Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ भाद्र १०
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

नेपाल फार्मेसी काउन्सिलको भूमिका

Nam Raj Bhatta by Nam Raj Bhatta
September 25, 2024
in Research & Study
Reading Time: 2 mins read
A A
0
नेपाल फार्मेसी काउन्सिलको भूमिका
588
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

नेपाल फार्मेसी काउन्सिलको भुमिका के कस्तो छ भनेर काउन्सिलका अध्यक्ष प्रज्वल जंग पाण्डे सङ्ग स्वास्थ्य पत्रकार नमराज भट्टले गरेको कुराकानीमा आधारित

१) नेपाल फार्मेसी काउन्सिलको भूमिका कस्तो छ?

  •  नेपाल फार्मेसी काउन्सिल भनेको जति पनि फार्मेसी पढिरहेका हुन्छन् जस्तै: डिप्लोमा मास्टर तिनीहरूको लागि हामीले दर्ता गर्ने काम गर्छौ, त्यही नै नेपाल फार्मेसी काउन्सिल हो। फार्माशिष्टले गरेका अभ्यासहरूलाई हामीले हेर्ने गर्ने गर्छौ। नेपाल फार्मेसी काउन्सिलको आफ्नै ऐन, नियम र कानुन रहेको छ। यो काउन्सिल स्वास्थ्य मन्त्रालय अन्तर्गत भएकोले यसको छुट्टै संरचना छ। नेपालमा भएका फर्मासिष्टहरुले गर्दै आएका काम कर्तव्य कुशल अभ्यासहरुलाई हेर्ने साथै फर्मासिष्टको निश्चित अवधिमा अध्यावधिक गर्ने गर्छौ। फार्मेसिलाई कुन- कुन विधामा कति जति जनशक्ति उत्पादन भइरहेको छन् भन्ने तथ्याङ्क नेपाल सरकारले पनि सहयोग गरिरहेको हुन्छ।

२) नेपाल फार्मेसी काउन्सिलमा अध्यक्षको भूमिका के हुन्छ ?

  •  अध्यक्षको भूमिका भन्दा पनि एउटा काउन्सिलको एउटा आफ्नै संरचना छ। काउन्सिलको अध्यक्ष भनेको एउटा अभिभावक मूलक जिम्मेवारी हो। जति पनि गतिविधिको संरक्षण गर्छ, नीति नियम दक्ष जनशक्तिको प्रक्षेपण गर्नको लागि अध्यक्षको प्रमुख भूमिका रहेको हुन्छ। नेपाल सरकारले फार्मेसी काउन्सिलमा भएको गतिविधिको विभिन्न क्रियाकलाप गर्नको लागि अध्यक्षको प्रमुख जिम्मेवारी रहन्छ। नेपालमा स्वायत्त भएका जनशक्तिको प्रक्षेपण गर्नका लागि अध्यक्षको प्रमुख भूमिका रहन्छ । समितिमा अध्यक्ष रजिष्टार र सदस्यहरु लगायत १० जनाको कार्यसमिति रहेको छ । जसमा विभिन्न विधाका विभिन्न विषयमा दक्षता गरेकोलाई राख्ने गरिन्छ। जस्तै: हस्पिटल, एकेडेमी र उद्दोग लगायतका ठाउँमा काम गर्ने पनि यो समितिमा रहेका छन्।

३) तपाईंले अध्यक्ष भइसकेपछि पुराना कामलाई निरन्तर अगाडि बढिरहेका छन् कि केही नयाँ काम पनि गरिरहनुभएको छ?

  •  नेपालमा अहिले काउन्सिलहरूले एउटा आफ्नै समिति दायरामा रहेर काम गरिरहेका हुन्छन् । नेपाल फार्मेसी काउन्सिल जस्तै: आयुर्वेदिक काउन्सिल, मेडिकल काउन्सिल र नेपाल नर्सिङ काउन्सिल पनि छन्। यी सबैले आआफ्नै काम गरिरहेका छन्। त्यस्तैगरी फार्मेसी काउन्सिलले पनि आफ्नै दक्ष जनशक्तिमा दर्तालाई बढी भन्दा बढी ध्यान दिएको पाइन्छ। औषधि उत्पादन हुने संस्थाको शिक्षामा अनुगमन हुने काम गरिरहेको छ। हामी अहिले बढीभन्दा बढी दक्ष जनशक्ति दर्ता परीक्षाहरू गरिरहेका छौं हामीले पुरानो कामलाई निरन्तर गरिरहेका छौं । नयाँ काम पनि गरिरहेका छौं। म आइसकेपछि अभिमुखीकरण तालिमहरु नियमित दिईरहेका छौं । फर्मासिस्टले नियमित आफ्नो सीप तथा अभिमुखीकरण तालिमहरु प्रदान गरिरहेका छौ। लाइसेन्स अध्यावधिक गर्नको लागि उपत्यका बाहिर पनि काउन्सिल शाखा राखेका छौं । फार्मेसीको विभिन्न विधामा आवश्यक पर्ने तालिमको पनि व्यबस्था गर्ने योजनामा छौ। राज्यलाई आवश्यक पर्ने जनशक्तिको प्रक्षेपण गर्दै आएका छौ। विधागत विषयमा देशलाई आवश्यक पर्ने जनशक्तिको आकरण गर्ने क्रममा छौ। विदेशमा कति गएका छन् निजी तथा सरकारीमा कति छन् भनेर लेखाजोखा गर्ने गरेका छौं। जसले गर्दा वेबसाइटको विकास गरेर प्रत्येक फार्मासिस्टले आफ्नो दर्ता वा अध्यावधिक गर्न पाउने अधिकार छ।

  • कोभिड – १९ को बेला नेपाल सरकारको संयोजकत्वमा नेपाल मेडिकल काउन्सिल र नेपाल फार्मेसी काउन्सिल मिलेर पेपकिप्सनको अडिट गरेका थियौ। गुणस्तर शिक्षा बढाउनको लागि चिकित्सा आयोग र विभिन्न काउन्सिल सङ्ग समन्वयन गरी गुणस्तर परीक्षा प्रणाली गर्ने क्रममा छौँ ।

४) नेपालमा फार्मेसी दर्ता कति छन्?

# हाल सम्म फार्मेसी असिस्टेन्ट र फार्मेसी गरी १३,६२६ छन् जसमध्ये स्नातकभन्दा माथिका ६ हजार ६०६ रहेका छन्।

५) बिना प्रमाणपत्र वा लाइसेन्स औषधि पसल चलाएको पाइएको छ यसमा फार्मेसी काउन्सिलको भूमिका के छ ?

  •  काउन्सिलले औषधि पसल वा व्यवसायमा अनुगमन गर्ने गर्दैन। यो नेपाल औषधि व्यवस्था विभागले हेर्ने गर्छ। हामीले अनुगमन गर्ने भनेको दोहोरो सर्टिफिकेट प्रयोग गरेको छ कि छैन । सर्टिफिकेटको कुनै दुरुपयोग त भएको छैन भनेर अनुगमन गर्ने गरेका छौं ।

६) फार्मेसी काउन्सिलबाट लिईने लाइसेन्सको परीक्षा कहिले – कहिले हुन्छ?

  •  हामीले प्रत्येक वर्ष परीक्षा गर्ने गरेका छौं। वर्षमा ३ देखि ४ वटा परीक्षा हुन्छन् । जसमा डिप्लोमा र स्नातक तहको हुने गर्छ। हामीले नियमित रुपमा परीक्षा गर्ने गरेका छ

७) नेपालमा पछिल्लो अवस्थामा फार्मासिष्टहरूको अवस्था कस्तो छ ?

  • अहिले नेपालमा ३५ प्रतिशत फर्मासिस्ट विदेश गएको तथ्याङ्क छ । तर विद्यमान अवस्थामा उद्योगको पनि विकास भएको छ। शैक्षिक संस्थाको पनि विकास भएको छ। भोलिको दिनमा विभिन्न उद्योगहरू औषधि पसलहरू बढ्ने क्रममा फार्मासिस्टको प्रभावकारिता नेपालमा बढ्ने सम्भावना देखिन्छ। हामीले नेपालमा अझै फार्माशिष्टको क्षेत्र बढ्ने अनुमान गरेका देख्छौ। फार्मेसी काउन्सिलले आचारसंहिता पनि लागू गरेका छ। फर्मासिस्टले के गर्ने के नगर्ने भनेर अचार संहिताले भन्ने गर्द्छ।

८) स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले फार्मेसी काउन्सिललाई के कस्ता सहयोग गर्ने गरेको छ ?

  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एकदमै सहयोग छ। स्वास्थ्य मन्त्रालयले पनि औषधिभन्दा फर्मासिस्टको बढी भूमिका र योजनाको बारेमा फार्मेसी काउन्सिललाई बोलाएर समय-समयमा मिटिङ गर्ने गरेको छ। जसले गर्दा सहयोग र साथ मिलेको छ। मन्त्रलायमा विषयगत योजना बनाउने बेला फार्मेसी काउन्सिलको भुमिका रहन्छ। मन्त्रालयले औषधिको सही सदुपयोग गर्न फार्मासिस्टको भुमिकालाई अति प्रभावकारी बनाउनुमा सहयोग गर्ने गर्द्छ। फार्मेसी काउन्सिलले अगामी दिनमा पनि स्वास्थ्य मन्त्रालय सङ्ग समन्वय गरि विभिन्न नीति तथा कार्यक्रम ल्याउने क्रममा छ।

९) नेपाल फार्मेसी काउन्सिलले भावी योजना के कस्तो रहेको छन् ?

  • जुन हामीले सुरुवात देखि नै काम गरिरहेका थियौ, त्यसैलाई निरन्तरता दिने प्रमुख उद्देश्य हो । काउन्सिलले गुड फार्मेसी प्राक्टिसलाई प्रबर्द्धन गर्नेछ। राष्ट्रिय स्वास्थ्य नीतिमा फार्मेसी काउन्सिलको भुमिका पनि महत्त्वपूर्ण हुने हुँदा आवश्यक योजनाहरु, सुझाबहरु सम्बन्धित मन्तालयमा दिने गर्दछौ। सुगममा मात्र नभएर दुर्गम क्षेत्रमा गएर पनि कार्यक्रम वा तालिम दिन शुरूवात गरेका छौँ । मुख्य एजेण्डा भनेकै फार्मेसीलाई राम्रो गर्ने हो । समस्त रुपमा फार्मेसी अभ्यासको विकास गर्ने योजनाहरु प्रस्तुत गर्दैछौं । एन्टिबायोटिकको सदुपयोगमा फर्मासिष्टको पनि प्रमुख भुमिका हुने हुँदा यस सम्बन्धित आवश्यक पर्ने तालिमको व्यवस्था गर्ने क्रममा छौँ ।
Tags: #Health and population ministryNepal pharmacy CouncilPrajwaljang pandey
SummarizeShare235ScanTweet147

Related articles

शहरी क्षेत्रमा GP Clinic को बढ्दो महत्त्व: सूर्यविनायकको HPN Clinic उदाहरणीय

शहरी क्षेत्रमा GP Clinic को बढ्दो महत्त्व: सूर्यविनायकको HPN Clinic उदाहरणीय

by Nam Raj Bhatta
June 26, 2026
0

नेपालमा शहरीकरण तीव्र गतिमा बढ्दै जाँदा प्राथमिक स्वास्थ्य सेवा (Primary Health Care) को आवश्यकता पनि उत्तिकै बढेको छ। विशेषगरी General Practitioner (GP) Clinic हरूले बिरामीलाई प्रारम्भिक मूल्याङ्कन, उचित...

क्यान्सरको एउटै लक्षण हुँदैन, एक–डेढ महिनासम्म निको नभएको समस्या बेवास्ता नगर्नुहोस् : डा. सुदीप श्रेष्ठ

क्यान्सरको एउटै लक्षण हुँदैन, एक–डेढ महिनासम्म निको नभएको समस्या बेवास्ता नगर्नुहोस् : डा. सुदीप श्रेष्ठ

by Nam Raj Bhatta
June 25, 2026
0

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठका अनुसार क्यान्सरको कुनै एउटै निश्चित लक्षण हुँदैन। शरीरको जुन अंगमा क्यान्सर हुन्छ, त्यसैअनुसार लक्षण देखिने भएकाले क्यान्सरलाई एउटै लक्षणबाट चिन्न सकिँदैन।...

२०% मात्र काम गरिरहेको अत्यन्त कमजोर मुटुमा पनि सफल बाइपास सर्जरी सम्भव : डा. विश्व पोखरेल

२०% मात्र काम गरिरहेको अत्यन्त कमजोर मुटुमा पनि सफल बाइपास सर्जरी सम्भव : डा. विश्व पोखरेल

by Nam Raj Bhatta
June 24, 2026
0

ठूलो हृदयघात (हार्ट अट्याक) पछि मुटुको कार्यक्षमता केवल २० प्रतिशत सम्म झरेका बिरामीहरूको समेत सफलतापूर्वक बाइपास शल्यक्रिया नेपालमै भइरहेको वरिष्ठ कार्डियाक सर्जन डा. विश्व पोखरेलले बताएका छन्। उनका...

बागलुङका स्वास्थ्य संस्थामा डेंगु परीक्षण किट अभाव

सुदूरपश्चिममा डेंगीबाट तीन वर्षमा सात हजारभन्दा बढी प्रभावित

by Nam Raj Bhatta
February 22, 2026
0

कञ्चनपुर, १० फागुन २०८२ सुदूरपश्चिम प्रदेशमा अझैपनि डेंगी संक्रमणको जोखिम देखिएको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्यांकअनुसार, विगत तीन आर्थिक वर्षमा प्रदेशभर डेंगीबाट संक्रमित हुनेको संख्या सात हजार...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    845 shares
    Share 338 Tweet 211
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    701 shares
    Share 280 Tweet 175
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    687 shares
    Share 296 Tweet 163
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    696 shares
    Share 310 Tweet 161
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    643 shares
    Share 257 Tweet 161

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • प्रेसरको औषधी आफूखुशी बीचमै छोड्दा आँखा, किड्नी र मुटुमा असर पर्न सक्छ : डा. मानबहादुर केसी
  • स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा.डा. दंगाललाई प्रतिष्ठित FICOG फेलोसिप
  • नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
  • नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिष्टारमा रमेश श्रेष्ठ
  • राष्ट्रिय स्वतन्त्र पार्टीको कोषाध्यक्षमा डा. मनोहर प्रधान मनोनित

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.