Global IME Bank Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन २९
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

रसुवा बाढीले ३५ हजार बालबालिका दादुरा खोप बाट प्रभावित

Nam Raj Bhatta by Nam Raj Bhatta
October 14, 2026
in Research & Study
Reading Time: 1 min read
A A
0
कञ्चनपुरमा बालबालिकालाई दादुरा-रुबेला विरुद्धको खोप अभियान
585
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

भोटेकोशी बाढीबाट प्रभावित भएका रसुवा, नुवाकोट र धादिङमा सञ्चालन गर्ने भनिएको दादुरा खोप अभियान रोकिएको छ  । बाढीका कारण विस्थापित बालबालिकाको अवस्था र बसोबासको स्थान पत्ता लगाउन नसक्दा अभियान रोकिएको हो।

रसुवा, नुवाकोट र धादिङका प्रभावित स्थानीय तहमा मात्रै करिब ६ महिनादेखि १५ वर्षमुनिका ३४ हजार बालबालिकालाई खोप लगाउनुपर्ने प्रारम्भिक अनुमान छ ।

बाढी प्रभावित जिल्लाका स्थानीय तहलाई समेत समेटेर कुल ७५ हजार बालबालिकालाई खोप लगाउने अनुमान गरिएको छ ।

प्रभावित क्षेत्रमा सरुवा रोग फैलिनसक्ने जोखिमलाई ध्यानमा राखेर राष्ट्रिय खोप सल्लाहकार समितिले विभिन्न रोगविरुद्ध खोप अभियान सञ्चालन गर्न सिफारिस गरेको थियो । सरकारले तत्काल नै ७० हजारभन्दा बढीलाई हैजा विरुद्धको खोप खुवाइएको थियो ।

दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गर्न बाढी प्रभावित क्षेत्रमा बालबालिकाहरु कहाँ छन् भन्ने यकिन गर्नुपर्ने चुनौती देखिएको दादुरा खोप दिन नसकिएको परिवार कल्याण महाशाखाको खोप शाखाका प्रमुख डा. अभियान गौतमले बताउनु भयो।

डा. गौतमले बाढीपछि अस्थायी होल्डिङ सेन्टरमा बसेका कतिपय परिवार आफन्तको घरमा गएका छन् भने कतिपय अस्थायी बसोबासको खोजीमा रहेको बताए । यसले लक्षित बालबालिकासम्म खोप टोली पुर्‍याउन कठिन बनाएको उनको भनाइ छ ।

डा. गौतमले होल्डिङ सेन्टरमा बसेका सबै मानिस त्यहाँ छैनन्को, कोही आफन्तकहाँ गएका छन्, कोही अस्थायी बसोबासमा छन् र कुन समुदायमा गएर खोप लगाउने भन्ने अन्योल भएकाले तत्काल नै सञ्चालन गर्न नसकिएको बताए।

महामारी फैलिँदा वा विपद्पछिको प्रतिकार्य सञ्चालन गर्दा प्राथमिकताका आधारमा सरुवा रोगको छनोट गरिन्छ । उदाहरणका लागि पोलियो फैलिन सक्ने जोखिम भएका क्षेत्रमा पोलियोविरुद्धको खोपलाई प्राथमिकता दिनुपर्छ । त्यसैगरी, दादुरा–रुबेला नदेखिएको वा जोखिममा रहेका क्षेत्रमा पनि संक्रमण फैलिन सक्ने सम्भावनालाई ध्यानमा राखेर खोप अभियान सञ्चालन गर्नुपर्ने गाइडलाइन छ ।

समुदायमा कुन रोगविरुद्धको प्रतिरोधात्मक अवस्था कस्तो छ ? कुन क्षेत्रमा जोखिम बढी छ ? भन्ने आधारमा खोप कार्यक्रमको प्राथमिकता निर्धारण गरिन्छ । यसको आधारमा दादुरा–रुबेलाको खोप अभियान सञ्चालन हुन लागेको हो ।

डा. गौतमका अनुसार दशैंपछि दादुरा–रुबेलाको खोप अभियान सञ्चालन गर्ने योजना बनाइएको छ । सोहीअनुसार जिल्लाहरूले तयारी गरिरहेका छन् । जिल्ला तहबाट तयारी पूरा भएको जानकारी आएपछि अभियान थालनी हुनेछ ।

‘जहाँ बालबालिका छन्, त्यहीँ पुगेर खोप दिने योजना छ । आवश्यक योजना बनिसकेकोले दशैंपछि खोप अभियान सञ्चालन गर्ने तयारी रहेको डा. गौतमले बताए।

हैजा रोगविरुद्ध स्वास्थ्यकर्मी तथा उद्धारकर्मीलाई खोप खुवाएका थिए । तर दादुरा–रुबेलाविरुद्धको खोप सुइँबाट दिनुपर्ने भएकाले लक्षित समुदाय, बालबालिकाको संख्या र खोप लगाउने स्थान यकिन गरेर व्यवस्थित अभियान सञ्चालन गर्न लागिएको डा. गौतमको भनाइ छ ।

दादुरा अत्यन्त संक्रामक भाइरसले गर्दा हुने रोग हो । यो साना बालबालिकामा हुने मृत्यु र विकलांगताको समेत प्रमुख कारक हो । चिकित्सकका अनुसार, कडा रूपमा देखिने दादुरा कुपोषित बालबालिका र शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई बढी हुने गर्छ ।

दादुरा सामन्यतया: ५ वर्षमुनिका बालबालिकामा धेरै हुने र छिट्टै फैलिएर महामारीको जोखिम हुने विज्ञहरू बताउँछन् । दादुरा संक्रमण भएमा गम्भीर प्रकारका जटिलताहरू हुनुका साथै ज्यान जान सक्ने पनि हुन्छ।

दादुरा भाइरस व्यक्तिको नाक तथा घाँटीमा रहेर वृद्धि हुने र स्वासनली एवं अरू भित्री अंगहरूमा संक्रमण गर्छ । रोग लागेको व्यक्तिले खोक्दा, हाच्छ्युँ गर्दा निस्कने छिटाबाट हावाको माध्यमबाट दादुराको संक्रमण सर्छ ।

सामान्य अवस्थामा एक संक्रमितबाट १८ जनासम्म व्यक्तिहरूमा दादुरा–रुबेला सर्नसक्छ । त्यसैगरी यी रोगबाट सामान्यतया १० प्रतिशत बालबालिकाको मृत्यु हुनसक्छ भने आपत्कालीन अवस्थामा मृत्युदर ३० प्रतिशतसम्म हुनसक्छ ।

नेपालमा सन् २०२६ को सुरुदेखि नै सर्लाही, बागलुङ, महोत्तरी, कालिकोट, दैलेख लगायतका जिल्लामा दादुरा संक्रमणका देखिएका छन् ।

बाढी प्रभावित जिल्लामा हालसम्म दादुरा संक्रमण देखिएको छैन । विपद्पछि सरुवा रोग फैलिन सक्ने जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य संस्थामार्फत निगरानी भइरहेको डा. गौतमले बताउनु भयो।

डा. गौतमका अनुसार केही समयदेखि प्रभावित क्षेत्रका स्वास्थ्य संस्थामा एक दिन बिराएर फोन गरी दादुरासहित खोपबाट बचाउन सकिने रोगका शंकास्पद बिरामीबारे जानकारी लिने गरिएको छ ।

‘प्रभावित क्षेत्रका स्वास्थ्य संस्थासँग नियमित सम्पर्क गरेर शंकास्पद बिरामी छन् कि छैनन् भनेर निगरानी गरिरहेका उनले बताए।

बाढीका कारण घर छाडेर सामूहिक आश्रयस्थलमा बस्न बाध्य भएका मानिसमा संक्रामक रोग फैलिने जोखिम बढी हुने विज्ञहरू बताउन् ।

नेपालले सन् २०२६ सम्ममा दादुरा उन्मूलन गर्ने लक्ष्य लिएको छ । सन् २०२३ जुनपछि देशमा दादुराको प्रकोप नदेखिएपछि निर्धारित समयमै लक्ष्य हासिल हुने अपेक्षा गरिएको थियो । तर, त्यसपछि पुन: देखिएका प्रकोपले उन्मूलनको लक्ष्यमा चुनौती थपेका छन् ।

नेपालले यसअघि पनि सन् २०१९ र २०२३ मा दादुरा उन्मूलन गर्ने लक्ष्य पूरा गर्न सकेको थिएन । सन् २०२२ र २०२३ मा देशका विभिन्न स्थानमा दादुरा संक्रमण फैलिएको थियो ।

चिकित्सकका अनुसार दादुरा संक्रमणबाट पखाला लाग्ने, कानको संक्रमण हुने, निमोनिया हुने, अन्धोपन हुने, कम्पन आउने, मस्तिष्कमा कडा खालको संक्रमण हुने र यस प्रकारका जटिलताबाट बिरामीको मृत्यु समेत हुनसक्छ ।

रुबेलाको संक्रमणबाट हाडजोर्नी सुन्निने वा दुख्ने, मस्तिष्कमा कडा खालको संक्रमण हुने, गर्भपतन हुने वा मृत शिशु जन्मने, अन्धोपना, बहिरोपना, मुटु र मस्तिष्कमा विकृति जस्ता जन्मजात विकलाङ्ग हुने र यस प्रकारका जटिलताको कारण बिरामीको मृत्युसमेत हुन्छ ।

दादुराको सामान्य लक्षण हो– तीव्र ज्वरो आउनु । दादुरा भएकाहरूको सम्पर्कमा आएको १०–१२ दिनपछि ज्वरो सुरु हुन्छ र ४ दिनदेखि एक सातासम्म रहिरहन्छ ।

दादुरा लाग्दा बालबालिकालाई थकान महसुस हुने तथा रुघा–खोकी लाग्ने गर्छ । आँखा राता हुने, मुखभित्र सेतो दाग देखिने पनि हुनसक्छ । केही दिनपछि सामान्यतया अनुहार र घाँटीको माथिल्लो भागमा बिमिरा देखिन्छ । बिमिरा तीन दिनपछि फैलिन्छ र हात–खुट्टामा समेत देखिन थाल्छ र ५–६ दिनपछि आफैं फोस्रिँदै जान्छ ।

Tags: Measles VaccineNepal flood
SummarizeShare234ScanTweet146

Related articles

उपचारभन्दा रोकथामको बाटो, स्थानीय सरकारको पहिलो प्राथमिकता

उपचारभन्दा रोकथामको बाटो, स्थानीय सरकारको पहिलो प्राथमिकता

by Nam Raj Bhatta
September 24, 2026
0

✍️ भानु पौडेल जनस्वास्थ्य विद् नेपालको जनस्वास्थ्य इतिहासमा मातृ-शिशु स्वास्थ्य, खोप कार्यक्रम र संक्रामक रोग नियन्त्रणमा हासिल भएका उपलब्धिहरू अनुकरणीय छन्। तर, पछिल्ला केही दशकमा हाम्रो स्वास्थ्य चुनौतीको...

शहरी क्षेत्रमा GP Clinic को बढ्दो महत्त्व: सूर्यविनायकको HPN Clinic उदाहरणीय

शहरी क्षेत्रमा GP Clinic को बढ्दो महत्त्व: सूर्यविनायकको HPN Clinic उदाहरणीय

by Nam Raj Bhatta
June 26, 2026
0

नेपालमा शहरीकरण तीव्र गतिमा बढ्दै जाँदा प्राथमिक स्वास्थ्य सेवा (Primary Health Care) को आवश्यकता पनि उत्तिकै बढेको छ। विशेषगरी General Practitioner (GP) Clinic हरूले बिरामीलाई प्रारम्भिक मूल्याङ्कन, उचित...

क्यान्सरको एउटै लक्षण हुँदैन, एक–डेढ महिनासम्म निको नभएको समस्या बेवास्ता नगर्नुहोस् : डा. सुदीप श्रेष्ठ

क्यान्सरको एउटै लक्षण हुँदैन, एक–डेढ महिनासम्म निको नभएको समस्या बेवास्ता नगर्नुहोस् : डा. सुदीप श्रेष्ठ

by Nam Raj Bhatta
June 25, 2026
0

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठका अनुसार क्यान्सरको कुनै एउटै निश्चित लक्षण हुँदैन। शरीरको जुन अंगमा क्यान्सर हुन्छ, त्यसैअनुसार लक्षण देखिने भएकाले क्यान्सरलाई एउटै लक्षणबाट चिन्न सकिँदैन।...

२०% मात्र काम गरिरहेको अत्यन्त कमजोर मुटुमा पनि सफल बाइपास सर्जरी सम्भव : डा. विश्व पोखरेल

२०% मात्र काम गरिरहेको अत्यन्त कमजोर मुटुमा पनि सफल बाइपास सर्जरी सम्भव : डा. विश्व पोखरेल

by Nam Raj Bhatta
June 24, 2026
0

ठूलो हृदयघात (हार्ट अट्याक) पछि मुटुको कार्यक्षमता केवल २० प्रतिशत सम्म झरेका बिरामीहरूको समेत सफलतापूर्वक बाइपास शल्यक्रिया नेपालमै भइरहेको वरिष्ठ कार्डियाक सर्जन डा. विश्व पोखरेलले बताएका छन्। उनका...

Please login to join discussion
AHF Nepal Bada Dashain
Norvic Pharmacy medicines delivered at home
Norvic Pharmacy medicines delivered at home
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    885 shares
    Share 354 Tweet 221
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    711 shares
    Share 284 Tweet 178
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    704 shares
    Share 303 Tweet 167
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    703 shares
    Share 312 Tweet 163
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    651 shares
    Share 260 Tweet 163

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • रसुवा बाढीले ३५ हजार बालबालिका दादुरा खोप बाट प्रभावित
  • CMC-NEPAL स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय (MoHFS) द्वारा सम्मानित
  • आत्महत्या जोखिम मूल्याङ्कन तथा व्यवस्थापन सम्बन्धी राष्ट्रिय निर्देशिका सार्वजनिक
  • विश्व बाथरोग दिवसमा काठमाडौंमा जनचेतना र्‍याली सम्पन्न
  • पोखराका डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.