नेपाल स्वास्थ्य व्यवसायी परिषदको रजिष्टारमा रमेश श्रेष्ठ नियुक्त हुनुभएको छ।
श्रेष्ठले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ।
श्रेष्ठले भारतको राजीव गान्धी स्वास्थ्य विज्ञान विश्वविद्यालयअन्तर्गत जवाहरलाल नेहरू मेडिकल कलेजबाट मेडिकल रेडियोग्राफीमा स्नातक र राजस्थानस्थित नेशनल इन्स्टिच्युट अफ मेडिकल साइन्सेस विश्वविद्यालयबाट रेडिएसन तथा इमेजिङ टेक्नोलोजीमा स्नातकोत्तर गर्नुभएको छ।
श्रेष्ठ मेडिकल रेडियोग्राफी तथा मेडिकल इमेजिङ क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव भएका स्वास्थ्य व्यवसायी हुनुहुन्छ। श्रेष्ठ हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वरिष्ठ रेडियो टेक्नोलोजिस्टका रूपमा कार्यरत हुनुहुन्छ।






