Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ भाद्र १९
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

गर्भमा रहेको बच्चाको अङ्गप्रत्यङ्ग हेर्न एनोमली स्क्यान कहिले र किन गर्ने ?

Nam Raj Bhatta by Nam Raj Bhatta
February 27, 2024
in Articles
Reading Time: 1 min read
A A
0
गर्भमा रहेको बच्चाको अङ्गप्रत्यङ्ग हेर्न एनोमली स्क्यान कहिले र किन गर्ने ?
605
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️ डा. रमेश घिमिरे

मुख्य रुपमा आमाको पेटमा रहेको बच्चा पाँच महिनाको भएपछि एनोमली स्क्यान (Anomaly Scan) गरिन्छ ।

बच्चा आमाको पेटमा हुर्किरहेको बेला, शारीरिक अवस्था, अपाङ्गता, बच्चाको बृद्धिविकास कस्तो भईरहेको छ भनेर भिडियो एक्सरे मार्फत् जाँच्ने प्रविधिलाई एनोमली स्क्यान (Anomaly Scan) भनिन्छ ।

आमाको पेटमा रहेको बच्चा पाँच महिना पुगिसकेपछि बच्चाको सम्पूर्ण शारीरिक अवस्था जाँच गरिन्छ । टाउकोदेखि खुट्टासम्म सबै अङ्गको अवस्था जाँच गरिन्छ ।

एनोमली स्क्यान (Anomaly Scan) कहिले र किन गर्नुपर्छ?

एनोमली स्क्यान आमाको पेटमा पाँच महिनाको बच्चा भईसकेपछि गर्नुपर्छ । किनकि पाँच महिनापछि बच्चाको सम्पूर्ण अङ्ग विकास भईसकेको हुन्छ । बच्चामा कुनै कमजोरी छ भने यो समयमा देख्न सकिन्छ । पाँच महिनापछि भएका अङ्गहरुको बृद्धि विकास मात्रै हुने हो । पाँच महिनापछाडि किन नगर्ने त भन्दा बच्चा आमाको पेटमा ठूलो भइसकेको हुन्छ । जसले गर्दा बच्चा चल्ने फर्कने कुराहरु एकदमै कम हुन्छ, त्यसले गर्दा निश्चित पोजिसनमा बस्ने भएकाले सबै अङ्ग हेर्न सकिंदैन । त्यसैले एनोमली स्क्यान आमाको पेटमा पाँच महिनाको बच्चा भईसकेपछि गर्नु अति उत्तम हुन्छ । Second ramesh

एनोमली स्क्यानमा बच्चाको खुट्टादेखि टाउकोसम्मका सम्पूर्ण अङगहरुको अवस्था हेर्न मिल्ने हुँदा टाउकोमा पानी जमेको, कसैको टाउको नै नहुने, कसैको ब्रेन नै नहुने, नाक नै नभएको, आँखा नभएको, ओठ काटिएको, तालु फाटेको जस्ता समस्या देखिने गरेका छन् ।

यसैगरी फोक्सोमा समस्या, मुटुमा प्वाल परेको, मुटुको नसाहरु दायाबाया भएको, पेटबाट आन्द्रा बाहिर निस्केको, कलेजोमा समस्या, पिसाब थैलीमा समस्या, यौनअङ्गमा समस्या देखिने गरेका छन् । कुनै-कुनै बच्चाको हात नभएको र कसैको खुट्टा बाङ्गो भएको पनि भिडियो एक्सरे गर्ने क्रममा भेटिने गरेका छन् ।

बच्चाले सधैं मुठ्ठी पारेर राख्ने हुनाले एनोमली स्क्यानमा औंलाहरुको अवस्था देखिन्छ भन्ने चाहिं हुँदैन । यस्ता विविध समस्याहरु हामीले पहिचान गरिसकेपछि रिपोर्ट गाइनोक्लोजिष्टले हेर्नुहुन्छ र गर्भको बच्चालाई निरन्तरता दिने नदिने निर्कोल गर्नुहुन्छ । यसलाई उपचार गरेर सुधार गर्न सकिनेछ भने निरन्तरता दिन सकिन्छ । भोलि आमा बच्चा दुवै जनालाई हुन सक्ने समस्यलाई पहिल्यैपहिचान गर्न पनि एनोमली स्क्यान उत्तीकै महत्वपूर्ण छ ।Dr. Ramesh main

आर्थिक हिसाबले यो धेरै महँगो जाँच होइन । पछिल्लो समयमा जनचेतनाको विकास र सामाजिक सञ्जालबाट सही जानकारी लिएर पनि धेरै आमाहरू एनालोमी स्क्यान गर्नुपर्छ भनेर हामी कहाँ आइरहनुभएको छ।

[वरिष्ठ रेडियोलोजीष्ट डा. घिमिरे मौलाकालिका अस्पताल चितवनमा कार्यरत हुनुहुन्छ ।]

Tags: Anomoly scanDr. Ramesh GhimireMaulakalika hospital ChitwanRadiologyVdo x-ray
SummarizeShare246ScanTweet150

Related articles

स्थानीय बसको प्रतिस्पर्धा : काठमाडौंमा सवारी दुर्घटना बढ्नुको मुख्य कारण

बाढीपछि महामारीको निश्चितता – अब ढिला गर्ने समय छैन !

by Nam Raj Bhatta
August 29, 2026
0

नेपालको पहाडी तथा तराई क्षेत्रमा गएको विनाशकारी बाढी र पहिरोले लाखौंको जीवन प्रभावित बनाएको छ। हजारौं विस्थापित, सयौं बेपत्ता र सयौंको मृत्यु – यो ताजा तथ्यांक मात्र हो।...

प्रेसरको औषधी आफूखुशी बीचमै छोड्दा आँखा, किड्नी र मुटुमा असर पर्न सक्छ : डा. मानबहादुर केसी

प्रेसरको औषधी आफूखुशी बीचमै छोड्दा आँखा, किड्नी र मुटुमा असर पर्न सक्छ : डा. मानबहादुर केसी

by Nam Raj Bhatta
August 26, 2026
0

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. मान बहादुर केसीले उच्च रक्तचाप (प्रेसर) का बिरामीहरुले चिकित्सकको सल्लाहबिना औषधि बीचमै छोड्न नहुने बताएका छन्। डा. केसीका अनुसार, प्रेसरको औषधि मनलाग्दी रूपमा बीचमै...

स्थानीय बसको प्रतिस्पर्धा : काठमाडौंमा सवारी दुर्घटना बढ्नुको मुख्य कारण

स्थानीय बसको प्रतिस्पर्धा : काठमाडौंमा सवारी दुर्घटना बढ्नुको मुख्य कारण

by Nam Raj Bhatta
August 12, 2026
0

✍️ डा. सतीश कुमार साह लेक्चरर काठमाडौं उपत्यकाको सडकमा हरेक दिन सयौं सवारी साधन गुड्छन् । तर, यी सडकहरू दैनिकजसो दुर्घटनाको दृश्य बन्न पुगेका छन् । पछिल्लो तथ्यांक...

हातको उपचारमा नयाँ विशेषज्ञता गरेका डा. बिकाशले बुटवलमै पहिलोपटक Hand & Upper Limb Surgery सेवा

हातको उपचारमा नयाँ विशेषज्ञता गरेका डा. बिकाशले बुटवलमै पहिलोपटक Hand & Upper Limb Surgery सेवा

by Nam Raj Bhatta
August 4, 2026
0

मानव शरीरको अत्यन्त महत्वपूर्ण अंगमध्ये हात पनि एक हो। दैनिक जीवनका अधिकांश कामदेखि व्यावसायिक तथा सामाजिक गतिविधिसम्म हातको भूमिका महत्वपूर्ण हुन्छ। हातमा चोटपटक वा अन्य कुनै समस्या आएमा...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    862 shares
    Share 345 Tweet 216
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    703 shares
    Share 281 Tweet 176
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    690 shares
    Share 297 Tweet 164
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    697 shares
    Share 310 Tweet 161
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    645 shares
    Share 258 Tweet 161

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • भोटेकोशी बाढीपीडितका लागि ॐ हस्पिटलद्वारा १५ लाख सहयोग
  • बाढीपीडितको सहयोगका लागि एभरेष्ट हस्पिटलद्वारा ६ लाख ३४ हजार बढी सहयोग
  • प्रसूति गृहको ६७औं वार्षिकोत्सवको औपचारिक कार्यक्रम नहुने
  • यतिकेम ग्रुपद्वारा बाढीपीडितलाई रू ५५ लाख सहयोग
  • शर्मा एन्ड कम्पनी तथा सञ्जीवनी ग्रुपद्वारा बाढी प्रभावितलाई १ करोड ५१ लाख सहयोग

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.