सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाले स्वास्थ्य र पूर्वाधारको चरणमा नयाँ उचाई हासिल गरिरहेको छ।
सुदूरपश्चिम प्रदेशको एक मात्र शहीद दशरथ मेडिकल विश्वविद्यालय पनि यसै जिल्लामा रहेको छ भने सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढी उपमहानगर पालिकामा सेती प्रादेशिक अस्पतालका साथै करीब एक दर्जन भन्दा बढी निजी अस्पतालहरू संचालकमा रहेका छन।
सेवाग्राहीहरूलाई समयमै सस्तो, सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचलाई प्रवर्द्धन गर्ने उद्देश्यले विशेषत: ट्रमा (चोटपटक) लाई मध्यनजर राखी केही स्वास्थ्य सेवा उद्दमीहरूको एक समूहले धनगढी उपमहानगरपालिका वडा नं ३, चटकपुर गुरुद्वार दक्षिणतर्फ सुदूरपश्चिमकै पहिलो ट्रमा सेवा सहितको अस्पताल “धनगढी सिटी हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा. लि.” गत असोज २ गतेदेखि संचालनमा आएको हो।
यस अस्पतालमा ट्रमा सम्बन्धि विशेषज्ञ सेवाका साथै अन्य जनरल विशेषज्ञ सेवाहरू हाड जोर्नी तथा स्पाईन सर्जरी सेवा, जनरल शल्य चिकित्सा सेवा, स्त्रीरोग तथा प्रसुती सेवा, जनरल फिजिसियन सेवा, मुटुरोग सम्बन्धि सेवा, रेडियोलजी सेवा, ENT सेवा, बालरोग सेवा, आधुनिक प्रयोगशाला सेवा, लेजर बिधी सहितको सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट फिजीयोथेरापी सेवा सञ्चालनमा रहेका छन ।
विशेषज्ञ डाक्टरहरू अर्थोपेडिक सर्जन डा. सुशील भण्डारी र डा. बिधान भण्डारी, अर्थोपेडिक एण्ड स्पाइन सर्जन डा. ललित चौधरी, जनरल ल्याप्रोस्कोपी सर्जन डा. बिष्णु बहादुर बुढा, एनेस्थेओलोजिष्ट डा. पूर्ण राधे श्रेष्ठ, स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. रेनुका चौधरी, नेफ्रोलोजिष्ट डा.उत्तम भट्ट, जनरल फिजिसियन डा. सरोज दहाल , नाक कान तथा घाँटी रोग विशेषज्ञ डा. ज्ञान राज अर्याल रहेका छ्न।








