानी राखौं #wintercare

    617 shares
    Share 247 Tweet 154

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • लुम्बिनी प्रादेशिक अस्पतालको मेसुमा डा. विष्णु गौतम नियुक्त
  • नेपालका ६ जिल्लामा बर्डफ्लु फैलियो, १ लाखभन्दा बढी पंक्षीको नष्ट
  • ओरल एण्ड म्याक्जिलोफेसियल प्याथोलोजिष्टको दोस्रो राष्ट्रिय सम्मेलन भव्यताका साथ सम्पन्न
  • चिकित्सक संघले स्वास्थ्यकर्मीहरुलाई सातामा दुई दिन बिदा दिने निर्णयको गरे स्वागत
  • इरानमा अत्यावश्यक औषधिको अभाव #Iran

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.