Nepal Bank Advertisement
आज: २०८३ मंसिर १२
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

चन्द्रपुरमा ‘अटिजमसम्बन्धी सचेतना तथा बुझाइ’ विषयक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

Nam Raj Bhatta by Nam Raj Bhatta
November 28, 2026
in News
Reading Time: 1 min read
A A
0
चन्द्रपुरमा ‘अटिजमसम्बन्धी सचेतना तथा बुझाइ’ विषयक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न
585
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

रौतहटको चन्द्रपुर नगरपालिका–चपुरमा ‘अटिजमसम्बन्धी सचेतना तथा बुझाइ’ (Autism Awareness and Understanding) विषयक एकदिने सचेतनामूलक तथा अन्तरक्रियात्मक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

मंसिर २६ गते शनिबार २०८३ मा आयोजित उक्त कार्यक्रममा करिब १०० जनाको सहभागिता रहेको थियो। कार्यक्रममा स्थानीय तहका प्रतिनिधि, विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधि (NGOs), शिक्षक, शिक्षाकर्मी तथा सरोकारवाला व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।Trainibg

अटिजमसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने, यसको प्रारम्भिक पहिचान तथा समयमै आवश्यक सेवा र सहयोगका लागि सम्बन्धित निकायमा प्रेषण (Referral) गर्ने प्रणालीबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। विशेषगरी यस क्षेत्रका शिक्षक, अभिभावक, समुदायका सदस्य, स्थानीय जनप्रतिनिधि तथा नीति निर्माण तहमा रहेका सरोकारवालाहरूलाई अटिजमको प्रकृति, यसका विशेषता, पहिचानका आधार तथा समावेशी शिक्षा र सहयोगात्मक वातावरणको आवश्यकताबारे सचेत गराउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो।

कार्यक्रममा अटिजमको परिचय, यससँग सम्बन्धित व्यवहार तथा सञ्चारका विशेषता, बालबालिकामा देखिन सक्ने विकासात्मक भिन्नता, प्रारम्भिक पहिचानको महत्त्व तथा विद्यालय र समुदायले खेल्नुपर्ने भूमिकाका विषयमा प्रस्तुतीकरण गरिएको थियो। साथै, विषयविज्ञ तथा सरोकारवालाहरूको सहभागितामा प्यानल छलफलसमेत सञ्चालन गरिएको थियो।

कार्यक्रम केवल प्रस्तुतीकरणमा सीमित नभई सहभागीहरूको सक्रिय सहभागिता, जिज्ञासा, अनुभव आदानप्रदान तथा खुला छलफलमा आधारित अन्तरक्रियात्मक सत्रका रूपमा सञ्चालन भएको थियो। सहभागीहरूले अटिजमसम्बन्धी आफ्ना जिज्ञासा, अनुभव तथा स्थानीय स्तरमा देखिएका चुनौतीहरू प्रस्तुत गरेका थिए। यसले अटिजमसम्बन्धी विद्यमान भ्रम र गलत बुझाइलाई कम गर्दै यसको पहिचान, स्वीकार्यता तथा आवश्यक सहयोगका विषयमा साझा समझदारी विकास गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

कार्यक्रम दिव्य युवा जागरण समाज नेपाल को आयोजनामा, काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेसन को सहकार्यमा तथा चन्द्रपुर नगरपालिकाको सहयोगमा सम्पन्न भएको हो।

कार्यक्रमका आयोजक तथा सहयोगी संस्थाहरूले अटिजम भएका बालबालिकाको समयमै पहिचान, उचित परामर्श, आवश्यक सेवा तथा शैक्षिक अवसरमा पहुँच सुनिश्चित गर्न स्थानीय सरकार, विद्यालय, शिक्षक, अभिभावक, स्वास्थ्यकर्मी तथा सामाजिक संघसंस्थाबीच समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।

यस प्रकारका सचेतनामूलक कार्यक्रमले अटिजमप्रति समाजमा सकारात्मक दृष्टिकोण विकास गर्न, बालबालिकाको विकासात्मक अवस्थालाई समयमै पहिचान गर्न तथा उनीहरूलाई आवश्यक सहयोग र अवसर उपलब्ध गराउने वातावरण निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।Learning

कार्यक्रमले अटिजमसम्बन्धी सचेतना, स्वीकार्यता र समावेशी समाज निर्माणका लागि स्थानीय स्तरमा सामूहिक प्रयासको आवश्यकता पुनः उजागर गरेको छ।

Tags: Autism Awareness and UnderstandinChandrapur municipality Rautahat
SummarizeShare234ScanTweet146

Related articles

सेती अस्पतालमा मंसिर ५ देखि सिकलसेल एनमियाको निशुल्क ओपिडी हुँदै

सेती प्रादेशिक अस्पतालमा ओपिडी दर्ता बिहान साढे ७ बजेदेखि २ बजेसम्म

by Nam Raj Bhatta
November 27, 2026
0

कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालले ओपिडीका लागि नाम दर्ता तथा नवीकरण गर्ने समय निर्धारण गरेको छ । अस्पतालको प्रशासन शाखाले शुक्रबार सूचना जारी गर्दै मंसिर १४ गतेदेखि माघ...

सातै प्रदेशमा प्रादेशिक ‘ट्रमा सेन्टर’ स्थापना गर्छौँः स्वास्थ्यमन्त्री मेहता

सातै प्रदेशमा प्रादेशिक ‘ट्रमा सेन्टर’ स्थापना गर्छौँः स्वास्थ्यमन्त्री मेहता

by Nam Raj Bhatta
November 27, 2026
0

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सडक दुर्घटना तथा अन्य विपद्बाट घाइते हुने नागरिकलाई सहज र गुणस्तरीय उपचार सेवा उपलब्ध गराउन सरकारले सातै प्रदेशमा प्रादेशिक ‘ट्रमा सेन्टर’ स्थापना...

जिल्ला अस्पताल बैतडी न्यूनतम सेवाको मापदण्डमा सुदूरपश्चिममै उत्कृष्ट #Baitadihospital

जिल्ला अस्पताल बैतडीमा हाडजोर्नी तथा नसा रोग बिशेषज्ञ सेवा फेरि सुचारु

by Nam Raj Bhatta
November 27, 2026
0

जिल्ला अस्पताल बैतडीमा हाडजोर्नी तथा नसा रोग बिशेषज्ञ सेवा फेरि सुचारु भएको छ । एक महिनासम्म अवरुद्ध भएको उक्त सेवा बिशेषज्ञ चिकित्सक हाजिर भएसँगै सुचारु भएको जिल्ला अस्पताल...

चौधरी ग्रुप र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्यका सम्भावनाबारे सकारात्मक छलफल

चौधरी ग्रुप र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्यका सम्भावनाबारे सकारात्मक छलफल

by Nam Raj Bhatta
November 26, 2026
0

चौधरी ग्रुप अफ इन्डस्ट्रिजका Business Development Manager (Health) डा. मुकेश पोखरेलसँग कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (KAHS) र चौधरी ग्रुपबीच आगामी दिनमा हुन सक्ने सहकार्य, आपसी सहयोग तथा पारस्परिक...

Please login to join discussion
AHF Nepal Bada Dashain
Norvic Pharmacy medicines delivered at home
Norvic Pharmacy medicines delivered at home
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    903 shares
    Share 361 Tweet 226
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    718 shares
    Share 287 Tweet 180
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    715 shares
    Share 307 Tweet 170
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    711 shares
    Share 316 Tweet 165
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    657 shares
    Share 263 Tweet 164

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • चन्द्रपुरमा ‘अटिजमसम्बन्धी सचेतना तथा बुझाइ’ विषयक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न
  • सेती प्रादेशिक अस्पतालमा ओपिडी दर्ता बिहान साढे ७ बजेदेखि २ बजेसम्म
  • सातै प्रदेशमा प्रादेशिक ‘ट्रमा सेन्टर’ स्थापना गर्छौँः स्वास्थ्यमन्त्री मेहता
  • जिल्ला अस्पताल बैतडीमा हाडजोर्नी तथा नसा रोग बिशेषज्ञ सेवा फेरि सुचारु
  • चौधरी ग्रुप र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्यका सम्भावनाबारे सकारात्मक छलफल

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.