आज बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल औषधि लिमिटेडलाई २५ प्रकारका औषधि उत्पादन गर्न सक्षम बनाइने बताएका छन्।
शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/०८४ को बजेटमा डा. वाग्लेले स्वदेशमै औषधि उत्पादन बढाएर स्वास्थ्य क्षेत्रलाई आत्मनिर्भर बनाउने लक्ष्य लिइएको जानकारी दिनुभयो।
डा. वाग्लेले नेपाल औषधि लिमिटेडको क्षमता विस्तार गरी अत्यावश्यक औषधिको उत्पादन वृद्धि गरिने उल्लेख गरे। सरकारको यो योजनाले औषधि आयातमा निर्भरता घटाउन तथा सर्वसाधारणलाई सुलभ रूपमा औषधि उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
शुक्रबार सरकारले स्वास्थ्य क्षेत्रमा पूर्वाधार विकास, औषधि उत्पादन तथा सेवा विस्तारलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको हो।






