Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन २४
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

सानैदेखि सही बानी: बालबालिकाको दाँतलाई कसरी रोगमुक्त राख्ने?

Nam Raj Bhatta by Nam Raj Bhatta
March 12, 2026
in Articles
Reading Time: 1 min read
A A
0
सानैदेखि सही बानी: बालबालिकाको दाँतलाई कसरी रोगमुक्त राख्ने?
613
SHARES
3.4k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️ डा. तारा शाह, बिडिएस

हामी प्रायः भन्ने गर्छौं, “सानो बाँसको टुक्रा, त्यसैको सोझो पारो।” बाल्यकालमा पर्ने बानीले जीवनभरको स्वास्थ्यको जग बसाल्छ। यो कुरा दन्त स्वास्थ्यको सन्दर्भमा झन् बढी सत्य हो। बालबालिकाको दाँतलाई स्वस्थ राख्नु भनेको केवल गोरो मुस्कानको लागि मात्र होइन, उनीहरूले राम्रोसँग खाना चपाउन, सफा बोल्न र स्थायी दाँतहरू सही ठाउँमा आउनको लागि समेत अति आवश्यक छ।

दुर्भाग्यवश, हाम्रो समाजमा दूधे दाँत भनेको अस्थायी र कम महत्त्वपूर्ण हुन्छ भन्ने भ्रम छ। “दूधे दाँत आफै खिइन्छ, किन बिगार्नु?” भन्ने सोचले गर्दा धेरै अभिभावक बालबालिकाको दन्त समस्या हुँदा पनि उदासिन रहन्छन्। यो एकदमै गलत धारणा हो। दूधे दाँत पनि त्यत्तिकै महत्त्वपूर्ण हुन्। यदि दूधे दाँतमा कीरा लाग्यो भने त्यसले पीडा मात्र दिँदैन, दाँत निकाल्नु परेमा मुखमा ठाउँ नरहँदा भविष्यमा आउने स्थायी दाँत बाङ्गो–टेढो हुने जोखिम हुन्छ।

त्यसो भए बालबालिकामा हुने दन्त रोग, विशेष गरी दाँत किरा (क्षय रोग) बाट कसरी बचाउने? यसका लागि केही व्यावहारिक र वैज्ञानिक उपायहरू यस प्रकार छन्:

१. गर्भावस्थादेखि नै सुरु हुन्छ दन्त स्वास्थ्य:

बच्चाको दाँत गर्भावस्थाको तेस्रो देखि छैठौं महिनामै बन्न सुरु हुन्छ। त्यसैले गर्भवती आमाले आफ्नो खानपानमा ध्यान दिनु जरुरी छ। क्याल्सियम, भिटामिन डी, फस्फोरस युक्त खानेकुरा (जस्तै: दूध, दही, हरियो सागपात) सेवन गर्नाले बच्चाको दाँत बलियो हुन्छ। साथै, गर्भवती महिलाको मुखको स्वास्थ्य पनि सफा रहनु आवश्यक छ, किनकि आमाको मुखको ब्याक्टेरिया स्याहारसुसार गर्दा बच्चामा सर्न सक्छ।

Teeth care as a part of dental health
Teeth care as a part of dental health

२. पहिलो दाँत देखिनेबित्तिकै सरसफाइ सुरु गर्नुहोस्:

बच्चाको पहिलो दाँत देखिनासाथ (सामान्यतया ६ महिनामा) दाँत माझ्न सुरु गर्नुपर्छ। सुरुमा नरम ब्रस र पानीले मात्र दाँत सेलाउन सिकाउनुहोस्। २ वर्ष पूरा नभएसम्म टुथपेस्ट प्रयोग नगर्नु उचित हुन्छ। २ वर्षदेखि भने चामलको दाना बराबरको मात्रामा फ्लोराइड युक्त टुथपेस्ट प्रयोग गर्न सकिन्छ। ३–६ वर्षका बालबालिकाको लागि भने मटरको दाना बराबर मात्रा पर्याप्त हुन्छ। दाँत माझ्दा बच्चाले पेस्ट निल्दैन, थुक्छ भनेर सुनिश्चित गर्नुहोस्।

३. सही समयमा दन्तचिकित्सककोमा जाने बानी बसाल्नुहोस्:

अन्तर्राष्ट्रिय दन्त चिकित्सा संघको सिफारिस अनुसार, बच्चाको पहिलो जन्मदिन वा पहिलो दाँत देखिएको ६ महिनाभित्रमा दन्तचिकित्सककहाँ लैजानुपर्छ। यसो गर्दा बच्चा सानैदेखि डेंटल क्लिनिकको वातावरणमा अभ्यस्त हुन्छ र कुनै समस्या आउनुअघि नै रोकथाम गर्न सकिन्छ। दन्तचिकित्सकले बच्चाको दाँतमा फ्लोराइड लेपन (फ्लोराइड भार्निस) र फिसर सिलेन्ट जस्ता उपाय गरेर दाँत किरा लाग्नबाट ८०% सम्म जोगाउन सक्छ।

४. टिफिन र खानपानमा विशेष ध्यान:

आजकाल बालबालिकालाई दिइने टिफिनमा चाउमिन, पिज्जा, बर्गर, चिप्स, चकलेट र कोल्ड्रिंक्सको बोलबाला छ। यी खानेकुरा चिनी (सुगर) मा धेरै धनी हुन्छन्। मुखमा रहेको ब्याक्टेरियाले यो चिनी खाएर एसिड उत्पादन गर्छ, जसले दाँतलाई खियाउँछ। यसलाई नियन्त्रण गर्न:
बच्चालाई गुलियो पदार्थ कम दिने, र दिनै परे पनि खाना खाएपछि मात्र दिने।
टिफिनमा फलफूल, सागपात, भुटेको मकै, चना, दही जस्ता स्वस्थकर खानेकुरा दिने।
चिनीयुक्त पेय पदार्थ (फलफूलको जुस पनि) बोतल वा सिप्पी कपमा दिएर लामो समयसम्म मुखमा राख्न नदिने। सुत्ने बेलामा दूध वा जुसको बोतल मुखमा दिएर कहिल्यै नसुताउने। यसो गर्दा ‘बेबी बोतल टुथ डिके’ हुने जोखिम हुन्छ।

५. ‘सिकाई’ र ‘नक्कल’ मार्फत बानी बसाल्ने:

बालबालिका ठूलोको नक्कल गर्न रुचाउँछन्। उनीहरूलाई दाँत माझ्ने बानी बसाल्न आफू पनि उनीहरूसँगै बसेर दाँत माझ्नुहोस्। यसलाई खेलको रूपमा विकास गर्नुहोस्। गीत गाउँदै, कथा सुनाउँदै दुई मिनेट दाँत माझ्न लगाउनुहोस्।

निष्कर्ष:

बालबालिकाको दाँत जोगाउने जिम्मा पूर्ण रूपमा अभिभावकको हो। उनीहरू सानो छँदा अभिभावकले नै उनीहरूको दाँत माझिदिने र खानपानमा नियन्त्रण राख्ने गर्नुपर्छ। करिब ७–८ वर्षको उमेरसम्म बच्चा आफैंले पूर्ण रूपमा राम्रोसँग दाँत माझ्न सक्दैन, त्यसैले अभिभावकले पुन: जाँच गरिदिनु आवश्यक छ।

याद राखौं, “रोकथाम नै उपचार भन्दा राम्रो र सस्तो हुन्छ।” स्वस्थ दाँतले बच्चालाई आत्मविश्वासी बनाउँछ र पढाइमा समेत ध्यान केन्द्रित गर्न मद्दत गर्छ। आजैदेखि सही बानीको सुरुवात गरौं, हाम्रा बालबालिकालाई उज्ज्वल र स्वस्थ भविष्य दिने प्रतिबद्धता जनाऔं।

Tags: Dr. Tara shahTeeth braces
SummarizeShare245ScanTweet153

Related articles

उपचारभन्दा रोकथामको बाटो, स्थानीय सरकारको पहिलो प्राथमिकता

उपचारभन्दा रोकथामको बाटो, स्थानीय सरकारको पहिलो प्राथमिकता

by Nam Raj Bhatta
September 24, 2026
0

✍️ भानु पौडेल जनस्वास्थ्य विद् नेपालको जनस्वास्थ्य इतिहासमा मातृ-शिशु स्वास्थ्य, खोप कार्यक्रम र संक्रामक रोग नियन्त्रणमा हासिल भएका उपलब्धिहरू अनुकरणीय छन्। तर, पछिल्ला केही दशकमा हाम्रो स्वास्थ्य चुनौतीको...

Mental hospital and social health protection Arjun Prasad Bhetuwal

Improving Services at Lagankhel Mental Hospital

by Nam Raj Bhatta
September 18, 2026
0

✍️ Arjun Prasad Bhetuwal  Senior Medical Records Officer, Mental Hospital, Lagankhel. Mental health remains one of the most vital yet historically underserved pillars of public health infrastructure across...

नालीको छेउमा जन्मिएको बच्चा: संविधानको कागज र राज्यको वास्तविकता बीचको दूरी

नालीको छेउमा जन्मिएको बच्चा: संविधानको कागज र राज्यको वास्तविकता बीचको दूरी

by Nam Raj Bhatta
September 12, 2026
0

✍️ प्रकाश देउवा , जनस्वास्थ्यकर्मी एक गर्भवती महिलाले अस्पतालको छेउमै, नालीको किनारमा बच्चा जन्माउन बाध्य भएको देखाउने यो तस्वीरले नेपालको स्वास्थ्य प्रणालीमाथि गम्भीर प्रश्न उठाउँछ। यो तस्वीर केवल...

फिजियोथेरापी: “सेकाइ र मेसिन” भन्दा पर—मुटु, मस्तिष्कदेखि पुनः सक्रिय जीवनसम्म

फिजियोथेरापी: “सेकाइ र मेसिन” भन्दा पर—मुटु, मस्तिष्कदेखि पुनः सक्रिय जीवनसम्म

by Nam Raj Bhatta
September 8, 2026
0

✍️ सदीक्षा मुलेपति विश्व फिजियोथेरापी दिवस – सेप्टेम्बर ८, २०२६ को सन्दर्भमा नेपाल अहिले बाढीजन्य विपद्को गम्भीर मानवीय असर सामना गरिरहेको छ। जनधनको क्षति, मृत्यु, बेपत्ता र विस्थापनबीच...

Please login to join discussion
AHF Nepal Bada Dashain
Norvic Pharmacy medicines delivered at home
Norvic Pharmacy medicines delivered at home
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    884 shares
    Share 354 Tweet 221
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    710 shares
    Share 284 Tweet 178
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    703 shares
    Share 302 Tweet 167
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    703 shares
    Share 312 Tweet 163
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    650 shares
    Share 260 Tweet 163

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • पाटन अस्पतालमा पहिलोपटक कोर्निया प्रत्यारोपण
  • राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
  • डा. प्रदीप मिश्रले पेसागत विषय विज्ञ समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता
  • नेपाल चिकित्सक संघका ३ पूर्वअध्यक्ष कांग्रेस केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा
  • मौलाकालिका अस्पतालको प्रबन्ध निर्देशकमा पुन: डा. रमेश घिमिरे नियुक्त

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.