काठमाडौं, ९ साउन२०७९
स्वास्थ्य मन्त्रालयले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र सञ्चालक समितिको सदस्यमा मुटुरोग विशेषज्ञ डा.प्रकाश रेग्मी र डा.नविनचन्द्र गौतमलाई नियुक्त गरेको छ ।
समितिका अध्यक्षस्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले मुटुरोग विशेषज्ञ डा. रेग्मी र कार्डियाक सर्जन डा. गौतमलाई सदस्य पदमा चार वर्षका लागि मनोनित गर्नुभएको हो । एघार सदस्यीय सञ्चालक समितिमा दुई जना सदस्य रिक्त रहेको थियो ।
दुई जना सदस्य मनोनित भएसँगै गंगालाल हृदय केन्द्र सञ्चालक समितिले पूर्णता पाएको छ। एघार सदस्यीय सञ्चालक समितिमा दुई जना सदस्य रिक्त थिए। मन्त्री खापुङले सोमबार उनीहरु दुईजनालाई मनोनित गरेको मन्त्रीको सचिवालयले जनाएको छ। सदस्यको पदावधी चार वर्षको हुनेछ।
समितिमा काठमाडौं क्षेत्र नम्बर ५ का एमाले सांसद ईश्वर पोखरेल, स्वास्थ्य सचिव डा रोशन पोखरेल, अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, हार्ट टू नेपालका विजय राई, डा. युवराज लिम्बू, काठमाडौ विश्वविद्यालयका डीन डा. राजेन्द्र कोजु, महिला प्रतिनिधिको रुपमा विना दवाडी सदस्य छन्। अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारी समितिको सदस्य सचिव हुन्।















