Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन १२
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

कुष्ठरोग के हो र किन हुन्छ बिभेद? #Leprosy

सबैभन्दा बढी कुष्ठरोगको चाप तराईका जिल्लामा धेरै छ।

Nam Raj Bhatta by Nam Raj Bhatta
January 30, 2022
in Articles
Reading Time: 1 min read
A A
0
कुष्ठरोग के हो र किन हुन्छ बिभेद? #Leprosy
617
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

राज कुमार पौडेल

हरेक बर्ष जनवरी अन्तिम आईतबार विश्व कुष्ठरोग दिवस मनाउने गरीन्छ । यो बर्ष पनि ६९औं विश्व कुष्ठरोग दिवस “शून्य कुष्ठरोगको लागि हाम्रो प्रतिवद्धता, आत्मसम्मानको लागि ऐक्यवद्धता।” भन्ने मुल नाराका साथ २०७८/१०/१६ (30th January 2022) का दिन विश्व कुष्ठरोग दिवस मनाएको छ ।

कुष्ठरोग आँखाले देख्न नसकिने माइकोव्याक्टेरियम लेप्रे नामको सुक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने सरुवा रोग हो । यो रोग मानिसबाट मानिसमा सर्ने गर्दछ । उपचार नगरेको कुष्ठरोग विरामीसंग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वास प्रश्वासको माध्यामबाट यो रोग सर्न सक्छ तर शुरूकै अवस्थामा रोगको निदान र उपचार गरेमा यो रोग अरूलाई सर्दैन ।

यो रोग बहुऔषधीको एक मात्रा सेवनबाट नै ९९ प्रतिशत रोगका किटाणुलाई शिथिल बनाई रोग अरूलाई नसर्ने हुन्छ । समयमा नै उपचार गरेमा कुष्ठरोग पूर्ण रूपमा निको हुन्छ र अपांगता हुदैंन । तसर्थ, कुष्ठरोग पनि अरू रोग जस्तै साधारण सरूवा रोग हो भन्ने कुरा बुझ्न जरुरी छ ।

कुष्ठरोग मुक्त नेपालको ‌‌सहित पालिका स्तरबाटै कुष्ठरोगको संक्रमण रोक्ने लक्ष्यमा नेपाल सरकारले लिएको छ । नेपाल सरकार शून्य कुष्ठ रोगको लागि राष्ट्रिय मार्ग चित्र (२०२१-२०३०) पुरा गर्नको लागि अगाडि बढेको छ।

त्यसका लगि गुणस्तरीय स्वास्थ्य सेवाहरूको लागि क्षमता सुदृढीकरणमा जोड दिन जरुरी देखिनुका साथै सही र छिटो निदान, पुर्न उपचार र जटिलता बिरामीको रेफरल ब्यबस्थापन साथै कुष्ठरोग सम्वन्धि औषधी/ सामाग्रीको प्रभावकारी आपूर्ति तथा व्यवस्थापन गर्न जरुरि देखिन्छ । सबै तहमा राजनीतिक प्रतिबद्धता, वकालत तथा कुष्ठरोगको कार्यक्रममा बजेटको अभिबृद्धी अझै आवश्यक छ । नयाँ बिरामी भटिएमा बिरामीको परिवार र समुदायमा सम्पर्क परिक्षण प्रणालीलाई प्रभावकारी बनाउन जरुरी देखिन्छ ।

वर्तमान स्वास्थ्यका सुचकमा कुष्ठरोगको अवस्था हेर्ने हो भने यो वर्ष नयाँ विरामीको संख्या २१ सय ७३ छ । जसमध्ये महिला बिरामीको संख्या ७ सय ९६ र १४ वर्षमुनि उमेर समुहमा पनि यो रोगको संख्या १ सय १ रहेको छ । यसैगरि सबैभन्दा बढी कुष्ठरोगको चाप तराईका जिल्लामा धेरै छ, त्यसमा पनि मदेश र लुम्बिनी प्रदेशमा बढि रहेको देखिन्छ ।

अहिलेका विद्यमान चुनौतीहरु नियाल्दा कुष्ठरोगका विरामी तथा प्रभावितहरु प्रति गरिने सामाजिक भेदभाव, नेपाल समाजमा कुष्ठरोग प्रतिको अन्धबिश्वास नै मुख्य चुनौती हो। यसलाई झन बढवा दिन नेपालको विद्यमान कानुन, सामाजिक अन्धविश्वास बादक बन्दै आएको छ । अहिले पनि कानुनको मुलुकी देवानी संहिता, २०७४ पारिवारीक कानून परिच्छेद-१, विवाह सम्वन्धि व्यवस्था महल ७१, कुष्ठरोग भएका व्यक्तिसंग विवाह गर्न गराउन नहुने भनि प्रावधान‌ राखिएको छ ।

यो कानुन नै सामाजिक भेदभाव बढाउने मुख्य जड हो । समुदायमा कुष्ठरोग र कुष्ठ प्रभाबित प्रति गरिने भेदभाव गर्नको लागि रोग बारेमा सत्य तथ्य जानकारी दिनु नितान्त जरुरी छ, साथै कुष्ठरोग प्रतिको भ्रम र डरलाई हटाउन परिवार र समुदायमा रोगको बारेमा सही जानकारी दिने तथा समुदायमा रोगको बारेमा थप प्रचार प्रसार गर्नु आवश्यक छ । त्यसैले, कुष्ठरोग लागेकै आधारमा कुष्ठरोगका विरामी र प्रभावितलाई सामाजिक भेदभाव नगरौं ।

(लेखक: पौडेल दि लेप्रोसी मिसन नेपालमा तालीम प्रमुखको रूपमा कार्यरत हुनुनुन्छ। )

Tags: Aandwan hospital LeLeCorona Virus #Covid19Leprosy mission nepalRaj Kumar paudel
SummarizeShare263ScanTweet148

Related articles

उपचारभन्दा रोकथामको बाटो, स्थानीय सरकारको पहिलो प्राथमिकता

उपचारभन्दा रोकथामको बाटो, स्थानीय सरकारको पहिलो प्राथमिकता

by Nam Raj Bhatta
September 24, 2026
0

✍️ भानु पौडेल जनस्वास्थ्य विद् नेपालको जनस्वास्थ्य इतिहासमा मातृ-शिशु स्वास्थ्य, खोप कार्यक्रम र संक्रामक रोग नियन्त्रणमा हासिल भएका उपलब्धिहरू अनुकरणीय छन्। तर, पछिल्ला केही दशकमा हाम्रो स्वास्थ्य चुनौतीको...

Mental hospital and social health protection Arjun Prasad Bhetuwal

Improving Services at Lagankhel Mental Hospital

by Nam Raj Bhatta
September 18, 2026
0

✍️ Arjun Prasad Bhetuwal  Senior Medical Records Officer, Mental Hospital, Lagankhel. Mental health remains one of the most vital yet historically underserved pillars of public health infrastructure across...

नालीको छेउमा जन्मिएको बच्चा: संविधानको कागज र राज्यको वास्तविकता बीचको दूरी

नालीको छेउमा जन्मिएको बच्चा: संविधानको कागज र राज्यको वास्तविकता बीचको दूरी

by Nam Raj Bhatta
September 12, 2026
0

✍️ प्रकाश देउवा , जनस्वास्थ्यकर्मी एक गर्भवती महिलाले अस्पतालको छेउमै, नालीको किनारमा बच्चा जन्माउन बाध्य भएको देखाउने यो तस्वीरले नेपालको स्वास्थ्य प्रणालीमाथि गम्भीर प्रश्न उठाउँछ। यो तस्वीर केवल...

फिजियोथेरापी: “सेकाइ र मेसिन” भन्दा पर—मुटु, मस्तिष्कदेखि पुनः सक्रिय जीवनसम्म

फिजियोथेरापी: “सेकाइ र मेसिन” भन्दा पर—मुटु, मस्तिष्कदेखि पुनः सक्रिय जीवनसम्म

by Nam Raj Bhatta
September 8, 2026
0

✍️ सदीक्षा मुलेपति विश्व फिजियोथेरापी दिवस – सेप्टेम्बर ८, २०२६ को सन्दर्भमा नेपाल अहिले बाढीजन्य विपद्को गम्भीर मानवीय असर सामना गरिरहेको छ। जनधनको क्षति, मृत्यु, बेपत्ता र विस्थापनबीच...

Please login to join discussion
Norvic Pharmacy medicines delivered at home
Norvic Pharmacy medicines delivered at home
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    881 shares
    Share 352 Tweet 220
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    708 shares
    Share 283 Tweet 177
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    700 shares
    Share 301 Tweet 166
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    649 shares
    Share 260 Tweet 162
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    700 shares
    Share 311 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • कलेजो प्रत्यारोपणका नयाँ उपचार विधिबारे काठमाडौंमा डा. अभिदीप चौधरीको अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि Basic Life Support (BLS) Training कार्यक्रम सम्पन्न
  • ग्राण्डी इन्टरनेशनल हस्पिटलमा स्त्रीरोगसम्बन्धी क्यान्सर सचेतना कार्यक्रम
  • नवदीक्षित चिकित्सकलाई प्रधान सेनापति सिग्देलद्वारा प्रमाणपत्र वितरण
  • बोटुलिनम टक्सिनको प्रयोगबाट दुखाइ तथा न्युरोलोजिकल रोगको उपचारमा नयाँ सम्भावना

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.