Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ भाद्र २०
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

मोवाइलले हामीलाई कसरी यान्त्रिक र रोगी बनाउँदैछ?

Nam Raj Bhatta by Nam Raj Bhatta
November 8, 2020
in Articles
Reading Time: 1 min read
A A
4
Dr Hemraj Koirala

Dr Hemraj Koirala

637
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️ डा.हेम राज कोइराला

कम्प्युटर, ल्यापटप, मोवाईल, जस्ता विद्युतिय उपकरणहरूलाई एकमुष्ठ रुपम ईलेक्ट्रोनिक्स ग्याजेट्स भनिन्छ । यी उपकरणको प्रयोग गर्न थालेपछि हाम्रो जीवनशैली बदलिएको छ । जीवनका हरेक पाटामा यी यन्त्र एवं उपकरणहरूको प्रयोग हुन थालेपछि हाम्रो जीवन अत्यन्त  सुगम बनेको छ । तर हाम्रो जीवनशैलीमा लामो समयदेखि घुलमिल भईरहँदा यी यन्त्र एवं उपकरणहरूले मानव स्वास्थ्यमा गहिरो असर समेत पु¥याउँदै गएको छ ।

यी उपकरणहरूको यथोचित प्रयोग गर्न जाने हाम्रो जीवन सुगम बन्दछ भने अनुचित एवम् अत्यधिक प्रयोगले स्वास्थ्यमात्र हैन, मानसिक स्थिती खराब गर्छ, आर्थिक अवस्था डामाडोल बनाइदिन्छ।

के के छन स्वास्थ्यमा असर ?

१. आँखामा असर

विद्युतिय उपकरणहरूको अत्याधिक प्रयोगले असर पर्ने प्राथमिक अङ्ग भनेको हाम्रो आँखा नै हो । यी उपकरणको स्क्रिनबाट उत्सर्जन हुने प्रकाशले हाम्रो आँखालाई नरम्रो असर पार्दछ । लगातार स्क्रिनमा हेरिरहँदा आँखामा कम्प्युटर भिजन सिन्ड्रोम नामक श्रृङ्खलाबद्ध समस्या देखा पर्ने गर्दछ । विशेषगरी मोबाइलफोन, ट्याबलेट, ल्यापटप वा कम्प्युटरको स्क्रिनमा लगातार हेर्दा हाम्रो आँखामा सुक्खापन बढ्न जान्छ ।

स्क्रिनमा लगातार हेर्दै गर्दा हामी आँखा झिम्क्याउन भुल्दछौं । फलतः आँखा सुक्खा हुने गर्दछ । सामान्यतया एक मिनेटमा १५ पल्टसम्म हाम्रो आँखा झिम्किने गर्दछ तर स्क्रिनमा लगातार हेर्दा आँखा झिम्क्याउने दर ५ देखि ७ पटक मात्र हुने गर्दछ, जसले आँखा सुक्खा बनाउँदछ र कम्प्युटर भिजन सिन्ड्रोम देखा पर्दछ ।

यसको अलावा स्क्रिनमा हेरिरहँदा आँखा सुक्खा हुने समस्याले रेटिनाको ओसिलोपन समेत नष्ट हुने हुँदा दृष्टि नाश पनि हुन सक्दछ ।

२) कानमा समस्या 

मोबाइलफोनको लगातार प्रयोग गर्दा कानको श्रवणशक्ति पनि क्षय हुन सक्दछ । यसका अलावा टिनिटसको समस्या पनि हुन सक्दछ । केही अध्ययनहरुले मोबाइलको अत्यधिक प्रयोगले एकोस्टीक न्युरोमाको समस्या समेत हुने दर्शाएका छन् ।

३) गर्धन-काँध दुख्ने समस्या 

मोबाइलमा लगातार घोत्लिरहँदा ढाड कम्मर गर्धन दुख्ने समस्या आउन सक्छ । यसका अलावा मोबाइल समातेर लगातार कुरा गरिरहँदा एकातिर ढल्किरहनु पर्ने हुदा काँध गर्धन र मुन्टोमा अतिरिक्त दबाब पर्न जान्छ । फलतः ढाड, कम्मर, गर्धन, काँध र टाउको दुख्ने समस्या देखा पर्न सक्छ ।

४) औंला, नाडी र जोर्नीहरुमा पीडा

लगातार मोबाइल, ट्याब्लेट, कम्प्युटर एवम् ल्यापटप चलाइरहँदा औंला, नाडी, एवम् अन्य जोर्नीहरुमा पनि दीर्घकालिन पीडा हुन सक्दछ । लगातार कम्प्युटरको किबोर्ड हानिरहँदा कार्पल टनल सिन्ड्रोम जस्तो बिमारी पनि हुन सक्छ ।

५) नोमोफोनिया

मोबाइलफोनको प्रयोगमा लत लागेकाहरुलाई एकछिन मोबाइल फोन नपाउँदा छटपटिने, रिसाउने, मुरमुरिने, झगडा गर्ने जस्ता मानसिक उन्मादता देखाउने गर्दछन् । यस समस्यालाई चिकित्सकिय भाषामा नोमोफोनिया भन्ने गरिन्छ ।

Dr Hemraj Koirala
✍️ Dr Hemraj Koirala

६) ध्यान केन्द्रित नहुने

विद्युतिय उपकरणहरूको प्रयोग धेरै गर्ने गर्दा एकाग्र हुन नसक्ने, ध्यान नलाग्ने र विषय विश्लेषण गर्ने क्षमता घट्ने जस्ता मानसिक समस्या देखा पर्दछन् ।

७) छालामा समस्या

विद्युतिय उपकरणहरूको अत्यधिक प्रयोगले यसबाट निस्कने प्रकाश हाम्रो छालामा त्यसमा पनि अनुहारको छालामा परिरहने हुँदा छालाका कोषहरु मर्दै जाने, छाला चाउरी पर्ने जस्ता समस्या देखा पर्दछन् । फलतःव्यक्ति समय भन्दा पहिले नै बुढो जस्तो देखिने गर्दछ ।

८) क्यान्सर

विद्युतिय उपकरणहरू त्यसमा पनि मोबाइलफोनको अत्यधिक प्रयोग गर्नेगर्दा ग्लायोमा, एकोष्टिक न्युरोमा, मोनिन्जीयोमा जस्ता समस्याहरुको जोखिम बढ्दछ ।

९) प्रजनन् क्षमतामा ह्रास 

विद्युतिय उपकरणहरूबाट निस्कने रेडियसन एवम् ताप दुवै प्रजनन् प्रणालीका लागि हानिकारक सिद्ध भइसकेका छन् । यी उपकरणहरूको प्रयोगले पुरुषमा शुक्रकीटको संख्या कम हुने वीर्यको गुणवत्ता कम हुने एवम् नपुसंकता जस्ता समस्या देखा पर्दछ भने महिलाहरुमा पनि बाँझोपनको समस्या आउन सक्दछ ।

१०) अनिन्द्रा 

मोबाइल फोन लगायतका स्क्रिन भएका विद्युतिय उपकरणहरूको प्रयोगले निद्रा सम्बन्धी समस्याहरु थपिदिन सक्दछ । विशेषगरी सुत्ने समय पूर्व स्क्रिन हेर्ने बानीले अनिन्द्राको समस्या ल्याउँदछ ।

११) नैराश्यता

नैराश्यता एउटा मानसिक बिरामी हो । खासगरी विद्युतिय उपकरणहरूको दुनियाँमा रमाउनेहरुले आफुलाई आफ्ना साथीभाइ एवम् परिवानजनहरुसँग टाढा राख्ने हुँदा पारिवारिक माया ममता, सद्भाव एवम् साथीसंगीहरुको साथ सहयोग र शुभकामनाबाट बञ्चित रहने हुँदा उसलाई एक्लोपनले सताउन थाल्दछ । फलतः यी समस्या निरासा वा नैराष्यताको रुपमा प्रकट हुने गर्दछ ।

१२) स्मृतिनाश

मोबाइल, ल्यापटप एवम् ट्याब्लेट जस्ता उपकरणहरूलाई मानिसले डायरी नोटप्याडको रूपमा सूचना भण्डारणका लागि पनि उपयोग गर्ने हुँदा प्रयोगकर्ताहरुमा यी उपकरणहरुप्रति निर्भरता बढ्दै गइरेकाले सूचना याद राख्ने क्षमता ह्रास आउँदछ ।

१३) स्नायू क्षय 

मोबाइलफोनबाट निस्कने इलेक्ट्रोम्याग्नेटिक रेडियसनले स्नायू तन्तुहरुको डीएनए ड्यामेज  गर्न सक्दछ । स्नायु तन्तुहरुको ड्यामेज हुँदा यसले स्नायुहरुको कार्य प्रणालीमा पनि असर पार्न सक्दछ । फलतः एकाग्रत ध्यान, लय, तानभाव प्रकटिकरणमा समस्या देखिनुका साथै श्रव्यदृश्य संज्ञान वाणी रसस्वादन र चाल नियन्त्रण जस्ता क्रियाहरुमा पनि समस्या देखिन सक्दछ ।

१४) मुटुको समस्या 

मोबाइल, ट्याब्लेट एवम् कम्प्युटर जस्ता विद्युतिय उपकरणको प्रयोगले मुटुको चाल सम्बन्धी समस्या निम्त्यान सक्दछ साथै यी उपकरणहरूको अत्यधिक प्रयोगले शारीरिक निष्क्रियता बढाउने हुँदा कोरानरी मुटुरोगको समस्या पनि बढ्ने गर्दछ ।

१५) आनीबानीमा परिवर्तन 

मोबाइलफोन लगायत अन्य उपकरणहरूको अधिक प्रयोगले मानिसलाई साथीभाइ परिवार एवम् समाजबाट टाढा लैजान्छ । फलतःप्रयोगकर्ताको आनीबानी असामाजिक हुने, स्वार्थी, एकलकाटे एवम् आपराधिक संस्कृतिले प्रश्रय पाउने जस्ता समस्याहरु देखा पर्न सक्छन् ।

१६) दुर्घटना 

रोड ट्राफिक दुर्घटनाका धेरै कारणहरु मध्ये महत्वपूर्ण कारण विचलित ड्राइभिङ्ग पनि हो र विचलित ड्राइभिङको पहिलो कारक तत्व मोबाइलफोन हो । सवारी चलाउँदा हातले पक्रेर फोन सुन्दा म्यासेज पठाउँदा, अडियो भिडियो सुन्दा-हेर्दा वा गेम खेल्दा चालकको ध्यान विचलित हुँने हुदा यसले दुर्घटना निम्त्याउँछ । विभिन्न अधययनले देखाए अनुरुप चालकले वाहन चलाउँदाका बखत मोबाइल चलाउँदा दुर्घटना हुने संभावना ३÷४ गुणाले बढेर जान्छ ।

१७) संक्रमणको सम्भावना 

मोबाइलफोन एवम् अन्य विद्युतिय उपकरणहरूको लगातार प्रयोग गर्दा त्यहाँप सिना, सिङ्गान, थुक, चिप्रा, खानाको पार्टिकल जस्ता जैविक मल जम्ने र त्यहाँ ब्याक्टेरियाहरु फैलिन सक्ने हुँदा लू, रुघाखोकी र संक्रमण जस्ता समस्या आइरहने हुन्छ ।

१८) शरीरमा राखिएका उपकरणलाई दखल पु¥याउने 

मोबाइलफोन जस्ता विद्युतिय तरंग पैदा गर्ने उपकरणहरुले मुटुको पेश मेकर, श्रवणयन्त्र जस्ता यन्त्र उपकरणहरुको कार्य क्षमतामा दखल पुर्याउदछ।

१९) छद्म पकेट कम्पन सिन्ड्रोम 

मोबाइलफोन पकेटमा कम्पन मोडमा राख्नेहरु मोबाइलमाफोन नआउँदा पनि पकेटमा मोबाइल भाइब्रेट भएको महसुस गर्दछन् । यसलाई चिकित्सकहरु छद्म पकेट कम्पन सिन्ड्रोम भन्दछन् ।

२०) साइबर बुलिङ्ग 

मोबाइलवा कम्प्युटरमा नेट चलाउनेहरु अक्सर साइबर बुलिङ्गवा साइबर उत्पीडनको शिकार हुने गर्दछन् । साइबर उत्पीडनमा विशेषगरी सामाजिक अफवाह फैलाउने, धम्की दिने, यौनजन्य सामग्रीहरु प्ठाउने, व्यक्तिगत सुचनाहरु खुलासा गरिदिने र उत्तेजक भाषणहरु साझेदार गर्ने जस्ता क्रियाकलाप पर्दछन् ।

२१) व्यक्ति, परिवार र समाजसँग दूरी बढ्ने 

यी विद्युतिय उपकरणको अति प्रयोगले व्यक्तिलाई अर्काे व्यक्तिसँग दुरी बढाएको, परिवार र समाजसँग पनि दुरी बढाएको छ । फलतः मान्छे आज सामाजिक भन्दाअ सामाजिक बन्दै गइरहेको छ ।

२२) उपकरणको नशा 

अध्ययनहरुले दर्शाए अनुरुप आज समाजमा विद्युतिय उपकरणको निर्भरता पनि बढ्दै गइरहेको र उपकरणहरूको अभावमा मान्छे छटपटिने र नभई नहुने जस्ता समस्याले ग्रस्त बन्दै गइरहेको छ ।

२३) गर्भको शिशुलाई समेत असर

गर्भवती महिलाले इलेक्ट्रोम्याग्निटोक रेडियसन उत्सर्जन गर्ने उपकरणहरू प्रयोग गर्ने गरे यसले गर्भको शिशुलाई समेत असर पु¥याउन सक्दछ । फलतः शिशुको विकास पनि प्रभावित हुन सक्दछ ।

२४) मानसिक तनाव 

यी उपकरणहरूको प्रयोगले दिमागी लोड बढ्ने हुँदा प्रयोगकर्ता चाँडै तनावग्रस्त हुन सक्दछ ।

लेखक भरतपुर–१ वागीश्वरी स्थीत योगी नरहरिनाथ योग तथाप्राकृतिक चिकित्सालयका मेडिकल डाईरेक्टर हुन ।

Tags: Corona Virus #Covid19Dr.Hem Raj koiralaMobile
SummarizeShare285ScanTweet147

Related articles

स्थानीय बसको प्रतिस्पर्धा : काठमाडौंमा सवारी दुर्घटना बढ्नुको मुख्य कारण

बाढीपछि महामारीको निश्चितता – अब ढिला गर्ने समय छैन !

by Nam Raj Bhatta
August 29, 2026
0

नेपालको पहाडी तथा तराई क्षेत्रमा गएको विनाशकारी बाढी र पहिरोले लाखौंको जीवन प्रभावित बनाएको छ। हजारौं विस्थापित, सयौं बेपत्ता र सयौंको मृत्यु – यो ताजा तथ्यांक मात्र हो।...

प्रेसरको औषधी आफूखुशी बीचमै छोड्दा आँखा, किड्नी र मुटुमा असर पर्न सक्छ : डा. मानबहादुर केसी

प्रेसरको औषधी आफूखुशी बीचमै छोड्दा आँखा, किड्नी र मुटुमा असर पर्न सक्छ : डा. मानबहादुर केसी

by Nam Raj Bhatta
August 26, 2026
0

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. मान बहादुर केसीले उच्च रक्तचाप (प्रेसर) का बिरामीहरुले चिकित्सकको सल्लाहबिना औषधि बीचमै छोड्न नहुने बताएका छन्। डा. केसीका अनुसार, प्रेसरको औषधि मनलाग्दी रूपमा बीचमै...

स्थानीय बसको प्रतिस्पर्धा : काठमाडौंमा सवारी दुर्घटना बढ्नुको मुख्य कारण

स्थानीय बसको प्रतिस्पर्धा : काठमाडौंमा सवारी दुर्घटना बढ्नुको मुख्य कारण

by Nam Raj Bhatta
August 12, 2026
0

✍️ डा. सतीश कुमार साह लेक्चरर काठमाडौं उपत्यकाको सडकमा हरेक दिन सयौं सवारी साधन गुड्छन् । तर, यी सडकहरू दैनिकजसो दुर्घटनाको दृश्य बन्न पुगेका छन् । पछिल्लो तथ्यांक...

हातको उपचारमा नयाँ विशेषज्ञता गरेका डा. बिकाशले बुटवलमै पहिलोपटक Hand & Upper Limb Surgery सेवा

हातको उपचारमा नयाँ विशेषज्ञता गरेका डा. बिकाशले बुटवलमै पहिलोपटक Hand & Upper Limb Surgery सेवा

by Nam Raj Bhatta
August 4, 2026
0

मानव शरीरको अत्यन्त महत्वपूर्ण अंगमध्ये हात पनि एक हो। दैनिक जीवनका अधिकांश कामदेखि व्यावसायिक तथा सामाजिक गतिविधिसम्म हातको भूमिका महत्वपूर्ण हुन्छ। हातमा चोटपटक वा अन्य कुनै समस्या आएमा...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    862 shares
    Share 345 Tweet 216
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    703 shares
    Share 281 Tweet 176
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    690 shares
    Share 297 Tweet 164
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    697 shares
    Share 310 Tweet 161
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    645 shares
    Share 258 Tweet 161

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • भोटेकोशी बाढीपीडितका लागि ॐ हस्पिटलद्वारा १५ लाख सहयोग
  • बाढीपीडितको सहयोगका लागि एभरेष्ट हस्पिटलद्वारा ६ लाख ३४ हजार बढी सहयोग
  • प्रसूति गृहको ६७औं वार्षिकोत्सवको औपचारिक कार्यक्रम नहुने
  • यतिकेम ग्रुपद्वारा बाढीपीडितलाई रू ५५ लाख सहयोग
  • शर्मा एन्ड कम्पनी तथा सञ्जीवनी ग्रुपद्वारा बाढी प्रभावितलाई १ करोड ५१ लाख सहयोग

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.