Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ असार १४
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

भारतमा फैलिएको कोरोनाको आँधीबेहरी तथा नेपालमा यसको प्रभाव : डा. रवीन्द्र पाण्डे

HNN Staff by HNN Staff
July 25, 2020
in Research & Study
Reading Time: 1 min read
A A
0
कोरोना संक्रमणसंग लड्न रोग प्रतिरोधातक क्षमता कसरी बढाउने ? #Covid19
623
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️ डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

भारतमा कोरोना संक्रमण प्रतिदिन ५० हजारको आसपासमा बढिरहेको छ । अहिलेसम्म परीक्षण भएका संक्रमित १३ लाख ३६ हजारभन्दा धेरै छन् भने यसको धेरै गुणाको परीक्षण नभएका संक्रमित भएको विश्वास गरिएको छ । आजसाम्म ३१ हजार ३ सय ५८ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । हिंजो भारतमा ४ लाख २० हजार व्यक्तिको कोरोना परीक्षण गरिएको छ भने आगामी दिनमा परीक्षणको दायरा बढाउनको लागि ठूला ठूला ल्याब बिभिन्न राज्यमा स्थापना गरिएको छ ।सम्पूर्ण नीजी ल्याबलाई ३ हजारमा कोरोना परीक्षण गर्न अनुमति दिइएको छ । हिंजो भारतमा ११ सय भन्दा धेरैको मृत्यु भएको थियो भने आज ७५० जना संक्रमितको मृत्यु भएको छ ।
नेपालसंग सिमाना जोडिएका ४ राज्यमध्ये पश्चिम बङ्गालमा हप्तामा २ दिन लकडाउन गरिएको छ । यातायात तथा हवाइजहाज फेरी बन्द गरिएको छ ।  संक्रमितको संख्या ५३ हजारभन्दा धेरै छन् भने आजमात्र २२ सय १६ जनालाई संक्रमण पुष्टि भएको छ ।

बिहारको अवस्था अत्यन्तै नाजुक भइरहेको छ । त्यहाँको परीक्षण प्रति १० लाखमा ३४०० जनामा मात्र भएको छ । ठूलो जनसंख्या परीक्षणको दायरा बाहिर छ । आजको मितिसम्म प्रमाणित संक्रमित ३३ हजार ९ सय २६ छन् भने २२० जनाको मृत्यु भएको छ ।  आज मात्र बिहारमा २८ सय संक्रमित थपिएका छन् ।  अस्पतालमा खाली बेड छैनन् । आइसीयु, भेन्टिलेटर तथा अक्सिजनको अभाव छ । बिरामीहरु निरुपाय बनेका छन् । स्वास्थ्यकर्मीलाई PPE को अभाव छ ।
उत्तर प्रदेशमा पनि संक्रमण बढिरहेको छ। संक्रमितको संख्या ५८ हजारमाथि छ । आज मात्र २८ सय भन्दा धेरै संक्रमित भएका छन् ।

नेपालको भारतसंग १८०० किलोमिटरभन्दा लामो खुला सिमाना भएकोले हामीले त्यहाँको अवस्था बुझेर तदनुसार रणनीति बनाउनु जरुरी छ । अहिलेपनि खुला सिमानाको फाइदा उठाउँदै धेरै भारतीय नेपाल प्रवेश गरिरहेको सुन्नमा आएको छ । हामीले पुरै सिमाना शिल गर्ने, २४ सै घण्टा गस्ती गर्ने तथा सिमाबासीलाई प्रशिक्षित गर्नु अत्यावश्यक छ ।

भारतको बिहारमा कोरोना संक्रमितमा बिभिन्न लक्षण देखिएका छन् । सास फेर्न गाह्रो हुने, जाडो हुने, पखाला लाग्ने, एकदम कमजोरी महशुष गर्नु लगायतका लक्षण देखिएका छन् ।
नेपालको सप्तरी, इनरुवा, बिरगंज लगायतका ठाउँमा पनि कोरोना संक्रमितमा त्यस्तै लक्षण देखिएका छन् । यसबाट थाहा हुन्छ कि भारतका सिमाबर्ती क्षेत्रबाट नेपाल प्रवेश गरेका व्यक्ति वा वारपार ब्यापार गर्ने व्यक्तिबाट नेपालमा कोरोना संक्रमण बढेको छ ।

हाम्रो स्वास्थ्य मन्त्रालयले दिनमा ३-४ हजारको परीक्षण गरेर संक्रमित घटेको प्रचार गरिरहेको छ । जोखिम समुदायमा परीक्षण नगण्य रुपमा भएको छ । हामीले भारतको नियति नभोग्ने हो भने घटीमा पनि दिनको ३० हजार पिसिआर टेस्ट गर्नु जरुरी छ ।  Pooling मेथोड़बाट https://www.youtube.com/watch?v=-B6L9SfbMiY&t=368s पिसिआर टेस्ट गर्ने हो भने दिनमा ४-५ हजार पिसिआर परीक्षण गर्ने साधनस्रोत र जनशक्तिले दिनमा ३०-४० हजारको परीक्षण गर्न सक्छन । यसको लागि सरकार इमान्दार र जनताप्रति बफादार भएर लाग्नुपर्यो । स्वतन्त्र विज्ञको आवाज सुन्नुपर्यो ।  गणेश प्रवृतिको कारण कुमारहरू निरुत्साहित हुनु दुर्भाग्य हो

सरकारले जनस्वास्थ्यका मापदण्डलाई अनिबार्य ब्यबस्था गर्नुपर्छ । भारतमा मास्क नलगाउनेलाई ५०- १ लाख जरिवाना गर्दैछ ।  बेलायतले मास्क नलगाउनेलाई १०० युरो जरिवाना तोकेको छ । संसारका अधिकांश देशमा मास्क नलगाउने तथा व्यक्तिगत दुरी कायम नगर्ने व्यक्तिलाई निगरानी र जरिवानाको ब्यबस्था गरिएको छ । हाम्रो देशमा कोरोना संक्रमण नियन्त्रणलाई गम्भीरतापूर्वक कदम चालिएको छैन, प्राथमिकतामा राखिएको छैन ।
राइट म्यान, राइट प्लेस नहुनु नै हाम्रो दुर्भाग्य हो ।

सरकारले नेपालीबाहेक अन्यको लागि सिमा तथा हवाइ उडान खोल्नु हुँदैन । बिदेशमा रहेका नेपालीलाई निशुल्क वा न्युनतम शुल्कमा स्वदेश आउने वातावरण सरकारले तयार गर्नुपर्छ । तर १ अरब ३० करोड जनसंख्या भएको भारत तथा कोरोना संक्रमण निकै बढिरहेको बंगलादेश ( २ लाख २० हजारभन्दा धेरै संक्रमित भएको ) बाट नेपालमा कोभिडको उपचार गर्न, बच्नको लागि वा अन्य उद्देश्यले स्थल तथा हवाइमार्गबाट आए भने हाम्रो देशले धान्न सक्दैन । कोरोना संक्रमणको आँधीबेहरी रोक्नको लागि हामी सबैको इमान्दार तथा अनुशाशित प्रतिबद्धता आवश्यक छ ।

Tags: #Dr.Rabindra Pandey#Health and population ministryCorona Virus #Covid19Self Isolation
SummarizeShare272ScanTweet146

Related articles

शहरी क्षेत्रमा GP Clinic को बढ्दो महत्त्व: सूर्यविनायकको HPN Clinic उदाहरणीय

शहरी क्षेत्रमा GP Clinic को बढ्दो महत्त्व: सूर्यविनायकको HPN Clinic उदाहरणीय

by Nam Raj Bhatta
June 26, 2026
0

नेपालमा शहरीकरण तीव्र गतिमा बढ्दै जाँदा प्राथमिक स्वास्थ्य सेवा (Primary Health Care) को आवश्यकता पनि उत्तिकै बढेको छ। विशेषगरी General Practitioner (GP) Clinic हरूले बिरामीलाई प्रारम्भिक मूल्याङ्कन, उचित...

क्यान्सरको एउटै लक्षण हुँदैन, एक–डेढ महिनासम्म निको नभएको समस्या बेवास्ता नगर्नुहोस् : डा. सुदीप श्रेष्ठ

क्यान्सरको एउटै लक्षण हुँदैन, एक–डेढ महिनासम्म निको नभएको समस्या बेवास्ता नगर्नुहोस् : डा. सुदीप श्रेष्ठ

by Nam Raj Bhatta
June 25, 2026
0

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठका अनुसार क्यान्सरको कुनै एउटै निश्चित लक्षण हुँदैन। शरीरको जुन अंगमा क्यान्सर हुन्छ, त्यसैअनुसार लक्षण देखिने भएकाले क्यान्सरलाई एउटै लक्षणबाट चिन्न सकिँदैन।...

२०% मात्र काम गरिरहेको अत्यन्त कमजोर मुटुमा पनि सफल बाइपास सर्जरी सम्भव : डा. विश्व पोखरेल

२०% मात्र काम गरिरहेको अत्यन्त कमजोर मुटुमा पनि सफल बाइपास सर्जरी सम्भव : डा. विश्व पोखरेल

by Nam Raj Bhatta
June 24, 2026
0

ठूलो हृदयघात (हार्ट अट्याक) पछि मुटुको कार्यक्षमता केवल २० प्रतिशत सम्म झरेका बिरामीहरूको समेत सफलतापूर्वक बाइपास शल्यक्रिया नेपालमै भइरहेको वरिष्ठ कार्डियाक सर्जन डा. विश्व पोखरेलले बताएका छन्। उनका...

बागलुङका स्वास्थ्य संस्थामा डेंगु परीक्षण किट अभाव

सुदूरपश्चिममा डेंगीबाट तीन वर्षमा सात हजारभन्दा बढी प्रभावित

by Nam Raj Bhatta
February 22, 2026
0

कञ्चनपुर, १० फागुन २०८२ सुदूरपश्चिम प्रदेशमा अझैपनि डेंगी संक्रमणको जोखिम देखिएको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्यांकअनुसार, विगत तीन आर्थिक वर्षमा प्रदेशभर डेंगीबाट संक्रमित हुनेको संख्या सात हजार...

Please login to join discussion
Dengue Awareness Public Health Office Kathmandu

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    819 shares
    Share 328 Tweet 205
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    690 shares
    Share 276 Tweet 173
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    636 shares
    Share 254 Tweet 159
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    635 shares
    Share 254 Tweet 159
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    686 shares
    Share 306 Tweet 159

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्डमा देशकै उत्कृष्ट संघीय अस्पताल
  • ॐ हस्पिटलद्वारा टोखामा नि:शुल्क स्वास्थ्य परिक्षण तथा रक्तदान कार्यक्रम
  • नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
  • ईन्ट​र​नेश​न​ल ईन​र ह्विल डिस्ट्रिक्ट ३५० को अध्यक्षमा डा. श्रृष्टी श्रेष्ठ प्रजापति
  • भक्तपुर क्यान्सर अस्पतालमा आईएचसी परीक्षण शुरु

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.