Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ असार १८
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

आर्ट अफ लिभिंग नेपालको स्वास्थ्यकर्मी बिशेष चौथो संस्करण सम्पन्न

Nam Raj Bhatta by Nam Raj Bhatta
September 13, 2020
in Research & Study
Reading Time: 1 min read
A A
0
आर्ट अफ लिभिंग नेपालको स्वास्थ्यकर्मी बिशेष चौथो संस्करण सम्पन्न
619
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं , २८ भाद्र २०७७ 

अफ लिभिङ नेपाल (AoLN) ले एक अनलाइन iExcel Holistic Wellbeing कार्यक्रम नेपालमा कोरोना संक्रमणका कारण भएको लकडाउन लगत्तै नै सांचलन मा ल्याएको थियो । प्रशिक्षण कार्यक्रम, विशेष गरी अग्र पंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीहरू, डाक्टरहरू, नर्सहरू, स्वयम्सेवकहरू, र प्यारामेडिक्स हरूको शारीरिक, मानसिक, र भावनात्मक कल्याणको विकास गर्न सहयोग गर्ने उदेश्य लिएर निर्माण गरिएको हो । सेप्टेम्बेर ७ देखी १० सम्म जूम मार्फत सांचलन गरिएको दैनिक २ घण्टाको यस सत्रबाट २० भन्दा बढी संसंस्थाका लगभग ३२० सहभागीहरू लाभान्वित भएका छन् ।

महामारीको क्रममा विगत तिन महिना यता ए.ओ.एल.एन.का स्वयंसेवी प्रशिक्षकहरूले सम्पूर्ण नेपालभर बाट उपस्थित १,१७४ सहभागीहरुलाई अनलाइन सत्रहरू संचालन गराएका छन् जसमध्ये ५५१ जना अग्र पंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी र स्वयंसेवक थिए।

यस कार्यक्रमको चौथो संस्करण सम्म आइपुग्दा कुल २१० भन्दा बढी संस्थाले यस कार्यक्रममा जोडिएका छन् । नागरिक सेवा, सरकारी सेवा, अस्पताल, धर्मशाला, शिक्षा संस्थान, स्वयंसेवी समूह, गैरसरकारी संस्था, आईएनजीओ, रोटरी क्लब, र बैंकका सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो ।

प्रतक्ष संलग्न स्वास्थ्यकर्मीहरुको भावनात्मक र मानसिक सुस्वास्थ्यको प्रवर्दन गर्नका निम्ति, आर्ट अफ लिभिंग नेपालले समान क्षेत्रमा कार्यरत तथा समान विचारधाराभएका प्रायोजकहरूसँग सहकार्य गरेर आइक्सेल होलिस्टिक वेलबिंग प्रोग्राम (iExcel Holistic Well-being Program) सबै स्वयंसेवक र चिकित्साकर्मीहरूलाई निशुल्क सत्रको रूपमा प्रदान गरेको थियो । कार्यक्रमका लागी नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले उदारताका साथ नेरु. २,००,००० योगदान गरेको थियो । त्यस्तै अवकाशप्राप्त लेफ्टिनेंट जनरल कृष्ण नारायण थापाले नेरु. ७५,००० र ‘राजेश प्रधान र परिवार’ ले थप नेरु. ३,००,००० भन्दा धेरै प्रायोजन प्रदान गर्नुभएको थियो । ए.ओ.एल.एन.का अध्यक्ष एस.के. सिंहले कार्यक्रमका सहभागीहरूलाई धन्यवाद र बधाई दिदै प्रायोजकहरूको सहयोग र योगदानको पनि सराहना गर्नुभयो ।

Holistic Well Being Program Nepal कि संयोजक तथा AoLN कि वरिष्ठ सहजकर्ता श्री नीवा एम. प्रधानले पनि प्रशिक्षकहरूलाई उहाहरुको विगत केही महिनादेखिको समर्पण र मेहनतका लागि बिशेष धन्यवाद व्यक्त गर्नुभयो । उहाले टिप्पणी गर्दै भन्नु भयो, ‘टोली शिक्षण र टीम वर्कले सत्रलाई अझ प्रभावकारी र कुशल बनाउन निक्कै सहयोग गर्यो’। उहाले उल्लेख गर्नुभेयो कि यस कार्यक्रममा भाग लिईसकेका सहभागीहरूको प्रोत्साहनजनक प्रतिक्रिया र प्रशंसाको आधारमा, यस आर्ट अफ लिभिंग फाउण्डेशन, प्रायोजक समूहहरू, र स्वयंसेवी प्रशिक्षकहरूको संयुक्त प्रयासले समुदायमा सकारात्मक प्रभाव पार्न सफल भएको छ ।

आर्ट अफ लिभिंग नेपालले विगत २० बर्ष देखी विभिन्न ध्यान तथा स्वास-प्रस्वास प्रविधि: विशेष गरी सुदर्शन क्रिया प्रविधि सिकाएर नेपालमा धेरै क्षेत्रका हजारौं मानिसहरुलाई सेवा प्रदान गर्दै आएको छ।

 

आर्ट अफ लिभिङ फाउण्डेशन (AoLF) एक गैर नाफामुखी, शैक्षिक संस्था हो जुन विश्व-प्रसिद्ध मानवीय र आध्यात्मिक गुरु श्री श्री रविशंकरद्वारा सन् १९८१ मा स्थापना गरिएको थियो। यस संगठनको १५६ देशहरुमा आफ्ना कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । AoLF का सबै कार्यक्रमहरू श्री श्री को दर्शन: “जबसम्म हामीमा तनावमुक्त दिमाग र हिंसा मुक्त समाज हुदैन, हामी विश्व शान्ति प्राप्त गर्न सक्दैनौं” र “विश्व एक परिवार” द्वारा निर्देशित छन्। आर्ट अफ लिभिङ समुदायले विविध पृष्ठभूमि र धार्मिक झुकाव भएका व्यक्तिहरूलाई आकर्षित गर्दै आएको छ। विश्वको सबैभन्दा ठूलो स्वयम्सेवक-आधारित संस्थाको रूपमा स्थापित भएको यो संस्थाले प्रकोपहरूको समयको आवश्यकता अनुसार द्रुतगतिमा मानवीय सेवामा पुगेर प्रख्यात ट्र्याक रेकर्ड समेत कायम गरेको छ। धेरै पटक AoLF स्वयंसेवकहरू प्रकोपद्वारा प्रभावित मानिसको भौतिक मानसिक, भावनात्मक आवश्यकता पूर्ति गर्न आफ्नै सुरक्षा भन्दा माथि उठेर सेवा प्रदान गरेका छन् ।

Tags: #DoctorCorona Virus #Covid19Health SymptomsHealth workerNewsSeminar
SummarizeShare267ScanTweet147

Related articles

शहरी क्षेत्रमा GP Clinic को बढ्दो महत्त्व: सूर्यविनायकको HPN Clinic उदाहरणीय

शहरी क्षेत्रमा GP Clinic को बढ्दो महत्त्व: सूर्यविनायकको HPN Clinic उदाहरणीय

by Nam Raj Bhatta
June 26, 2026
0

नेपालमा शहरीकरण तीव्र गतिमा बढ्दै जाँदा प्राथमिक स्वास्थ्य सेवा (Primary Health Care) को आवश्यकता पनि उत्तिकै बढेको छ। विशेषगरी General Practitioner (GP) Clinic हरूले बिरामीलाई प्रारम्भिक मूल्याङ्कन, उचित...

क्यान्सरको एउटै लक्षण हुँदैन, एक–डेढ महिनासम्म निको नभएको समस्या बेवास्ता नगर्नुहोस् : डा. सुदीप श्रेष्ठ

क्यान्सरको एउटै लक्षण हुँदैन, एक–डेढ महिनासम्म निको नभएको समस्या बेवास्ता नगर्नुहोस् : डा. सुदीप श्रेष्ठ

by Nam Raj Bhatta
June 25, 2026
0

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठका अनुसार क्यान्सरको कुनै एउटै निश्चित लक्षण हुँदैन। शरीरको जुन अंगमा क्यान्सर हुन्छ, त्यसैअनुसार लक्षण देखिने भएकाले क्यान्सरलाई एउटै लक्षणबाट चिन्न सकिँदैन।...

२०% मात्र काम गरिरहेको अत्यन्त कमजोर मुटुमा पनि सफल बाइपास सर्जरी सम्भव : डा. विश्व पोखरेल

२०% मात्र काम गरिरहेको अत्यन्त कमजोर मुटुमा पनि सफल बाइपास सर्जरी सम्भव : डा. विश्व पोखरेल

by Nam Raj Bhatta
June 24, 2026
0

ठूलो हृदयघात (हार्ट अट्याक) पछि मुटुको कार्यक्षमता केवल २० प्रतिशत सम्म झरेका बिरामीहरूको समेत सफलतापूर्वक बाइपास शल्यक्रिया नेपालमै भइरहेको वरिष्ठ कार्डियाक सर्जन डा. विश्व पोखरेलले बताएका छन्। उनका...

बागलुङका स्वास्थ्य संस्थामा डेंगु परीक्षण किट अभाव

सुदूरपश्चिममा डेंगीबाट तीन वर्षमा सात हजारभन्दा बढी प्रभावित

by Nam Raj Bhatta
February 22, 2026
0

कञ्चनपुर, १० फागुन २०८२ सुदूरपश्चिम प्रदेशमा अझैपनि डेंगी संक्रमणको जोखिम देखिएको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्यांकअनुसार, विगत तीन आर्थिक वर्षमा प्रदेशभर डेंगीबाट संक्रमित हुनेको संख्या सात हजार...

Please login to join discussion
Dengue Awareness Public Health Office Kathmandu

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    821 shares
    Share 328 Tweet 205
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    691 shares
    Share 276 Tweet 173
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    636 shares
    Share 254 Tweet 159
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    635 shares
    Share 254 Tweet 159
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    687 shares
    Share 306 Tweet 159

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • बयालपाटा प्रादेशिक अस्पतालमा एकैदिन ६ जनाको सफल शल्यक्रिया
  • लायन्स क्लब अफ काठमाडौं रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा. रेश्मा लामिछाने
  • वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन
  • भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्डमा देशकै उत्कृष्ट संघीय अस्पताल
  • ॐ हस्पिटलद्वारा टोखामा नि:शुल्क स्वास्थ्य परिक्षण तथा रक्तदान कार्यक्रम

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.