Magnus pharma
आज: २०८३ बैशाख ५
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Nam Raj Bhatta by Nam Raj Bhatta
June 26, 2022
in Articles
Reading Time: 1 min read
A A
0
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

638
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️ डा. नितेश अर्याल

आजभोलि वर्षातको समय चलिरहेको छ। सबैभन्दा बढी त काठमाडौं उपत्यकामा मनसुन दिनहुँ भइरहेको छ। खानेपानीको मुहानमा वर्षातको पानी मिसिएकोले धारामा पानी धमिलो आइरहेको छ। धमिलो पानी पिउनाले झाडापखाला तथा हैजा भएका बिरामीहरू बढ्दै गएका छन्। केही दिन अगाडि मात्रै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ४ जना बिरामीमा हैजाको पुष्टि भएको थियो। हामीले यो मनसुनको समयमा सकभर पानी तताएर वा फिल्टर गरेर पिउनु नितान्त आवश्यक छ।

यसै सन्दर्भमा हैजा तथा झाडापखालाबाट बच्न १० वटा उपायहरु अपनाउन सकिन्छ।

१. वर्षाको पानीले एकठाउँको फोहोर अर्को ठाउँमा पुर्याएको हुन्छ । फोहोरमैलामा जुनसुकै सडेगलेका बस्तुहरु मिसिएको हुन्छ। दिनभरि काम गर्न यताउती बाहिर हिडिरहेका हुन्छौं। घरमा आउँदा सावुन पानीले राम्ररी धोएर भित्र पस्नु पर्दछ।

२. धारा, इनार, ट्यांकर, जार, मिनरल वाटर इत्यादि फिल्टर गरेर तथा १० मिनेट जति उमालेर मात्र पिउनुपर्छ । कतै जाँदा घरकै पानी बोतलमा बोकेर जाँदा उपयुक्त हुन्छ।

३. घर भन्दा बाहिरीको खाना तथा खाजा नखानुहोला । खानु परेमा किचेन, भाँडा, पकाउने व्यक्ति आदि सफा भएको ठाउँमा मात्र खानुहोला । सकभर पानीको प्रयोग नहुने खाजा खाने गर्नुहोस्।

४. फलफूल र तरकारी राम्रोसँग पखालेर तथा पूर्ण पाकेको मात्र सेवन गर्नुहोस्।

५. मासु खादा पनि सफा ठाउँ भएको मासु पसलबाट मात्र किनेर तथा राम्रोसंग पकाएर मात्र खानुहोस्।

६. धेरै बालबालिका फोहोर पानीमा पौडी खेलेपछि बिरामी भएका छन् । हाम्रा पौडी खेल्ने ठाउँमा पर्याप्त पानी आउने र जाने व्यवस्था छैन । स्विमिङ पुलको प्रयोग गर्दा राम्रो ठाउँमा मात्र जाने र जहाँ पानीको राम्रो सर्कुलेसन होस तथा संक्रमण बिरामीलाई पानी प्रयोग गर्न नदिनुहोस्।

७. दूधलाई राम्रोसँग उमालेर मात्र सेवन गर्नुहोला ।

८. यदि दिनमा ३ पटक वा सोभन्दा बढीपटक झाडापखाला लाग्यो वा पातलो दिसा भयो भने जीवनजल, सादा पानी, सुप, दालको रस प्रशस्त मात्रामा सेवन गर्नुहोला । हैजादेखि अन्य झाडाबान्तामा शरीरमा पानीको मात्रा कम भयो भने जोखिम बढ्ने सम्भावना हुन्छ। तसर्थ प्रशस्त झोलिलो खाने, नजिकको स्वास्थ्य संस्थामा गएर औषधि खाने गर्नुहोस्।

९. हैजा भिब्रियो कोलेरा नामक ब्याक्टेरियाबाट हुने भएकाले उक्त ब्याक्टेरिया एन्टिबायोटिकले मर्दछ । हैजामा मान्छेको मृत्यु ब्याक्टेरियाको कारणभन्दा जलवियोजनको कारणले हुन्छ ।

१०. पानी तथा जीवनजल पर्याप्त मात्रामा खान नसकेमा, चौलानी पानीजस्तो पातलो पखाला लागेमा, मुख सुकेमा, छाला चिसो भएमा, पिसाब कम भएमा तथा बिरामी गलेमा तुरुन्तै नजिकको अस्पतालमा जानुहोला । यस्ता बिरामीलाई सलाइनबाट उपचार गर्नुपर्ने हुन्छ । पटक पटक साबुन पानीले मिचिमिची हात धुने बानी बसाल्नु होस। जसले गर्दा झाडापखाला तथा हैजाबाट बच्न सकिन्छ।

Tags: Corona Virus #Covid19Dr. Nitesh AryalHealth Symptoms
SummarizeShare286ScanTweet147

Related articles

“मेडिकल रिप्रिजेन्टेटिभ स्वास्थ्य क्षेत्रको एक पर्यायवाची” #Medical

“मेडिकल रिप्रिजेन्टेटिभ स्वास्थ्य क्षेत्रको एक पर्यायवाची” #Medical

by Nam Raj Bhatta
April 9, 2026
0

✍️ अन्जित थिङ तामाङ चिकित्सक र स्वास्थ्यकर्मीहरुले बिरामीको रोगको निदानसँगै उपचार गर्नु हुन्छ भने फार्मसिष्टहरुले रोगको निदानमा प्रयोग हुने औषधिहरूको बारेमा बिस्तृत जानकारी जस्तै Dose (खुराक), औषधिले कसरी...

बर्ड फ्लू कागको मृत्युले चिन्ता बढायो कोभिड-१९ भन्दा खतरनाक मानिने संक्रमणको खतरा #BirdFlu

बर्ड फ्लू कागको मृत्युले चिन्ता बढायो कोभिड-१९ भन्दा खतरनाक मानिने संक्रमणको खतरा #BirdFlu

by Nam Raj Bhatta
March 25, 2026
0

✍️ डा. केदार कार्की विगत केही वर्षका मेडिकल रिपोर्टहरूको समीक्षाले धेरै संक्रामक रोगहरूले मानिसहरूलाई गम्भीर रूपमा असर गरेको देखाएको छ। चाहे त्यो कोरोनाभाइरस होस्, मंकीपक्स होस्, निपा भाइरस...

सार्क क्षेत्रमा बर्ड फ्लू र यसको स्थानिकता – डा. केदार कार्की | Bird Flu and Its Endemicity in the SAARC Region – by Dr. Kedar Karki

सार्क क्षेत्रमा बर्ड फ्लू र यसको स्थानिकता #Birdflu

by Nam Raj Bhatta
March 21, 2026
0

✍️ डा. केदार कार्की नेपालमा फेरि बर्डफ्लु संक्रमण पुष्टि भएकाे छ ।  मोरङ जिल्लाको ग्रामथान-१ खुनियाकट्टा र बुढिगंगा -५ मा बर्डफ्लू देखिएको पशु सेवा विभागले  पुष्टि गरेको हो...

सानैदेखि सही बानी: बालबालिकाको दाँतलाई कसरी रोगमुक्त राख्ने?

सानैदेखि सही बानी: बालबालिकाको दाँतलाई कसरी रोगमुक्त राख्ने?

by Nam Raj Bhatta
March 12, 2026
0

✍️ डा. तारा शाह, बिडिएस हामी प्रायः भन्ने गर्छौं, "सानो बाँसको टुक्रा, त्यसैको सोझो पारो।" बाल्यकालमा पर्ने बानीले जीवनभरको स्वास्थ्यको जग बसाल्छ। यो कुरा दन्त स्वास्थ्यको सन्दर्भमा झन्...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, टेकु, काठमाडौं
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य कर कोषको सचिवालयको कार्यालय, काठमाडौं
Madira sewan ko asarharu DPHO Office Lalitpur
× Full size view
NEPDENT International Dental Trade Show
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    682 shares
    Share 273 Tweet 171
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    631 shares
    Share 252 Tweet 158
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    628 shares
    Share 251 Tweet 157
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    674 shares
    Share 301 Tweet 156
  • जाडोमा बच्चाको स्याहार कसरी गर्ने ? यी १४ ओटा उपाय जानी राखौं #wintercare

    617 shares
    Share 247 Tweet 154

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • इरानमा अत्यावश्यक औषधिको अभाव #Iran
  • अस्पतालमा प्रवेश निषेध गरेको प्रति औषधि प्रतिनिधि संघको आपत्ति, समाधानका लागि पहल गर्न आग्रह
  • सोपान फर्मास्यूटिकल्स लिमिटेडको आईपीओ आजदेखि खुला
  • डेन्टल एसोसिएसन बाँके शाखाको अध्यक्षमा डा. बजगाँई र महासचिवमा डा. न्यौपाने
  • ग्राण्डीमा ‘प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइयो

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.