Magnus pharma
आज: २०८३ बैशाख ९
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

बालबालिकामा एन्टिबायोटिकको अनियन्त्रित प्रयोग: एक बाल चिकित्सकको चेतावनी

HNN Staff by HNN Staff
January 25, 2026
in Articles
Reading Time: 2 mins read
A A
0
Antibiotics-care-children-dr-sandeep-kc
590
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️ डा. सन्दिप के.सी.
बालरोग विभाग, धौलागिरी प्रादेशिक अस्पताल, बागलुङ

नमस्कार। म डा. सन्दिप के.सी. धौलागिरी प्रादेशिक अस्पताल बागलुङको बालरोग विभागमा विगत २ वर्षदेखि मेडिकल अधिकृतको रूपमा सेवा गर्दै आएको छु। दैनिक उपचारका क्रममा हामीलाई बारम्बार एकै प्रकारका समस्याको सामना गर्नुपर्दछ — त्यो हो बालबालिकामा चिकित्सकको सिफारिस बिना एन्टिबायोटिक (Antibiotic) र स्टेरोइडको (Steroids) अनियन्त्रित प्रयोग।

यो समस्या अब एउटा परिवार, गाउँ वा शहरको मात्र समस्या होइन — यो हाम्रो देशकै सार्वजनिक स्वास्थ्यको लागि खतरा बन्दै गएको छ।

अभिभावकहरूको साझा कथा

म बागलुङकै स्थानीय डाक्टर भएको नाताले पनि होला, ओ.पि.डि. बाहेक पनि बाहिर सल्लाहको लागि हरेक दिन अभिभावकहरू आफ्ना नानीबाबुलाई साधारण ज्वरो, खोकी, पखाला भयो भन्दै प्रत्यक्ष वा फोन/म्यासेजमा सल्लाह माग्नुहुन्छ। धेरैजसोमा एक समान पृष्ठभूमि हुन्छ:

“डाक्टर साहेब, हामीले पहिले नै फलानो फार्मेसीबाट/पसलबाट औषधि खुवाएका छौं, तर काम भएन।”

“हजुरले केही महिना अघि चलाएको औषधि घरमा रहेको थियो, सोही औषधीले विचार गरेको, अहिले आफ्नो बच्चालाई निको नै भएन।”

Antibiotics resistance misuse

किन हुन्छ यस्तो?

यसका कारणहरू बुझ्न सजिलो छ: ओ.पी.डी.मा लामो लाइन र ढिलाइ हुने, छिटो र सजिलो उपचारको चाहना, बागलुङको ग्रामीण भेगको जीप/बसहरू छिटो छुट्ने र घर पुग्न अबेर हुने, अघिल्लो पटक “यही औषधीले ठिक गरेको” भन्ने विश्वास, र बजारमा अरू थप काम भएको हुँदा देखाउन नभ्याउने।

तर म सधैं दोहर्‍याउँछु — “सजिलो र छिटो” उपचारको चाहनाले हामी भोलि ठूलो स्वास्थ्य संकटतर्फ लाग्दैछौं।

भाइरल संक्रमणमा एन्टिबायोटिक किन बेकार?

मुख्य कुरा यो बुझ्नु जरुरी छ कि ६०-७०% बालबालिकाको ज्वरो र खोकीको कारण भाइरल हुन्छ जसमा एन्टिबायोटिकले कुनै काम गर्दैन। तर बिना जाँच नै एजिथ्रोमाइसिन, सेफिक्सिम, एमोक्सिसिलिन लगायतका विभिन्न एन्टिबायोटिक लिइएको पाइन्छ।

भाइरल इन्फेक्सनमा एन्टिबायोटिक खानु भनेको पूर्व जान हिँडेको मान्छे पश्चिमको बसमा चढे जस्तै हैन र?

अनावश्यक एन्टिबायोटिकका खतराहरू

अनावश्यक एन्टिबायोटिक सेवनले पखाला, बान्ता, पेट दुखाइ गर्छ। शरीरमा हुने राम्रो ब्याक्टेरिया नष्ट गर्छ। रोग भित्रभित्रै लुकाउँछ (Masked infection)। सबैभन्दा गम्भीर कुरा त एन्टिबायोटिक प्रतिरोध (Antibiotic Resistance) बढाउँछ जसले निकट भविष्यमा एन्टिबायोटिक आवश्यक परेको खण्डमा कामै नगर्ने हुन सक्छ।

साधारण भाषामा भन्नुपर्दा — आज अनावश्यक रूपमा खाइएको एन्टिबायोटिकले भोलि साँच्चै जीवन बचाउन आवश्यक पर्दा काम नै नगर्न सक्छ।

स्टेरोइड मिसिएको औषधि: थप चिन्ताजनक

यति मात्र नभएर केही केसमा त अझ चिन्ताजनक अवस्था देख्छु। अभिभावकले फार्मेसीबाट ल्याएको “ज्वरो-खोकीको औषधि”मा डेक्सामेथासोन/प्रेडनिसोलोन जस्ता स्टेरोइड मिसिएका हुन्छन्।

यसले बच्चाको रोग प्रतिरोधात्मक क्षमता नै कमजोर बनाउँछ, संक्रमण भित्रभित्रै बढ्दै जाने हुन्छ, र भविष्यमा क्षयरोग, निमोनिया जस्ता रोग लुक्ने खतरा हुन्छ।

फार्मासिस्टहरूको भूमिका

यहाँ म एकदम स्पष्ट पार्न चाहन्छु। हाम्रो जस्तो हिमाली, दुर्गम जिल्लामा फार्मेसी र फार्मासिस्टहरू स्वास्थ्य सेवाको आधारस्तम्भ हुन्। दशकौंदेखि उहाँहरूले सामुदायिक स्वास्थ्यको सेवा गर्दै आउनुभएको छ। डाक्टर नपुगेको ठाउँमा उहाँहरू नै पहिलो सहारा हुनुहुन्छ। यो सेवालाई म व्यक्तिगत रूपमा राम्रो दृष्टिले नै हेर्छु र सम्मान गर्छु।

तर, जस्तै हरेक क्षेत्रमा अपवादहरू हुन्छन्, यहाँ पनि केही अपवादहरू छन्। केही फार्मेसीहरूमा यी गलत अभ्यासहरू देखिन्छन्: चिकित्सकीय जाँच बिना एन्टिबायोटिक/स्टेरोइड दिने, अभिभावकको दबाबमा परेर आवश्यकताभन्दा बढी डोजका औषधि प्रदान गर्ने, “पहिले खाएको” भनेर नै त्यही दवाइ फेरि थपिदिने, र चिकित्सकको सिफारिश नभएको औषधी समेत थप दिने।

यी कुराहरू सम्पूर्ण फार्मासिस्ट समुदायमाथि दोष लगाउने होइन, तर यी गलत अभ्यास गर्ने केही व्यक्तिहरूले सम्पूर्ण पेशाको मानसम्मानमाथि नै प्रश्नचिन्ह उब्जाएको छ। हामी अब सजग रहनुपर्छ।

Post-Antibiotic Era: भविष्यको खतरा

यदि हामी आज सचेत भएनौं भने हामी बिस्तारै Post-Antibiotic Era (एन्टिबायोटिक पछिको युग) तिर लाग्दैछौं, जहाँ सानो संक्रमणले पनि ज्यान लिन सक्ने अवस्था आउन सक्छ।

सर्वप्रथम त यो दायित्व कुनै निश्चित व्यक्ति/फर्म/संस्था नभनेर हामी सबैको हो भनेर मनन गर्नुछ।

अभिभावकहरूका लागि सुझाव

सुरुमै ज्वरो आयो भने डराउनु हुँदैन। सरकारी अस्पतालमा प्यारासिटामोल निशुल्क हुने हुँदा घरमा राख्ने र आवश्यक सल्लाह अनुरूप प्रयोग गर्ने। धेरै तरल पदार्थ पिउने र आराम गर्ने। फार्मेसीमा गएर आफै एन्टिबायोटिक माग नगर्नुहोस्। २-३ दिनभन्दा बढी ज्वरो रहेमा अस्पतालमा नै चिकित्सकलाई देखाउनुहोस्।

सम्मानित फार्मासिस्ट साथीहरूलाई अनुरोध

हामी साथी हौं, विपक्षी होइनौं। बालबालिकाको स्वास्थ्यसँग जोखिम नलिनुहोस्। शंकास्पद केसहरू डाक्टरकहाँ नै पठाउनुहोस्। बिना सिफारिश एन्टिबायोटिक र स्टेरोइड बिरामीलाई प्रदान नगर्नुहोस्। तपाईँहरूको सेवाले सम्पूर्ण समुदायको विश्वास कायम रहोस्।

स्थानीय प्रशासन र स्वास्थ्य निकायहरूलाई

औषधि व्यवस्था विभागद्वारा नियमित अनुगमन गर्नुपर्छ। नीति कार्यान्वयनमा पारदर्शिता ल्याउनुपर्छ। जनचेतना कार्यक्रमहरू सघन रूपमा सञ्चालन गर्नुपर्छ।

सामूहिक जिम्मेवारी

बागलुङका साना बालबालिकाहरूको भविष्य तपाईं-हामी सबैको हातमा छ। फार्मासिस्ट, स्वास्थ्यकर्मी/चिकित्सक र अभिभावक — सबैको सहकार्य नै यसको समाधान हो। हामी एक अर्काको विरोधी होइन। हामी आजैदेखि सचेत भएर बालबालिकाको भविष्य स्वस्थ र सुरक्षित बनाऔं।

धन्यवाद।

डा. सन्दिप के.सी.
बालरोग विभाग
धौलागिरी प्रादेशिक अस्पताल, बागलुङ


http://4.188.83.218/static/3592.jpgarticles/dengue-fever-health-tips/

Tags: AntibioticsChild HealthDhaulagiri hospital
SummarizeShare236ScanTweet148

Related articles

“मेडिकल रिप्रिजेन्टेटिभ स्वास्थ्य क्षेत्रको एक पर्यायवाची” #Medical

“मेडिकल रिप्रिजेन्टेटिभ स्वास्थ्य क्षेत्रको एक पर्यायवाची” #Medical

by Nam Raj Bhatta
April 9, 2026
0

✍️ अन्जित थिङ तामाङ चिकित्सक र स्वास्थ्यकर्मीहरुले बिरामीको रोगको निदानसँगै उपचार गर्नु हुन्छ भने फार्मसिष्टहरुले रोगको निदानमा प्रयोग हुने औषधिहरूको बारेमा बिस्तृत जानकारी जस्तै Dose (खुराक), औषधिले कसरी...

बर्ड फ्लू कागको मृत्युले चिन्ता बढायो कोभिड-१९ भन्दा खतरनाक मानिने संक्रमणको खतरा #BirdFlu

बर्ड फ्लू कागको मृत्युले चिन्ता बढायो कोभिड-१९ भन्दा खतरनाक मानिने संक्रमणको खतरा #BirdFlu

by Nam Raj Bhatta
March 25, 2026
0

✍️ डा. केदार कार्की विगत केही वर्षका मेडिकल रिपोर्टहरूको समीक्षाले धेरै संक्रामक रोगहरूले मानिसहरूलाई गम्भीर रूपमा असर गरेको देखाएको छ। चाहे त्यो कोरोनाभाइरस होस्, मंकीपक्स होस्, निपा भाइरस...

सार्क क्षेत्रमा बर्ड फ्लू र यसको स्थानिकता – डा. केदार कार्की | Bird Flu and Its Endemicity in the SAARC Region – by Dr. Kedar Karki

सार्क क्षेत्रमा बर्ड फ्लू र यसको स्थानिकता #Birdflu

by Nam Raj Bhatta
March 21, 2026
0

✍️ डा. केदार कार्की नेपालमा फेरि बर्डफ्लु संक्रमण पुष्टि भएकाे छ ।  मोरङ जिल्लाको ग्रामथान-१ खुनियाकट्टा र बुढिगंगा -५ मा बर्डफ्लू देखिएको पशु सेवा विभागले  पुष्टि गरेको हो...

सानैदेखि सही बानी: बालबालिकाको दाँतलाई कसरी रोगमुक्त राख्ने?

सानैदेखि सही बानी: बालबालिकाको दाँतलाई कसरी रोगमुक्त राख्ने?

by Nam Raj Bhatta
March 12, 2026
0

✍️ डा. तारा शाह, बिडिएस हामी प्रायः भन्ने गर्छौं, "सानो बाँसको टुक्रा, त्यसैको सोझो पारो।" बाल्यकालमा पर्ने बानीले जीवनभरको स्वास्थ्यको जग बसाल्छ। यो कुरा दन्त स्वास्थ्यको सन्दर्भमा झन्...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, टेकु, काठमाडौं
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य कर कोषको सचिवालयको कार्यालय, काठमाडौं
Madira sewan ko asarharu DPHO Office Lalitpur
× Full size view
Silverline Hospital Kathmandu by Shreedeep Group
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    687 shares
    Share 275 Tweet 172
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    631 shares
    Share 252 Tweet 158
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    628 shares
    Share 251 Tweet 157
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    675 shares
    Share 301 Tweet 156
  • जाडोमा बच्चाको स्याहार कसरी गर्ने ? यी १४ ओटा उपाय जानी राखौं #wintercare

    617 shares
    Share 247 Tweet 154

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • लुम्बिनी प्रादेशिक अस्पतालको मेसुमा डा. विष्णु गौतम नियुक्त
  • नेपालका ६ जिल्लामा बर्डफ्लु फैलियो, १ लाखभन्दा बढी पंक्षीको नष्ट
  • ओरल एण्ड म्याक्जिलोफेसियल प्याथोलोजिष्टको दोस्रो राष्ट्रिय सम्मेलन भव्यताका साथ सम्पन्न
  • चिकित्सक संघले स्वास्थ्यकर्मीहरुलाई सातामा दुई दिन बिदा दिने निर्णयको गरे स्वागत
  • इरानमा अत्यावश्यक औषधिको अभाव #Iran

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.