Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ भाद्र १९
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

सावधान ! यस्ता लक्षण देखिए मस्तिष्कघात हुन सक्छ

HNN Staff by HNN Staff
April 9, 2021
in News
Reading Time: 19 mins read
A A
1
Brain health is important, कस्ता लक्षण देखिए मस्तिष्कघात हुन सक्छ ? डा.सुवास फुँयाल, न्यूरो इन्टरभेन्सनिस्ट, न्यूरो अस्पताल, बाँसबारी

Brain health is important, कस्ता लक्षण देखिए मस्तिष्कघात हुन सक्छ ? डा.सुवास फुँयाल, न्यूरो इन्टरभेन्सनिस्ट, न्यूरो अस्पताल, बाँसबारी

692
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौंका ५५ वर्षीय सुशील पन्त (नाम परिवर्तन) को एक्कासी देब्रेपट्टिको हातखुट्टा चलेन । मुख बाङ्गो भएर बोली पनि लरबरिन थाल्यो । एमआरआई गरेर हेर्दा उनको दिमागको ठुलो नसा बन्द भएको थियो । उनी बाँसबारीस्थित न्यूरो अस्पतालमा पुगेको ८० मिनेटमा ‘न्यूरो इन्टरभेन्सन’ प्रविधिबाट उपचार गरेपछि पूर्ववत् अवस्थामा फर्किए । हात, खुट्टा, मुख बाङ्गो भएर लरबराएको बोली पूर्ववत् अवस्थामा फर्कियो ।

धेरै मानिसलाई मस्तिष्कघात भएपछि टाउकोको शल्यक्रिया गर्नुपर्छ भन्ने लाग्न सक्छ । तर, यस्तो समस्या भएपछि तत्काल अस्पताल पुगेमा छोटो समयमै न्यूरो इन्टरभेन्सनमार्फत उपचार हुन्छ । मस्तिष्कघात भएर दिमागको मोटो नसा बन्द भएमा कुनै पनि औषधिले राम्रो नतिजा नदिने बाँसबारीस्थित न्यूरो अस्पतालका न्यूरो इन्टरभेन्सनिस्ट डा.सुवास फुँयाल बताउँछन् ।

मस्तिष्कघात भएका ५५ वर्षीय व्यक्तिको टाउकोको शल्यक्रिया नै नगरिकन खुट्टाबाट तार टाउकोमै पुर्‍याएर ‘थ्रमेकटोनी’ अर्थात् बन्द भएको नसालाई खोलेर उपचार गरिएको उनले सुनाए । मस्तिष्कको नसा च्यातिँदा र बन्द हुँदा नेपालमा टाउकोको शल्यक्रिया गरिन्छ । यस्तै, मस्तिष्कघात हुँदा रगत पातलो बनाउने औषधि बिरामीलाई दिइने भए पनि पूर्ण रुपमा निको नहुने डा. फुँयाल बताउँछन् । तर नयाँ प्रविधिबाट उपचार गरेर बिरामीमा जीवनभर हुने प्यारालाइसिसबाट बचाउन सकिने उनले बताए ।

दिमागको नसा बन्द हुनुलाई मस्तिष्क घात भनिन्छ । दिमागको नसा च्यातिनुलाई ‘ब्रेन हेमरेज’ भनिन्छ । यस्ता समस्याको उपचारका लागि प्रायः टाउकोको शल्यक्रिया गरिन्छ । तर शल्यक्रियाबिना नै हात वा खुट्टाको नसाबाट तार लगेर उपचार गर्ने प्रविधिलाई न्यूरो इन्टरभेन्सन भनिने डा.फुँयाल बताउँछन् ।

नेपालमा मस्तिष्कघातसम्बन्धी उपचार गर्ने नयाँ प्रविधि न्यूरो इन्टरभेन्सनबाट टाउकोको शल्यक्रियाबिना नै बिरामीलाई पूर्वतत् अवस्थामा फर्काउन सक्ने उनको दावी छ ।

http://4.188.83.218/static/3592.jpgnews/brain-tumor-patient-sings-during-operation/

न्यूरो इन्टरभेन्सन के हो ?

डा. फुँयालका अनुसार बिरामीको टाउकोको शल्यक्रियाविना नै दिमागको नसामा भएको कुनै पनि समस्याको उपचार गर्नुलाई ‘न्यूरो इन्टरभेन्स’ भनिन्छ ।

दिमागको नसा बन्द हुनुलाई मस्तिष्क घात भनिन्छ । दिमागको नसा च्यातिनुलाई ‘ब्रेन हेमरेज’ भनिन्छ । यस्ता समस्याको उपचारका लागि प्रायः टाउकोको शल्यक्रिया गरिन्छ । तर शल्यक्रियाबिना नै हात वा खुट्टाको नसाबाट तार लगेर उपचार गर्ने प्रविधिलाई न्यूरो इन्टरभेन्सन भनिने डा. फुँयाल बताउँछन् ।

Neuro Intervention Technology for Brain Health
Neuro Intervention Technology for Brain Health

एक्कासी दिमागको नसा बन्द भयो भने उभिँदा सन्तुलन हुँदैन । एउटा वा दुईवटै आँखाले धमिलो देख्छ, बिरामीको मुख बाङ्गो हुने, हात, खुट्टामा कमजोरी हुनेजस्ता लक्षण देखिने डा. फुँयाल बताउँछन् । बिरामीले हात वा खुट्टा उठाउन खोज्दा एक्कासी नउठ्उनु, बोल्दाबोल्दै बोल्न नसक्ने गरी बोली लरबराउने जस्ता समस्या मस्तिष्कघातको लक्षण हो ।
पहिला कसरी उपचार गरिन्थ्यो ?

दिमागको नसा बन्द भएका बिरामीलाई कुनै प्रकारको शारीरिक पीडा वा दुखाइ हुँदैन । हृदयाघात भएका बिरामीलाई छातीमा दुखेजस्तो मस्तिष्कघात भएका बिरामीलाई दुख्ने समस्या हुँदैन ।

एक्कासी दिमागको नसा बन्द भयो भने उभिँदा सन्तुलन हुँदैन । एउटा वा दुईवटै आँखाले धमिलो देख्छ, बिरामीको मुख बाङ्गो हुने, हात, खुट्टामा कमजोरी हुनेजस्ता लक्षण देखिने डा. फुँयाल बताउँछन् । बिरामीले हात वा खुट्टा उठाउन खोज्दा एक्कासी नउठ्नु, बोल्दाबोल्दै बोल्न नसक्ने गरी बोली लरबराउने जस्ता समस्या मस्तिष्कघातको लक्षण हो ।

यस्तो लक्षण देखिएपछि तुरुन्त अस्पताल पुगेमा छोटो समयमै सानो वा ठुलो नसामा जमेको रगतलाई निकालेर नेपालमै नयाँ प्रविधिबाट नसा खोलेर जीवनभर हुने प्यारालाइसिस वा अपाङ्ग हुनबाट बचाउन सकिने उनले बताए ।

हाल नेपालमै विभिन्न अस्पतालमा यस्ता खालका बिरामीको उपचार टाउकोको अप्रेशन वा औषधिबाट गरिन्छ ।

लक्षण देखिनासाथ अस्पताल जान सुझाव

मस्तिष्कघात भएका बिरामी जतिसक्दो चाँडो अस्पताल पुग्नुपर्ने डा. फुँयालको भनाइ छ । ‘दिमागको मोटो नसा बन्द भइसकेपछि दिमागको हिस्सा एकैपटक मर्दैन,’ उनले भने, ‘क्रमशः दिमागको नसा मर्न थाल्छ ।’

दिमागको बारेमा हालसम्म अनुसन्धानले मस्तिष्कघात भएको ६ घण्टाभित्र अस्पताल पुगेमा बन्द भएको नसालाई खोलेर बिरामीलाई सामान्य अवस्थामा फर्काउन सकिने देखाएको छ । तर, सन् २०१८ मा मस्तिष्कघात सम्बन्धी एक अनुसन्धानमा २४ घण्टाभित्र बिरामीलाई अस्पताल पुर्याएर बन्द भएको नसालाई खोलेर पहिलाकै अवस्थामा फर्काउन सकिने कुरा थाहा पाएको उनले बताए ।

http://4.188.83.218/static/3592.jpgarticles/mobile-phone-disease/

कसरी काम गर्छ यो प्रविधिले ?
दिमागको नसा विभिन्न कारणले बन्द हुन्छ । कहिलेकाहीँ मुटुको समस्या भएका व्यक्तिको मुटुमा रगत जमेर त्यही रगतको थेग्लो दिमागको नसामा पुगेर बस्ने र नसा बन्द गर्ने गर्छ ।

बिरामीलाई समस्या नहोस् भनेर चिकित्सा विज्ञानमा नयाँ प्रविधिहरुको विकास भइरहने उनले बताए । उनले भने, ‘मस्तिष्कघात हुँदा टाउकोको चिरफार गर्न पर्दैन, ठुलो घाउ नबनाइकन आइसियूमा धेरै लामो समयसम्म बिरामीलाई नराखिकन, खुट्टाको नसामा दुई एमएम सानो प्वाल बनाएर त्यसकै माध्यमबाट नसाको अप्रेशन गर्न सकिन्छ ।’

दिमागको नसाको भित्तामा बोसो जमेर पनि नसा बन्द हुनसक्छ । जुनसुकै कारणले दिमागको नसा बन्द भए पनि त्यसलाई खोल्ने प्रविधि दुई किसिमको हुन्छ । एउटा प्रविधि हो दिमागको नसाको आकारजत्रै एउटा ट्युब लगेर रगतको थेग्लो तानिन्छ । त्यसलाई एस्पिरेसन (aspiration) प्रविधि भनिन्छ । यस्तै, झिल्लीजस्तो जालीलाई बन्द भएको नसामा लगेर रगतको थेग्लो वा बोसोलाई समातेर बाहिर निकाल्ने गरिन्छ । त्यसलाई स्ट्रेन रिट्टेबल भनिन्छ । विगतमा मस्तिष्कमा जमेको रगतको थेग्लोलाई पगाल्न विभिन्न औषधि दिइन्थ्यो । सन् २०१५ को क्लिनिकल ट्रायलमा दिमागको कुनै पनि मोटो नसा बन्द भयो भने रगत पगाल्ने औषधिले राम्रो नतिजा नदेखाएको डा. फुँयालले बताए ।

नयाँ प्रविधि ल्याएपछि न्यूरो अस्पतालले मस्तिष्कघात भएका ७५ जना र ब्रेन हेमरेज भएका ८० जनाको सफलतापूर्वक उपचार गरेको उनले सुनाए । उनका अनुसार नेपालमा न्यूरो इन्टरभेन्सन गर्नका लागि बाइप्लेन डिएसए प्रविधि न्यूरो अस्पताल बासँबारीमा मात्रै छ ।

न्यूरो इन्टरभेन्सन नेपालमा भर्खरै आएको प्रविधि हो । ‘पित्त थैली पत्थरीका लागि पहिला शल्यक्रिया गरिन्थ्यो,’ उनले भने, ‘अहिले प्रविधिको विकास भएपछि बिरामीलाई सहज होस् भनेर पेट नचिरिकन प्वाल पारेर ल्याप्रोस्कोपीबाट गरिन्छ ।’

बिरामीलाई समस्या नहोस् भनेर चिकित्सा विज्ञानमा नयाँ प्रविधिहरुको विकास भइरहने उनले बताए । उनले भने, ‘मस्तिष्कघात हुँदा टाउकोको चिरफार गर्न पर्दैन, ठुलो घाउ नबनाइकन आइसियूमा धेरै लामो समयसम्म बिरामीलाई नराखिकन, खुट्टाको नसामा दुई एमएम सानो प्वाल बनाएर त्यसकै माध्यमबाट नसाको अप्रेशन गर्न सकिन्छ ।’

नेपालमा न्यूरो इन्टरभेन्सनमार्फत उपचार गरिएकामध्ये ९० प्रतिशत सफल भएको उनले सुनाए ।
(रातोपाटी डटकमबाट )

http://4.188.83.218/static/3592.jpgarticles/changed-lifestyle-health/

Tags: Brain tumorMental HealthNeuro HealthNeuro InterventionNeuro SurgeryNuclear Medicine
SummarizeShare339ScanTweet147

Related articles

भोटेकोशी बाढीपीडितका लागि ॐ हस्पिटलद्वारा १५ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि ॐ हस्पिटलद्वारा १५ लाख सहयोग

by Nam Raj Bhatta
September 4, 2026
0

रसुवाको भोटेकोशी क्षेत्रमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार...

बाढीपीडितको सहयोगका लागि एभरेष्ट हस्पिटलद्वारा ६ लाख ३४ हजार बढी सहयोग

बाढीपीडितको सहयोगका लागि एभरेष्ट हस्पिटलद्वारा ६ लाख ३४ हजार बढी सहयोग

by Nam Raj Bhatta
September 4, 2026
0

बाढीपहिरो प्रभावित क्षेत्रका बासिन्दाको उद्धार, राहत तथा उपचारका लागि बानेश्वरस्थित एभरेष्ट हस्पिटल प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६ लाख ३४ हजार ५ सय ८७ रुपैयाँ सहयोग प्रदान...

प्रसूति गृहमा शल्यक्रियामार्फत सुत्केरी हुनेको सङ्ख्या बढ्दै

प्रसूति गृहको ६७औं वार्षिकोत्सवको औपचारिक कार्यक्रम नहुने

by Nam Raj Bhatta
September 3, 2026
0

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले आफ्नो ६७औं वार्षिकोत्सवको अवसरमा आयोजना हुने सम्पूर्ण औपचारिक कार्यक्रमहरू नहुने भएको छ। अस्पताल प्रशासनले एक सूचना जारी गर्दै रसुवा जिल्लाको भोटेकोशी नदीमा गत...

यतिकेम ग्रुपद्वारा बाढीपीडितलाई रू ५५ लाख सहयोग

यतिकेम ग्रुपद्वारा बाढीपीडितलाई रू ५५ लाख सहयोग

by Nam Raj Bhatta
September 3, 2026
0

औषधि व्यवसायमार्फत आफ्नो छुट्टै पहिचान बनाउन सफल औषधि व्यवसायी एवं उद्यमी प्रभुराज वैद्यले  भोटेकोशी बाढी प्रभावितका लागि ५५ लाख रुपैयाँ सहयोग गरेका छन्। यति केम डिस्ट्रीब्युटर्सका कार्यकारी निर्देशक...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    862 shares
    Share 345 Tweet 216
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    703 shares
    Share 281 Tweet 176
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    690 shares
    Share 297 Tweet 164
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    697 shares
    Share 310 Tweet 161
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    645 shares
    Share 258 Tweet 161

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • भोटेकोशी बाढीपीडितका लागि ॐ हस्पिटलद्वारा १५ लाख सहयोग
  • बाढीपीडितको सहयोगका लागि एभरेष्ट हस्पिटलद्वारा ६ लाख ३४ हजार बढी सहयोग
  • प्रसूति गृहको ६७औं वार्षिकोत्सवको औपचारिक कार्यक्रम नहुने
  • यतिकेम ग्रुपद्वारा बाढीपीडितलाई रू ५५ लाख सहयोग
  • शर्मा एन्ड कम्पनी तथा सञ्जीवनी ग्रुपद्वारा बाढी प्रभावितलाई १ करोड ५१ लाख सहयोग

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.