प्रदेश अस्पताल दमौलीमा पाठेघरमा फाइब्राइड (Fibroid Uterus) तथा डर्मोइड सिस्ट (Dermoid Cyst) सम्बन्धी जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ।
अस्पतालमा पाठेघर तथा दुवै डिम्बाशय र डिम्बवाहिनी नली हटाउने शल्यक्रिया (TAH + BSO) सफलतापूर्वक गरिएको हो।
उक्त शल्यक्रिया स्त्रीरोग विशेषज्ञ डा. सलिना सुवाल र एनेस्थेसियोलोजिष्ट डा. रेश्मा श्रेष्ठसहित स्वास्थ्यकर्मीको टोलीले सम्पन्न गरेको अस्पतालले जनाएको छ।
विशेषज्ञ चिकित्सक तथा दक्ष स्वास्थ्यकर्मीको सहकार्यमा जटिल प्रकृतिका शल्यक्रिया सेवा जिल्लामै उपलब्ध गराउन सफल भएको अस्पतालले जनाएको छ।
प्रदेश अस्पताल दमौलीले गुणस्तरीय तथा सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यसहित विशेषज्ञ उपचार र शल्यक्रिया सेवालाई निरन्तरता दिँदै आएको छ।








