Ghorahi sub metro tb awareness message
Health Office Lalitpur Immunization for year 5 and below
Baitadi swasthya karyalaya awareness
आज मिति : २०८० जेष्ठ १८
  • Login
Health News Nepal
Tobacco control message
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result

मुख तथा अनुहार स्वास्थ्यको वर्तमान अवस्था र चुनौती

Nam Raj Bhatta by Nam Raj Bhatta
March 21, 2023
in Articles
A A
0
मुख तथा अनुहार स्वास्थ्यको वर्तमान अवस्था र चुनौती
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

✍️ डा. सुरेन्द्र कुमार आचार्य  (MDS Oral and Maxillofacial सर्जरी, All India Institute of Medical Sciences)

विश्व स्वास्थ्य संगठन बिश्व मुख दिवश २० मार्चमा भव्य रुपमा मनाइने गरिन्छ। विशेष गरि मुख स्वास्थ्यको महत्व तथा जनचेतना अभिवृद्धिका लागि विशेष ध्यान दिएर मनाइन्छ।‌ विडम्बनाको कुरा मुख तथा अनुहार स्वास्थ्यकाे अवस्थाको बारेमा घनीभूत क्षलफल हुँदैन।‌

नेपालमा मुख तथा अनुहार सर्जन (Oral and Maxillofacial Surgeon) आवश्यक मात्रामा छन् र मुख तथा अनुहार शरीरको अभिन्न अंगको रूपमा मानिन्छ र यो सम्बन्धी रोगका बिरामीहरूको तथ्याङ्क हेर्ने हो भने पनि कहाली लाग्दो अवस्था छ। बिरामी छन् चिकित्सक हरु पनि छन् तर सही पहिचान र उपचार हुन सकेन? आखिर किन?

नेपालका आधारभूत, जिल्ला, प्रादेशिक, केन्द्रीय अस्पताल हरुमा Maxillofacial Surgeon को दरबन्दी छैन? यो सम्बन्धी दरबन्दी भएको केवल राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालमा एक एक गरी दुई जना मात्र छन्। प्राइभेट डेन्टल कलेजमा कम्तीमा २-४ जना हुनु पर्ने, कहीं प्रयाप्त छैन। बिरामीको अत्यधिक चाप भएको त्रिवि शिक्षण अस्पतलमा पनि दुई जना omf सर्जन कार्यरत छन्।

Truederma 1

प्रसिद्ध अस्पतालहरुमा पनि in-house अर्थात् २४/७ omfs doctor हुँदैन। तर हेर्ने हो भने सबैभन्दा बिरामी यो विभाग सम्बन्धी छन्, जस्तो अनुहारकाे घाउ चोट पटक, खुडे ओठ र तालु, मुखको क्यान्सर, मुख, दाँत, अनुहार र घाँटीको संक्रमण।
बिरामी भएपनि भगवान भरोशामा उपचार भई रहेको पाईन्छ। दाँतको किरा लाग्ने रोग जुन शरीरको सबै भन्दा बढी लाग्ने रोग मानिन्छ। जसले गर्दा बिरामी लाई दुखाई, मानसिक समस्या, आर्थिक भार इत्यादिले ठूलो असर गरिरहेको छ।

Nma building

अनुहारको चोटपटक करिब ७० प्रतिशत हुन्छ, उक्त बिरामीहरु कुनै पनि अस्पतालको आकस्मिक कक्ष तथा बहिरङ्ग विभागमा जाने गर्छन् तर त्यहाँ धेरै जसो Oral and Maxillofacial Surgeon हुँदैन।

त्यसैगरी मुखको क्यान्सर पुरुषमा दोस्रो र महिलामा चौथो नम्बरमा असर गर्नेमा पर्छ। मानिसमा मृत्युकाे दोस्रो ठुलो कारक हों; उक्त रोग सम्बन्धी उपचारका लागि क्यान्सर अस्पताल जस्तै बिपि मेमोरियल क्यान्सर अस्पताल भरतपुर, भक्तपुर क्यान्सर अस्पतालमा Maxillofacial Surgeon को दरबन्दी नै छैन; आफै मनन गर्नुहोस्; के छ अवस्था। त्यस्तै ओठ- तालु खुडेकाे विशेषज्ञ हो Oral Maxillofacial Surgeon: त्यसको पनि सही व्यवस्थापन हुन सकेको छैन। मुख दाँत तथा अनुहारको जोर्नीको दुखाइले दीर्घकालीन समस्या हेर्ने हो भने मुटु, मस्तिष्क, मानसिक रोग, इत्यादि हुन्छन् त्यसको पनि उचित वयवस्थापन भई रहेको छैन।

सडक दुर्घटना अर्को ठुलो समस्या हो जुन चौथो मानव मृत्युको कारण हो, जसमा जनचेतनाको अभाव छ, हेलमेट लगाउँदा full face helmet लगाउनु भयो भने अनुहारको गम्भीर चोटपटक बाट बच्न सकिन्छ। यदि अनुहारमा गम्भीर चोट पटक लाग्यो भने मानिस पुर्ण रुपमा अपाङ्ग हुन्छ।

त्यसैले यतै अनेक समस्याले मुख तथा अनुहार स्वास्थ्य ग्रसित छ, बिरामीहरूको उचित उपचार हुन सकेको छैन। यसमा सरोकारवालाले विशेष ध्यान दिन जरुरी छ।

जस्तो नेपालका आधारभूत तथा सम्पूर्ण अस्पतालमा उचित Oral and Maxillofacial Surgeon को व्यवस्थापन तथा सेवा विस्तार, क्यान्सर तथा फेसियल सर्जरी विभाग विस्तार गरी Oral and Maxillofacial सर्जरी सेवा विस्तार, ओरल क्यान्सरको स्क्रिनिङ, सडक दुर्घटना सम्बन्धी जनचेतना अभवृद्धि, मुख तथा घाँटीको जटिल संक्रमण व्यवस्थापन गर्न टड्कारो आवश्यक छ।

दाँतको किरा सम्बन्धी रोग लाई नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनको एनसीडी अन्तर्गत राखेर प्राथमिकता दिन पर्छ।
यदि समयमै ध्यान दिइएन भने निकट समयमा यसको गम्भिर असर नेपाली जनता र राज्यले सामना गर्नुपर्ने छ।

[हाल डा. आचार्य विभागीय प्रमुख किष्ट क्षिक्षण अस्पताल ललितपुरमा कार्यरत छन्।]

Tags: #government of Nepal#Health and population ministryAll India Institute of Medical SciencesCorona Virus #Covid19Dr. Surendra acharyaOral and maxillofacial surgeon
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

बजाज र NMSRA बीच सम्झौता

Next Post

स्वास्थ्य जीवनको लागि शिक्षा र पुनर्स्थापना सम्बन्धि तालिम सम्पन्न

Related articles

Global health politics.
Articles

Global Health Politics.

2 months ago
775
औषधि क्षेत्रको यो पेशालाई मर्यादित र उत्कृष्ट बनाउन लाग्नेछु #medicine
Articles

औषधि क्षेत्रको यो पेशालाई मर्यादित र उत्कृष्ट बनाउन लाग्नेछु #Medicine

3 months ago
775
Sharad chandra ojha nepal medicine issues औषधिमा आत्मनिर्भर नबनाउने सरकार?
Articles

औषधीमा आत्मनिर्भर नबनाउने सरकार ? #Medicine

4 months ago
775
गिजासम्बन्धि रोगः परिचय तथा उपचार #gumstreatment
Articles

गिजासम्बन्धि रोगः परिचय तथा उपचार #GumsTreatment

5 months ago
775
जनस्वस्थ र सामाजिक सन्जाल #healthcommunication
Articles

जनस्वस्थ र सामाजिक सन्जाल #HealthCommunication

5 months ago
775
Dr prakash paudel spinal cord injury paralysis
Articles

स्पाइनल कर्ड इन्जुरीको समयमा उपचार गर्दा प्यारालाइसिसको कम जोखिम #SpinalCordInjury

5 months ago
775
Next Post
स्वास्थ्य जीवनको लागि शिक्षा र पुनर्स्थापना सम्बन्धि तालिम सम्पन्न

स्वास्थ्य जीवनको लागि शिक्षा र पुनर्स्थापना सम्बन्धि तालिम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Dhading health office immunization awareness message
Chitwan health office immunization awareness message
Baglung Health Office TB Awareness
Blood Glucose Monitoring device at Sudeep International
Blood glucose monitoring device at sudeep international
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

सहयोगी सामाग्रीहरु

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Connect With Us

Popular News

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...