स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. निराजन सुवेदीलाई नियुक्त गरेको छ।
डा. सुवेदीले शुक्रबार मन्त्रालयबाट नियुक्ति पत्र बुझिसका छ्न। एघारौँ तहका अधिकृत डा. निराजन यसअघि नेपालगन्जस्थित भेरी अस्पतालको निर्देशकका रूपमा काम गरिसकेका छन् । पछिल्लो समय भने उनी वीर अस्पतालमा कार्यरत थिए ।
असोज १९ गते भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन (दोस्रो संशोधन) आदेश, २०८३ राजपत्रमा प्रकाशित भएपछि त्यसबेला कार्यकारी निर्देशकको भूमिकामा रहेका डा. उज्वल चालिसे हटेका थिए ।








