Magnus pharma
आज: २०८३ बैशाख ३
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

विद्यालय भर्ना हुनु भन्दा पूर्व विद्यार्थीको आँखा जाँच हुनु अत्यन्तै प्रभावकारी

Nam Raj Bhatta by Nam Raj Bhatta
June 28, 2022
in Research & Study
Reading Time: 1 min read
A A
0
विद्यालय भर्ना हुनु भन्दा पूर्व विद्यार्थीको आँखा जाँच हुनु अत्यन्तै प्रभावकारी
622
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, १४ असार २०७९

विद्यालय भर्ना हुनु भन्दा पहिले विद्यार्थीको आखाँ जाँच गर्न अत्यावश्यक र प्रभावकारी रहेको सन्दर्भमा नेपाल नेत्र ज्योति संघका कार्यक्रम व्यवस्थापक रन्जन शाह सँग स्वास्थ्य पत्रकार नमराज भट्टले कुराकानीको आधारमा यस्तो रहेको छ।

१) नेपाल नेत्र ज्योति संघले विद्यालयका बालबालिकाहरुको आखाँ जाँच र दृष्टिदोष सम्बन्धि रिच परियोजना संचालन गरिरहेको छ । यस बारे केही बताइदिनुस न ?

* रिच कार्यक्रम एक संघ अन्तगर्त सञ्चालन भएको परियोजना हो। विद्यालय जाने वा नजाने बालबालिकामा आखाँ जाँच गर्नु नितान्त आवश्यक रहेको छ ‌। यसमा हामीले झापा, सुनसरी, मोरङ, सिरहा र पर्सा जिल्लाको सम्पूर्ण विद्यालयमा ६ वर्ष देखि १८ वर्ष सम्मका बालबालिकाको आखाँ जाँच गर्ने कार्य गरिरहेका छौँ।

करिब सात लाख जति बालबालिकाको आखाँ जाँच भइसकेको छ। जसको तथ्याङ्क समग्रमा हेर्दा ९ देखि १२ प्रतिशत बालबालिकाहरूले चस्मा लगाउनु पर्ने अवस्था देखिएको छ। यसमा पनि गाउँमा बस्ने बालबालिकामा कम र शहरमा बस्ने बालबालिकामा बढी चस्मा लगाउनु पर्ने अवस्था छ। सरकारी विद्यालयमा पढ्ने बालबालिकामा चस्मा लगाउनु पर्ने अवस्था कम देखिन्छ, भने बोर्डिङ स्कुलमा पढ्ने विद्यार्थीहरुमा अझ बढी आखाँको समस्या भएर चस्मा लगाउनु पर्ने देखिन्छ।

समग्रमा नेपालको प्रदेश न ०१ र मधेस प्रदेशको तथ्यांकलाई नियाल्दा झण्डै ९ प्रतिशतले बालबालिकालाई दृष्टिदोषको समस्या देखिएको अवस्था छ।

२) नेत्र ज्योति संघले यो परियोजना कुन कुन विद्यालयमा सञ्चालन गरेको छ र यस सम्बन्धी केही तथ्यांक छ ?

* हामीले यो परियोजनाको शुरुवात जिल्ला शिक्षा कार्यालय सगं समन्वय गरि गरेका थियौं। त्यहाँबाट जिल्ला शिक्षा कार्यालय र सम्बन्धित निकाय विभाग छन्, त्यहाँबाट भएको प्रणाली बाट तथ्याङ्क संकलन गरेको थियो। त्यसमा पनि सामुदायिक विद्यालय कति र प्राइभेट स्कुल कति वटा भनेर पाँच वटै जिल्लाको तथ्याङ्क लियौं त्यसपछि मात्रै योजना बनाएर अगाडि बढ्यौं।

अहिलेसम्म करिब हामीले पाँच वटै जिल्लाका २२ सय वटा स्कुलमा पुगेर कार्यक्रम सप्पन्न गरेका छौं। यसपछि बिस्तारै प्रदेश न. १ देखि ७ प्रदेश सम्मका सम्पूर्ण जिल्लामा दृष्टिदोष सम्बन्धि कार्यक्रमको बिस्तार गर्ने योजनामा छौं। तत्काल प्रदेश नं १, २ र कर्णाली प्रदेशमा तत्कालै हुन सक्ने सम्भावना रहेको छ।

नेपाल सरकारले पनि अहिले नेतृत्वको योजना अन्तर्गत विद्यालय आखाँ जाँच कार्यक्रमको लागि बजेट छुट्याएको छ। यसमा पनि हाम्रो संरचना देशव्यापी रुपमा फैलिरहेकोले सो ठाउँमा रहेको नेत्र ज्योति संघको आइ केयर सेन्टर अस्पतालले स्थानीय सरकार सँग समन्वय गरी सो बजेटलाई ठाउँ अन्तगर्तका विद्यालयमा आखाँ जाँच गर्ने पहल गरेका छौँ।

३) विद्यालयमा बच्चालाई भर्ना हुनु भन्दा पूर्व आखाँ स्वास्थ्य जाँच गर्ने कार्यक्रम तपाईंलाई कस्तो लाग्यो र यो प्रक्रिया कतिको प्रभावकारी हुन सक्छ होला?

* यो एकदमै राम्रो प्रश्न उठाउनु भयो। विद्यालयमा भर्ना हुनु भन्दा अगाडी विद्यार्थीहरुको स्वास्थ्य जाँच गर्न धेरै राम्रो हो। अहिले यो एक नयाँ प्रस्ताव पनि आएको छ। यसलाई बिस्तारै प्रणालीमा ल्याउन समय लागेपनि धेरै प्रभावकारी हुने देखिन्छ। नेत्र ज्योति संघ अन्तर्गतका जुन – जुन ठाउँमा आइ केयर सेन्टर छन्। त्यहाँ हामीले जनमानसमा सन्देश दिइरहेका छौं। विद्यालयमा भर्ना हुनु पूर्व प्रत्येक विद्यार्थीको आखाँ जाँच हुनुपर्छ भन्ने किसिमको एउटा Advocate गरिरहेका छौँ।

विद्यालय भर्ना हुनु पूर्व विद्यार्थीको स्वास्थ्य जाँच हुनु स्वागतयोग्य छ। यसमा विश्व स्वास्थ्य संगठनको सहयोग रहेको छ। यसको अलिकति परिमार्जित रुप हो। हामीले आखाँ मात्र भन्यौ भने अहिले नेपाल सरकारले सम्पुर्ण स्वास्थ्यकै जाँच परिक्षण हुनुपर्छ भन्ने सान्दर्भिक रहेको छ। हामीले कार्यान्वयनमा ल्याउन सक्यौ भने आखाँ मात्रै नभइकन दाँत, कान, मुख लगायत हरेक किसिमको समस्यालाई समयमै पहिचान गरी त्यसको उपचार गर्न सहज हुनेछ।

४) अन्तमा तपाईंलाई नेत्र ज्योति संघले के – के काम गरे जस्तो लाग्छ र अगामी दिनमा के योजना रहेको छ?

* म नेत्र ज्योति संघमा काम गरेको करिब ७ वर्ष जति भयो। अहिले नेपाल सरकारको दायित्व चाहिँ नेपाल नेत्र ज्योति संघले बोकेको स्थिति रहेको छ। संघले नै यसको दायित्व बोकेर अगाडि बढिरहेको छ। जति पनि आँखा स्वास्थ्य सेवा नेपालमा‌ प्रभाव भइराखेको छ त्यसको ९० प्रतिशत जति नेत्र ज्योति संघले संघीय मार्फत र यसको शाखा मार्फत देशभर स्वास्थ्य सेवा सेवा दिइरहेका छौं। हामीले विगतमा चाहिँ नेपाल सरकारको नीतिमा प्रभाव दिने खालको अनुसन्धान हामीले गरेका छौं। जस्तै भिटामिन ए सर्भे। सन् १९८१ मा भएको नेपालको पहिलो अन्धोपन सर्भेक्षण गर्यौं। त्यसपछि पनि हरेक ५ वर्ष र १० वर्षको अन्तरालमा RAAB सर्भेक्षण गर्यौं, जुन अन्तर्राष्ट्रिय वैज्ञानिक तवरले गरिन्छ। त्यस्तैगरी हामीले आखाँ सँग सम्बन्धित क्यापस्टडी पनि प्रशस्तै मात्रामा गरेका छौँ। जसको नतिजाले नेपाल सरकारलाई नीति बनाउने काममा पनि सहयोग पुर्याएको छ।

अहिले नेत्र ज्योति संघले २७ वटा आँखा अस्पताल, करिब १४२ वटा आँखा उपचार केन्द्र, ४२ वटा जिल्ला शाखा मार्फत देशव्यापी रुपमा आखाँ सम्बन्धि आखाँ स्वास्थ्य सेवाको रुपमा माहोल बनाउने काममा सक्रिय रहेको छ। संघले निकट भविष्यमा ७५३ वटै पालिकामा कम्तिमा एउटा आँखा उपचार केन्द्र बनाउने योजना रहेको छ। यो नीतिलाई अगाडि बढाइरहेका छौं।

Tags: #government of NepalCorona Virus #Covid19Nepal Netra joyti sangRanjan Shah
SummarizeShare271ScanTweet146

Related articles

बागलुङका स्वास्थ्य संस्थामा डेंगु परीक्षण किट अभाव

सुदूरपश्चिममा डेंगीबाट तीन वर्षमा सात हजारभन्दा बढी प्रभावित

by Nam Raj Bhatta
February 22, 2026
0

कञ्चनपुर, १० फागुन २०८२ सुदूरपश्चिम प्रदेशमा अझैपनि डेंगी संक्रमणको जोखिम देखिएको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्यांकअनुसार, विगत तीन आर्थिक वर्षमा प्रदेशभर डेंगीबाट संक्रमित हुनेको संख्या सात हजार...

सञ्चार, गलत जानकारी र मानसिक स्वास्थ्य #Mentalhealth

सञ्चार, गलत जानकारी र मानसिक स्वास्थ्य #Mentalhealth

by Nam Raj Bhatta
October 9, 2025
0

✍️ डा. कन्चन दाहाल, मनोरोग विशेषज्ञ  जेनजी क्रान्तिले नेपालको सामाजिक चेतनामा ठूलो हलचल ल्याएको छ। तर यसका बीचमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत गलत समाचार, अतिरञ्जना र भ्रम फैलिरहेकाले...

डोटीका डा. ज्ञानेन्द्र जोशी विश्वका शीर्ष २% वैज्ञानिकको सूचीमा

डोटीका डा. ज्ञानेन्द्र जोशी विश्वका शीर्ष २% वैज्ञानिकको सूचीमा

by Nam Raj Bhatta
September 26, 2025
0

काठमाडौं, १० असोज २०८२ सुदुरपश्चिम डोटीका कृत्रिम बुद्धिमत्ता (AI) विशेषज्ञ डा. ज्ञानेन्द्र प्रसाद जोशी स्ट्यानफोर्ड युनिवर्सिटी र एल्सेभियरको २०२५ को “विश्वका शीर्ष २% वैज्ञानिक” को प्रतिष्ठित सूचीमा परेका...

सुर्तीजन्य पदार्थ नियन्त्रण नहुँदा नसर्ने रोगको प्रकोप बढ्यो 

सुर्तीजन्य पदार्थ नियन्त्रण नहुँदा नसर्ने रोगको प्रकोप बढ्यो 

by Nam Raj Bhatta
May 31, 2025
0

काठमाडौं, १६ जेठ २०८२ नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण नहुँदा नसर्ने रोगको प्रकोप बढ्दै गएको छ। पछिल्लो तथ्यांक अनुसार नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट वार्षिक ३९ हजार २०० मानिसको ज्यान...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, टेकु, काठमाडौं
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य कर कोषको सचिवालयको कार्यालय, काठमाडौं
Madira sewan ko asarharu DPHO Office Lalitpur
× Full size view
NEPDENT International Dental Trade Show
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    681 shares
    Share 272 Tweet 170
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    631 shares
    Share 252 Tweet 158
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    628 shares
    Share 251 Tweet 157
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    674 shares
    Share 301 Tweet 156
  • जाडोमा बच्चाको स्याहार कसरी गर्ने ? यी १४ ओटा उपाय जानी राखौं #wintercare

    617 shares
    Share 247 Tweet 154

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • डेन्टल एसोसिएसन बाँके शाखाको अध्यक्षमा डा. बजगाँई र महासचिवमा डा. न्यौपाने
  • ग्राण्डीमा ‘प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइयो
  • औषधि व्यवस्था विभागको निमित्त महानिर्देशकमा शिवानी खड्की 
  • स्वास्थ्य मन्त्री र ‘टिम रिफर्म’ बीच छलफल
  • क्षेत्रीय रेडियोलोजीमा नयाँ उपलब्धि; डा. तेजेन्द्र कार्की बिम्स्टेक रेडियोलोजी स्थायी समितिको पहिलो अध्यक्ष निर्वाचित

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.