Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ श्रावण ११
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

कोभिड-१९ सङ्क्रमितहरुलाई डा.बुद्धि पौडेलको सुझाव

Nam Raj Bhatta by Nam Raj Bhatta
August 30, 2020
in Research & Study
Reading Time: 1 min read
A A
2
कोभिड-१९ सङ्क्रमितहरुलाई डा.बुद्धि पौडेलको सुझाव
743
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

डा. बुद्धि प्रसाद पौडेल
कन्सल्टेन्ट आयुर्वेद विज्ञ

 

कोभिड-१९ को आरटी -पिसिआर पोजेटिभ आउने महानुभावहरुमा एक प्रकारको मानसिक चोटको अनुभव गर्ने र आइसोलेशनमा बस्दा सो अवधिभर के होला , कसो होला भनी कौतुहलता र तनाव भई फोन मार्फत सोध्ने क्रम बढ्दै गएकोले केही सुझावहरु प्रस्तुत गरेको छु।

१. तपाइको परिक्षण पोजेटिभ आयो तर लक्षणहरु छैनन् भने आत्तिनु पर्दैन । यो रुघाखोकी जस्तै सामान्य अवस्था हो भनेर बुझ्नुहोस् । आइसोलेसन अवधि सकारात्मक सोचका साथ बिताउनुहोस् ।

२. प्रकृतिले दिएको खाना धेरै संस्कार नगरिकन खानुहोस् ।
सानो गेडागुडी जस्तै मुङ्, मुसुरो को दाल, भात, गहुँ, जौ, कोदो, फापरको रोटी, हरियो सागसब्जी, फल, दुध, ध्यू (दारको ठेकीमा दही जमाएर सो दही मथेर निकालेको नौनी तताएर तयार पारेको घ्यू रोगप्रतिरोध क्षमता वृद्धि गर्ने र स्मृति बर्धक हुन्छ), मह, अमलाको सेवन गर्नुपर्छ ।

३ . सानो गेडागुडी विशेष गरी मुङ्को दानालाई १५ घण्टा जति पानीमा भिजाउनुहोस् अनि पानी निकालेर छोपेर राख्नुहोस्, राम्ररी टुसा उम्रेपछि दाल बनाउनुहोस् । माथि भनिए जस्तै घ्यूमा पाँचफुरन (जीरा, धनियाँ, मङ्ग्रेलो, मेथी र नेपाली सूप) ले झानेको दाल पिउनुहोस् साथै खानामा पनि यसरी तयार पारेको दाल प्रयोग गर्नुहोस् ।

४. लघु आहार प्रयोग गर्नुहोस्। मण्ड, पेया, विलेपी, कृशरा, यूष जस्ता वैदिक खानपिन विधिले सुझाएका लघु र सुपाच्य अाहार कल्पना कसरी तयार पार्ने भन्ने कुरा थाहा पाउन आयुर्वेद चिकित्सक सँग परामर्श लिनुहोस्।

५. तयारी वा मृतप्राय :खाना र पत्रु खाना नखानुहोस् ।
(जस्तै चाउचाउ बिस्कुट, पाउरोटी आदि तयारी खाना; कोक, फेन्टा, डिउ, रेडबुल, रियो, फ्रुटी आदि बोतलमा प्याक गरिएको गुलिया पेय पदार्थ बोतलबन्द गुलिया पेय पदार्थको संगत नै छाडिदिनुस् । पिज्जा, वर्गर, आइसक्रिम; समोसा, कचौरी, पकौडा जस्ता तारेको खानेकुरा; मैदाबाट बनेका खानेकुरा नखानुहोस्।)

६. भुटनको रुपमा माथि भनिए जस्तै घ्यू वा नेपाली तोरीको शुद्ध तेल प्रयोग गर्नुहोस् । रिफाइन्ड र सनफ्लावर लगायतका अन्य आयातित तेलको प्रयोग बन्द गर्नुहोस्।

७. चिसो नलाग्ने गरि दैनिक स्नान गर्नुहोस।

८. बिहान ७ बजे देखि ९ बजे सम्म घाम ताप्नुहोस । संभव भए त्यो बेला सम्म स्नान गरिसक्नुस् र घाममा बसेर शरीरमा तोरीको तेल मालिस गर्नुस् ।

९. तोरीको तेलको प्रतिमर्श नश्य गर्नुस्।
( प्रतिमर्श नश्य भनेको नाकको प्वालमा तेल दल्ने प्रकृया हो । बिहान नित्यकर्महरू सकेपछि नेपाली तोरीको शुद्ध तेल नङ् काटेको सफा कान्छी औँला तेलमा डुबाएर नाकको प्वाल भित्र तेल लगाउने र त्यसलाई नपुछिकन छाडिदिने, बाहिर निस्कने तेल मात्र पुछ्ने । प्रतिमर्श नश्यमा नाकमा राखिने तेलले नाकको भित्री सतहको झिल्लीमा एउटा तह बनाउँदछ जसले गर्दा सुरक्षा प्रदान गर्दछ । नाक शिरको द्वार भएकाले तेलको शुद्धता, तेल राख्ने पात्रको सफाई र हातको सफाई मा विशेष ध्यान दिनुपर्छ। मेडिकल भाषामा भन्दा संक्रमण रहित विधि प्रयोग गर्नुपर्छ ।
नोट: नश्यकर्म आयुर्वेद चिकित्साको पंचकर्म अन्तर्गतको( Medical Procedure ) चिकित्सकीय पकृया भएकोले चिकित्सकको रेखदेखमा गर्नु उपयुक्त हुने)

१०. बिहान १ घण्टा बेलुका १ घण्टा खाली पेटमा खुला वातावरणमा शिथिलीकरण व्यायाम, सुक्ष्म व्यायाम, सूर्य नमस्कार, प्रज्ञा योग तथा अन्य योगासन तथा प्राणायाम र ध्यान को लागि समय तालिका मिलाउनुहोस् । यी विधिहरु वैज्ञानिक तरीकाले कसरी गर्ने भन्ने कुरा थाहा पाउन आयुर्वेद चिकित्सकको परामर्श लिनुहोस् । खाली समय स्वाध्याय मा लगाउनुस् । पूर्वीय संस्कृतिमा आधारित आध्यात्मिक ग्रन्थहरु पढ्नुहोस्।

११. कोभिड सन्त्रासले मानसिक रुपमा कमजोर बनाउने विविध अवस्थाहरु श्रृजना भएका छन् (जस्तै सामाजिक, आर्थिक, व्यवसायिक, शैक्षिक, संवेगात्मक, भावनात्मक, आध्यात्मिक आदि)।
यो बेला हामीले मन बलियो पार्नु अति आवश्यक छ । तसर्थ मनप्रशमन गर्ने विविध उपायहरु अपनाउन सकिन्छ ।
मैले मेरो चिकित्सकीय अभ्यासमा मनोयौनिक र मनोसामाजिक परामर्शको क्रममा प्रयोगमा ल्याइ धेरैजनाले स्वास्थ्य लाभ गरि प्रभावकारी सिद्ध भएको एउटा अनुभवी उदाहरण पस्केको छु । अवश्य सहयोगी र लाभदायक हुनेछ:
नित्यकर्म पुजा प्रकाश( प्रकाशक: गीताप्रेश, गोरखपुर) भन्ने पुस्तक आफूसँगै राख्नुस् र त्यहाँ उपदेश गरिएका कुराहरुको साधना गर्नुभएको अवस्थामा तपाइँको आइसोलेसनमा बस्ने अवधि थाहै नपाइ भुक्तान हुनेछ । त्यहाँ बताइएका कुराहरु पालना गर्नाले सकारात्मक भावको विकास हुने, मन प्रशन्न हुने, शरिरमा सकारात्मक उर्जाको विकास भै रोगप्रतिरोध क्षमताको विकास हुनुका साथै तनाव, थकान, अनिद्रा र अवसादको अन्त्य हुनेछ ।

१२. अनावश्यक हल्ला र अफवाहका पछाडि नलाग्नुस् ।

१३. गुर्जो, अश्वगन्धा र च्यवनप्राश अादि रोगप्रतिरोध क्षमता वृद्धि गर्ने आयुर्वेद औषधि देश, काल, वय, अग्नि, दोष, प्रकृति, सत्व, सात्म्य, मात्रा, शरीरबल र रोगबल विचार गरेर कति र कसरी सेवन गर्ने आयुर्वेद चिकित्सक सँग सल्लाह लिनुहोस् ।

१४. अनधिकृत व्यक्तिको सल्लाह र सुझावको भरमा स्वैच्छिक आौषधी सेवन कदापि नगर्नुहोस् । थाहा पाइराख्नुहोस्  हामीले दैनिक खाने खाना पनि नियमपूर्वक नखाए हानिकारक हुन सक्छ ।

अन्त्यमा आइसोलेसनमा बस्नुहुने सबैको समय आनन्दमय तरीकाले बितोस्। सबैजनालाइ शीघ्र आरोग्यलाभ प्राप्त होस् र कोरोनाको विश्व्यापी महामारी चाँडै अन्त्य भइ सामान्य जनजीवनमा फर्कन पाइयोस् भन्ने कामना गर्दछु।

डा. पौडेल हाल : स्वास्थ्य निर्देशनालय
गण्डकी प्रदेशमा कार्यरत हुनुहुन्छ।

Tags: #government of NepalAscptic techniqueCarbonated sweetenedClinical practiceCorona Virus #Covid19CounselingFast foodJunk foodLayerMedicine procedureMucus membrancePsychosexualPsychosocialSelf medicationWholesom food
SummarizeShare391ScanTweet147

Related articles

शहरी क्षेत्रमा GP Clinic को बढ्दो महत्त्व: सूर्यविनायकको HPN Clinic उदाहरणीय

शहरी क्षेत्रमा GP Clinic को बढ्दो महत्त्व: सूर्यविनायकको HPN Clinic उदाहरणीय

by Nam Raj Bhatta
June 26, 2026
0

नेपालमा शहरीकरण तीव्र गतिमा बढ्दै जाँदा प्राथमिक स्वास्थ्य सेवा (Primary Health Care) को आवश्यकता पनि उत्तिकै बढेको छ। विशेषगरी General Practitioner (GP) Clinic हरूले बिरामीलाई प्रारम्भिक मूल्याङ्कन, उचित...

क्यान्सरको एउटै लक्षण हुँदैन, एक–डेढ महिनासम्म निको नभएको समस्या बेवास्ता नगर्नुहोस् : डा. सुदीप श्रेष्ठ

क्यान्सरको एउटै लक्षण हुँदैन, एक–डेढ महिनासम्म निको नभएको समस्या बेवास्ता नगर्नुहोस् : डा. सुदीप श्रेष्ठ

by Nam Raj Bhatta
June 25, 2026
0

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठका अनुसार क्यान्सरको कुनै एउटै निश्चित लक्षण हुँदैन। शरीरको जुन अंगमा क्यान्सर हुन्छ, त्यसैअनुसार लक्षण देखिने भएकाले क्यान्सरलाई एउटै लक्षणबाट चिन्न सकिँदैन।...

२०% मात्र काम गरिरहेको अत्यन्त कमजोर मुटुमा पनि सफल बाइपास सर्जरी सम्भव : डा. विश्व पोखरेल

२०% मात्र काम गरिरहेको अत्यन्त कमजोर मुटुमा पनि सफल बाइपास सर्जरी सम्भव : डा. विश्व पोखरेल

by Nam Raj Bhatta
June 24, 2026
0

ठूलो हृदयघात (हार्ट अट्याक) पछि मुटुको कार्यक्षमता केवल २० प्रतिशत सम्म झरेका बिरामीहरूको समेत सफलतापूर्वक बाइपास शल्यक्रिया नेपालमै भइरहेको वरिष्ठ कार्डियाक सर्जन डा. विश्व पोखरेलले बताएका छन्। उनका...

बागलुङका स्वास्थ्य संस्थामा डेंगु परीक्षण किट अभाव

सुदूरपश्चिममा डेंगीबाट तीन वर्षमा सात हजारभन्दा बढी प्रभावित

by Nam Raj Bhatta
February 22, 2026
0

कञ्चनपुर, १० फागुन २०८२ सुदूरपश्चिम प्रदेशमा अझैपनि डेंगी संक्रमणको जोखिम देखिएको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्यांकअनुसार, विगत तीन आर्थिक वर्षमा प्रदेशभर डेंगीबाट संक्रमित हुनेको संख्या सात हजार...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    834 shares
    Share 334 Tweet 209
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    696 shares
    Share 278 Tweet 174
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    677 shares
    Share 292 Tweet 161
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    639 shares
    Share 256 Tweet 160
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    691 shares
    Share 308 Tweet 160

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • जटिल रोगको उपचारमा सहज बनाउन ह्याम्स–म्याक्स अस्पताल बीच सहकार्य
  • आमा र शिशुको जीवन बचाउन सफल अर्को प्रेरणादायी प्रयास
  • महानगरबासी र विपन्न बिरामीले राष्ट्रिय ट्रमा सेन्टरमा निःशुल्क ‘अर्थोपेडिक इम्प्लान्ट’ पाउने : काठमाडौँ महानगरपालिकाबाट अर्थोपेडिक इम्प्लान्ट प्रदान
  • स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत
  • नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.