Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ असार ३०
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

चार हजार सुक्ष्मजीव बैज्ञानिक तयार; परिचालन गर्न जाने नेपालले उल्लेखनिय फड्को मार्न सक्ने ।

HNN Staff by HNN Staff
April 13, 2020
in Research & Study
Reading Time: 2 mins read
A A
1
Rajan Bhandari

Rajan Bhandari

587
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

शूक्ष्मजीव विज्ञान अथवा अङ्ग्रेजीमा Microbiology नाङ्गो आँखाले देख्न नसकिने जीवहरूको अध्ययन गर्ने जीव विज्ञानको शाखा हो। यसमा एक कोशिय देखि बहुकोशिय परजीवी, ढुसी, लेऊ, जीवाणु तथा विषाणुको सकारात्मक र नकारात्मक गुणहरुको अध्ययन , परिमार्जनगरि मानबिय जीवन सैलिमा सरलता ल्याउने प्रयास गरिन्छ ।

यस सुक्ष्मजीव विज्ञान भित्र विभिन्न बिधा भएनी मुलतः मेडिकल सुक्ष्मजीव बिज्ञान , जनस्वास्थ्य एबम बातावरण सुक्ष्मजीव विज्ञान , खाध्य जीव सुक्ष्मजीव विज्ञान र कृषि सुक्ष्मजीव विज्ञानलाई अलि महत्व दिएको पाइन्छ।१६७४ मा होल्यान्डका जीव विज्ञानज्ञ्याता / बाइलोजिस्ट एन्टोनी भान लिवन्ह्वुक ले आफ्नो माइक्रोस्कोपको प्रयोग गरेर मानिस तथा जनावरको दिसाबाट विभिन्न जिबाणु , परजिबी protozoa,… filamentous fungi and globular bodies लाई single biconvex lens बाट ठूलो आकार गराएर देखिए पछि सन १६८३ मा रोएल सोसाइटी अफ लन्डनमा पत्राचार गरेपछी सुक्ष्म जीव विज्ञानकाे अध्यनको आधार तयार भएको मानिन्छ।

नेपालमा ११ बर्ष त्रि चन्द्रमा स्नातकमा माइक्रोबाइलोजी पढाएपछि सन १९९० देखि त्रिभुवन विश्व बिद्यालयको सेन्ट्रल डिपार्ट्मेन्टमा स्नातकोतर सुरुभो।यस बर्षको बिचमा ४ हजार दक्ष सुक्ष्मजीव बैज्ञानिकको तयार भैसकेका छ्न जस्मा मेडिकल सुक्ष्मजीव बिज्ञान, जनस्वास्थ्य एबम बातावरण सुक्ष्मजीव विज्ञान, खाध्य सुक्ष्मजीव विज्ञान र कृषि सुक्ष्मजीव तयार भैसकेका छ्न भने देश भरीबाट स्नातक र स्नातकोत्तरका दक्ष बैज्ञानिकहरु तयार हुँदै छ्न ।

स्नातक तहमा चार बर्षको कोर्सबाट प्रत्येक बर्ष त्रिभुवन विश्वबिध्यालय का २५ कलेज र त्रिभुवन विश्वबिध्यालय बाहिरका ८ कलेजबाट लगभग ७०० बिद्यार्थी , स्नातकोत्तर तहमा र त्रि चन्द्र कलेज र त्रिभुवन विश्वबिध्यालय र त्यस्का अाङगिक १0 कलेजबाट दक्ष माइक्रोबाइलोजिस्ट उत्पादन भैरहेका छ्न ।

अबसर :
सुक्ष्म जीव बैज्ञानिकको अाँखाले नेपाललाई हेर्दा नेपाल एक जैविक बिबिधताले भरिएको कृषिप्रधान,जैबिक उधोग बिस्तारको सम्भावना बोकेको बिकास उन्मुख रास्ट्र हो।

कृषि क्षेत्रमा अवसर :
नेपाल कृषिप्रधान देश हो, विश्व बैंकका अनुसार खाध्यान्न ,आयस्रोत र रोजगारीको प्रमुख स्रोत कृषि र कुल ग्राहथ उत्पादन (GDP) को ३३% रहेको छ।आधुनिक र बैज्ञानिक तरले खेती किसानी गर्ने नाममा रासायनिक मलको अधिक प्रयोगले जमिनको उर्बरा शक्तिमा कमि आइरहेको छ र यो क्रम जारी छ।

माइक्रोबायोलोजिस्टले आधुनिक अर्गानिक खेतीमा आफ्नो दक्षता देखाउन सक्छन ।त्यसैगरी बायोफर्टिलाइजर र बायोपेस्टिसाइट बनाउन र त्यसको प्रयोग गर्न सक्छ त्यतीमात्र नभइ नेपालको जनसख्या तिब्र गतिमा बढिरहेको ( १.३%) ले बढी रहेको बेला एक एककोशिय प्रोटिन(single cell protein) : सुक्ष्म जीवबाट निकालिएको प्रोटिन ; जो कृषि क्षेत्रमा खेरा गएका बस्तुबाट निकाल्न सकिन्छ जस्मा , ढुशीबाट(४०%-५५%)लेऊ(४०%-६०%), जीवाणु (५०%-६५%) बाट निकाल्न सकिन्छ जुन मानवको स्वास्थलाई बढाउने खाद्य र जनाबरको लागि नि दिन सकिन्छ।

बनस्पतिहरुको बशाणु गुणलाई परिमार्जन गरेर नयाँ बढी उत्पादन हुने र रोगबाट बच्ने खालको नयाँ प्रजातीको बनस्पतीको अविस्कार गर्न सक्छ। बनस्पतिमा रोगलाग्ने कारण पता लगाएर र त्यसको दृर्घकालिन समाधानको बाटो देखाउन सक्छ्न । हाइड्रोफिलिक र एरियोफिलिक बनस्पति को पनि खेती गर्न सक्दछ ।त्यसैगरी उत्पादन भएका कृषिजन्य बस्तु तरकारी तथा फलफुलहरु गुणस्तर मापन तथा निरीक्षण गर्ने पनि सुक्ष्मजीव बैज्ञानिकको काम हो।

Microbiology

खाध्य सुक्ष्मजीव विज्ञान:
नेपाल एक बिकासको गतिमा अग्रसर रास्ट्र हो , नेपालामा विभिन्न खाद्य बस्तु अत्पादन गर्ने कारखानाहरु ( चाउचाउ , बिस्कुट , पेय पदार्थ, जस्तै– कोकाकोला, फेन्टा, वियर तथा वाइन ,डेरी उद्योगहरु छ्न र भबिस्यमा खुल्ने निस्चितप्राय छ । जनता सग प्रत्यक्ष सरोकार राक्ने खाद्य समाग्रीको उत्पादन गर्न र गुणस्तर मापन तथा निरीक्षण गर्न पनि सुक्ष्मजीव बैज्ञानिकको खाचो छ । मासु-जन्य वस्तुहरुको गुणस्तर मापन तथा निरीक्षण गर्ने पनि सुक्ष्मजीव बैज्ञानिकको काम हो। नेपाल सरकारकारको , खाद्य संस्थानमा, डेरि उद्योग , खानेपानी सस्थानमा पनि सुक्ष्मजीव बैज्ञानिकको अनिवार्य आबस्कता देखा परेकै छ।

मेडिकल सुक्ष्मजीव बिज्ञान:
औषधी कम्पनीहरुमा औषधीको गुणस्तर मापन तथा निरीक्षण गर्न देखि अस्पताल तथा ल्याबहरुमा खकार, रगत, पिसाब, दिसा, घाउहरुको नमुना परीक्षण गरी रिर्पोट निकाल्न सुक्ष्मजीव बैज्ञानिकको आबस्कता पर्दछ । सुक्ष्मजीवको को बास स्थान ( habitat) , आकार र गुण (morphology and physiology ) वंशाणुको संरचना (genetic structure) को ज्ञाता सुक्ष्मजीव बैज्ञानिक भएकाले खोप को निर्माण गर्न देखि अपराध अनुसन्धानका लागि कपाल, नङ्, कपडा, रगत, हतियार लगायतबाट डीएनएको नमूना परीक्षण गर्ने अब्बल जनशक्ति भने को नै सुक्ष्मजीव बैज्ञानिक हुन ।

जनस्वास्थ्य एबम बातावरण सुक्ष्मजीव विज्ञान:

संक्रमणिय रोग सम्बन्धि विशेष विज्ञता भएको पब्लिक हेल्थ माइक्रोवायोलोजिष्ट नै हुन। रोगको प्रकृति, इतिहासको अध्ययन अनि अनुसन्धान र त्यस्को नियन्त्रण अनि लेखाजोखा (exposure and dose response ) तुलना गरेर , रोग नियन्त्रणमा विशेषत सुक्ष्मजीव बैज्ञानिकको महत्त्व हुन्छ। कुनै पनि महामारिको समयमा सक्रमण फैलिएको ठाउँमा गएर रोग परिक्षण गर्ने नमुनालाई त्यस्को गुणमा प्रभाव नपर्ने गरि सुरक्षीत प्रयोगशालामा ल्याउन पनि माइक्रोबाइलोजिस्टको बिशेष महत्त्व रहेको हुन्छ ।

चुनौतीहरु:
नेपाल सरकारले खोज तथा अनुसाधनमा प्रयाप्त बजेट बिनियोजन नगर्नु , बिश्वबिद्धालयबाट प्रयोगात्मक तथा गुणस्तरमा चासो समय अनुसार जुन देखाउन पर्ने हो नदेखाउनु । राज्यबाट उत्पादन भएका जनशक्तिको सहि परिचालनमा राज्य र बिश्वबिद्धालयको सहकार्य नहुनु ।विषयबस्तु मिल्ने बिधाहरु बिच सहकार्य भन्दा मपाइत्व प्राविधि हाबीहुनु , दक्ष जनशक्ति ब्यवस्थापन गर्न नसकेर पलायन हुनु । पद तथा अहोदामा बसेकाले आफ्नो जिम्मेवारी पूरा नगर्ने र बिद्यार्थी र अनुसन्धान कर्ताले विषय बस्तुको गम्भीरता नबुझनु, आदि केही औल्याउन सकिने चुनौती हुन ।

राज्यले माइक्रोबाइलोजिस्को आबस्कता र चुनौतीलाई बुझेर माइक्रोबायोलोजिस्टलाई बेलैमा परिचालन गर्न सके देशले कृषि , बातावरण जनस्वास्थ , मेडिकल स्वास्थमा र बायोटेक्नोलोजिको क्षेत्रमा उल्लेखनिय फड्को मार्न सक्छ ।


✍️ लेखक : राजन भण्डारी , जनस्वास्थ सुक्ष्म जीव विज्ञान, स्नातकोत्तर दितिय सेमेस्टर का विद्यार्थी हुन ।

Tags: Microbiology
SummarizeShare235ScanTweet147

Related articles

शहरी क्षेत्रमा GP Clinic को बढ्दो महत्त्व: सूर्यविनायकको HPN Clinic उदाहरणीय

शहरी क्षेत्रमा GP Clinic को बढ्दो महत्त्व: सूर्यविनायकको HPN Clinic उदाहरणीय

by Nam Raj Bhatta
June 26, 2026
0

नेपालमा शहरीकरण तीव्र गतिमा बढ्दै जाँदा प्राथमिक स्वास्थ्य सेवा (Primary Health Care) को आवश्यकता पनि उत्तिकै बढेको छ। विशेषगरी General Practitioner (GP) Clinic हरूले बिरामीलाई प्रारम्भिक मूल्याङ्कन, उचित...

क्यान्सरको एउटै लक्षण हुँदैन, एक–डेढ महिनासम्म निको नभएको समस्या बेवास्ता नगर्नुहोस् : डा. सुदीप श्रेष्ठ

क्यान्सरको एउटै लक्षण हुँदैन, एक–डेढ महिनासम्म निको नभएको समस्या बेवास्ता नगर्नुहोस् : डा. सुदीप श्रेष्ठ

by Nam Raj Bhatta
June 25, 2026
0

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठका अनुसार क्यान्सरको कुनै एउटै निश्चित लक्षण हुँदैन। शरीरको जुन अंगमा क्यान्सर हुन्छ, त्यसैअनुसार लक्षण देखिने भएकाले क्यान्सरलाई एउटै लक्षणबाट चिन्न सकिँदैन।...

२०% मात्र काम गरिरहेको अत्यन्त कमजोर मुटुमा पनि सफल बाइपास सर्जरी सम्भव : डा. विश्व पोखरेल

२०% मात्र काम गरिरहेको अत्यन्त कमजोर मुटुमा पनि सफल बाइपास सर्जरी सम्भव : डा. विश्व पोखरेल

by Nam Raj Bhatta
June 24, 2026
0

ठूलो हृदयघात (हार्ट अट्याक) पछि मुटुको कार्यक्षमता केवल २० प्रतिशत सम्म झरेका बिरामीहरूको समेत सफलतापूर्वक बाइपास शल्यक्रिया नेपालमै भइरहेको वरिष्ठ कार्डियाक सर्जन डा. विश्व पोखरेलले बताएका छन्। उनका...

बागलुङका स्वास्थ्य संस्थामा डेंगु परीक्षण किट अभाव

सुदूरपश्चिममा डेंगीबाट तीन वर्षमा सात हजारभन्दा बढी प्रभावित

by Nam Raj Bhatta
February 22, 2026
0

कञ्चनपुर, १० फागुन २०८२ सुदूरपश्चिम प्रदेशमा अझैपनि डेंगी संक्रमणको जोखिम देखिएको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्यांकअनुसार, विगत तीन आर्थिक वर्षमा प्रदेशभर डेंगीबाट संक्रमित हुनेको संख्या सात हजार...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    829 shares
    Share 332 Tweet 207
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    693 shares
    Share 277 Tweet 173
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    637 shares
    Share 255 Tweet 159
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    689 shares
    Share 307 Tweet 159
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    671 shares
    Share 289 Tweet 159

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • बर्ड फ्लु लक्षित २४ सै घण्टा हटलाइन तथा टेलिपरामर्श सेवा पुनः सञ्चालन
  • काठमाडौं क्यान्सर सेन्टरले भित्र्यायो नेपालमा पहिलो पटक ‘कार टी सेल’ थेरापी
  • निसर्ग हस्पिटलका मेडिकल डाइरेक्टर डा. अन्सारी SSN च्याप्टरको अध्यक्षमा सर्वसम्मत निर्वाचित
  • क्वेष्ट फर्मास्यूटिकल्स प्रालिले मनायो रजत जयन्ती
  • नबिल बैंकको आर्थिक सहयोग र सुष्मा कोइराला मेमोरियल अस्पतालको प्राविधिक सहकार्यमा जलेका बिरामीलाई निःशुल्क उपचार

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.