मनमोहन मेमोरियल इन्ष्टिच्युट अफ हेल्थ साइन्सेजको Staff Development Plan अन्तर्गत शिक्षकहरूको क्षमता अभिवृद्धि तथा आपत्कालीन अवस्थामा जीवनरक्षा सम्बन्धी ज्ञान र सीप विकास गर्ने उद्देश्यले Basic Life Support (BLS) Training कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
गंगालाल हृदय रोग केन्द्र र मनमोहन मेमोरियल इन्ष्टिच्युट अफ हेल्थ साइन्सेजको संयुक्त आयोजनामा सम्पन्न उक्त तालिम कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष प्रा. विष्णु भट्टराई, क्याम्पस प्रमुख डा. धर्मप्रसाद खनाल, सहायक क्याम्पस प्रमुख प्रा. दुर्गा खड्का मिश्र, विभागीय प्रमुखहरू प्रा. मन्दिरा वन्त, डा. खड्गबहादुर श्रेष्ठ, सोमकान्त बराल, दिप्ती पिया बानियाँ लगायत ४७ जना शिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो।
तालिमका क्रममा आपत्कालीन अवस्थामा बिरामी वा घाइतेको जीवनरक्षा गर्न आवश्यक पर्ने Basic Life Support (BLS) सम्बन्धी सैद्धान्तिक ज्ञानका साथै व्यावहारिक सीपसमेत प्रदान गरिएको थियो। उक्त तालिम गंगालाल हृदय रोग केन्द्रका प्रशिक्षकहरू रोजी शाक्य, निता देवी डंगोल, सुनिता खड्का र कोपिला लुइटेलले तालिम प्रदान गर्नु भएको थियो । प्रशिक्षकहरूले आकस्मिक अवस्थामा गरिने प्रारम्भिक जीवनरक्षा Cardiopulmonary Resuscitation (CPR) लगायतका महत्वपूर्ण जीवनरक्षक प्रविधिबारे प्रशिक्षण प्रदान गर्नुभएको थियो।
कार्यक्रमको समापनका अवसरमा क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष प्रा. विष्णु भट्टराईले गंगालाल हृदय रोग केन्द्रलाई महत्वपूर्ण तथा जीवनरक्षक तालिम प्रदान गरी शिक्षकहरूको क्षमता अभिवृद्धिमा सहयोग पुर्याएकोमा हार्दिक धन्यवाद व्यक्त गर्नुभयो।
साथै, उहाँले सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्नुभयो।
प्रमाणपत्र वितरण कार्यक्रममा सहायक क्याम्पस प्रमुख प्रा. दुर्गा खड्का मिश्र तथा प्रशिक्षकहरू रोजी शाक्य, निता देवी डंगोल, सुनिता खड्का र कोपिला लुइटेलले समेत सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो।
त्यसैगरी, तालिमलाई सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका प्रशिक्षकहरूलाई क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष प्रा. विष्णु भट्टराई र सहायक क्याम्पस प्रमुख प्रा. दुर्गा खड्का मिश्रले खादा तथा मायाको चिनो प्रदान गरी सम्मान गर्नुभएको थियो।







