Nepal Bank Advertisement
आज: २०८३ मंसिर १३
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

नवजात शिशुको स्वस्थ भविष्य पनि सुनिश्चित गरौँ

Nam Raj Bhatta by Nam Raj Bhatta
November 29, 2026
in Articles, Research & Study
Reading Time: 4 mins read
A A
0
कान्ति बाल अस्पताललाई शीघ्र Institute of Child Health मा रूपान्तरण गरौँ
585
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️ डा. दीपक मिश्र

​नेपालले पछिल्ला दुई दशकमा बाल स्वास्थ्यका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको छ। तर यो प्रगति नवजात शिशुको जीवन रक्षामा अपेक्षित रूपमा प्रतिबिम्बित हुन सकेको छैन। नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ (एनडीएच्‌एस् २०२२) अनुसार नेपालमा नवजात शिशु मृत्युदर प्रति १,००० जीवित जन्ममा २१ छ। चिन्ताको विषय के हो भने सन् २०१६ मा पनि यो दर २१ नै थियो। यसै अवधिमा पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर भने प्रति १,००० जीवित जन्ममा ३९ बाट घटेर ३३ मा झरेको छ।

​यी तथ्याङ्कले एउटा गम्भीर प्रश्न खडा गर्छन् – बाल स्वास्थ्यका अन्य सूचकमा सुधार भइरहँदा नवजात शिशुको मृत्युदर किन घट्न सकेन? यसको उत्तर खोज्न हामीले स्वास्थ्य सेवाको पहुँच मात्र होइन जन्मपछिको स्याहारको गुणस्तर, विशेषज्ञ जनशक्तिको उपलब्धता, संक्रमण नियन्त्रण, रिफरल प्रणाली र उपचारको निरन्तरतासमेत मूल्याङ्कन गर्नुपर्छ।

​नवजात शिशुको पहिलो २८ दिन अत्यन्त संवेदनशील अवधि 

​सन् २०१६ र २०२२ को तथ्याङ्क तुलना गर्दा जन्मेको पहिलो दिनको मृत्युदर प्रति १,००० मा ११.६ बाट घटेर ७.२ मा झरेको छ, जसले प्रसव कक्षको सुधारलाई सङ्केत गर्छ। तर त्यसपछिको पहिलो हप्तामा हुने मृत्युदरमा अपेक्षित सुधार देखिएको छैन। यसले प्रसव कक्षमा मात्र केन्द्रित प्रयास पर्याप्त नहुने र जन्मपछिको निरन्तर स्याहारलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याउँछ।

​‘सर्भाइभल’ बाट ‘इन्ट्याक्ट सर्भाइभल’ तर्फको यात्रा

​नवजात शिशुको जीवन रक्षा स्वास्थ्य प्रणालीको पहिलो दायित्व हो। तर आधुनिक चिकित्सा विज्ञानको उद्देश्य शिशुलाई जीवित राख्नुमा मात्र सीमित छैन। उनीहरूलाई सम्भव भएसम्म गम्भीर दीर्घकालीन स्वास्थ्य समस्या तथा स्नायविक र विकासात्मक क्षतिको जोखिमबाट जोगाउँदै स्वस्थ रूपमा हुर्कने अवसर प्रदान गर्नु पनि उत्तिकै महत्त्वपूर्ण छ। यही अवधारणालाई दुरुस्त जीवन (Intact Survival) भनिन्छ।

​भारतका एम्स (AIIMS) जस्ता उच्चस्तरीय उपचार केन्द्रहरूमा २५–२६ हप्ताको अत्यन्त कम गर्भावधिमा जन्मिएका र ५००–७०० ग्राम तौल भएका कतिपय शिशुलाई समेत सघन उपचारमार्फत बचाउन सम्भव भएको छ। यसले आधुनिक नवजात चिकित्सा विज्ञानको सम्भावना देखाउँछ। तर, यस्ता शिशुको उपचारमा केवल बचाउनु मात्र पर्याप्त हुँदैन; उनीहरूको मस्तिष्क, फोक्सो, दृष्टि, श्रवण तथा समग्र विकासलाई सुरक्षित राख्दै दुरुस्त जीवन सुनिश्चित गर्नु मुख्य लक्ष्य हुनुपर्छ।

​नेपालमा यस अवधारणालाई व्यवहारमा उतार्न महँगा उपकरण र नयाँ भवनमा लगानी गरेर मात्र पुग्दैन। स्वास्थ्य सेवाको संरचना, विशेषज्ञ जनशक्ति, रिफरल प्रणाली, औषधि आपूर्ति, नर्सिङ सेवा र उपचारपछिको अनुगमनमा एकसाथ नीतिगत सुधार गर्नुपर्छ।

​१. नवजात शिशु (Neonatology) विभाग र विशेषज्ञ जनशक्तिको दरबन्दी

​नवजात शिशुको उपचार बालरोग सेवाको सामान्य भाग मात्र होइन। समयभन्दा अगाडि जन्मिएका, कम तौल भएका वा गम्भीर बिरामी शिशुको उपचारका लागि विशिष्ट ज्ञान, सीप, उपकरण र निरन्तर निगरानी आवश्यक हुन्छ। कान्ति बाल अस्पताल र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालजस्ता प्रमुख तेस्रो (Tertiary) तहका स्वास्थ्य केन्द्रहरूमा पर्याप्त जनशक्ति र संरचनासहित नवजात शिशु विभाग (Department of Neonatology) स्थापना तथा सुदृढीकरण गरिनुपर्छ भने प्रदेशस्तरका ठूला अस्पतालहरूमा पनि सामान्य पेडियाट्रिसियनका साथै अति विशिष्ट कन्सल्टेन्ट नियोनाटोलोजिस्टको दरबन्दी सिर्जना गरिनुपर्छ। ९औं तहका सामान्य बालरोग विशेषज्ञ र ९औं तहकै DM (Super Specialist) को सेवा-सुविधा र वृत्तिविकासमा स्पष्ट प्रोत्साहन नहुँदा दक्ष जनशक्ति टिकाइराख्न कठिन हुन्छ। त्यसैले नेपालमै तीन वर्षे अति विशिष्ट डीएम नियोनाटोलोजी (DM Neonatology) तथा एक वर्षे फेलोसिप कार्यक्रमलाई विस्तार गर्दै उनीहरूलाई देशभित्रै टिकाउने नीति ल्याउनुपर्छ।

​२. वर्गीकरण, नक्साङ्कन र सुदृढ सिफारिस प्रणाली 

​गम्भीर अवस्थामा रहेका नवजात शिशुलाई समयमै उपयुक्त अस्पताल पुर्‍याउन नसक्दा उपचारमा ढिलाइ भई ज्यान जाने गरेको छ। ​अस्पतालमा उपलब्ध जनशक्ति र उपकरणका आधारमा नवजात स्याहार केन्द्रको तह एकदेखि चारसम्म स्पष्ट वर्गीकरण गरी राष्ट्रिय नक्साङ्कन गरिनुपर्छ। शिशुलाई अन्य केन्द्रमा सिफारिस गर्नुअघि पठाउने र प्राप्त गर्ने अस्पतालका चिकित्सकहरूबीच सीधा सम्पर्क हुनुपर्छ। शिशु आइपुग्नुअघि नै प्राप्त गर्ने सेन्टरमा एनआईसीयू बेड, बच्चालाई तातो बनाउने साधन, अक्सिजन र जनशक्ति पूर्व-तयारी अवस्थामा राखिनुपर्छ।

शिशुलाई एक अस्पतालबाट अर्कोमा लैजाँदा बाटोमै निजको शरीरको तापक्रम घट्ने (Hypothermia) वा अक्सिजन कमी हुने जोखिम उच्च हुन्छ। त्यसैले एम्बुलेन्स भित्रै न्यानो राख्ने उपकरण र अक्सिजनसहित तालिमप्राप्त स्वास्थ्यकर्मीको साथमा सुरक्षित ढुवानी (Transport Incubator) को व्यवस्था हुनुपर्छ।

​३. जीवनरक्षक औषधि र पोषणको नीतिगत उपलब्धता

​अत्यन्त कम गर्भावधि (Preterm) मा जन्मिएका शिशुको उपचारका लागि केही विशिष्ट औषधिहरू अत्यावश्यक हुन्छन् । समय अगावै जन्मिएका शिशुको अपरिपक्व फोक्सोलाई काम गराउन र श्वासप्रश्वास सम्बन्धी गम्भीर समस्याबाट जोगाउन सर्फ्याक्टेन्ट अनिवार्य हुन्छ​।अपरिपक्व पाचन प्रणाली भएका शिशुहरूलाई नसामार्फत आवश्यक प्रोटिन, लिपिड तथा भिटामिन जस्ता सम्पूर्ण पोषक तत्त्व दिनका लागि सुरक्षित तयारी र आपूर्ति सुनिश्चित गरिनुपर्छ। 

​औषधि व्यवस्था विभाग र स्वास्थ्य मन्त्रालयले यी औषधिहरूलाई अत्यावश्यक औषधिको सूचीमा समावेश गरी बजार तथा अस्पतालहरूमा सहज, सुलभ र निरन्तर उपलब्ध गराउनुपर्छ।

​४. नवजात शिशुको विकासमा सहयोगी हुने स्याहार (Developmental Supportive Care) लाई संस्थागत गर्ने

समय अगाबै जन्मेका र बिरामी नवजात शिशुको मस्तिष्क निरन्तर विकासको क्रममा हुन्छ। एन्‌आईसीयूको तिखो प्रकाश, ठूलो आवाज र पीडादायी अनुभवले उनीहरूको स्नायु विकास (Neurological Development) मा प्रतिकूल असर पार्न सक्छ। त्यसैले एन्‌आईसीयूमा नवजात शिशुको विकासमा सहयोगी हुने स्याहारलाई अनिवार्य उपचार विधिको रूपमा लागु गरिनुपर्छ। त्यसका लागि एन्‌आईसीयूभित्रको चम्किलो बत्ती र मेसिन तथा मानिसहरूको होहल्ला घटाउन मधुरो प्रकाश उत्सर्जन गर्ने र आवाज कम गर्ने साधनहरूको प्रयोग गर्ने व्यवस्था मिलाउनुपर्छ।

​शिशुलाई आमाको गर्भभित्र जस्तै सुरक्षित र आरामदायी बनाउन कपडाको सहायताले सानो गुँड बनाएर हात खुट्टा दोबारेर (Flexed Posture) राख्नुपर्छ। यसले शिशुको शारीरिक तथा मानसिक तनाव घटाउँछ। सानातिना सुई लगाउने वा रक्तस्राव जाँच गर्दा हुने दुख्ने प्रक्रियामा शिशुलाई हुन सक्ने अवसाद् तथा तनावबाट जोगाउन सादा गुल्कोज/सुक्रोज दिने वा आमाको दूध चुस्न (Non-nutritive sucking) दिने अभ्यास बसाल्नुपर्छ।

​५. एन्‌आईसीयूदेखि घरसम्म कंगारु आमा र परिवार केन्द्रित हेरचाह (Kangaroo mother care र  family centered care)

​नवजात शिशुको हेरचाहमा २१ औं शताब्दीको चमत्कार मानिएको कंगारु आमा हेरचाह (लुगा नलगाएको आमाको छातीमा बिना लुगाको शिशुलाई टाँसेर न्यानो राख्ने र स्तनपान गराउने विधि) नवजात शिशु स्याहारको सबैभन्दा प्रभावकारी र कम खर्चिलो उपाय हो। एन्‌आईसीयूभित्रै अनिवार्य रूपमा कंगारु आमा हेरचाहलाई अस्पतालबाट बिदा गरिने बेलामा मात्र होइन एन्‌आईसीयूभित्रै रहेका तर भेन्टिलेटरमा नरहेका र अवस्था स्थिर भएका शिशुहरूका लागि अनिवार्य गरिनुपर्छ। एन्‌आईसीयूलाई आमा-बुबाबाट अलग राखिने ठाउँ नबनाई परिवार केन्द्रित हेरचाहको (family centered care) अवधारणा अनुसार आमालाई एन्‌आईसीयूभित्रै चौबीसै घण्टा शिशुको स्याहारमा संलग्न गराइने वातावरण बनाइनुपर्छ।

​२५०० ग्रामभन्दा कम तौल भएका शिशुहरू घर फर्किँदा परिवारलाई कंगारु आमा हेरचाहको सही तरिका सिकाएर पठाउनुपर्छ। महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र स्थानीय स्वास्थ्य संस्थामार्फत घरमै पुगेर उक्त हेरचाह विधिको प्रयोगको अनुगमन गर्ने प्रणाली बनाइनुपर्छ।

​६. संक्रमण नियन्त्रण र पर्याप्त नर्सिङ जनशक्ति

​एन्‌आईसीयूमा हुने अस्पतालजन्य संक्रमण समय अगावै जन्मेका शिशुहरूको मृत्यु र दीर्घकालीन अपाङ्गताको अर्को मुख्य कारण हो। हातको सरसफाइको परीक्षण, उपकरणको उचित निर्मलीकरण सुदृढ संक्रमण नियन्णको मापदण्डको पालना गराउनुपर्छ। त्यस्तै सघन उपचार कक्षमा पर्याप्त र तालिमप्राप्त नर्सिङ जनशक्तिको भूमिका निर्णायक हुन्छ। एन्‌आईसीयूमा बिरामीको गम्भीरताअनुसार १:१ वा १:२ को नर्स–बिरामी अनुपात कायम गरिनुपर्छ। पर्याप्त नर्सिङ जनशक्तिलाई खर्चका रूपमा होइन, जीवन रक्षाको अनिवार्य लगानीका रूपमा लिनुपर्छ।

​७. अस्पतालबाट घरसम्म हेरचाहको निरन्तरता 

​सघन उपचार पाएर घर फर्किएका अवधि अगावै जन्मेका नवजात शिशुहरूको वा अति-कम तौल भएका शिशुहरूमा आँखाको पछिल्लो भागको दृष्टि (Retinopathy of Prematurity), श्रवण, चालढाल तथा मानसिक विकासमा समस्या देखिन सक्छ। त्यसैले अस्पतालबाट फिर्तीपछि पनि नियमित दृष्टि र श्रवण परीक्षण, वृद्धि अनुगमन र विकासात्मक मूल्याङ्कनका लागि उच्चस्तरीय तेस्रो श्रेणीको अस्पतालहरूमा बहुविषयगत उच्च जोखिममा रहेका नवजात शिशुहरूको अवस्था पछि पनि हेर्ने केन्द्र (High-Risk Infant Follow-up Clinic) को स्थापना र विस्तार गरिनुपर्छ।

निष्कर्ष: 

नवजात शिशुलाई बचाई स्वस्थ भविष्य सुनिश्चित गरौँ

एन्‌डीएच्‌एस्‌ २०२२ ले नेपालमा नवजात शिशु मृत्युदर स्थिर रहेको देखाउनुले हाम्रो स्वास्थ्य प्रणालीले अझ प्रभावकारी र परिमार्जित कदम चाल्नुपर्ने स्पष्ट सङ्केत गर्छ। नवजात शिशुको मृत्यु रोक्ने जिम्मेवारी प्रसव कक्ष वा एन्‌आईसीयूमा मात्र सीमित छैन; यो गर्भावस्थादेखि जन्म, सघन उपचार, विकास-सहयोगी स्याहार र घर फर्किएपछिको अवस्था पछिसम्म हेर्नेको निरन्तरता हो।

​हाम्रो लक्ष्य नवजात शिशुलाई केवल जीवित राख्नु मात्र होइन, सम्भव भएसम्म स्वस्थ रूपमा हुर्कने र आफ्नो पूर्ण क्षमता हासिल गर्ने अवसर सुनिश्चित गर्नु अर्थात् दुरुस्त जीवन हो। ​आज गरिने दूरदर्शी नीतिगत सुधार – विशेषज्ञ जनशक्तिको दरबन्दी, चुस्त सिफारिस प्रणाली, ‍औषधि व्यवस्थापन विभाग मार्फत जीवनरक्षक औषधिको उपलब्धता, विकासात्मक स्याहार , कंगारु आमा हेरचाहको विस्तार र संक्रमण नियन्त्रणले भोलि हजारौँ परिवारलाई सन्तान गुमाउने पीडाबाट जोगाउन सक्छ। हरेक नवजात शिशुले सुरक्षित जन्म, गुणस्तरीय स्याहार र स्वस्थ भविष्यको अधिकार पाउनुपर्छ।

​(कान्ति बाल अस्पतालमा सह-प्राध्यापक रहेका लेखक नवजात शिशु तथा बालरोग  विशेषज्ञ हुनुहुन्छ)

Tags: Child HealthDepartment of NeonatologyDr. Dipak mishra
SummarizeShare234ScanTweet146

Related articles

कञ्चनपुरमा बालबालिकालाई दादुरा-रुबेला विरुद्धको खोप अभियान

रसुवा बाढीले ३५ हजार बालबालिका दादुरा खोप बाट प्रभावित

by Nam Raj Bhatta
October 14, 2026
0

भोटेकोशी बाढीबाट प्रभावित भएका रसुवा, नुवाकोट र धादिङमा सञ्चालन गर्ने भनिएको दादुरा खोप अभियान रोकिएको छ  । बाढीका कारण विस्थापित बालबालिकाको अवस्था र बसोबासको स्थान पत्ता लगाउन नसक्दा...

उपचारभन्दा रोकथामको बाटो, स्थानीय सरकारको पहिलो प्राथमिकता

उपचारभन्दा रोकथामको बाटो, स्थानीय सरकारको पहिलो प्राथमिकता

by Nam Raj Bhatta
September 24, 2026
0

✍️ भानु पौडेल जनस्वास्थ्य विद् नेपालको जनस्वास्थ्य इतिहासमा मातृ-शिशु स्वास्थ्य, खोप कार्यक्रम र संक्रामक रोग नियन्त्रणमा हासिल भएका उपलब्धिहरू अनुकरणीय छन्। तर, पछिल्ला केही दशकमा हाम्रो स्वास्थ्य चुनौतीको...

Mental hospital and social health protection Arjun Prasad Bhetuwal

Improving Services at Lagankhel Mental Hospital

by Nam Raj Bhatta
September 18, 2026
0

✍️ Arjun Prasad Bhetuwal  Senior Medical Records Officer, Mental Hospital, Lagankhel. Mental health remains one of the most vital yet historically underserved pillars of public health infrastructure across...

नालीको छेउमा जन्मिएको बच्चा: संविधानको कागज र राज्यको वास्तविकता बीचको दूरी

नालीको छेउमा जन्मिएको बच्चा: संविधानको कागज र राज्यको वास्तविकता बीचको दूरी

by Nam Raj Bhatta
September 12, 2026
0

✍️ प्रकाश देउवा , जनस्वास्थ्यकर्मी एक गर्भवती महिलाले अस्पतालको छेउमै, नालीको किनारमा बच्चा जन्माउन बाध्य भएको देखाउने यो तस्वीरले नेपालको स्वास्थ्य प्रणालीमाथि गम्भीर प्रश्न उठाउँछ। यो तस्वीर केवल...

Please login to join discussion
AHF Nepal Bada Dashain
Norvic Pharmacy medicines delivered at home
Norvic Pharmacy medicines delivered at home
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    903 shares
    Share 361 Tweet 226
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    718 shares
    Share 287 Tweet 180
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    715 shares
    Share 307 Tweet 170
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    712 shares
    Share 316 Tweet 165
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    657 shares
    Share 263 Tweet 164

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • नवजात शिशुको स्वस्थ भविष्य पनि सुनिश्चित गरौँ
  • किष्ट शिक्षण अस्पताल र भारतको मेदान्तबीच एक वर्षे सहकार्य पूरा
  • डा. सुनिल शर्माद्वारा डोल्पाबाट एक करोडभन्दा बढीको छात्रवृत्ति घोषणा
  • डा. विनयकुमार श्रेष्ठ स्विट्जरल्याण्डको थुनस्थित रेडियो-अन्कोलोजी बेर्नर ओबरल्यान्ड एजीको चिकित्सकीय प्रमुख नियुक्त
  • तनहुँको प्रदेश अस्पताल दमौलीमै जटिल शल्यक्रिया सफल

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.