कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालले ओपिडीका लागि नाम दर्ता तथा नवीकरण गर्ने समय निर्धारण गरेको छ ।
अस्पतालको प्रशासन शाखाले शुक्रबार सूचना जारी गर्दै मंसिर १४ गतेदेखि माघ १५ गतेसम्म बिहान साढे ७ बजेदेखि दिउँसो २ बजेसम्म ओपिडी जाँचका लागि नाम दर्ता तथा नवीकरण गर्न सकिने जनाएको हो ।
निर्धारित अवधिभर सार्वजनिक बिदाका दिनबाहेक अस्पतालको शुल्क कक्ष (काउन्टर) बाट उक्त सेवा उपलब्ध हुने सूचनामा उल्लेख छ।








