Global IME Bank Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ कार्तिक २
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

फिजियोथेरापी: “सेकाइ र मेसिन” भन्दा पर—मुटु, मस्तिष्कदेखि पुनः सक्रिय जीवनसम्म

Nam Raj Bhatta by Nam Raj Bhatta
September 8, 2026
in Articles
Reading Time: 67 mins read
A A
0
फिजियोथेरापी: “सेकाइ र मेसिन” भन्दा पर—मुटु, मस्तिष्कदेखि पुनः सक्रिय जीवनसम्म
594
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️ सदीक्षा मुलेपति

विश्व फिजियोथेरापी दिवस – सेप्टेम्बर ८, २०२६ को सन्दर्भमा

नेपाल अहिले बाढीजन्य विपद्को गम्भीर मानवीय असर सामना गरिरहेको छ। जनधनको क्षति, मृत्यु, बेपत्ता र विस्थापनबीच तत्काल उद्धार र उपचार पहिलो आवश्यकता हो। तर अर्को महत्वपूर्ण प्रश्न पनि सँगसँगै आउँछ—जीवन बचेपछि मानिसलाई फेरि आफ्नो जीवनमा कसरी फर्काउने? उद्धार र तत्कालीन उपचारसँगै अब बाँचेकाहरूको दीर्घकालीन स्वास्थ्य र कार्यक्षमताको प्रश्न पनि महत्वपूर्ण बन्दै गएको छ। विपद्पछि चोटपटक, अंग चलाउन कठिनाइ, मांसपेशीको कमजोरी, लामो समय निष्क्रिय रहँदा हुने शारीरिक क्षति, श्वासप्रश्वाससम्बन्धी समस्या र दैनिक काममा अरूमाथि निर्भर हुनुपर्ने अवस्था देखिन सक्छ। कतिपयलाई परिवार, काम र समुदायमा पुनः फर्किन लामो पुनर्स्थापनाको आवश्यकता पर्छ। त्यसैले विपद् व्यवस्थापन उद्धार र आकस्मिक उपचारमै समाप्त हुँदैन। पुनर्स्थापना पनि स्वास्थ्य आपत्कालीन प्रतिक्रियाकै निरन्तर हिस्सा हो।

स्वास्थ्य सेवा भन्नासाथ हामी रोग पहिचान, औषधि, शल्यक्रिया र जीवन बचाउने उपचार सम्झन्छौँ। तर उपचारपछि अर्को प्रश्न बाँकी रहन्छ—बिरामी फेरि सहज रूपमा हिँड्न, सास फेर्न, काम गर्न, दैनिक गतिविधि गर्न र सकेसम्म स्वतन्त्र जीवन बाँच्न सक्षम भयो कि भएन?

यही प्रश्नको उत्तर खोज्ने महत्वपूर्ण स्वास्थ्य सेवामध्ये एक हो—फिजियोथेरापी।

“सेकाइ गर्न आएको” — फिजियोथेरापीप्रतिको अधुरो बुझाइ

आज पनि नेपालका धेरै अस्पतालहरूको फिजियोथेरापी विभागमा,दैनिक रूपमा एउटै वाक्य बारम्बार सुनिन्छ:

“सेकाइ गर्न आएको हुँ।”
“मेसिन लगाइदिनु है।”
“यो दुखाइमा कुन मेसिन राम्रो हुन्छ?”

कतिपय अवस्थामा बिरामीहरू पर्चामा सिधै कुनै उपकरण वा मेसिनको नाम लिएरै फिजियोथेरापी विभाग पुग्छन्। यस्ता अनुभवहरूले फिजियोथेरापीलाई केवल “मेसिन सेवा” जस्तो बनाइदिन्छन्, जहाँ मूल्याङ्कन, क्लिनिकल निर्णय र व्यक्तिगत पुनर्स्थापना योजना ओझेलमा पर्न सक्छ। तर धेरै अवस्थामा बिरामीलाई मेसिनभन्दा बढी आवश्यक हुन्छ: सही र सुरक्षित व्यायाम, चाल तथा हिँडाइ प्रशिक्षण, मांसपेशीको शक्ति र सहनशक्ति बढाउने कार्यक्रम, श्वासप्रश्वास पुनर्स्थापना, सन्तुलन तथा समन्वय प्रशिक्षण, शिक्षा र आत्म–व्यवस्थापन।

ताप उपचार, इलेक्ट्रोथेरापी वा अन्य उपकरण केही अवस्थामा उपयोगी हुन सक्छन्। तर ती फिजियोथेरापीको सम्पूर्णता होइनन्। फिजियोथेरापीमा बिरामीको मूल्याङ्कन, चिकित्सकीय इतिहास, शारीरिक परीक्षण, व्यायाम, म्यानुअल प्रविधि, श्वासप्रश्वाससम्बन्धी प्रविधि, गतिशीलता प्रशिक्षण, सन्तुलन प्रशिक्षण, कार्डियोभास्कुलर कन्डिसनिङ,शिक्षा र घरमा गर्नुपर्ने कार्यक्रमजस्ता विभिन्न विधि प्रयोग हुन सक्छन्। उपचारको केन्द्रमा मेसिन होइन—बिरामीको समस्या हुन्छ। त्यसैले “कुन मेसिन लगाउने?” भन्दा पहिले “बिरामीलाई वास्तवमा के समस्या छ, उसको लक्ष्य के छ र कार्यक्षमता कसरी सुधार गर्ने?” भन्ने प्रश्न महत्वपूर्ण हुन्छ।

के कुनै रोगको उपचार एउटै मात्र हुन्छ त?

एउटै रोग, चोट वा शल्यक्रिया भएका दुई व्यक्तिको दुखाइ, मांसपेशीको शक्ति, जोर्नीको चाल, हिँड्ने क्षमता, सन्तुलन, डर, कामको प्रकृति र व्यक्तिगत लक्ष्य समान हुन्छन् त? पक्कै हुँदैनन्। त्यसैले एउटै मेडिकल निदान भएका दुई व्यक्तिलाई पनि एउटै प्रकारको फिजियोथेरापी, एउटै मेसिन वा एउटै संख्याको  सेसन आवश्यक नहुन सक्छ। उमेर, शारीरिक क्षमता, सहनशीलता, मुटु तथा श्वासप्रश्वासको अवस्था, स्नायु प्रणालीको कार्यक्षमता, जीवनशैली र व्यक्तिगत लक्ष्यका आधारमा उपचार फरक हुन्छ। केवल रोगको नाम हेरेर उपचार तय हुँदैन। विस्तृत मूल्याङ्कनपछि मात्र कुन उपचार आवश्यक छ, कति तीव्रतामा गर्ने, कति समय गर्ने, कहिले बढाउने वा घटाउने र कहिले उपचारको विधि परिवर्तन गर्ने भन्ने निर्णय गरिन्छ। यस अर्थमा फिजियोथेरापी विज्ञान र प्रमाणमा आधारित,व्यक्तिकेन्द्रित तथा क्लिनिकल निर्णय आवश्यक पर्ने स्वास्थ्य सेवा हो।

रिफर गर्नु र उपचार निर्धारण गर्नु एउटै कुरा होइन

फिजियोथेरापीका लागि रेफरल बिरामीको पुनर्स्थापना यात्राको महत्वपूर्ण प्रवेशबिन्दु हो। तर रेफरलपछि बिरामीलाई वास्तवमा कस्तो फिजियोथेरापी चाहिन्छ भन्ने कुरा फिजियोथेरापी मूल्याङ्कनबाट निर्धारण हुन्छ। “फिजियोथेरापी आवश्यक छ” भन्नु र कुन व्यायाम, कति तीव्रता, कति अवधि र कुन गतिमा प्रगति गराउने भन्ने निर्धारण गर्नु फरक कुरा हुन्। त्यसैले बिरामीलाई कुनै निश्चित “मेसिन” का लागि भन्दा “फिजियोथेरापी मूल्याङ्कन तथा पुनर्स्थापनाका लागि” भनेर रेफर भएमा फिजियोथेरापिष्टलाई बिरामीको वास्तविक समस्या बुझेर उपयुक्त पुनर्स्थापना योजना बनाउन मद्दत गर्छ।

ढाड र घुँडाको दुखाइभन्दा धेरै फराकिलो छ फिजियोथेरापी

फिजियोथेरापीलाई केवल ढाड, घुँडा वा मांसपेशीको दुखाइसँग जोडेर हेर्नु अर्को ठूलो भ्रम हो। फिजियोथेरापीका विभिन्न विशेषज्ञता क्षेत्रअनुसार फिजियोथेरापिष्टले सहयोग पुर्‍याउने प्रमुख क्षेत्रहरू:

  • हाडजोर्नी, मांसपेशी तथा चोटपटकपछिको पुनर्स्थापना
  • स्ट्रोक तथा अन्य स्नायु प्रणाली, मेरुदण्डसम्बन्धी पुनर्स्थापना
  • श्वासप्रश्वास, मुटु तथा रक्तनली सम्बन्धी पुनर्स्थापना 
  • गम्भीर बिरामी तथा आईसीयूमा प्रारम्भिक पुनर्स्थापना
  • शल्यक्रियापछिको कार्यक्षमता सुधार
  • बालबालिकाको पुनर्स्थापना
  • वृद्धवृद्धाको पुनर्स्थापना, ज्येष्ठ नागरिकमा लड्ने जोखिम न्यूनीकरण तथा गतिशीलता सुधार
  • खेलकुदजन्य चोटको व्यवस्थापन
  • दीर्घकालीन दुखाइ व्यवस्थापन
  • क्यान्सरपछिको पुनर्स्थापना
  • महिलाको स्वास्थ्य तथा पेल्भिक फ्लोरसम्बन्धी समस्या
  • समुदायमा आधारित पुनर्स्थापना
  • कार्यस्थलसम्बन्धी स्वास्थ्य तथा पेशागत पुनर्स्थापना
  • शारीरिक अशक्तता तथा अपाङ्गतासम्बन्धी पुनर्स्थापना
  • कृत्रिम अङ्ग तथा अर्थोसिस प्रयोगकर्ताको कार्यात्मक पुनर्स्थापना
  • भेस्टिबुलर तथा सन्तुलनसम्बन्धी समस्या र पुनर्स्थापना

मुटु र मस्तिष्कको स्वास्थ्यमा पनि उत्तिकै महत्वपूर्ण

यस वर्षको विश्व फिजियोथेरापी दिवसको मुख्य सन्देश हृदय तथा रक्तनलीसम्बन्धी रोग र स्ट्रोकको रोकथाम, व्यवस्थापन तथा पुनर्स्थापनामा फिजियोथेरापी र शारीरिक गतिविधिको भूमिकासँग सम्बन्धित छ।

हृदयघात, हृदयसम्बन्धी शल्यक्रिया, हृदय विफलता वा अन्य मुटुसम्बन्धी अवस्थापछि बिरामीलाई केवल औषधि दिएर घर पठाउनु मात्र पर्याप्त हुँदैन। सुरक्षित रूपमा नियमित शारीरिक गतिविधि, जोखिमको पहिचान, सुरक्षित तथा व्यक्तिगत आवश्यकताअनुसार तयार गरिएको व्यायाम कार्यक्रम र जीवनशैलीमा सुधारले भविष्यमा पुनःघटना हुने जोखिम घटाउने दिशामा व्यवस्थित पुनर्स्थापना महत्वपूर्ण योगदान दिन सक्छ। यहीँ कार्डियोभास्कुलर रिह्याबिलिटेसनमा फिजियोथेरापीको भूमिका विशेष हुन्छ। फिजियोथेरापिष्टले बिरामीको अवस्था, मुटुको कार्यक्षमता, शारीरिक क्षमता र लक्ष्यअनुसार सुरक्षित तथा क्रमिक व्यायाम कार्यक्रम तयार गर्न सक्छन्। यसले बिरामीलाई “रोगी” अवस्थाबाट पुनः सक्रिय जीवनतर्फ फर्किन सघाउछ।

त्यस्तै, स्ट्रोकपछि हुने कमजोरी, सन्तुलनको समस्या, हिँडडुलमा कठिनाइ र दैनिक क्रियाकलापमा निर्भरता घटाउन न्युरोलोजिकल रिह्याबिलिटेसन महत्वपूर्ण हुन्छ। फिजियोथेरापीले अस्पतालदेखि समुदायसम्मको पुनर्स्थापना यात्रामा कार्यक्षमता, गतिशीलता, सन्तुलन र स्वतन्त्रता सुधार गर्न योगदान पुर्‍याउँछ। यस अर्थमा फिजियोथेरापी केवल “दुखाइ कम गर्ने” सेवा होइन; यो मुटु, मस्तिष्क, फोक्सो, मांसपेशी र सम्पूर्ण शरीरको कार्यक्षमता पुनःस्थापित गर्ने स्वास्थ्य सेवा हो।

बिरामी पनि पुनर्स्थापना प्रक्रियाको सक्रिय भागीदार हुन्

फिजियोथेरापीको सफलता अस्पतालमा गरिएका केही सेसनले मात्र निर्धारण गर्दैन। बिरामीले सिकेको व्यायाम नियमित रूपमा गर्नु, शारीरिक रूपमा सक्रिय रहनु, आवश्यक जीवनशैली परिवर्तन गर्नु र चिकित्सकीय सल्लाह पालना गर्नु उत्तिकै महत्वपूर्ण छ। विशेषगरी हृदय तथा रक्तनलीसम्बन्धी रोगको रोकथाम र व्यवस्थापनमा नियमित शारीरिक सक्रियता दीर्घकालीन स्वास्थ्यको महत्वपूर्ण आधार हो। व्यक्तिको स्वास्थ्य र क्षमताअनुसार सुरक्षित तथा क्रमिक कार्यक्रम तयार गरेर फिजियोथेरापिष्टले यसमा मार्गदर्शन गर्न सक्छन्।

सहकार्यबाट नै उत्कृष्ट स्वास्थ्य सेवा

स्वास्थ्य सेवा कुनै एक पेशाको प्रतिस्पर्धा होइन; यो बिरामी केन्द्रित सहकार्य हो। फिजियोथेरापीको स्वायत्तताको अर्थ अन्य स्वास्थ्य पेशाबाट अलग भएर काम गर्नु होइन। आधुनिक स्वास्थ्य सेवा बिरामी केन्द्रित बहुविषयगत सहकार्य हो। जटिल स्वास्थ्य समस्यामा उत्कृष्ट परिणामका लागि चिकित्सक, नर्स, फिजियोथेरापिष्ट, अकुपेशनल थेरापिस्ट, स्पिच तथा ल्याङ्ग्वेज थेरापिस्ट, अर्थोटिस्ट, प्रोस्थेटिस्ट, मनोस्वास्थ्यकर्मी, पोषणविद् तथा अन्य स्वास्थ्यकर्मीबीचको समन्वय आवश्यक हुन्छ। बहुविषयगत सहकार्य र पेशागत स्वायत्तता एकअर्काका विरोधी होइनन्; दुवै गुणस्तरीय स्वास्थ्य सेवाका पूरक हुन्।प्रत्येक स्वास्थ्यकर्मीले आफ्नो ज्ञान र विशेषज्ञताभित्र जिम्मेवारीपूर्वक काम गर्दा र आवश्यक पर्दा एकअर्कासँग सहकार्य गर्दा बिरामीले समग्र र प्रभावकारी पुनर्स्थापना सेवा पाउँछन्।

सेप्टेम्बर ८: पीडा सम्झिने दिवस संगै पुनर्स्थापनाको आवश्यकता सम्झाउने दिन

नेपालका लागि सेप्टेम्बर ८, २०२६ अर्को कारणले पनि संवेदनशील दिन हो। ठीक एक वर्षअघि २०२५ को Gen Z आन्दोलनका क्रममा धेरै युवा तथा विद्यार्थी घाइते भएका थिए र केहीले गम्भीर चोटसमेत बेहोर्नुपरेको थियो। त्यस घटनाको एक वर्ष पूरा हुँदै गर्दा यही दिन विश्व फिजियोथेरापी दिवस परेको छ।

आपत्कालीन उपचार र शल्यक्रियाले जीवन बचाउन सक्छन्। तर गम्भीर चोटपछि फेरि हिँड्न, हातखुट्टा चलाउन, शक्ति र सहनशीलता पुनःप्राप्त गर्न, काममा फर्किन र सामाजिक जीवनमा पुनः सहभागी हुन लामो पुनर्स्थापना आवश्यक पर्न सक्छ र यसमा फिजियोथेरापीको महत्वपूर्ण भूमिका हुन्छ। त्यसैले सेप्टेम्बर ८ लाई केवल एउटा दिवसका रूपमा होइन, चोट र रोगपछि बाँचेकाहरूलाई पुनः जीवनमा फर्काउने स्वास्थ्य सेवाको महत्व सम्झिने अवसरका रूपमा पनि लिन सकिन्छ।

जीवन बचाउनु सुरुआत हो भने जीवनमा फर्काउनु पनि उत्तिकै महत्वपूर्ण

स्वास्थ्य सेवाको सफलता केवल बिरामी बाँच्यो कि बाँचेन भन्ने कुराले मात्र मापन गर्न सकिँदैन। मानिसलाई फेरि हिँड्न, सहज रूपमा सास फेर्न, आफ्नो दैनिक जीवन चलाउन, काममा फर्किन र समाजसँग पुनः जोडिन सक्षम बनाउनु पनि स्वास्थ्य सेवाको उपलब्धि हो। पुनर्स्थापना भनेको उपचारपछि बाँकी रहेको कमजोरीसँग सम्झौता गर्नु होइन। यो व्यक्तिसँग उपलब्ध क्षमतालाई अधिकतम प्रयोग गर्दै उसलाई सुरक्षित र आत्मनिर्भर जीवनतर्फ फर्काउने व्यवस्थित प्रक्रिया हो। विश्व फिजियोथेरापी दिवस २०२६ को अवसरमा फिजियोथेरापीलाई केवल “सेकाइ”, “मेसिन” वा “केही व्यायाम” का रूपमा होइन—वैज्ञानिक मूल्याङ्कन, क्लिनिकल रिजनिङ, प्रमाणमा आधारित अभ्यास र कार्यक्षमता पुनर्स्थापनामा केन्द्रित स्वायत्त स्वास्थ्य सेवाका रूपमा बुझ्न आवश्यक छ। हरेक स्वास्थ्य पेशाको ज्ञान, दक्षता र जिम्मेवारीलाई सम्मान गर्दै बिरामीको हितका लागि सहकार्य गर्नु आजको आवश्यकता हो। जीवन बचाउनु उपचारको सुरुआत हो; मानिसलाई पुनः सक्रिय, सक्षम र अर्थपूर्ण जीवनतर्फ फर्काउनु स्वास्थ्य सेवाको पूर्णता हो।

[हाल मुलेपति, वीर अस्पताल कार्डियोपल्मनरी फिजियोथेरापिष्ट (नवौँ तह) फिजियोथेरापी प्रमुख हुन।]

Tags: #PhysiyotheraphiBir HospitalSadikshya mulepati
SummarizeShare238ScanTweet149

Related articles

उपचारभन्दा रोकथामको बाटो, स्थानीय सरकारको पहिलो प्राथमिकता

उपचारभन्दा रोकथामको बाटो, स्थानीय सरकारको पहिलो प्राथमिकता

by Nam Raj Bhatta
September 24, 2026
0

✍️ भानु पौडेल जनस्वास्थ्य विद् नेपालको जनस्वास्थ्य इतिहासमा मातृ-शिशु स्वास्थ्य, खोप कार्यक्रम र संक्रामक रोग नियन्त्रणमा हासिल भएका उपलब्धिहरू अनुकरणीय छन्। तर, पछिल्ला केही दशकमा हाम्रो स्वास्थ्य चुनौतीको...

Mental hospital and social health protection Arjun Prasad Bhetuwal

Improving Services at Lagankhel Mental Hospital

by Nam Raj Bhatta
September 18, 2026
0

✍️ Arjun Prasad Bhetuwal  Senior Medical Records Officer, Mental Hospital, Lagankhel. Mental health remains one of the most vital yet historically underserved pillars of public health infrastructure across...

नालीको छेउमा जन्मिएको बच्चा: संविधानको कागज र राज्यको वास्तविकता बीचको दूरी

नालीको छेउमा जन्मिएको बच्चा: संविधानको कागज र राज्यको वास्तविकता बीचको दूरी

by Nam Raj Bhatta
September 12, 2026
0

✍️ प्रकाश देउवा , जनस्वास्थ्यकर्मी एक गर्भवती महिलाले अस्पतालको छेउमै, नालीको किनारमा बच्चा जन्माउन बाध्य भएको देखाउने यो तस्वीरले नेपालको स्वास्थ्य प्रणालीमाथि गम्भीर प्रश्न उठाउँछ। यो तस्वीर केवल...

स्थानीय बसको प्रतिस्पर्धा : काठमाडौंमा सवारी दुर्घटना बढ्नुको मुख्य कारण

बाढीपछि महामारीको निश्चितता – अब ढिला गर्ने समय छैन !

by Nam Raj Bhatta
August 29, 2026
0

नेपालको पहाडी तथा तराई क्षेत्रमा गएको विनाशकारी बाढी र पहिरोले लाखौंको जीवन प्रभावित बनाएको छ। हजारौं विस्थापित, सयौं बेपत्ता र सयौंको मृत्यु – यो ताजा तथ्यांक मात्र हो।...

Please login to join discussion
AHF Nepal Bada Dashain
Norvic Pharmacy medicines delivered at home
Norvic Pharmacy medicines delivered at home
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    886 shares
    Share 354 Tweet 222
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    711 shares
    Share 284 Tweet 178
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    704 shares
    Share 303 Tweet 167
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    704 shares
    Share 313 Tweet 163
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    651 shares
    Share 260 Tweet 163

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • कांग्रेसको पेशागत तथा विज्ञ क्षेत्रबाट केन्द्रीय सदस्यमा डा. प्रदीप मिश्र निर्वाचित
  • डडेल्धुरा मेडिकल कलेजको डीनमा डा. डबलबहादुर धामी नियुक्त
  • नेपाल राष्ट्रिय एकद्वार प्रणालीमार्फत औषधि व्यवस्था विभागका अनलाइन सेवाहरूको शुभारम्भ
  • रसुवा बाढीले ३५ हजार बालबालिका दादुरा खोप बाट प्रभावित
  • CMC-NEPAL स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय (MoHFS) द्वारा सम्मानित

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.