पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार, दुई डीन र अस्पताल निर्देशक नियुक्त भएका छन्।
प्रतिष्ठानको शिक्षाध्यक्षमा डा. बाबुराजा महर्जन, रजिस्ट्रारमा डा.अरुण शाही, स्कुल अफ मेडिसिनको डीनमा डा. आशिष श्रेष्ठ, स्कुल अफ नर्सिङ एन्ड मिडवाइफरीको डीनमा शोभालक्ष्मी बज्राचार्य र अस्पताल निर्देशकमा डा. सन्तवीर महर्जन नियुक्त भएका हुन्।
नवनियुक्त पदाधिकारीहरूले आज मन्त्रालयमा मन्त्री मेहतासमक्ष नियुक्तिपत्र लिएका छन्।
प्रतिष्ठानको उपकुलपतिमा डा. नवीसमान सिंह प्रधान यसअघि नै नियुक्त भइसकेका छन्।






