Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ जेष्ठ २९
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

सुआहारा कार्यक्रमको एक दशकको उपलब्धी सार्वजनिक

Nam Raj Bhatta by Nam Raj Bhatta
November 8, 2023
in Research & Study
Reading Time: 1 min read
A A
0
सुआहारा कार्यक्रमको एक दशकको उपलब्धी सार्वजनिक
589
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, २२ कात्तिक २०८०

युएसआइडीको आर्थिक सहायतामा सञ्चालित (सुआहारा) बृहत बहुक्षेत्रीय पोषण कार्यक्रमले एक वर्षमा प्राप्त गरेको उपलब्धीलाई सार्वजनिक गरिएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्याबमन्त्री मोहन बहादुर बस्नेतसहितको उपस्थितीमा बहुक्षेत्रीय पोषण कार्यक्रमले एक दशकको समयमा हांसिल गरेको उपलब्धी सार्वजनिक गरिएको हो।

सन् २०११ देखि २०१६ सम्म सुआहारा पहिलो र सन् २०१६ देखि २०२३ सम्म सुआहारा दोस्रो गरि दुई चरणमा यो कार्यक्रम कार्यान्वयन भएको थियो। उक्त कार्यक्रमले नेपालका ७७ मध्ये ४२ जिल्लामा मातृ तथा शिशु पोषण अवस्थाको सुधार गर्ने लक्ष्यका साथ काम गरेको थियो। लक्ष्य प्राप्त गर्नका लागि सुआहाराले ३८९ स्थानीय सरकार तथा ३,३५३ वडा र समुदायहरुमा आवश्यकताको आधारमा पोषण, स्वास्थ्य तथा परिवार नियोजन,कृषि तथा बजारीकरण र पोषण सुशासनसम्बन्धी विभिन्न क्रियाकलापहरुको कार्यान्वयन गरेको थियो। usaid scaled 1

सुआहारा कार्यक्रमले समुदायमा पारेको प्रभावको मुल्यांकनको गर्न आवश्यक सल्लाह संकलन गर्ने लक्ष्यका साथ अनुसन्धानकर्ताहरु, अभ्यासकर्ताहरु र तथा सरकारी सल्लाहकारसहितको एक समुह गठन गरिएको थियो।

घट्यो कम तौल भएका आमाहरुको अनुपात:

मुख्यतया सुआहाराले बालबालिकामा हुने पुड्कोपना तथा आमा तथा बच्चाको खाद्य विविधता र व्यवहारमा कस्तो प्रभाव पारेको छ भन्नेमा अनुसन्धानको लक्ष्य केन्द्रित रहेको थियो। जसमा सुआहाराले मातृ कम तौलको अनुपात घटाएको र ६ महिनाभन्दा कम उमेरका शिशुको उचाइमा सुधार ल्याएको पत्ता लागेको थियो। सुआहारा कार्यक्रम सञ्चालन भएका जिल्लाहरुमा कम तौल भएका आमाहरुको अनुपातमा १६ अंकको सुधार आएको छ भने सोही समयमा कार्यक्रम सञ्चालन नभएका जिल्लाहरुमा जम्मा ७ अंकको सुधार भएको तथ्य अनुसन्धानले फेला पारेको थियो।Sangeeta mishra scaled 1

त्यस्तै कार्यक्रम सञ्चालन नभएका जिल्लाहरुको तुलनामा कार्यक्रम सञ्चालन भएका जिल्लाहरुमा नवजात शिशुहरुमध्ये उमेरको आधारमा लम्बाई तथा उचाई ०.७६ प्रतिशतले बढेको देखिएको थियो।

बच्चाको खानपानमा सुधार:

६ देखि २४ महिनासम्ममा बच्चा बिरामी हुँदा थप खाना खुवाउने अवस्थामा कार्यक्रम संचालन हुँदा थप खाना खुवाउने अवस्थामा कार्यक्रम संचालन भएका जिल्लाहरुपमा १६ अंकले सुधार भएकोमा कार्यक्रममा सञ्चालन नभएका जिल्लाहरुपमा ६ अंकको मात्र सुधार भएको देखिएको थियो।

पूर्ण स्तनपान तथा उपयुक्त समयमा बालबालिकालाई पुरक खाना खुवाउनेको संख्यामा सुधार:

यसअन्तर्गत कार्यक्रम सञ्चालन भएका जिल्लाहरुपमा पूर्ण स्तनपान गर्ने बच्चाहरुको अवस्थामा १० अंकको सुधार आएको भने सोही समयमा कार्यक्रम सञ्चालन नभएका जिल्लाहरुमा भने १ अंकको मात्र सुधार आएको छ।

त्यसैगरी कार्यक्रम सञ्चालन नभएका जिल्लाहरुमा भन्दा कार्यक्रम सञ्चालन भएका जिल्लाहरुमा जन्मेको एक घन्टाभित्र बच्चालाई स्तनपान गराउने व्यवहार १२ अंकले बढेको छ। ६ महिनादेखी ८ महिनासम्ममा पुरक खानाको सुरुवात गराइएका बालबालिकाको अनुपात पनि कार्यक्रम सञ्चालन नभएका जिल्लाहरुपमा भन्दा कार्यक्रम सञ्चालन भएका जिल्लाहरुपमा १० अंकले बढी सुधार भएको छ।

बढ्यो स्वास्थ्य संस्थामा प्रसूती गराउनेको संख्या :

सुआहाराले स्वास्थ्य संस्थामा प्रसूती गराउने र हात धुने स्थानमा साबुनपानीको प्रयोग गर्नेहरुको संख्या बढाएको छ। कार्यक्रम सञ्चालन भएका जिल्लाहरुपमा स्वास्थ्य संस्थामा प्रसूती हुने महिलाको अवस्थामा ४७ अंकको सुधार ल्याएको छ भने अन्य जिल्लाहरुमा भने ३२ अंकको मात्र सुधार भएको छ।

त्यस्तै कार्यक्रम सञ्चालन नभएका जिल्लाहरुमा भन्दा सञ्चालन भएका जिल्लाहरुमा कम्तीमा तीनवटा उत्तरप्रसूती स्याहार भ्रमण, गर्भावस्थामा कम्तीमा १८० आइरन तथा फोलिक एसिड चक्कीको उपभोग गर्नेहरुको संख्यामा सकारात्मक सुधार ल्याएको छ।

चुनौतीपूर्ण तथा राजनीतिक संक्रमण कालको अवस्थामा उत्साहजनक परिणाम:

विभिन्न अध्ययनहरुले एकीकृत पोषण कार्यक्रमले नेपालमा सकारात्मक प्रभाव ल्याएको पुष्टि भएको छ। केही परिणामहरु जस्तै कम तौल भएका आमाको अनुपात, स्वास्थ्य संस्थामा प्रसूती गराउने अवस्था आदिमा महत्वपूर्ण सुधारहरु देखियो तर केही परिणामहरु जस्तै आमा र बच्चाको रक्तअल्पता, ख्याउटेपन, आधुनिक परिवार नियोजन विधीहरुको प्रयोग जस्ता पक्षहरुमा भने उल्लेख्य सुधार भएको पाइएन।

कोरोना महामारी, रुस युक्रेन युद्द तथा त्यसद्वारा सृजित मुद्रास्फीति तथा आर्थिक चुनौतिहरुको समयमा अन्तिम सर्वेक्षणको परिणामहरु उत्साहजनक गरेको पत्ता लागेको छ।

Tags: Corona Virus #Covid19SuaaharaUSAID
SummarizeShare237ScanTweet147

Related articles

बागलुङका स्वास्थ्य संस्थामा डेंगु परीक्षण किट अभाव

सुदूरपश्चिममा डेंगीबाट तीन वर्षमा सात हजारभन्दा बढी प्रभावित

by Nam Raj Bhatta
February 22, 2026
0

कञ्चनपुर, १० फागुन २०८२ सुदूरपश्चिम प्रदेशमा अझैपनि डेंगी संक्रमणको जोखिम देखिएको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्यांकअनुसार, विगत तीन आर्थिक वर्षमा प्रदेशभर डेंगीबाट संक्रमित हुनेको संख्या सात हजार...

सञ्चार, गलत जानकारी र मानसिक स्वास्थ्य #Mentalhealth

सञ्चार, गलत जानकारी र मानसिक स्वास्थ्य #Mentalhealth

by Nam Raj Bhatta
October 9, 2025
0

✍️ डा. कन्चन दाहाल, मनोरोग विशेषज्ञ  जेनजी क्रान्तिले नेपालको सामाजिक चेतनामा ठूलो हलचल ल्याएको छ। तर यसका बीचमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत गलत समाचार, अतिरञ्जना र भ्रम फैलिरहेकाले...

डोटीका डा. ज्ञानेन्द्र जोशी विश्वका शीर्ष २% वैज्ञानिकको सूचीमा

डोटीका डा. ज्ञानेन्द्र जोशी विश्वका शीर्ष २% वैज्ञानिकको सूचीमा

by Nam Raj Bhatta
September 26, 2025
0

काठमाडौं, १० असोज २०८२ सुदुरपश्चिम डोटीका कृत्रिम बुद्धिमत्ता (AI) विशेषज्ञ डा. ज्ञानेन्द्र प्रसाद जोशी स्ट्यानफोर्ड युनिवर्सिटी र एल्सेभियरको २०२५ को “विश्वका शीर्ष २% वैज्ञानिक” को प्रतिष्ठित सूचीमा परेका...

सुर्तीजन्य पदार्थ नियन्त्रण नहुँदा नसर्ने रोगको प्रकोप बढ्यो 

सुर्तीजन्य पदार्थ नियन्त्रण नहुँदा नसर्ने रोगको प्रकोप बढ्यो 

by Nam Raj Bhatta
May 31, 2025
0

काठमाडौं, १६ जेठ २०८२ नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण नहुँदा नसर्ने रोगको प्रकोप बढ्दै गएको छ। पछिल्लो तथ्यांक अनुसार नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट वार्षिक ३९ हजार २०० मानिसको ज्यान...

Please login to join discussion
Silverline Hospital Kathmandu by Shreedeep Group

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    799 shares
    Share 320 Tweet 200
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    684 shares
    Share 274 Tweet 171
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    634 shares
    Share 254 Tweet 159
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    633 shares
    Share 253 Tweet 158
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    683 shares
    Share 304 Tweet 158

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • ईशान बाल तथा महिला अस्पतालमा सिटिस्क्यान सेवा शुरु
  • सुदूरपश्चिममा रेबिजविरुद्ध खोपको अभाव #Rabiesvaccine
  • विश्व मस्तिष्क ट्युमर र भक्तपुर क्यान्सर अस्पतालको एक सन्दर्भ
  • स्वास्थ्य मन्त्रालयले बेड शुल्क नतिर्ने ११ स्वास्थ्य संस्थाबाट १ करोड ७८ लाख रुपैयाँ असुल्दै
  • रत्ननगरमा निःशुल्क आँखा शिविर: ४६७ जनाले लिए सेवा, मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया हुने

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.