विश्व जलन सप्ताह २०२६ को अवसर पारेर ईन्टरप्लाष्ट नेपाल तथा मनमोहन सामुदायिक अस्पताल (होप अस्पताल) को संयुक्त आयोजनामा मनमोहन सामुदायिक अस्पताल सिनामंगल मा जलन उपचार सम्बन्धि विभिन्न अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा ईन्टरप्लाष्ट नेपालका अध्यक्ष वरिष्ठ प्लाष्टिक सर्जन डा. सन्तोष बिक्रम भण्डारीले जलन रोगको उपचारका बारेमा बताउनुभयो ।
त्यस्तै जलनको उपचार अब सहुलियत दरले मनमोहन सामुदायिक अस्पताल सिनामंगल काठमाडौंमा हुने डा. भण्डारीले बताउनुभयो ।
डा. सन्तोष बिक्रम भण्डारीले लामो समय जलन उपचार गरिसकेका छ्न।
ईन्टरप्लाष्ट नेपालले जलन रोकथाम सम्बन्धि कार्यक्रम, जलन कार्यक्रम जलन व्यवस्थापन सम्बन्धि तालिम, जलन पीडित नागरिकलाई उपचारमा सहयोग गर्दै आइरहेको छ।








