नेपालमा डिजिटल स्वास्थ्यमा कार्यरत हेल्थ याद आयो र बंगलादेश स्थित सोही क्षेत्रमा कार्यरत क्लिीनिकल लिमिटेड वीच अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवा विस्तारका लागि सहकार्य भएको छ। उक्त सहकार्यसँगै दुवै संस्थाले सो सेवा नेपाली नयाँ बर्ष २०८३ को अवसर पारि जेठ १ गते बाट प्रारम्भ भएको छ।
यस सहकार्य अन्तर्गत बंगलादेशका सेवाग्राहीहरुले अव नेपालका विशेषज्ञ चिकित्सकहरुसँग अनलाइन माध्यमबाट परामर्श लिन सक्नेछन्। साथै जटिल स्वास्थ्य समस्याका लागि काठमाडौँका अन्तर्राष्ट्रिय अस्पतालहरुबाट मेडिकल सेकेन्ड राय सुझाव प्राप्त गर्ने सुविधा समेत उपलव्ध गराइएको छ।
हेल्थ याद आयोले आफ्नो टेलिमेडिसिन एपीआई, उपलव्ध नेपाली विशेषज्ञ चिकित्सकहरुको विवरण तथा अस्पतालहरुसँगको समन्वय प्रणाली क्लिीनिकल बंगलादेशसँग एकीकृत गरेको छ। यसले विरामीहरुलाई सुरक्षित, सहज र प्रभावकारी रुपमा घरमै बसेर स्वास्थ्य सेवा प्राप्त गर्ने अवसर प्रदान गर्ने विश्वास लिइएको छ।
यो सहकार्य दक्षिण एसियामा डिजिटल स्वास्थ्य सेवाको विस्तार तर्फ महत्वपूर्ण कदम भएको हेल्थ याद आयोका परिकल्पनाकार तथा प्रमुख कार्यकारी अधिकृत विमल बरालको भनाइ छ । हामी प्रविधिमार्फत स्वास्थ्य सेवामा पहुँच सहज बनाउने लक्ष्यका साथ अघि बढिरहेका छौँ। क्लिीनिकलसँगको साझेदारीले विरामीहरुलाई गुणस्तरीय अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा प्रदान गर्न थप मदत गर्ने विश्वास रहेको भनाई बरालको छ।
त्यसै गरि क्लिीनिकल लिमिटेडका सह संस्थापक तथा प्रमुख सन्चालन अधिकृत परवेज अहमदले नेपालको हेल्थ याद आयोसँग सहकार्य गर्न पाउँदा उत्साहित भएको र यस साझेदारीले बंगलादेशका विरामीहरुलाई नेपाली विशेषज्ञ चिकित्सहरुसम्म सहज पुर्याउने विश्वास व्यक्त गरे। डिजिटल स्वास्थ्य सेवा मार्फत गुणस्तरिय उपचार पहुँच योग्य बनाउने हाम्रो उदेश्यलाई यसले थप बल पुर्याएको छ अहमदले भने।
दुवै संस्थाले यस सहकार्यलाई भविष्यमा नेपाल तथा बंगलादेशमा मेडिकल टुरिजम प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा सहकार्य विस्तार गर्ने आधारका रूपमा लिएका छन्। साथै प्रविधिमा आधारित स्वास्थ्य सेवाको विकास गर्दै क्षेत्रीय स्तरमा गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच बढाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
यस सहकार्यलाई दक्षिण एसियामा डिजिटल स्वास्थ्य सेवाको क्षेत्रमा एक महत्वपूर्ण उपलब्धिको रूपमा हेरिएको छ।
स्मरिणय रहोस् नेपालको एक मात्र डिजिटल मेडिकल भ्यालु ट्राभल प्रदायक संस्था हेल्थ याद आयोले विगत २ बर्ष देखि नेपालमा विशेषज्ञ चिकित्ससँग घरबाटै परामर्श, ल्याव परिक्षण औषधी सेवा तथा विदेशमा उपचार को सरल सहजिकरण गर्दे आएको छ।






