हेल्थ फाउन्डेसन नेपालको १४औँ वार्षिक सम्मेलनबाट डा. श्रीधर पौडेल पुनः अध्यक्षमा निर्वाचित भएका छन्।
संस्थाले नेपालका ग्रामीण तथा शहरी क्षेत्रमा स्वास्थ्य सेवाबाट वञ्चित र आर्थिक रूपमा कमजोर समुदायलाई स्वास्थ्य सेवा पुर्याउने आफ्नो अभियानलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ।
नयाँ कार्यसमितिको कार्यकारी निर्देशकमा प्रतीक्षा खत्री चयन भएकी छन्। उपाध्यक्षमा डा. सञ्जय यादव र डा. दीपेन्द्र थापलिया चयन भएका छन्।
यस्तैगरी महासचिव तथा उपनिर्देशकमा डा. नवीन भट्ट, सचिवमा प्रयास गौतम र कोषाध्यक्षमा झविन्द्र घिमिरे चयन भएका छन्।
त्यसैगरी, २० सदस्यीय सञ्चालक समितिमा डा. अशोक देवकोटा, डा. यशस्वी पोखरेल, नील धिताल, डा. रञ्जित सापकोटा, डा. विनिता शर्मा, डा. सुनील बोगटी, सावित्री बस्नेत, डा. अतित तिवारी, सुचिता अधिकारी थापा, डा. जितेन्द्र श्रेष्ठ, डा. प्रतिभा सुवेदी, विनिता अधिकारी, डा. कुम्भराज जोशी, डा. राजेश शर्मा, डा. मनोज भट्टराई, डा. आदित्य जोशी, डा. मुकेश अधिकारी, डा. मोहित ओझा, डा. अनु आर्याल र डा. पविता ढुंगेल रहेका छन्।








