नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत (उत्पादनमूलक तथा व्यवसायिक संघ) तर्फको सदस्यमा रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल (केमसान) का अध्यक्ष भक्तबहादुर हमाल निर्वाचित भएका छन्।
वाणिज्य महासंघको नयाँ नेतृत्व छनोटका लागि हिजो सम्पन्न निर्वाचनबाट हमाल सदस्य पदमा विजयी भएका हुन्।
निर्वाचनमा वस्तुगत समूह अन्तर्गत विभिन्न व्यवसायिक संघका प्रतिनिधिहरूबीच प्रतिस्पर्धा भएको थियो।
अध्यक्ष हमाल स्वास्थ्य उपकरण तथा रसायन आपूर्ति क्षेत्रको प्रतिनिधित्व गर्दै लामो समयदेखि औषधि तथा मेडिकल सामग्री आपूर्ति व्यवस्थापनमा सक्रिय रहँदै आएका छन्। हमाल केमसानमार्फत देशभर स्वास्थ्य सामग्री आपूर्ति प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउने काममा संलग्न रहेका छन्।।
हमाल यसअघि पनि दुई कार्यकाल केन्द्रीय कार्यकारिणी सदस्य भइसकेका छन् भने हाल महासंघको स्वास्थ्य तथा विपद् व्यवस्थापन समितिको सभापतिसमेत हुन्।






