वरिष्ठ मुटुरोग विशेषज्ञ डा. मान बहादुर केसीले उच्च रक्तचाप (प्रेसर) का बिरामीहरुले चिकित्सकको सल्लाहबिना औषधि बीचमै छोड्न नहुने बताएका छन्।
डा. केसीका अनुसार, प्रेसरको औषधि मनलाग्दी रूपमा बीचमै छोड्दा शरीरका विभिन्न महत्वपूर्ण अंगमा असर पर्न सक्छ। लामो समयसम्म रक्तचाप नियन्त्रणमा नआउँदा आँखामा समस्या, किड्नीमा क्षति तथा मुटु फेलियरजस्ता गम्भीर समस्या देखिन सक्ने डा. केसीले बताए। मुटुका बिरामीले खसीको भुटनमा बोसो हुने भएकोले नखान डा. केसीले सुझाब दिएका छ्न।
त्यसैले चिकित्सकले प्रेसर नियन्त्रणका लागि दिएको औषधि नियमित रूपमा सेवन गर्न र औषधि बन्द गर्नुपरे चिकित्सकसँग मात्रै परामर्श गर्न डा. केसीले सुझाव दिएका छन्।
डा. केसी ह्याम्स अस्पताल धुम्बराहीमा कार्यरत छ्न। यस अघि गगालाल मेमोरियल अस्पतालमा लामो समयसम्म बिरामीको सेवा गर्दै आएका थिए।






