• Login
Health News Nepal
Nisarga Hospital & Research Center Dhangadi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home Articles

“रोगले हैन भोकले बढ्न सक्छ आत्महत्या”

N Bhatta by N Bhatta
September 10, 2020
in Articles
A A
0
“रोगले हैन भोकले बढ्न सक्छ आत्महत्या”
Share on FacebookShare on TwitterShare on LinkedIn

सुजाता श्रेष्ठ घिमिरे 

आत्महत्या गर्न चाहने व्यक्तिले आफैंले भनेर सहयोग माग्दैन तर यसको अर्थ यो होइन कि उसलाई सहयोग चाहिँदैन। उसले विभिन्न किसिमले सहयोगको अपेक्षा गरेको हुन्छ । उसले गरेको संकेतलाई बुझ्न सकियो भने उसको जीवन रक्षा गर्न सकिन्छ। आत्महत्या गर्नेको उद्देश्य आफ्नो जीवनको अन्त्य गर्नु नभएर आफ्नो पिडा को अन्त्य गर्नु हो। पीडाको अन्त्यका लागि उसले त्यो बाटो रोजेको हुन्छ । यदि उसले आफ्नो पीडा कसैलाई सुनाउने वातावरणको सृजना गर्न सकियो भने उसको जीवन रक्षा गर्न सकिन्छ। आत्महत्या व्यक्तिगत समस्याका कारणले हुने गरेतापनि व्यक्ति लाई आत्महत्या को तह सम्म पुर्याउन कुनै न कुनै रूपमा समाज पनि दोषी रहेको पाइन्छ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा आत्महत्या गर्ने मनोवृत्ति मृत्युको दसौं कारण बन्न पुगेको छ । नेपाल भने आत्महत्या गर्ने देशहरू मध्ये ८१ औं श्रेणी मा पर्दछ। तथ्यांक अनुसार १६ देखि ४९ वर्ष का महिलाहरुले विशेष गरी आत्महत्याको प्रयास बढी मात्रामा गर्ने गरेको पाइन्छ। तर खतरनाक तरिका अपनाउने हुनाले पुरुषहरु ले महिलाको अनुपात मा बढी सफल रूपमा आत्महत्या गर्ने गरेको पाइन्छ। आत्महत्या गर्ने व्यक्ति ले १८ देखि २२ पटक सम्म आत्महत्या को प्रयास गर्ने गरेको पाइन्छ।
नेपालमा लक डाउन हुनु पूर्व बर्सेनि आत्महत्या गर्नेको संख्या लगभग ६,८४० थियो भने अहिले आएर यसको संख्या ३० प्रतिशतले बढेको छ। लक डाउन भएको ७४ दिन भित्र मात्रै करिब १२०० जनाभन्दा बढीले आत्महत्या गरेको तथ्यांक सार्वजनिक भएको छ। जसको कारण खस्कँदो आर्थिक , सामाजिक , सांस्कृतिक अवस्था र यसले निम्त्याएका विविध पक्षहरु रहेका छन् जस्तैस् बेरोजगारी , अस्थिर वासस्थान, भेदभाव, खाद्यान्नको अभाव रहेको छ ।

सामान्यतया घरेलू हिंसा, प्रेम सम्बन्ध, बलात्कार, अनिश्चित गर्भधारण, पारिवारिक बेमेल ,पति या पत्नीले अर्को विवाह गर्ने ,पर्याप्त दाइजो नदिएको निउमा पाउने मानसिक यातना, पढाईमा असफलता , अध्याधिक ऋण, मानसिक विचलन जस्ता कारण नै आत्महत्याको प्रमुख कारण बन्ने गर्दछ।

आत्महत्या गर्ने व्यक्तिसँग मर्ने इच्छा सँगै उसको खुशी हुने इच्छा समेत गाँसिएको हुन्छ। आत्महत्या गर्ने धेरै व्यक्तिले आत्महत्याको प्रयास गर्नु पूर्व कसैको सहयोगको अपेक्षा गरेका हुन्छन्। कसैले उनीहरूको कुरा सुनिदियोस् भन्ने चाहना राखेका हुन्छन। सहानुभूतिको आशा गरिरहेका हुन्छन्। उनीहरूको यो इच्छालाई बुझ्न सकियो र बचाउन सकियो भने जीवनरक्षा गर्न सकिन्छ। मनको कुरा बुझ्न सकियो भने बचाउन सकिन्छ।

आत्महत्याको घटनाहरु दिनप्रतिदिन बढ्दैछन जसको रोकथामका लागि multisectoral approach आवश्यक छ। जस अन्तर्गत शिक्षा, स्वास्थ्य ,सञ्चार, रोजगार व्यवसाय लगायत विभिन्न सेक्टरहरुसँग समन्वय गर्न आवश्यक छ। सामाजिक र आर्थिक कारणले हुने आत्महत्या निवारणका लागि गरिबी निवारणका कार्यक्रम महत्वपूर्ण मानिन्छ। स्वास्थ्य सेवामा पहुँच राम्रो नभएको स्थितिमा विभिन्न मानसिक समस्याबाट पीडित व्यक्तिले समाजमा हेय दृष्टिले हेर्ला भन्ने डरले वा मानसिक रोगी भन्ने लाल्छना लाग्ने डरले रोग लुकाउने , उपचार नगर्ने र आफ्नो समस्याहरु कसैलाई नभन्ने समस्या छ। यसका लागि मानसिक स्वास्थ्य समस्याहरुलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन जरुरी छ। आत्महत्या घटाउन र रोक्नको लागि मानसिक स्वास्थ्य सेवा राम्रो बनाउनुपर्छ।

 आत्महत्या सम्बन्धि गलत धारणाहरु:

  • यदि कसैले मर्न मन लागेको छ बाँच्न मन छैन भन्ने गर्छ भने परिवारलाई तर्साउन भनेको भन्ने सोचाइ
  • मर्न मन लागेको छ भन्ने मान्छेले आत्महत्या गर्दैन
  • आत्महत्या रोक्नै सकिँदैन
  • आत्महत्या अचानक हुने कुरा हो
  •  आत्महत्या गर्न ठूलै कारण चाहिन्छ

 रोकथामका उपायहरु

  • अमुल्य जीवन बारे चिन्तन गर्ने ,जीवन छ र त सबै कुरा छन् भन्ने कुरा बुझ्ने र बुझाउने।
  • समस्याहरुसँग जुध्न life skifll’s training ९जीवन उपयोगी सीपहरुसिकाउने ।
  • व्यक्ति समाज र परिवारमा आत्महत्या रोकथामका लागि जनचेतना बढाउने।
  •  मानसिक स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउने
  •  आध्यात्मिक चिन्तन योग ध्यान गरेर मन शान्त पार्ने तरिकाहरु सिकाउने।
  • सञ्चारमाध्यमहरुले आत्महत्याका घटनाहरु सम्प्रेषण गर्दा विशेष सावधानी अपनाउने जस्तै मुख्य समाचारमा आत्महत्याको समाचार नराख्ने । अनावश्यक प्रचारबाजी र समाचार बिकाउन काल्पनिक कथाहरु बुनेर पाठक वा स्रोतहरूमा त्रास नफैल्याउने।
  • स्वस्थ जीवन शैलीका उपायहरू अवलम्बन गर्ने।
  • मानसिक रोगको समयमै उपचार गर्ने र पुनः नबल्झियोस् भन्नेतर्फ भन्ने तर्फ ध्यान दिने।
  • मानसिक अपाङ्गता भएका हरु को लागी सेवा सुविधा उपलब्ध गराउने उनीहरूको मानवअधिकार हनन हुन नदिने।
  • मानसिक रोगी भएको घरमा आत्महत्यालाई सहज पर्ने कुराहरु छन् भने त्यसलाई हटाउने।
  • एक पटक आत्महत्याको प्रयास गरेको मान्छेले फेरी प्रयास गर्ने सम्भावना बढी हुन्छ तसर्थ एक पल्ट आत्महत्या टर्यो भनेर त्यो कुरालाई सामान्य रुपमा नलिएर समस्याको निराकरणको लागि बिज्ञको सहयोग लिने।
  • आत्महत्याबाट रक्षा गर्ने सबैभन्दा ठूलो अस्त्र माया प्रेम हो। आफ्ना नजिकका मानिसहरूको सधै प्रसंसा गर्नु होस् उनीहरुलाई सुन्नुहोस्।
  •  यदि कसैले मर्ने कुरा गर्छ भने धैर्य भएर उसको कुरा सुन्ने, सल्लाह मागेको खण्डमा उसको विचारलाई सम्मान दिएर सकारात्मक रुपमा आशाको कुरा गर्ने।

आत्म हत्या साँच्चिकै समस्या हो । मानसिक रोगीहरु वास्तविक हुन्। मन कमजोर भएर भएका होइनन्। मैले के गर्न सक्छु र भन्नु भन्दा मैले कसरी सहयोग गर्न सक्छु ताकि कसैको जीवन बचोस् भन्ने सोच आउन जरुरी छ।

आफ्नो तर्फबाट सबैले सकेको सहयोग गरौ। नेपाल सरकारले पनि कोरोना संक्रमणको रोकथाम सँग सँगै खस्कदै गइरहेको आर्थिक तथा सामाजिक स्थितिलाई समेत सम्बोधन हुने किसिमको राहतका प्याकेजहरु ल्याई जनतालाई थप मानसिक भार पार्न नदिने योजनाहरु ल्याउन आवश्यक छ।

यसो गरेको खण्डमा जनताहरू लाई थप‌ उर्जाशिल बन्न हौसला प्राप्त हुने र महामारीको दुख लाई केही हदसम्म भुलाउन मद्दत पुग्नेछ।

Tags: #Health and population ministry#SocideCorona Virus #Covid19Sujata shrestha ghimire
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. राजन पाण्डे नियुक्त

Next Post

निषेधाज्ञा खोलेकै दिन १२४६ जनामा‌कोरोना संक्रमण , संक्रमितको संख्या ५० हजार नाघ्यो

Related articles

भ्याक्सिनले निर्मूल पार्न सकिने क्यान्सर : पाठेघरको मुखको क्यान्सर #CervicalCancer
Articles

भ्याक्सिनले निर्मूल पार्न सकिने क्यान्सर : पाठेघरको मुखको क्यान्सर #CervicalCancer

2 weeks ago
550
के हो ड्राई निडलिंग पद्दतिको उपचार? #Dryneedling
Articles

के हो ड्राई निडलिंग पद्दतिको उपचार? #Dryneedling

2 weeks ago
456
जाडोमा छाला जोगाउन डा.विकास पैाडेलको सल्लाह #ColdSeason
Articles

जाडोमा छाला जोगाउन डा.विकास पैाडेलको सल्लाह #Coldseason

2 weeks ago
598
के मसला साँच्चिकै ‌स्वास्थ्यको लागि हानिकारक हो ? #masalaSideEffect
Articles

के मसला साँच्चिकै ‌स्वास्थ्यको लागि हानिकारक हो ? #masalaSideEffect

3 weeks ago
433
✍️ डा.दीपेन्द्र कार्की
Articles

मधुमेह किन लाग्छ ? यसबाट बच्न के गर्न सकिन्छ? #Diabetes

4 weeks ago
695
Impact of Covid 19 on Dental Health Dr Purna
Articles

कोभिड–१९ महामारीको चपेटामा दन्तचिकित्सा #COVID19 #DentalMedicine

1 month ago
457
Next Post
काठमाडौं उपत्यकामा अहिलेसम्मकै सबैभन्दा धेरै ३ सय भन्दा बढीमा कोरोना संक्रमण

निषेधाज्ञा खोलेकै दिन १२४६ जनामा‌कोरोना संक्रमण , संक्रमितको संख्या ५० हजार नाघ्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

HNN Podcast

Abbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders KathmanduAbbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders Kathmandu
Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233

Recommended

औषधि तथा अन्य सामग्री खरिदका लागि नेपाली सेनाको चीन सरकार सँग सम्झौता #Covid19

औषधि तथा अन्य सामग्री खरिदका लागि नेपाली सेनाको चीन सरकार सँग सम्झौता #Covid19

9 months ago
400
चितवनका युवा चिकित्सकहरु द्वारा नेपाल मेडिकल कलेजको दुर्ववहार प्रती बिरोध

चितवनका युवा चिकित्सकहरु द्वारा नेपाल मेडिकल कलेजको दुर्ववहार प्रती बिरोध

8 months ago
400
लकडाउन खुलेपछी संक्रमण बढेको छैन : स्वास्थ्य मन्त्रालय #Covid19

अग्रपंक्तिमा रहेर काम गर्ने सबै स्वास्थ्यकर्मीहरूको पिसिआर परीक्षण अब अनिवार्य गरिने #Covid19

5 months ago
400

Don't Miss

रक्षा आयुर्वेदिक औषधालय द्वारा जन्मोत्सवको अवसरमा ४ लाख बराबरको औषधि निशुल्क वितरण #HealthCamp

रक्षा आयुर्वेदिक औषधालय द्वारा जन्मोत्सवको अवसरमा ४ लाख बराबरको औषधि निशुल्क वितरण #HealthCamp

January 14, 2021
490
भारतमा कोभिड बिरुद्धको खोप माघ ३ गते देखि शुरू #Covid-19

भारतमा कोभिड बिरुद्धको खोप माघ ३ गते देखि शुरू #Covid-19

January 13, 2021
418
स्वास्थ्य सेवा विभागमा स्तरवृद्धिका लागि निवेदन दिने कर्मचारीको भिड #HealthService

स्वास्थ्य सेवा विभागमा स्तरवृद्धिका लागि निवेदन दिने कर्मचारीको भिड #HealthService

January 13, 2021
424
शुशील कोइराला क्यान्सर अस्पतालमा पहिलो पटक स्तन क्यान्सरको सर्जरी #BreastCancer

शुशील कोइराला क्यान्सर अस्पतालमा पहिलो पटक स्तन क्यान्सरको सर्जरी #BreastCancer

January 12, 2021
415
चिकित्सा शिक्षा आयोगद्वारा पिजी प्रवेश परीक्षा स्थगित

चिकित्सा शिक्षा आयोगले तोक्यो पिजी अध्ययनको शूल्क #TuitionFees

January 11, 2021
588
स्वास्थ्यमन्त्री पदबहाली गर्दै त्रिपाठीले भने स्वास्थ्यक्षेत्रमा भएको क्रान्तिलाई रोक्छु #HealthMinistry

स्वास्थ्यमन्त्री हृदयेसी त्रिपाठीले गरे ५ जना निर्देशकहरुको जिम्मेवारी हेरफेर #HealthMinistry

January 11, 2021
503
सुदूरपश्चिम प्रदेश कुष्ठरोगीहरुको सक्रिय खोजपडतालमा #LeprosyControl

सुदूरपश्चिम प्रदेश कुष्ठरोगीहरुको सक्रिय खोजपडतालमा #LeprosyControl

January 10, 2021
515
NMSRA काठमाडौं इकाईको अध्यक्षमा ढकाल नियुक्त #KathmanduUnit

NMSRA काठमाडौं इकाईको अध्यक्षमा ढकाल नियुक्त #KathmanduUnit

January 9, 2021
1.2k
कोभिडका कारण भर्चुअलबाट मनाइयो राष्ट्रिय गिजा स्वास्थ्य दिवस #HealthDay

कोभिडका कारण भर्चुअलबाट मनाइयो राष्ट्रिय गिजा स्वास्थ्य दिवस #HealthDay

January 8, 2021
466
भारतमा बर्डफ्लू पुष्टि भएसँगै नेपालमा उच्च सतर्कता अपनाउन आग्रह #BirdFlu

भारतमा बर्डफ्लू पुष्टि भएसँगै नेपालमा उच्च सतर्कता अपनाउन आग्रह #BirdFlu

January 7, 2021
419
Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

Publication Categories

  • Articles (34)
  • Disease (80)
  • English (25)
  • Fitness (23)
  • Health (136)
  • Lifestyle (48)
  • News (862)
  • Nutrition (29)
  • Research & Study (34)
  • Weight Loss (21)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
  • Advertise
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
Sign Up with Google
OR

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In