Baitadi swasthya karyalaya awareness
Ghorahi sub metro tb awareness message
Health Office Lalitpur Immunization for year 5 and below
आज मिति : २०८० जेष्ठ १६
  • Login
Health News Nepal
Tobacco control message
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result

मोवाइलले हामीलाई कसरी यान्त्रिक र रोगी बनाउँदैछ?

Nam Raj Bhatta by Nam Raj Bhatta
November 8, 2020
in Articles
A A
4
Dr hemraj koirala

Dr Hemraj Koirala

Share on FacebookShare on TwitterShare on LinkedInQR Code

✍️ डा.हेम राज कोइराला

कम्प्युटर, ल्यापटप, मोवाईल, जस्ता विद्युतिय उपकरणहरूलाई एकमुष्ठ रुपम ईलेक्ट्रोनिक्स ग्याजेट्स भनिन्छ । यी उपकरणको प्रयोग गर्न थालेपछि हाम्रो जीवनशैली बदलिएको छ । जीवनका हरेक पाटामा यी यन्त्र एवं उपकरणहरूको प्रयोग हुन थालेपछि हाम्रो जीवन अत्यन्त  सुगम बनेको छ । तर हाम्रो जीवनशैलीमा लामो समयदेखि घुलमिल भईरहँदा यी यन्त्र एवं उपकरणहरूले मानव स्वास्थ्यमा गहिरो असर समेत पु¥याउँदै गएको छ ।

यी उपकरणहरूको यथोचित प्रयोग गर्न जाने हाम्रो जीवन सुगम बन्दछ भने अनुचित एवम् अत्यधिक प्रयोगले स्वास्थ्यमात्र हैन, मानसिक स्थिती खराब गर्छ, आर्थिक अवस्था डामाडोल बनाइदिन्छ।

के के छन स्वास्थ्यमा असर ?

१. आँखामा असर

Truederma 1

विद्युतिय उपकरणहरूको अत्याधिक प्रयोगले असर पर्ने प्राथमिक अङ्ग भनेको हाम्रो आँखा नै हो । यी उपकरणको स्क्रिनबाट उत्सर्जन हुने प्रकाशले हाम्रो आँखालाई नरम्रो असर पार्दछ । लगातार स्क्रिनमा हेरिरहँदा आँखामा कम्प्युटर भिजन सिन्ड्रोम नामक श्रृङ्खलाबद्ध समस्या देखा पर्ने गर्दछ । विशेषगरी मोबाइलफोन, ट्याबलेट, ल्यापटप वा कम्प्युटरको स्क्रिनमा लगातार हेर्दा हाम्रो आँखामा सुक्खापन बढ्न जान्छ ।

स्क्रिनमा लगातार हेर्दै गर्दा हामी आँखा झिम्क्याउन भुल्दछौं । फलतः आँखा सुक्खा हुने गर्दछ । सामान्यतया एक मिनेटमा १५ पल्टसम्म हाम्रो आँखा झिम्किने गर्दछ तर स्क्रिनमा लगातार हेर्दा आँखा झिम्क्याउने दर ५ देखि ७ पटक मात्र हुने गर्दछ, जसले आँखा सुक्खा बनाउँदछ र कम्प्युटर भिजन सिन्ड्रोम देखा पर्दछ ।

यसको अलावा स्क्रिनमा हेरिरहँदा आँखा सुक्खा हुने समस्याले रेटिनाको ओसिलोपन समेत नष्ट हुने हुँदा दृष्टि नाश पनि हुन सक्दछ ।

२) कानमा समस्या 

मोबाइलफोनको लगातार प्रयोग गर्दा कानको श्रवणशक्ति पनि क्षय हुन सक्दछ । यसका अलावा टिनिटसको समस्या पनि हुन सक्दछ । केही अध्ययनहरुले मोबाइलको अत्यधिक प्रयोगले एकोस्टीक न्युरोमाको समस्या समेत हुने दर्शाएका छन् ।

३) गर्धन-काँध दुख्ने समस्या 

मोबाइलमा लगातार घोत्लिरहँदा ढाड कम्मर गर्धन दुख्ने समस्या आउन सक्छ । यसका अलावा मोबाइल समातेर लगातार कुरा गरिरहँदा एकातिर ढल्किरहनु पर्ने हुदा काँध गर्धन र मुन्टोमा अतिरिक्त दबाब पर्न जान्छ । फलतः ढाड, कम्मर, गर्धन, काँध र टाउको दुख्ने समस्या देखा पर्न सक्छ ।

४) औंला, नाडी र जोर्नीहरुमा पीडा

लगातार मोबाइल, ट्याब्लेट, कम्प्युटर एवम् ल्यापटप चलाइरहँदा औंला, नाडी, एवम् अन्य जोर्नीहरुमा पनि दीर्घकालिन पीडा हुन सक्दछ । लगातार कम्प्युटरको किबोर्ड हानिरहँदा कार्पल टनल सिन्ड्रोम जस्तो बिमारी पनि हुन सक्छ ।

५) नोमोफोनिया

मोबाइलफोनको प्रयोगमा लत लागेकाहरुलाई एकछिन मोबाइल फोन नपाउँदा छटपटिने, रिसाउने, मुरमुरिने, झगडा गर्ने जस्ता मानसिक उन्मादता देखाउने गर्दछन् । यस समस्यालाई चिकित्सकिय भाषामा नोमोफोनिया भन्ने गरिन्छ ।

Dr hemraj koirala
✍️ dr hemraj koirala

६) ध्यान केन्द्रित नहुने

विद्युतिय उपकरणहरूको प्रयोग धेरै गर्ने गर्दा एकाग्र हुन नसक्ने, ध्यान नलाग्ने र विषय विश्लेषण गर्ने क्षमता घट्ने जस्ता मानसिक समस्या देखा पर्दछन् ।

७) छालामा समस्या

विद्युतिय उपकरणहरूको अत्यधिक प्रयोगले यसबाट निस्कने प्रकाश हाम्रो छालामा त्यसमा पनि अनुहारको छालामा परिरहने हुँदा छालाका कोषहरु मर्दै जाने, छाला चाउरी पर्ने जस्ता समस्या देखा पर्दछन् । फलतःव्यक्ति समय भन्दा पहिले नै बुढो जस्तो देखिने गर्दछ ।

८) क्यान्सर

विद्युतिय उपकरणहरू त्यसमा पनि मोबाइलफोनको अत्यधिक प्रयोग गर्नेगर्दा ग्लायोमा, एकोष्टिक न्युरोमा, मोनिन्जीयोमा जस्ता समस्याहरुको जोखिम बढ्दछ ।

९) प्रजनन् क्षमतामा ह्रास 

विद्युतिय उपकरणहरूबाट निस्कने रेडियसन एवम् ताप दुवै प्रजनन् प्रणालीका लागि हानिकारक सिद्ध भइसकेका छन् । यी उपकरणहरूको प्रयोगले पुरुषमा शुक्रकीटको संख्या कम हुने वीर्यको गुणवत्ता कम हुने एवम् नपुसंकता जस्ता समस्या देखा पर्दछ भने महिलाहरुमा पनि बाँझोपनको समस्या आउन सक्दछ ।

१०) अनिन्द्रा 

मोबाइल फोन लगायतका स्क्रिन भएका विद्युतिय उपकरणहरूको प्रयोगले निद्रा सम्बन्धी समस्याहरु थपिदिन सक्दछ । विशेषगरी सुत्ने समय पूर्व स्क्रिन हेर्ने बानीले अनिन्द्राको समस्या ल्याउँदछ ।

११) नैराश्यता

नैराश्यता एउटा मानसिक बिरामी हो । खासगरी विद्युतिय उपकरणहरूको दुनियाँमा रमाउनेहरुले आफुलाई आफ्ना साथीभाइ एवम् परिवानजनहरुसँग टाढा राख्ने हुँदा पारिवारिक माया ममता, सद्भाव एवम् साथीसंगीहरुको साथ सहयोग र शुभकामनाबाट बञ्चित रहने हुँदा उसलाई एक्लोपनले सताउन थाल्दछ । फलतः यी समस्या निरासा वा नैराष्यताको रुपमा प्रकट हुने गर्दछ ।

१२) स्मृतिनाश

मोबाइल, ल्यापटप एवम् ट्याब्लेट जस्ता उपकरणहरूलाई मानिसले डायरी नोटप्याडको रूपमा सूचना भण्डारणका लागि पनि उपयोग गर्ने हुँदा प्रयोगकर्ताहरुमा यी उपकरणहरुप्रति निर्भरता बढ्दै गइरेकाले सूचना याद राख्ने क्षमता ह्रास आउँदछ ।

१३) स्नायू क्षय 

मोबाइलफोनबाट निस्कने इलेक्ट्रोम्याग्नेटिक रेडियसनले स्नायू तन्तुहरुको डीएनए ड्यामेज  गर्न सक्दछ । स्नायु तन्तुहरुको ड्यामेज हुँदा यसले स्नायुहरुको कार्य प्रणालीमा पनि असर पार्न सक्दछ । फलतः एकाग्रत ध्यान, लय, तानभाव प्रकटिकरणमा समस्या देखिनुका साथै श्रव्यदृश्य संज्ञान वाणी रसस्वादन र चाल नियन्त्रण जस्ता क्रियाहरुमा पनि समस्या देखिन सक्दछ ।

१४) मुटुको समस्या 

मोबाइल, ट्याब्लेट एवम् कम्प्युटर जस्ता विद्युतिय उपकरणको प्रयोगले मुटुको चाल सम्बन्धी समस्या निम्त्यान सक्दछ साथै यी उपकरणहरूको अत्यधिक प्रयोगले शारीरिक निष्क्रियता बढाउने हुँदा कोरानरी मुटुरोगको समस्या पनि बढ्ने गर्दछ ।

१५) आनीबानीमा परिवर्तन 

मोबाइलफोन लगायत अन्य उपकरणहरूको अधिक प्रयोगले मानिसलाई साथीभाइ परिवार एवम् समाजबाट टाढा लैजान्छ । फलतःप्रयोगकर्ताको आनीबानी असामाजिक हुने, स्वार्थी, एकलकाटे एवम् आपराधिक संस्कृतिले प्रश्रय पाउने जस्ता समस्याहरु देखा पर्न सक्छन् ।

१६) दुर्घटना 

रोड ट्राफिक दुर्घटनाका धेरै कारणहरु मध्ये महत्वपूर्ण कारण विचलित ड्राइभिङ्ग पनि हो र विचलित ड्राइभिङको पहिलो कारक तत्व मोबाइलफोन हो । सवारी चलाउँदा हातले पक्रेर फोन सुन्दा म्यासेज पठाउँदा, अडियो भिडियो सुन्दा-हेर्दा वा गेम खेल्दा चालकको ध्यान विचलित हुँने हुदा यसले दुर्घटना निम्त्याउँछ । विभिन्न अधययनले देखाए अनुरुप चालकले वाहन चलाउँदाका बखत मोबाइल चलाउँदा दुर्घटना हुने संभावना ३÷४ गुणाले बढेर जान्छ ।

१७) संक्रमणको सम्भावना 

मोबाइलफोन एवम् अन्य विद्युतिय उपकरणहरूको लगातार प्रयोग गर्दा त्यहाँप सिना, सिङ्गान, थुक, चिप्रा, खानाको पार्टिकल जस्ता जैविक मल जम्ने र त्यहाँ ब्याक्टेरियाहरु फैलिन सक्ने हुँदा लू, रुघाखोकी र संक्रमण जस्ता समस्या आइरहने हुन्छ ।

१८) शरीरमा राखिएका उपकरणलाई दखल पु¥याउने 

मोबाइलफोन जस्ता विद्युतिय तरंग पैदा गर्ने उपकरणहरुले मुटुको पेश मेकर, श्रवणयन्त्र जस्ता यन्त्र उपकरणहरुको कार्य क्षमतामा दखल पुर्याउदछ।

१९) छद्म पकेट कम्पन सिन्ड्रोम 

मोबाइलफोन पकेटमा कम्पन मोडमा राख्नेहरु मोबाइलमाफोन नआउँदा पनि पकेटमा मोबाइल भाइब्रेट भएको महसुस गर्दछन् । यसलाई चिकित्सकहरु छद्म पकेट कम्पन सिन्ड्रोम भन्दछन् ।

२०) साइबर बुलिङ्ग 

मोबाइलवा कम्प्युटरमा नेट चलाउनेहरु अक्सर साइबर बुलिङ्गवा साइबर उत्पीडनको शिकार हुने गर्दछन् । साइबर उत्पीडनमा विशेषगरी सामाजिक अफवाह फैलाउने, धम्की दिने, यौनजन्य सामग्रीहरु प्ठाउने, व्यक्तिगत सुचनाहरु खुलासा गरिदिने र उत्तेजक भाषणहरु साझेदार गर्ने जस्ता क्रियाकलाप पर्दछन् ।

२१) व्यक्ति, परिवार र समाजसँग दूरी बढ्ने 

यी विद्युतिय उपकरणको अति प्रयोगले व्यक्तिलाई अर्काे व्यक्तिसँग दुरी बढाएको, परिवार र समाजसँग पनि दुरी बढाएको छ । फलतः मान्छे आज सामाजिक भन्दाअ सामाजिक बन्दै गइरहेको छ ।

२२) उपकरणको नशा 

अध्ययनहरुले दर्शाए अनुरुप आज समाजमा विद्युतिय उपकरणको निर्भरता पनि बढ्दै गइरहेको र उपकरणहरूको अभावमा मान्छे छटपटिने र नभई नहुने जस्ता समस्याले ग्रस्त बन्दै गइरहेको छ ।

२३) गर्भको शिशुलाई समेत असर

गर्भवती महिलाले इलेक्ट्रोम्याग्निटोक रेडियसन उत्सर्जन गर्ने उपकरणहरू प्रयोग गर्ने गरे यसले गर्भको शिशुलाई समेत असर पु¥याउन सक्दछ । फलतः शिशुको विकास पनि प्रभावित हुन सक्दछ ।

२४) मानसिक तनाव 

यी उपकरणहरूको प्रयोगले दिमागी लोड बढ्ने हुँदा प्रयोगकर्ता चाँडै तनावग्रस्त हुन सक्दछ ।

लेखक भरतपुर–१ वागीश्वरी स्थीत योगी नरहरिनाथ योग तथाप्राकृतिक चिकित्सालयका मेडिकल डाईरेक्टर हुन ।

Tags: Corona Virus #Covid19Dr.Hem Raj koiralaMobile
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई एकाउन्न थान पिपिई हस्तान्तरण

Next Post

हृदयघातको जोखिमबाट कसरी बच्ने ? #HeartAttack

Related articles

Global health politics.
Articles

Global Health Politics.

2 months ago
775
मुख तथा अनुहार स्वास्थ्यको वर्तमान अवस्था र चुनौती
Articles

मुख तथा अनुहार स्वास्थ्यको वर्तमान अवस्था र चुनौती

2 months ago
775
औषधि क्षेत्रको यो पेशालाई मर्यादित र उत्कृष्ट बनाउन लाग्नेछु #medicine
Articles

औषधि क्षेत्रको यो पेशालाई मर्यादित र उत्कृष्ट बनाउन लाग्नेछु #Medicine

2 months ago
775
Sharad chandra ojha nepal medicine issues औषधिमा आत्मनिर्भर नबनाउने सरकार?
Articles

औषधीमा आत्मनिर्भर नबनाउने सरकार ? #Medicine

4 months ago
775
गिजासम्बन्धि रोगः परिचय तथा उपचार #gumstreatment
Articles

गिजासम्बन्धि रोगः परिचय तथा उपचार #GumsTreatment

5 months ago
775
जनस्वस्थ र सामाजिक सन्जाल #healthcommunication
Articles

जनस्वस्थ र सामाजिक सन्जाल #HealthCommunication

5 months ago
775
Next Post
Heart attack symptoms and good habits

हृदयघातको जोखिमबाट कसरी बच्ने ? #HeartAttack

Comments 4

  1. Pingback: आँखाको उपचार सेवा भरतपुर अस्पतालमा‌ पनि शुरु हुँदै #EyeTreatment • Health News Nepal
  2. Pingback: चिकित्सा शिक्षा आयोगले तोक्यो पिजी अध्ययनको शूल्क #TuitionFees • Health News Nepal
  3. Pingback: सुदुरपश्चिम प्रदेशमा कोरोना नियन्त्रणका लागि तयारी अवस्थामा रहन मुख्यमन्त्री भट्टको निर्देश
  4. Pingback: महानगरपालिका द्वारा क्षेत्रपाटी निःशुल्क चिकित्सालयलाई भेन्टिलेटर सहयोग • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Dhading health office immunization awareness message
Baglung Health Office TB Awareness
Chitwan health office immunization awareness message
Blood Glucose Monitoring device at Sudeep International
Blood glucose monitoring device at sudeep international
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Connect With Us

Popular News

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...