Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ श्रावण १६
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

मनमोहन मेमोरियल इन्स्टिच्यूट अफ हेल्थ साइन्सेजको १८ औं वार्षिकोत्सब सम्पन्न

Nam Raj Bhatta by Nam Raj Bhatta
February 22, 2025
in News
Reading Time: 1 min read
A A
0
मनमोहन मेमोरियल इन्स्टिच्यूट अफ हेल्थ साइन्सेजको १८ औं वार्षिकोत्सब सम्पन्न
586
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, १० फागुन २०८१

मनमोहन मेमोरियल इन्स्टिच्यूट अफ हेल्थ साइन्सेजको १८औं बार्षिकोत्सव सम्पन्न भएको छ ।

बिहीबार संस्थाका अध्यक्ष डा. बशिंधर मिश्रको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल रहेका थिए ।

उक्त अवसरमा मन्त्री पौडेलले नेपालका पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको नाममा स्थापित यस क्याम्पसले उत्पादन गरेको जनशक्तिले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको चर्चा गर्दै गुणात्मक शिक्षा अभिबृद्धिमा संस्थाले प्राप्त गरेको उच्च सफलताको प्रंशसा गरेका थिए । Manmohan start

मन्त्री पौडेलले स्वास्थ्यमन्त्रीको हैसियतमा स्वास्थ्य बीमा कार्यक्रम जनस्तरमा पुर्याउने योजना भएको धारणा राखे । कार्यक्रममा संस्थापक अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले संस्थाले ३ पटक राष्टिय रुपमा उत्कृष्ट पुरस्कार र विश्वविद्यालय अनुदान आयोगबाट क्यूएएको प्रमाणपत्र प्राप्त गरेकोले संस्थाले उच्च शिक्षामा महत्वपूर्ण खुड्किला पार गरेको बताए ।

संस्थाका उपाध्यक्ष जीवनप्रकाश शर्माले नव आगन्तुक बिद्यार्थीहरुलाई स्वागत र बिदाई हुन लागेका बिद्यार्थीहरुलाई आगामी यात्राको शुभकामना दिंदै चिकित्सा शिक्षाको लागि नेपाल उर्वर भूमि भएकाले चिकित्सा शिक्षा ऐनका केहि प्रावधानहरु शंसोधन गर्नुपर्ने आवश्यकता औल्याए ।

कार्यक्रममा चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगंजका सहायक डीन प्रा. तक्मा केसीले बार्षिकोत्सव कार्यक्रमको सफलताको शुभ कामना दिनुभयो। मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका डीन प्रा. दुर्गा मिश्रले बिद्यार्थीहरु पठनपाठनका अतिरिक्त खेलकुद तथा साँस्कृतिक कार्यक्रममा पनि उत्साहपूर्वक लाग्नुपर्ने बताइन् ।

संस्थाका उपाध्यक्ष ई. गम्भीरलाल श्रेष्ठले कार्यकममा उपस्थित प्रमुख अतिथि लगायत अन्य अतिथिहरुलाई धन्यवाद दिदै संस्थाले प्राप्त गरेका महत्वपूर्ण शैक्षिक उपलब्धिहरुको जर्गेना गर्नुपर्ने बताए । सो अवसरमा मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालको प्रमुख कार्यकारी निर्देशक डा. नास्तु शर्माले अस्पतालले गुणस्तरिय सेवा प्रदान गरिरहेको बताइन् ।

क्याम्पस प्रमुख डा. धर्मप्रसाद खनालले स्वागत मन्तव्य व्यक्त गर्दै क्याम्पसले  हालसम्म २२०० दक्ष जनशक्ति उत्पादन गरिसकेको बताए । चिकित्सा शिक्षा आयोगका कावा उपाध्यक्ष प्राडा. सुजनवावु मरहट्टाले चिकित्सा शिक्षाका केहि बिद्यामा बिद्यार्थी संख्या घट्दै गएकोले  विश्वबजार अनुकुल प्रविधि मैत्री पाठ्यक्रम बनाउन पर्ने बताए ।

कार्यक्रमलाई समापन गर्दै अध्यक्ष डा. बंशिधर मिश्रले उपस्थित प्रमुख अतिथि लगाायत सवै अतिथिहरु, शिक्षक, कर्मचारी तथा बिद्यार्थीलाई हार्दिक बद्याई दिदै कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्ने कार्यमा योगदान पुराउने हुने शिक्षक कर्मचारी, बिद्यार्थी व्यवस्थापन समिति लगायत अन्य सरोकारवालाहरुलाई धन्यवाद दिएका थिए ।

सो अवसरमा प्रमुख अतिथि लगायत बिशिष्ट अतिथिहरु र अध्यक्ष, उपाध्यक्षहरुले सामुहिक रुपमा क्याम्पसको मुखपत्र बिमोचन, त्यसै क्याम्पसको क्यूएए प्रक्रियामा महत्वपूर्ण कार्य सम्पादन गरेवापत आन्तरिक सुनिश्चितता समितिको संयोजक सहप्राध्यापक जीवनप्रकाश शर्मा तथा कर्मचारीको रुपमा सहप्रशासक सचितकुमार कुइकेललाई प्रमाणपत्र र दोसल्लासहित सम्मान गरिएको थियो ।

त्यस्तै कार्यक्रममा मनमोहन स्मृति छात्रबृत्ति, प्रा. बिष्णु भट्टराई छात्रबृत्ति, प्रा. हरिदेउसा राई छात्रवृत्ति वितरण, उत्कृष्ट बिद्यार्थी सम्मान, बिद्यार्थी अनुसन्धान अनुदान, शिक्षक अनुसन्धान अनुदान र त्रिभुवन विश्वविद्यालयको बार्षिक परीक्षामा सर्वोकृष्ट अंक ल्याउने बिद्यार्थी सम्मान, त्रिभुवन विश्वविद्यालयको आंगिक तथा सम्वन्धन प्राप्त क्याम्पसहरु अन्तर क्याम्पस निवन्ध प्रतियोगितामा उत्कृष्ट जानकी मेडिकल कलेजका बिद्यार्थी दिक्षा सुवदीलाई  सम्मान गरियो ।

कार्यक्रममा बाग्मती प्रदेश सभा सदस्य केशव पोखरेल, लेखा तथा सुपरीबेक्षण समितिका संयोजक, सदस्य र नेको नेपालका पदाधिकारी, सदस्य र क्याम्पस व्यवस्थापन समितिका सदस्यहरु र प्रमुख कार्यकारी अधिकृत, मनमोहन मेमोरियल मेडिकल साइन्सका क्याम्पस प्रमुख लगायतको उपस्थिति थियो ।

कार्यकममा बिद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । बार्षिकोत्सवका अवसरमा क्याम्पसले खेलकुद सप्ताह, अतिरिक्त क्रियाकलाप तथा रक्तदान कार्यकमहरु पनि आयोजना गरेको थियो।

Tags: #Health and population ministryManmohan institute health science
SummarizeShare234ScanTweet147

Related articles

भक्तपुर क्यान्सर अस्पतालमा अत्याधुनिक अल्ट्रासाउन्ड मेसिन

भक्तपुर क्यान्सर अस्पतालमा अत्याधुनिक अल्ट्रासाउन्ड मेसिन

by Nam Raj Bhatta
July 31, 2026
0

भक्तपुर क्यान्सर अस्पतालमा अत्याधुनिक अल्ट्रासाउन्ड मेसिन प्राप्त भएको छ। अत्याधुनिक अल्ट्रासाउन्ड मेसिन  भएसँगै अस्पतालमा क्यान्सर निदान तथा उपचार सेवाको गुणस्तर थप सुदृढ हुने अपेक्षा गरिएको छ। यो उच्चस्तरीय...

सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शोको तयारी पूरा

सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शोको तयारी पूरा

by Nam Raj Bhatta
July 31, 2026
0

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर र जनमैत्री अस्पतालले सहकार्यमा चौथो सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो’ को तयारी पूरा भएको छ। नेपाल क्यान्सर सपोर्ट ग्रुप र उपचारका लागि...

नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम (PEQAS): आवश्यकता, चुनौती र भावी मार्गचित्र

नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम (PEQAS): आवश्यकता, चुनौती र भावी मार्गचित्र

by Nam Raj Bhatta
July 31, 2026
0

✍️ राम प्रसाद ओझा नेपालका स्वास्थ्य प्रयोगशालाहरूमा प्रादेशिक तहबाट बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम(PEQAS) सञ्चालन गर्नु भरपर्दो परीक्षण सुनिश्चित गर्न, विकेन्द्रित सेवा सुधार गर्न र गुणस्तरको दायरा फराकिलो बनाउनकालागि...

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल नियुक्त

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल नियुक्त

by Nam Raj Bhatta
July 30, 2026
0

सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेललाई नियुक्त गरेको छ। डा. प्याकुरेलले नियुक्तिपछि पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    836 shares
    Share 334 Tweet 209
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    696 shares
    Share 278 Tweet 174
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    680 shares
    Share 293 Tweet 161
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    641 shares
    Share 256 Tweet 160
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    692 shares
    Share 308 Tweet 160

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • भक्तपुर क्यान्सर अस्पतालमा अत्याधुनिक अल्ट्रासाउन्ड मेसिन
  • सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शोको तयारी पूरा
  • नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम (PEQAS): आवश्यकता, चुनौती र भावी मार्गचित्र
  • स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल नियुक्त
  • इबोला भाइरस रोग (Ebola Virus Disease): एक गम्भीर संक्रामक रोगको परिचय, जोखिम र नियन्त्रण

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.