Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ श्रावण १५
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम (PEQAS): आवश्यकता, चुनौती र भावी मार्गचित्र

Nam Raj Bhatta by Nam Raj Bhatta
July 31, 2026
in News
Reading Time: 2 mins read
A A
0
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम (PEQAS): आवश्यकता, चुनौती र भावी मार्गचित्र
585
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️ राम प्रसाद ओझा

नेपालका स्वास्थ्य प्रयोगशालाहरूमा प्रादेशिक तहबाट बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम(PEQAS) सञ्चालन गर्नु भरपर्दो परीक्षण सुनिश्चित गर्न, विकेन्द्रित सेवा सुधार गर्न र गुणस्तरको दायरा फराकिलो बनाउनकालागि अत्यन्त अपरिहार्य भइसकेको छ।

संघीयतापछि प्रदेश स्तरमा बनेका जनस्वास्थ्य प्रयोगशालाहरूले स्थानीय र प्रादेशिक प्रयोगशालाको नियमन तथा क्षमता वृद्धिको जिम्मा पाएका छन्। प्रदेश जनस्वास्थ्य प्रयोगशालाहरुले बर्तमान समयमा राष्ट्रिय कार्यक्रम संग जोडिएर TB, Malaria र HIV जस्ता परिक्षणहरु समेटेर प्रादेशिक र स्थानीय स्तरका प्रयोगशालाहरुको प्रयोगशाला गुणस्तर नियन्त्रण गर्ने कार्य गरिरहेका छन् तथापी प्रयोगशालाका बहुविधाहरु जस्तै:- Haematology, Biochemistry, Microbiology, Immunology आदि समेटेर व्यवस्थित रुपमा सम्बन्धित प्रदेशभरि प्रादेशिक तहबाट बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम(PEQAS) सञ्चालन गर्न नसकेको अवस्था छ ।यसै सन्दर्भमा PEQAS को आवश्यकता, विद्यमान चुनौती र सम्भावनाहरूको वरिपरि यो लेख केन्द्रित छ।

परिचय र पृष्ठभूमि

स्वास्थ्य सेवाको मेरुदण्ड मानिने प्रयोगशाला परीक्षणहरूको विश्वसनीयता र प्रमाणिकताले बिरामीको उपचार, रोगको निदान र जनस्वास्थ्य नीतिको दिशा निर्धारण गर्छ। प्रयोगशालामा गरिने परीक्षणहरू सही र एकरुपतायुक्त छन् वा छैनन् भन्ने पहिचान गर्ने प्रभावकारी माध्यम बाह्य गुणस्तर मूल्याङ्कन वा नियन्त्रण प्रणाली हो।
स्वास्थ्य प्रयोगशालाको नतिजालाई त्रुटिरहित बनाउन दुईवटा प्रणाली आवश्यक पर्छन् ।आन्तरिक गुणस्तर नियन्त्रण(IQC) र बाह्य गुणस्तर मूल्याङ्कन/नियन्त्रण कार्यक्रम(EQAS)। आन्तरिक नियन्त्रणले दैनिक रूपमा मेसिनको शुद्धता जाँच्छ भने बाह्य नियन्त्रणले स्वतन्त्र संस्था (Third-party) मार्फत अन्तर-प्रयोगशाला तुलना गरेर गुणस्तर प्रमाणित गर्छ। नेपालमा केन्द्रीय तहमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (NPHL) ले राष्ट्रिय बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम (NEQAS) को अभ्यास गर्दै आए तापनि, देशैभरका हजारौँ निजी तथा सरकारी प्रयोगशालाहरूमा यसको पहुँच पुग्न सकेको छैन। तसर्थ, संघीय संरचनाअनुरूप ७ वटै प्रदेशमा प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम (PEQAS) सञ्चालन गर्नुपर्ने आवश्यकता टड्कारो रूपमा देखिएको छ।

प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम (PEQAS) को आवश्यकता

परीक्षण रिपोर्टको विश्वसनीयता: बिरामीको गलत रिपोर्टले ज्यानै जोखिममा पर्न सक्ने हुँदा रिपोर्टहरूको शुद्धता र गुणस्तर जाँच गरी एकरुपता ल्याउन।
केन्द्रको भार कम गर्न: राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला एक्लैले देशका सबै कुनाका प्रयोगशालालाई नमुना पठाउन र नियमन गर्न कठिन हुने हुँदा प्रादेशिक तहबाट विकेन्द्रित रूपमा काम गर्न।
निजी क्षेत्रको नियमन: निजी क्षेत्रका प्रयोगशालाहरूलाई पनि नियमन गर्न र मापदण्ड पालना गराउन।
रोगको महामारी रोकथाम: डेंगु, कोभिड-१९ वा अन्य सरुवा रोगहरूको प्रयोगशालामा आधारित निगरानी प्रणाली (Lab-based surveillance) लाई बलियो बनाउन।

विद्यमान प्रमुख चुनौतीहरू

पूर्वाधार र स्रोतको कमी: अधिकांश प्रादेशिक प्रयोगशालाहरूमा आधुनिक उपकरण, कोल्ड चेन मेन्टेन गर्ने सामग्री र दक्ष प्राविधिक जनशक्तिको अभाव हुनु।
वित्तीय लगानी अपर्याप्त: गुणस्तर नियन्त्रणका लागि आवश्यक पर्ने प्यानल नमुनाहरू (Proficiency Testing Panels) तयार गर्न र निरन्तरता दिन पर्याप्त बजेट नछुटिनु।

समन्वय र तालमेलको अभाव: संघीय मन्त्रालय, प्रादेशिक मन्त्रालय र स्थानीय तहका स्वास्थ्य शाखाबीच नीतिगत र व्यावहारिक समन्वय कमजोर हुनु।
जागरूकता र प्रतिबद्धताको कमी: प्रयोगशाला सञ्चालक तथा कर्मचारीहरूमा आन्तरिक (IQC) र बाह्य (EQAS) गुणस्तर नियन्त्रणप्रति उपेक्षा गर्ने प्रवृत्ति रहनु।

सम्भावनाहरू र अवसरहरू

कानूनी तथा संरचनागत आधार: नेपालमा स्वास्थ्य संस्था पञ्जीकरण र प्रयोगशाला सञ्चालनसम्बन्धी स्पष्ट मापदण्ड तथा निर्देशिका तयार भइसकेकाले यसलाई बलियो आधार बनाउन सकिने।

विकेन्द्रीकरणको लाभ: प्रदेश राजधानीमै प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाहरू सञ्चालनमा आइसकेका हुनाले प्रादेशिक तहबाटै ‘सी’ देखि ‘इ’ वर्गका प्रयोगशालाहरूको सहजै अनुगमन र नमुना वितरण गर्न सकिने।

डिजिटल प्रविधिको प्रयोग: प्रयोगशाला सूचना प्रणाली (LIS) र अनलाइन पोर्टलहरूको विस्तारले रिपोर्टिङ र फिडब्याक छिटो र पारदर्शी बनाउन सकिने।
सहयोगी संस्थाहरूको साथ: विश्व स्वास्थ्य संगठन (WHO) लगायत अन्तर्राष्ट्रिय दातृ निकायहरूको प्राविधिक तथा आर्थिक सहयोग प्राप्त गर्न सकिने अनुकूल वातावरण।

निष्कर्ष तथा भावी मार्ग

नेपालमा स्वास्थ्य सेवाको गुणस्तर तब मात्र सुधार हुन्छ, जब प्रत्येक नागरिकले पाउने प्रयोगशाला रिपोर्ट सही र विश्वसनीय हुन्छ। रिपोर्टहरूमा आउने थोरै त्रुटिले पनि गलत निदान र उपचारतर्फ डोर्‍याउने हुँदा प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम (PEQAS) लाई तत्काल कार्यान्वयनमा ल्याउनु आवश्यक छ।

यसका लागि प्रदेश सरकारले छुट्टै बजेटको व्यवस्था गर्ने, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाहरूको प्राविधिक क्षमता बढाउने र गुणस्तर कार्यक्रममा सहभागी नहुने प्रयोगशालाको अनुमति नवीकरण नगर्ने जस्ता कडा नीतिगत कदमहरू चाल्नुपर्छ।

साथै, तीन तहका सरकारबीचको समन्वय मजबुत बनाउने, प्रयोगशालाहरूको क्षमता अभिवृद्धि गर्ने र निरन्तर अनुगमनको संस्कृति बसाल्नुपर्छ।
केन्द्रमा रहेको NPHL ले संरक्षक (Mentor) को भूमिका खेल्दै प्रविधि हस्तान्तरण गरेमा नेपालका स्वास्थ्य प्रयोगशालाहरू अन्तर्राष्ट्रिय स्तरका र भरपर्दो बन्ने निश्चित छ।

[स्वास्थ्य प्रयोगशाला प्रविधिमा स्नातक तह सम्म अध्ययन गर्नुभएका ओझा सरकारी सेवामा प्रदेश जनस्वास्थ्य प्रयोगशाला ,सुदूरपश्चिम प्रदेश मा ल्याब टेक्निसियन निरीक्षक पदमा कार्यरत हुनुहुन्छ। उहासंग बिगतमा केहि बर्ष सोहि प्रदेशको प्रदेश जनस्वास्थ्य प्रयोगशाला को निमित्त निर्देशक भै कार्य गरेको अनुभव छ।]
Tags: laboratoryRam prasad ojha
SummarizeShare234ScanTweet146

Related articles

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल नियुक्त

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल नियुक्त

by Nam Raj Bhatta
July 30, 2026
0

सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेललाई नियुक्त गरेको छ। डा. प्याकुरेलले नियुक्तिपछि पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको...

इबोला भाइरस रोग (Ebola Virus Disease): एक गम्भीर संक्रामक रोगको परिचय, जोखिम र नियन्त्रण

इबोला भाइरस रोग (Ebola Virus Disease): एक गम्भीर संक्रामक रोगको परिचय, जोखिम र नियन्त्रण

by Nam Raj Bhatta
July 29, 2026
0

✍️ दिपेन्द्र कुमार मण्डल इबोला भाइरस रोग (Ebola Virus Disease-EVD) मानिसमा देखिने दुर्लभ तर अत्यन्त गम्भीर र प्रायः घातक संक्रामक रोग हो। यो रोग Filoviridae परिवार अन्तर्गत पर्ने...

न्यूट्रास्युटिकल डाइटरी सप्लिमेन्ट (आहारपूरक) लाई ‘औषधिपुरक’ भनेर परिभाषित गरिएकोप्रति फ्यानक्यानको गम्भीर आपत्ति

न्यूट्रास्युटिकल डाइटरी सप्लिमेन्ट (आहारपूरक) लाई ‘औषधिपुरक’ भनेर परिभाषित गरिएकोप्रति फ्यानक्यानको गम्भीर आपत्ति

by Nam Raj Bhatta
July 28, 2026
0

फ्यानक्यानले औषधि तथा स्वास्थ्य सामग्री ऐन, २०८३ को मस्यौदामा न्यूट्रास्युटिकल डाइटरी सप्लिमेन्ट (आहारपूरक) लाई ‘औषधिपुरक’ भनेर परिभाषित गरिएकोप्रति गम्भीर आपत्ति जनाएको छ। नेपाल खाद्य, न्यूट्रास्यूटिकल तथा कस्मेस्यूटिकल संघले...

जटिल रोगको उपचारमा सहज बनाउन ह्याम्स–म्याक्स अस्पताल बीच सहकार्य

जटिल रोगको उपचारमा सहज बनाउन ह्याम्स–म्याक्स अस्पताल बीच सहकार्य

by Nam Raj Bhatta
July 25, 2026
0

नेपालस्थित ह्याम्स अस्पताल र भारतको म्याक्स सुपर स्पेसियालिटी अस्पतालबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले आयोजित संयुक्त कन्टिन्युइङ मेडिकल एजुकेसन (सीएमई) कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार एक आयोजित...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    836 shares
    Share 334 Tweet 209
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    696 shares
    Share 278 Tweet 174
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    679 shares
    Share 293 Tweet 161
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    640 shares
    Share 256 Tweet 160
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    692 shares
    Share 308 Tweet 160

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम (PEQAS): आवश्यकता, चुनौती र भावी मार्गचित्र
  • स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल नियुक्त
  • इबोला भाइरस रोग (Ebola Virus Disease): एक गम्भीर संक्रामक रोगको परिचय, जोखिम र नियन्त्रण
  • न्यूट्रास्युटिकल डाइटरी सप्लिमेन्ट (आहारपूरक) लाई ‘औषधिपुरक’ भनेर परिभाषित गरिएकोप्रति फ्यानक्यानको गम्भीर आपत्ति
  • जटिल रोगको उपचारमा सहज बनाउन ह्याम्स–म्याक्स अस्पताल बीच सहकार्य

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.