Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन ५
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

मानव जीवनमा दीर्घ आयुको रहस्यहरू

Nam Raj Bhatta by Nam Raj Bhatta
October 23, 2024
in Articles
Reading Time: 1 min read
A A
0
मानव जीवनमा दीर्घ आयुको रहस्यहरू
587
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️ डा. समीम अख्तर 

रहस्यले गरिएको मानव जीवन जन्मदेखि मृत्युसम्म अनेक आयामहरुबाट प्रभावित हुन्छ। जीवनको निरन्तरताका लागी मस्तिष्क, मुटु कलेजो मृगौला, आन्द्रा फोक्सो हाला र सबै अङ्गहरुले नथाकी आफ्नो कार्य गरिराख्न पर्छ।

मानिसहरु आफ्नो जीवन कति लामो बाच्छन यसको तथ्याङ्क विभिन्न देशमा थोरै फरक फरक छ। के-कस्ता विशेषता, खानपान र कार्यले हाम्रो जीवनलाई दीर्घ बनाउँछ, यो अन्वेशण र उत्सुकताको विषय हो। मानवहरूको प्राथ वृद्धा अवस्था पछि ज्यानवरण भएको सुनिन्छ र देखिन्छ । यसको प्रमुख कारण शरीरको अङ्ग‌मा रोग लाग्नु, अङ्ग‌मा खराबी आउनु, तथा अङ्गले काम नगर्नु हो।

मानव जनसंख्याको ठुलो समुह, कुपोषण, दुर्घटना, किटाणुको सक्‌मणले गर्दा ज्यानवरण हुने गर्छन् । त्यस बाहेकका ठुलो समुह, शरीरभित्रको अङ्ग‌मा खराबी आसर ज्यानको मुखमा पुग्छन् । यसमा सभामा घुम्रपान र मदिरा सेवनको ठुलो भिड छ। यी सबैबाट बच्दै, सबै स्वास्थ्यका नियम पालना गर्दै, समय समयमा चिकित्सकलाई चेक अप गराउँदै आएका र आफ्नो खाना नाप तौल गरेर खाने व्यक्तिहरु, अन्त्यमा आएर अप्रत्यासित अकल्पनीय तरिकाले क्यान्सर रोग पुष्टि भएका छन् । कहिले ज्वरो नआएका र कहिल्यै सिटामोल नखाने व्यक्तिहरुलाई क्यान्सर देखा पर्ने गरेको छ।

पहिलेको जमानामा क्यान्सर रोग र मुटुको रोग वृद्धावस्थामा ६०-७० वर्षको मान्छेलाई हुने गर्दथ्यो। अहिलेको जमानामा क्यान्सर २५-३० बर्षमै धेरैजसो लाग्ने गरेको छ। यसको कारण जान्न जरूरी देखिन्छ।

अन्य जीवजन्तु र प्रजातिहरुमा आयु फरक फरक हुने गरेको पाईन्छ । खरायो १० वर्ष बाच्छ, बाघ२५ वर्ष बाच्छ गैंडा ४० बाच्छ, मुसा ४ वर्ष बाच्छ र हरिण २५ वर्ष बाच्छ, ।

मानव जाति र आफ्‌नो बच्चालाई दुध ख्वाउने हरुमा आयु विशेष गरी तीनवटा आयामले निर्धारण यो कुरा (तथ्य) वैज्ञानिक अनुसन्धानबाट पुष्टि भएको ?

– मस्तिष्कको तौल
– शरीरको तौल
– शरीरको उर्जा उत्सर्जन र उर्जा खपत

मस्तिष्कके तौल राम्रो भए‌मा यसको सकारात्मक प्रभाव जीवनको गुणस्तर र लामो आयुसङ्ग जोडिएको छ। शरीरको उली उत्सर्जन र उर्जा खपत जति धेरै हुन्छ त्यति नै आयु र जीवन गुणस्तर कम हुन्छ । मस्तिष्कको तौल र शरीरको तौलको अनुपात वृति शागे हुन्छ, आयु त्यति नै राम्रो अनुमा बढ्छ । केवल शरीरखो तौल बढाउनेने अथ लम्बिदैन । शरीरको तौल र शरीरको उर्जा उत्सर्जन र उर्जा खपत दुवै अत्याधिक भएमा यसले आयुमा नकारात्मक असर पार्दछ र औसात आयु कम हुने गर्छ।

यी माथिका सबै आयाम मानव तथा जीव जन्तुका वंशानुगत इकाई (डि.एन.ए) के सरंचनामा निर्भर छ। मानव जातिमा पुरुषहरुको औसात आयु महिलाहरूको औसत आयु भन्दा कम भएको अनुसंधानहरुमा देखा परेको छ। मानव जातिमा फरक फरक गुण अएका, फरक फरक समुदाय बीच विवाह भएर जन्मिएको बच्चाहरुको जैविक गुणस्तर राम्रो भएको र आयु दिर्घ हुने पाइएको छ।

यसको विपरीत, एउटै समुदायमा विहेवारी गर्ने, नजिक का नाता गोतामा विवाह गर्नेबाट जन्मिएका बच्चाहरु वंशाणुगत पंक्तिमा निर्बल, विभिन्न वंशाणुगत रोगबाट ग्रसित र कम वर्ष बाच्ने पाइएको छ। यी वंशाणुगत इकाईमा हुने गरेका असामान्य फेर बदलले मुटुको रोग, चिनीको रोग (डाइबेटीज) र क्यान्सर र अपाङ्गता निम्त्याउने गरेको छ।

हाम्रो मानव जीवन‌मा आयको निर्धारण गर्ने धेरै कारण हरु छन् । जस्तै :-

१. हाम्रो शरीरको मांसपेशी र कोशिकाहरु सुक्ष्मरूप‌मा क्षति भई राखेका हुन्छन् । यो सङ्गसङ्गै नया मांसपेशी र कोशिकाहरुले प्रतिस्थापन गर्दै जान्छन । वृद्धावस्थामा क्षति धेरै हुन्छ,र प्रतिस्थापन कम हुन्छ । यसले जीवनलाई नकारात्मक असर गर्छ।

२. वशाणुगत इकाईमा सरंचनात्मक दोष उत्पन्न र इकाईको लम्बाई छोटो हुन्।

३. रोग प्रतिरोधक क्षमता बुढो हुनु र निस्क्रिय हुनु ।

४. शरीरमा होर्मोनको संतुलन बिग्रिनु।

५. वातावरण‌मा भएका विषालु तत्त्व, विकीरण, उत्याधिक तापमानको कारण शरीर भित्र क्षति हुनु।

६. महत्त्वपुर्ण अङ्गहरू‌मा भौतिक क्षति जुन नया कोशिका र मासपेशीद्वारा प्रतिस्थापन हुन सक्दैनन् ।

७. आहारा खानेकुरा, पौष्टिक तत्त्व ।

८. व्यायाम र शरीरमा लागेका रोगहरु

हामीले जीवनलाई सुरक्षित, सबल र दीर्घ आयु‌कोलागि अपनाउनु पर्ने सामान्य कार्यहरू के हुन् :

१. खानामा तरकारी फलफुल मेवा सम्मिलित गर्नुहोस। फैक्ट्रीमा प्रशोधित खाना नखानुस् अथवा कम खानुहोस् ।

२. व्यायायम हल्का गरीराख्नुस । जस्तै: पैदल यात्रा, एक्सरसाईज, पौडी र ब्याडमिन्टन।

३. सम‌यमा सुत्ने र ब्युझिने गर्नुहोस् । निद्रा पर्याप्त मात्रामा पुग्यो भने मात्र शरीरको सबै प्रणालीले काम गर्ने छ।

४. चुरोट नपीउनुहोस, रक्सी नपीउनुहोस।

५. लागि सकेको रोगको उपचार गनुहोर्स । उपचार सम्भव छैन भने रोगको नियन्त्रण गनुहोर्स।

६. आफ्ना सम्बन्धहरुलाई सुधार गर्नुहोस । एक्लोपन र मानसिक तनाव नलिनुहोस्।

७. पानी दैनिक प्रशस्त मात्रामा पीउनु होस् ।

८. सकारात्मक सोच राख्नुहोस।

९. सरसफाई गरीबस्नुहोस, हात धुनुहोस, नुहाँउनुहोस, दाँत

ब्रश गर्नुहोस।

१०. किटाणुको सक्रमणबाट बच्नुहोस् ।

११. दुर्घटनाबाट बच्नुहोस् ।

[लेखक : क्यान्सर रोग विशेषज्ञ डा. अख्तर हाल नोबेल मेडिकल कलेज बिराटनगरमा कार्यरत हुनुहुन्छ ।]

Tags: Cancerdr. Samim akhtarLONGEVITY OF HUMAN LIFE: SECRETSNobel Hospital Biratnagar
SummarizeShare235ScanTweet147

Related articles

Mental hospital and social health protection Arjun Prasad Bhetuwal

Improving Services at Lagankhel Mental Hospital

by Nam Raj Bhatta
September 18, 2026
0

✍️ Arjun Prasad Bhetuwal  Senior Medical Records Officer, Mental Hospital, Lagankhel. Mental health remains one of the most vital yet historically underserved pillars of public health infrastructure across...

नालीको छेउमा जन्मिएको बच्चा: संविधानको कागज र राज्यको वास्तविकता बीचको दूरी

नालीको छेउमा जन्मिएको बच्चा: संविधानको कागज र राज्यको वास्तविकता बीचको दूरी

by Nam Raj Bhatta
September 12, 2026
0

✍️ प्रकाश देउवा , जनस्वास्थ्यकर्मी एक गर्भवती महिलाले अस्पतालको छेउमै, नालीको किनारमा बच्चा जन्माउन बाध्य भएको देखाउने यो तस्वीरले नेपालको स्वास्थ्य प्रणालीमाथि गम्भीर प्रश्न उठाउँछ। यो तस्वीर केवल...

फिजियोथेरापी: “सेकाइ र मेसिन” भन्दा पर—मुटु, मस्तिष्कदेखि पुनः सक्रिय जीवनसम्म

फिजियोथेरापी: “सेकाइ र मेसिन” भन्दा पर—मुटु, मस्तिष्कदेखि पुनः सक्रिय जीवनसम्म

by Nam Raj Bhatta
September 8, 2026
0

✍️ सदीक्षा मुलेपति विश्व फिजियोथेरापी दिवस – सेप्टेम्बर ८, २०२६ को सन्दर्भमा नेपाल अहिले बाढीजन्य विपद्को गम्भीर मानवीय असर सामना गरिरहेको छ। जनधनको क्षति, मृत्यु, बेपत्ता र विस्थापनबीच...

स्थानीय बसको प्रतिस्पर्धा : काठमाडौंमा सवारी दुर्घटना बढ्नुको मुख्य कारण

बाढीपछि महामारीको निश्चितता – अब ढिला गर्ने समय छैन !

by Nam Raj Bhatta
August 29, 2026
0

नेपालको पहाडी तथा तराई क्षेत्रमा गएको विनाशकारी बाढी र पहिरोले लाखौंको जीवन प्रभावित बनाएको छ। हजारौं विस्थापित, सयौं बेपत्ता र सयौंको मृत्यु – यो ताजा तथ्यांक मात्र हो।...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    879 shares
    Share 352 Tweet 220
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    706 shares
    Share 282 Tweet 177
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    698 shares
    Share 300 Tweet 166
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    647 shares
    Share 259 Tweet 162
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    699 shares
    Share 311 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • वीर अस्पतालको न्युरोसर्जरी विभागमा नयाँ नेतृत्व, डा. बिनोद राजभण्डारीले सम्हाले विभागीय प्रमुखको जिम्मेवारी
  • पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
  • नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त
  • Improving Services at Lagankhel Mental Hospital
  • शहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै #Dengue

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.