Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ श्रावण २६
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

बालबालिकालाई स्क्रिन र जङ्क फुडबाट कसरी टाढा राख्ने ?

Nam Raj Bhatta by Nam Raj Bhatta
February 20, 2026
in Articles
Reading Time: 1 min read
A A
0
बालबालिकालाई स्क्रिन र जङ्क फुडबाट कसरी टाढा राख्ने ?
591
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️ डा. दिपक पौडेल

मोटोपन हुनुका मुख्य कारण

प्रमुख कारण खराब जीवनशैली र अस्वस्थ खानपान हो। वंशाणुगत वा हर्मोनको गडबडीका कारण, अत्यधिक गुलियो पेय पदार्थको सेवन, फास्ट फूडको लत, र शारीरिक गतिविधिको कमीका कारण बालबालिकाको तौल अनियन्त्रित रूपमा बढ्ने गरेको पाइन्छ। हाम्रो शरीरमा कार्बोहाइड्रेड, प्रोटिन फ्याट, भिटामिन सबै प्रकारको प्रोटिन तत्व आवश्यक हुन्छ ।

यदि शरीरमा आवश्यक पर्ने उक्त तत्वको सन्तुलन बिग्रिएको खण्डमा बालबालिकामा मोटोपनको समस्या निम्तिन्छ ।

१. शारीरिक गतिविधि कम हुनु
बाहिर खेल्ने, दौडने–उफ्रने बानी नहुँदा मोटोपन बढ्छ।

२. अस्वस्थ खानपान
जङ्क फुड र प्याकेजिङ खाना धेरै खानु मोटोपनको मुख्य कारण हो।

३. वंशाणुगत प्रभाव
आमाबाबु मोटो भए बालबालिकामा पनि मोटोपनको जोखिम बढी हुन्छ।

४. जिद्दी स्वभाव, स्क्रिन टाइम र इनडोर गेम
टिभी, मोबाइल तथा इनडोर गेममा धेरै समय सीमित हुँदा शारीरिक गतिविधि घट्छ। क्यालोरी बढी लिने तर फिजिकल एक्टिभिटी नहुँदा मोटोपन तीव्र रूपमा बढ्ने गर्छ।

५. तनाव र मानसिक समस्या
तनाव, आत्मविश्वासको कमी र डिप्रेसनले पनि मोटोपन बढाउन सक्छ।

घरमा पकाइएको स्वस्थकर खाना छाडेर बच्चाहरू जंक फूड, प्याकेज गरिएका पदार्थ र सडकका खाना खान रुचाउने प्रवृत्तिले उनीहरूलाई गम्भीर स्वास्थ्य समस्यामा पारिरहेको छ।

बालबालिकामा अत्याधिक मोटोपनले निम्त्याउने समस्याहरु

बालबालिकामा अत्याधिक मोटोपनले स्वास्थ्यमा गहिरो असर पार्छ। अत्याधिक मोटोपनले शारीरिक, मानसिक र सामाजिक सबै क्षेत्रमा समस्या निम्त्याउन सक्छ। यसले सासप्रश्वासमा समस्या ल्याउँछ, जसले गर्दा राति राम्रोसँग निन्द्रा नपुगी दिनभरि स्कूलमा ध्यान दिन नसक्ने, कक्षा र एक्टिभिटीमा सहभागिता कम हुने जस्ता समस्या उत्पन्न हुन्छ।

मोटोपनका कारण फोक्सो, ढाड, घुँडा, खुट्टा र जोइन्टमा दुखाइ बढ्छ, मुटुरोग, उच्च रक्तचाप, कोलेस्ट्रोल वृद्धि र मधुमेहको जोखिम पनि बढाउँछ। कलेजोमा बोसो जम्ने (फ्याटी लिभर) समस्या, मानसिक तनाव, डिप्रेसन र आत्मविश्वास घट्ने जस्ता असर पनि देखिन्छ। त्यस्तै, कब्जियत र छालासम्बन्धी समस्या अन्य बच्चाभन्दा बढी देखिन्छ। यसैले समयमै स्वस्थ खानपान, नियमित शारीरिक गतिविधि र पर्याप्त निद्रा सुनिश्चित गर्नु अत्यन्त जरुरी हुन्छ।

[हाल डा. पौडेल निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर धनगढीमा बालरोग विशेषज्ञको रुपमा कार्यरत छ्न। ]

Tags: Child HealthDr. Depak paudelNisarg Hospital Dhangadhi
SummarizeShare236ScanTweet148

Related articles

हातको उपचारमा नयाँ विशेषज्ञता गरेका डा. बिकाशले बुटवलमै पहिलोपटक Hand & Upper Limb Surgery सेवा

हातको उपचारमा नयाँ विशेषज्ञता गरेका डा. बिकाशले बुटवलमै पहिलोपटक Hand & Upper Limb Surgery सेवा

by Nam Raj Bhatta
August 4, 2026
0

मानव शरीरको अत्यन्त महत्वपूर्ण अंगमध्ये हात पनि एक हो। दैनिक जीवनका अधिकांश कामदेखि व्यावसायिक तथा सामाजिक गतिविधिसम्म हातको भूमिका महत्वपूर्ण हुन्छ। हातमा चोटपटक वा अन्य कुनै समस्या आएमा...

“मेडिकल रिप्रिजेन्टेटिभ स्वास्थ्य क्षेत्रको एक पर्यायवाची” #Medical

“मेडिकल रिप्रिजेन्टेटिभ स्वास्थ्य क्षेत्रको एक पर्यायवाची” #Medical

by Nam Raj Bhatta
April 9, 2026
0

✍️ अन्जित थिङ तामाङ चिकित्सक र स्वास्थ्यकर्मीहरुले बिरामीको रोगको निदानसँगै उपचार गर्नु हुन्छ भने फार्मसिष्टहरुले रोगको निदानमा प्रयोग हुने औषधिहरूको बारेमा बिस्तृत जानकारी जस्तै Dose (खुराक), औषधिले कसरी...

बर्ड फ्लू कागको मृत्युले चिन्ता बढायो कोभिड-१९ भन्दा खतरनाक मानिने संक्रमणको खतरा #BirdFlu

बर्ड फ्लू कागको मृत्युले चिन्ता बढायो कोभिड-१९ भन्दा खतरनाक मानिने संक्रमणको खतरा #BirdFlu

by Nam Raj Bhatta
March 25, 2026
0

✍️ डा. केदार कार्की विगत केही वर्षका मेडिकल रिपोर्टहरूको समीक्षाले धेरै संक्रामक रोगहरूले मानिसहरूलाई गम्भीर रूपमा असर गरेको देखाएको छ। चाहे त्यो कोरोनाभाइरस होस्, मंकीपक्स होस्, निपा भाइरस...

सार्क क्षेत्रमा बर्ड फ्लू र यसको स्थानिकता – डा. केदार कार्की | Bird Flu and Its Endemicity in the SAARC Region – by Dr. Kedar Karki

सार्क क्षेत्रमा बर्ड फ्लू र यसको स्थानिकता #Birdflu

by Nam Raj Bhatta
March 21, 2026
0

✍️ डा. केदार कार्की नेपालमा फेरि बर्डफ्लु संक्रमण पुष्टि भएकाे छ ।  मोरङ जिल्लाको ग्रामथान-१ खुनियाकट्टा र बुढिगंगा -५ मा बर्डफ्लू देखिएको पशु सेवा विभागले  पुष्टि गरेको हो...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    839 shares
    Share 336 Tweet 210
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    698 shares
    Share 279 Tweet 175
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    682 shares
    Share 294 Tweet 162
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    642 shares
    Share 257 Tweet 161
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    694 shares
    Share 309 Tweet 161

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • काभ्रेको पाँचखालमा केएमसीको स्वास्थ्य शिविर, ६५१ जनाले लिए स्वास्थ्य सेवा
  • ॐ अस्पतालमा बिरामी सुरक्षा र आकस्मिक उपचार सुदृढ बनाउन ‘बेसिक लाइफ सपोर्ट’ कार्यशाला
  • नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
  • स्वास्थ्य बिमाबाट भरतपुर अस्पतालले पायो एक वर्षमा रु अ१ अर्ब भन्दा बढी
  • फ्रन्टलाइन हस्पिटलमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट शल्यक्रिया,

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.