आज मिति : २०७९ असार १७
  • Login
Health News Nepal
5-11 Pfizer vaccination NHEICC5-11 Pfizer vaccination NHEICC
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home News

सावधान ! यस्ता लक्षण देखिए मस्तिष्कघात हुन सक्छ

HNN Staff by HNN Staff
April 9, 2021
in News
A A
1
Brain health is important, कस्ता लक्षण देखिए मस्तिष्कघात हुन सक्छ? डा. सुवास फुँयाल, न्यूरो इन्टरभेन्सनिस्ट, न्यूरो अस्पताल, बाँसबारी

Brain health is important, कस्ता लक्षण देखिए मस्तिष्कघात हुन सक्छ ? डा.सुवास फुँयाल, न्यूरो इन्टरभेन्सनिस्ट, न्यूरो अस्पताल, बाँसबारी

Share on FacebookShare on TwitterShare on LinkedInQR Code
Nisarga hospital dhangadi nepal
Shreedhi international hospital kathmandu

काठमाडौंका ५५ वर्षीय सुशील पन्त (नाम परिवर्तन) को एक्कासी देब्रेपट्टिको हातखुट्टा चलेन । मुख बाङ्गो भएर बोली पनि लरबरिन थाल्यो । एमआरआई गरेर हेर्दा उनको दिमागको ठुलो नसा बन्द भएको थियो । उनी बाँसबारीस्थित न्यूरो अस्पतालमा पुगेको ८० मिनेटमा ‘न्यूरो इन्टरभेन्सन’ प्रविधिबाट उपचार गरेपछि पूर्ववत् अवस्थामा फर्किए । हात, खुट्टा, मुख बाङ्गो भएर लरबराएको बोली पूर्ववत् अवस्थामा फर्कियो ।

धेरै मानिसलाई मस्तिष्कघात भएपछि टाउकोको शल्यक्रिया गर्नुपर्छ भन्ने लाग्न सक्छ । तर, यस्तो समस्या भएपछि तत्काल अस्पताल पुगेमा छोटो समयमै न्यूरो इन्टरभेन्सनमार्फत उपचार हुन्छ । मस्तिष्कघात भएर दिमागको मोटो नसा बन्द भएमा कुनै पनि औषधिले राम्रो नतिजा नदिने बाँसबारीस्थित न्यूरो अस्पतालका न्यूरो इन्टरभेन्सनिस्ट डा.सुवास फुँयाल बताउँछन् ।

मस्तिष्कघात भएका ५५ वर्षीय व्यक्तिको टाउकोको शल्यक्रिया नै नगरिकन खुट्टाबाट तार टाउकोमै पुर्‍याएर ‘थ्रमेकटोनी’ अर्थात् बन्द भएको नसालाई खोलेर उपचार गरिएको उनले सुनाए । मस्तिष्कको नसा च्यातिँदा र बन्द हुँदा नेपालमा टाउकोको शल्यक्रिया गरिन्छ । यस्तै, मस्तिष्कघात हुँदा रगत पातलो बनाउने औषधि बिरामीलाई दिइने भए पनि पूर्ण रुपमा निको नहुने डा. फुँयाल बताउँछन् । तर नयाँ प्रविधिबाट उपचार गरेर बिरामीमा जीवनभर हुने प्यारालाइसिसबाट बचाउन सकिने उनले बताए ।

दिमागको नसा बन्द हुनुलाई मस्तिष्क घात भनिन्छ । दिमागको नसा च्यातिनुलाई ‘ब्रेन हेमरेज’ भनिन्छ । यस्ता समस्याको उपचारका लागि प्रायः टाउकोको शल्यक्रिया गरिन्छ । तर शल्यक्रियाबिना नै हात वा खुट्टाको नसाबाट तार लगेर उपचार गर्ने प्रविधिलाई न्यूरो इन्टरभेन्सन भनिने डा.फुँयाल बताउँछन् ।

नेपालमा मस्तिष्कघातसम्बन्धी उपचार गर्ने नयाँ प्रविधि न्यूरो इन्टरभेन्सनबाट टाउकोको शल्यक्रियाबिना नै बिरामीलाई पूर्वतत् अवस्थामा फर्काउन सक्ने उनको दावी छ ।

जब ब्रेनको ट्युमर निकाल्दा निकाल्दै बिरामीले गाइन यस्तो गीत

न्यूरो इन्टरभेन्सन के हो ?

डा. फुँयालका अनुसार बिरामीको टाउकोको शल्यक्रियाविना नै दिमागको नसामा भएको कुनै पनि समस्याको उपचार गर्नुलाई ‘न्यूरो इन्टरभेन्स’ भनिन्छ ।

दिमागको नसा बन्द हुनुलाई मस्तिष्क घात भनिन्छ । दिमागको नसा च्यातिनुलाई ‘ब्रेन हेमरेज’ भनिन्छ । यस्ता समस्याको उपचारका लागि प्रायः टाउकोको शल्यक्रिया गरिन्छ । तर शल्यक्रियाबिना नै हात वा खुट्टाको नसाबाट तार लगेर उपचार गर्ने प्रविधिलाई न्यूरो इन्टरभेन्सन भनिने डा. फुँयाल बताउँछन् ।

Neuro intervention technology for brain health
Neuro intervention technology for brain health

एक्कासी दिमागको नसा बन्द भयो भने उभिँदा सन्तुलन हुँदैन । एउटा वा दुईवटै आँखाले धमिलो देख्छ, बिरामीको मुख बाङ्गो हुने, हात, खुट्टामा कमजोरी हुनेजस्ता लक्षण देखिने डा. फुँयाल बताउँछन् । बिरामीले हात वा खुट्टा उठाउन खोज्दा एक्कासी नउठ्उनु, बोल्दाबोल्दै बोल्न नसक्ने गरी बोली लरबराउने जस्ता समस्या मस्तिष्कघातको लक्षण हो ।
पहिला कसरी उपचार गरिन्थ्यो ?

दिमागको नसा बन्द भएका बिरामीलाई कुनै प्रकारको शारीरिक पीडा वा दुखाइ हुँदैन । हृदयाघात भएका बिरामीलाई छातीमा दुखेजस्तो मस्तिष्कघात भएका बिरामीलाई दुख्ने समस्या हुँदैन ।

एक्कासी दिमागको नसा बन्द भयो भने उभिँदा सन्तुलन हुँदैन । एउटा वा दुईवटै आँखाले धमिलो देख्छ, बिरामीको मुख बाङ्गो हुने, हात, खुट्टामा कमजोरी हुनेजस्ता लक्षण देखिने डा. फुँयाल बताउँछन् । बिरामीले हात वा खुट्टा उठाउन खोज्दा एक्कासी नउठ्नु, बोल्दाबोल्दै बोल्न नसक्ने गरी बोली लरबराउने जस्ता समस्या मस्तिष्कघातको लक्षण हो ।

यस्तो लक्षण देखिएपछि तुरुन्त अस्पताल पुगेमा छोटो समयमै सानो वा ठुलो नसामा जमेको रगतलाई निकालेर नेपालमै नयाँ प्रविधिबाट नसा खोलेर जीवनभर हुने प्यारालाइसिस वा अपाङ्ग हुनबाट बचाउन सकिने उनले बताए ।

हाल नेपालमै विभिन्न अस्पतालमा यस्ता खालका बिरामीको उपचार टाउकोको अप्रेशन वा औषधिबाट गरिन्छ ।

लक्षण देखिनासाथ अस्पताल जान सुझाव

मस्तिष्कघात भएका बिरामी जतिसक्दो चाँडो अस्पताल पुग्नुपर्ने डा. फुँयालको भनाइ छ । ‘दिमागको मोटो नसा बन्द भइसकेपछि दिमागको हिस्सा एकैपटक मर्दैन,’ उनले भने, ‘क्रमशः दिमागको नसा मर्न थाल्छ ।’

दिमागको बारेमा हालसम्म अनुसन्धानले मस्तिष्कघात भएको ६ घण्टाभित्र अस्पताल पुगेमा बन्द भएको नसालाई खोलेर बिरामीलाई सामान्य अवस्थामा फर्काउन सकिने देखाएको छ । तर, सन् २०१८ मा मस्तिष्कघात सम्बन्धी एक अनुसन्धानमा २४ घण्टाभित्र बिरामीलाई अस्पताल पुर्याएर बन्द भएको नसालाई खोलेर पहिलाकै अवस्थामा फर्काउन सकिने कुरा थाहा पाएको उनले बताए ।

मोवाइलले हामीलाई कसरी यान्त्रिक र रोगी बनाउँदैछ?

कसरी काम गर्छ यो प्रविधिले ?
दिमागको नसा विभिन्न कारणले बन्द हुन्छ । कहिलेकाहीँ मुटुको समस्या भएका व्यक्तिको मुटुमा रगत जमेर त्यही रगतको थेग्लो दिमागको नसामा पुगेर बस्ने र नसा बन्द गर्ने गर्छ ।

बिरामीलाई समस्या नहोस् भनेर चिकित्सा विज्ञानमा नयाँ प्रविधिहरुको विकास भइरहने उनले बताए । उनले भने, ‘मस्तिष्कघात हुँदा टाउकोको चिरफार गर्न पर्दैन, ठुलो घाउ नबनाइकन आइसियूमा धेरै लामो समयसम्म बिरामीलाई नराखिकन, खुट्टाको नसामा दुई एमएम सानो प्वाल बनाएर त्यसकै माध्यमबाट नसाको अप्रेशन गर्न सकिन्छ ।’

दिमागको नसाको भित्तामा बोसो जमेर पनि नसा बन्द हुनसक्छ । जुनसुकै कारणले दिमागको नसा बन्द भए पनि त्यसलाई खोल्ने प्रविधि दुई किसिमको हुन्छ । एउटा प्रविधि हो दिमागको नसाको आकारजत्रै एउटा ट्युब लगेर रगतको थेग्लो तानिन्छ । त्यसलाई एस्पिरेसन (aspiration) प्रविधि भनिन्छ । यस्तै, झिल्लीजस्तो जालीलाई बन्द भएको नसामा लगेर रगतको थेग्लो वा बोसोलाई समातेर बाहिर निकाल्ने गरिन्छ । त्यसलाई स्ट्रेन रिट्टेबल भनिन्छ । विगतमा मस्तिष्कमा जमेको रगतको थेग्लोलाई पगाल्न विभिन्न औषधि दिइन्थ्यो । सन् २०१५ को क्लिनिकल ट्रायलमा दिमागको कुनै पनि मोटो नसा बन्द भयो भने रगत पगाल्ने औषधिले राम्रो नतिजा नदेखाएको डा. फुँयालले बताए ।

नयाँ प्रविधि ल्याएपछि न्यूरो अस्पतालले मस्तिष्कघात भएका ७५ जना र ब्रेन हेमरेज भएका ८० जनाको सफलतापूर्वक उपचार गरेको उनले सुनाए । उनका अनुसार नेपालमा न्यूरो इन्टरभेन्सन गर्नका लागि बाइप्लेन डिएसए प्रविधि न्यूरो अस्पताल बासँबारीमा मात्रै छ ।

न्यूरो इन्टरभेन्सन नेपालमा भर्खरै आएको प्रविधि हो । ‘पित्त थैली पत्थरीका लागि पहिला शल्यक्रिया गरिन्थ्यो,’ उनले भने, ‘अहिले प्रविधिको विकास भएपछि बिरामीलाई सहज होस् भनेर पेट नचिरिकन प्वाल पारेर ल्याप्रोस्कोपीबाट गरिन्छ ।’

बिरामीलाई समस्या नहोस् भनेर चिकित्सा विज्ञानमा नयाँ प्रविधिहरुको विकास भइरहने उनले बताए । उनले भने, ‘मस्तिष्कघात हुँदा टाउकोको चिरफार गर्न पर्दैन, ठुलो घाउ नबनाइकन आइसियूमा धेरै लामो समयसम्म बिरामीलाई नराखिकन, खुट्टाको नसामा दुई एमएम सानो प्वाल बनाएर त्यसकै माध्यमबाट नसाको अप्रेशन गर्न सकिन्छ ।’

नेपालमा न्यूरो इन्टरभेन्सनमार्फत उपचार गरिएकामध्ये ९० प्रतिशत सफल भएको उनले सुनाए ।
(रातोपाटी डटकमबाट )

परिवर्तित जीवनशैली र स्वास्थ्य

Tags: Brain tumorMental HealthNeuro InterventionNeuro SurgeryNuclear Medicine
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

हजारौंका मुटु जोगाएका डा. माधब बिष्ट पूर्वमै लोकप्रिय बन्दै

Next Post

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्रा.डा. गंगोल नियुक्त

Related articles

Teaching hospital photo
News

त्रिवि शिक्षण अस्पतालले फेरि स्वास्थ्य बीमा सुचारु गर्ने निर्णय

13 hours ago
479
Nepal medical association
News

ट्राफिक प्रहरीद्वारा डा. घिसिङलाई कुटपिट गरिएको घटनाप्रति चिकित्सक संघको गम्भीर ध्यानाकर्षण

2 days ago
485
सिंहदरबार वैद्यखानाको निमित्त निर्देशकमा डा. श्यामबाबु यादव नियुक्त
News

सिंहदरबार वैद्यखानाको निमित्त निर्देशकमा डा. श्यामबाबु यादव नियुक्त

3 days ago
520
डा. शिवेन्द्र झा सहित यी हुन् १४ हस्पिटलका मंकिपक्स फोकल पर्शन
News

डा. शिवेन्द्र झा सहित यी हुन् १४ हस्पिटलका मंकिपक्स फोकल पर्शन

4 days ago
573
डा. सन्दीप राज कुँवर द्वारा पेटमा अड्किएको चम्चा बिना शल्यक्रिया निकालियो
News

डा. सन्दीप राज कुँवर द्वारा पेटमा अड्किएको चम्चा बिना शल्यक्रिया निकालियो

4 days ago
729
किड्नी केयरलाई महिला लघुवित्त द्वारा ५ लाख सहयोग साथै एम्बुलेन्स पनि दिने घोषणा
News

किड्नी केयरलाई महिला लघुवित्त द्वारा ५ लाख सहयोग साथै एम्बुलेन्स पनि दिने घोषणा

5 days ago
523
Next Post
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्रा. डा. गंगोल नियुक्त

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्रा.डा. गंगोल नियुक्त

Comments 1

  1. Pingback: नयाँ वर्ष #HappyNewYear2078 • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Pauwadungma Rural Municipality Message BhojpurPauwadungma Rural Municipality Message Bhojpur
Krishnapur Nagarpalika Kanchanpur Pfizer Vaccine MessageKrishnapur Nagarpalika Kanchanpur Pfizer Vaccine Message
Swasthya Karalaya Bajur Khop TalikaSwasthya Karalaya Bajur Khop Talika
Swasthya Karyalaya Kathmandu Covid MessageSwasthya Karyalaya Kathmandu Covid Message
Tarakeshwor Municipality Covid Vaccine for Kids MessageTarakeshwor Municipality Covid Vaccine for Kids Message
Yoga for HumanityYoga for Humanity
Samyak Diagnostic JawalakhelSamyak Diagnostic Jawalakhel
Info from Teku Hospital (Shukraraaj Tropical & Infectious Disease Hospital)Info from Teku Hospital (Shukraraaj Tropical & Infectious Disease Hospital)
Bhageshwor Gaunpalika Covid public awareness messageBhageshwor Gaunpalika Covid public awareness message
Health Office Lalitpur Typhoid Vaccine noticeHealth Office Lalitpur Typhoid Vaccine notice
Nepal National Hospital Kathmandu NepalNepal National Hospital Kathmandu Nepal
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Recommended

Dr mukunda jha kids thumb sucking problem

के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSucking

3 months ago
494
दक्षिण एशिया कोरोनाको “हटस्पट”: दोश्रो छालले गम्भिर मोडमा जनस्वास्थ्य

दक्षिण एशिया कोरोनाको “हटस्पट”: दोश्रो छालले गम्भिर मोडमा जनस्वास्थ्य

1 year ago
471
नेपाल कोरोना बिरुद्धको लडाइमा अमेरिकाले ८५ लाख डलर सहयोग गर्ने

नेपाल कोरोना बिरुद्धको लडाइमा अमेरिकाले ८५ लाख डलर सहयोग गर्ने

1 year ago
471

Don't Miss

डा. शिवेन्द्र झा सहित यी हुन् १४ हस्पिटलका मंकिपक्स फोकल पर्शन

डा. शिवेन्द्र झा सहित यी हुन् १४ हस्पिटलका मंकिपक्स फोकल पर्शन

June 27, 2022
573
डा. सन्दीप राज कुँवर द्वारा पेटमा अड्किएको चम्चा बिना शल्यक्रिया निकालियो

डा. सन्दीप राज कुँवर द्वारा पेटमा अड्किएको चम्चा बिना शल्यक्रिया निकालियो

June 27, 2022
729
किड्नी केयरलाई महिला लघुवित्त द्वारा ५ लाख सहयोग साथै एम्बुलेन्स पनि दिने घोषणा

किड्नी केयरलाई महिला लघुवित्त द्वारा ५ लाख सहयोग साथै एम्बुलेन्स पनि दिने घोषणा

June 26, 2022
523
हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

June 26, 2022
585
Seti provincial hospital

सेती अस्पतालले माग्यो ठुलो जनशक्तिमा कर्मचारी (सुचना सहित)

June 26, 2022
517
परिवार योजना महिला तथा पुरुषको मौलिक हक हो : परिवार कल्याण महाशाखा

परिवार योजना महिला तथा पुरुषको मौलिक हक हो : परिवार कल्याण महाशाखा

June 24, 2022
503
गेटा मेडिकल कलेजको निर्देशकमा डा. प्रमोद जोशी

गेटा मेडिकल कलेजको निर्देशकमा डा. प्रमोद जोशी

June 23, 2022
746
काठमाडौंमा‌ १ लाख ९० हजार बालबालिकालाई कोभिड विरुद्धको खोप लगाइदै

काठमाडौंमा‌ १ लाख ९० हजार बालबालिकालाई कोभिड विरुद्धको खोप लगाइदै

June 23, 2022
488
सुदर्शन देवकोटा स्मृति दोस्रो राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार पवित्रा सुनारलाई

सुदर्शन देवकोटा स्मृति दोस्रो राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार पवित्रा सुनारलाई

June 22, 2022
489
सुदुरपश्चिम सरकारले सार्वजनिक स्थलमा धुम्रपान निषेधित बोर्ड राख्ने

सुदुरपश्चिम सरकारले सार्वजनिक स्थलमा धुम्रपान निषेधित बोर्ड राख्ने

June 22, 2022
501
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Publication Categories

  • Articles (77)
  • Disease (93)
  • English (36)
  • Fitness (23)
  • Health (164)
  • Lifestyle (52)
  • News (1,457)
  • Nutrition (33)
  • Research & Study (48)
  • Weight Loss (24)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

Health News Nepal 2022 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Advertise
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2022 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...