विश्व मस्तिष्क ट्युमर दिवस (World Brain Tumor Day) हरेक वर्ष जुन ८ तारिखमा विश्वभर मनाइन्छ। यस दिनको मुख्य उद्देश्य मस्तिष्क ट्युमरको बारेमा सचेतना फैलाउनु, प्रारम्भिक पहिचानलाई प्रोत्साहन गर्नु, बिरामी र उनीहरूको परिवारलाई सहयोग पुर्याउनु, र उपचारका लागि अनुसन्धानलाई बढावा दिनु रहेको छ।
सन् २००० मा जर्मन ब्रेन ट्युमर एड एसोसिएसनले यस दिवसको स्थापना गरेको थियो र पछि यो वैश्विक अभियानमा परिणत भएको हो। सन् २०२६ का लागि दिवसको थिम (Theme) ‘A Closer Look’ रहेको छ |
यो दिवस निकै महत्त्वपूर्ण छ। यसको अवसरमा नेपालमा मस्तिष्क ट्युमरसम्बन्धी राष्ट्रिय तथ्याङ्क सार्वजनिक गरिएको छ, जस अनुसार यहाँ वार्षिक करिब २,५०० देखि २,६०० नयाँ मस्तिष्क ट्युमरका बिरामी थपिने अनुमान गरिएको छ। करिब ३९% घटनामा ग्लायोमा (एक प्रकारको ट्युमर) देखिन्छ भने, ४०–५० वर्ष उमेर समूहमा बिरामीको संख्या सबैभन्दा बढी रहेको तथ्याङ्कले देखाएको छ।
मस्तिष्क ट्युमर उपचारमा भक्तपुर क्यान्सर अस्पतालको भूमिका
भक्तपुर क्यान्सर अस्पताल मस्तिष्क ट्युमरको उपचारका लागि पनि निकै सक्रिय छ। अस्पतालले न्यूरो सर्जरी (Neuro Surgery Unit) सेवा सुरु गरेको छ, जहाँ डा. राजीव शाह प्रमुखको रूपमा कार्यरत छन्। हालैका वर्षहरूमा यसले मस्तिष्क ट्युमरको पहिचान र उपचारका लागि अत्याधुनिक प्रविधिहरू पनि थप गरेको छ।
· महत्त्वपूर्ण प्रविधिहरू: २५६–स्लाइसको सिटी स्क्यान, अपरेटिङ न्यूरोमाइक्रोस्कोप (जसले मस्तिष्क तथा मेरुदण्डको जटिल शल्यक्रियालाई सम्भव बनाउँछ
भक्तपुर क्यान्सर अस्पतालको सफलता
भक्तपुर क्यान्सर अस्पताल र डा. राजीव शाहको टोलीले अस्पतालमा अहिले विभिन्न मस्तिष्क ट्युमर (जस्तै, मेनिन्जियोमा, ग्लियोमा, पिट्यूटरी ट्युमर, एकौस्टिक न्युरोमा, र हेम्यान्जियोब्लास्टोमा) को सफल उपचार भइरहेको छ।






