10th Nepal Pharma Expo 2026 Kathmandu
आज: २०८२ फाल्गुन ११
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

निषेधाज्ञा खुलेपछि सुरक्षित भएर काम गरौँ : डा. रवीन्द्र पाण्डे

Nam Raj Bhatta by Nam Raj Bhatta
September 9, 2020
in Research & Study
Reading Time: 2 mins read
A A
1
निषेधाज्ञा खुलेपछि सुरक्षित भएर काम गरौँ : डा. रवीन्द्र पाण्डे
604
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

डा. रवीन्द्र पाण्डे ,  जनस्वास्थ्य विज्ञ

सरकारले काठमाडौं उपत्याकामा भोलिदेखि लागु हुने गरि निषेधाज्ञा खुकुलो बनाएको छ । यो निर्णय आम जनताको पक्षमा छ ।‌ हामीले बुझ्नुपर्छ कि निषेधाज्ञा खुकुलो बनाएको कोरोना संक्रमण घटेर होइन । आम जनतालाई आर्थिक, सामाजिक तथा मनोबैज्ञानिक भार परेको कारण निषेधाज्ञा खुकुलो भएको हो ।

सरकारले बल हाम्रो हातमा दिएको छ ।

अब हामी सबैले निम्न कार्यहरु अबलम्बन गरौँ :

– बालबालिका, जेष्ठ नागरिक तथा दीर्घरोग भएका व्यक्तिहरु घरभित्र बस्ने । सकभर घरभित्र पनि छुट्टै कोठामा बस्ने । काम गर्न बाहिर जाने व्यक्तिसंग दुरी कायम गर्ने । कुरा गर्दा मास्क लगाउने ।

– मर्निंग वाक वा इभिनिंग वाक घरमै गर्ने ।

– खुल्यो भनेर बिनाकाम घरबाहिर नजाने ।घरबाहिर जति छोंटो समय बितायो त्यति धेरै सुरक्षित हुने सम्भावना धेरै हुन्छ ।

– घरबाहिर निस्कँदा अनिबार्य रुपमा सहि तरिकाले मास्क लगाउने । सम्भव भएसम्म २ मिटरको दुरी कायम गर्ने। भीडभाडमा नजाने, भीडभाड नगर्ने ।

– सार्वजनिक यातायात प्रयोग गर्दा मास्क तथा पंजा लगाउने । स्यानिटाइजरले हात सफा  गरिरहने । बिशेष सतर्क हुने ।

– हरेक पसलले व्यक्तिगत दुरी कायम हुनेगरि काउन्टरको ब्यबस्थापन गर्ने । मास्क नलगाएका ग्राहकलाई मास्क दिने। सबैको लागि ठूलो स्यानिटाइजर राख्ने । झ्यालढोका खोलेर भेन्टिलेसनको प्रत्याभूति गर्ने ।

– सकभर हरेक पसलमा परल मुल्यमा सस्तो मास्क तथा स्यानिटाइजर बिक्रीवितरण गर्न राख्ने ।
– ग्राहक ब्यबस्थापन कुशल ढंगले गर्ने । भीडभाड नगराउने ।

– पसल र हरेक सामान संक्रमणरहित बनाउने ।

– चियापसल, कफीसप तथा पसलमा साथीहरु संगै बस्ने, गफ गर्ने, चुरोट खाने, सुर्ती मोलेर बाँड्ने, थुक्ने जस्ता काम नगर्ने ।

FB IMG 1599563246665– कुन व्यक्ति संक्रमित छ, कुन व्यक्ति छैन भन्ने अनुहार, सम्बन्ध, शिक्षा, पद आदि हेरेर थाहा हुँदैन ।‌हरेक व्यक्तिसंग सुरक्षित ब्यबहार गर्ने ।

– सामान किन्दा धेरै छान्ने काम नगर्ने । किनमेलको लिस्ट घरमै बनाएर जाने । पसलहरुमा एकदम छोंटो समय बिताउने ।जति लामो समय पसलभित्र वा बसभित्र बस्यौं, त्यति नै जोखिम हुन्छ ।

– सकभर तरकारी बजारबाट तरकारी नकिन्ने । घर नजिकको पसलबाट किन्ने । बसेर छान्ने, छाम्ने काम नगर्ने ।

– डिपार्टमेन्टल स्टोर तथा सपिंग मलमा पर्याप्त भेन्टिलेसन हुँदैन । तसर्थ आफुले बनाएको लिस्ट अनुसार फटाफट किनेर बाहिरिने । लामो समय नबिताउने ।

– भोको, मास्क किन्न नसकेको तथा समस्यामा परेका व्यक्तिलाई सक्दो सहयोग गरेर पुन्य कमाउने । कमाउने कुरा पैसासंग मात्र जोडिएको हुँदैन । पुण्यभन्दा ठूलो कमाइ अरु केहि हुँदैन ।

– बैंक, कर कार्यालय, वडा कार्यालय, यातायात कार्यालय, मालपोत, बिद्युत आदि जनसम्पर्कका कार्यालयले हरेक बैंकका हरेक शाखाबाट भुक्तानी गर्न मिल्ने ब्यबस्था मिलाउने । क्यासलेस लेनदेनलाई प्रेरित गर्ने । टाइम कार्ड लागु गरेर भीड नियन्त्रण गर्ने । फाइललाई डिजिटल बनाउने ।

– रुघाखोकी, ज्वरो वा अन्य स्वास्थ्य समस्या भए घरमै आराम गर्ने । बिरामी हुँदा आफुले अरुलाई सार्ने मात्र होइन अरुको संक्रमण आफुलाई छिटो सर्ने खतरा पनि हुन्छ ।

FB IMG 1599650546504– सकभर पानी, खाजा घरबाट लिएर जाने वा सफा र झ्यालहरु धेरै भएको रेस्टुरेन्टमा सुरक्षित रुपमा खाने ।

– आफ्नो पसल जति धेरै सफा गरिन्छ, जति धेरै मापदण्ड पुर्याएर संचालन गरिन्छ तथा जति धेरै आफ्ना कामदारलाई सफा बनाइन्छ, त्यति धेरै चल्छ । यो सुत्र सबैले अपनाउने ।

– कामबाट घरमा आएपछि मास्क, चस्मा, झोला, बाहिरी कपडा आदिलाई छुट्टै ठाउँमा राख्ने, नुहाउने अनि मात्र परिवारसंग घुलमिल हुने ।

– ग्राहकलाई सुरक्षित बनाउनु हरेक व्यवसायीको दायित्व हो ।

– हामी सबैले जनस्वास्थ्यका मापदण्ड अबलम्बन गर्यौं भने संक्रमण घट्दै जान्छ ।संक्रमण घटेपछि लकडाउन वा निषेधाज्ञा हुँदैन । हामी पनि सुरक्षित हुन्छौं ।

Tags: #Dr.Rabindra Pandey#Health and population ministry#kathmanduCorona Virus #Covid19News
SummarizeShare253ScanTweet146

Related articles

बागलुङका स्वास्थ्य संस्थामा डेंगु परीक्षण किट अभाव

सुदूरपश्चिममा डेंगीबाट तीन वर्षमा सात हजारभन्दा बढी प्रभावित

by Nam Raj Bhatta
February 22, 2026
0

कञ्चनपुर, १० फागुन २०८२ सुदूरपश्चिम प्रदेशमा अझैपनि डेंगी संक्रमणको जोखिम देखिएको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्यांकअनुसार, विगत तीन आर्थिक वर्षमा प्रदेशभर डेंगीबाट संक्रमित हुनेको संख्या सात हजार...

सञ्चार, गलत जानकारी र मानसिक स्वास्थ्य #Mentalhealth

सञ्चार, गलत जानकारी र मानसिक स्वास्थ्य #Mentalhealth

by Nam Raj Bhatta
October 9, 2025
0

✍️ डा. कन्चन दाहाल, मनोरोग विशेषज्ञ  जेनजी क्रान्तिले नेपालको सामाजिक चेतनामा ठूलो हलचल ल्याएको छ। तर यसका बीचमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत गलत समाचार, अतिरञ्जना र भ्रम फैलिरहेकाले...

डोटीका डा. ज्ञानेन्द्र जोशी विश्वका शीर्ष २% वैज्ञानिकको सूचीमा

डोटीका डा. ज्ञानेन्द्र जोशी विश्वका शीर्ष २% वैज्ञानिकको सूचीमा

by Nam Raj Bhatta
September 26, 2025
0

काठमाडौं, १० असोज २०८२ सुदुरपश्चिम डोटीका कृत्रिम बुद्धिमत्ता (AI) विशेषज्ञ डा. ज्ञानेन्द्र प्रसाद जोशी स्ट्यानफोर्ड युनिवर्सिटी र एल्सेभियरको २०२५ को “विश्वका शीर्ष २% वैज्ञानिक” को प्रतिष्ठित सूचीमा परेका...

सुर्तीजन्य पदार्थ नियन्त्रण नहुँदा नसर्ने रोगको प्रकोप बढ्यो 

सुर्तीजन्य पदार्थ नियन्त्रण नहुँदा नसर्ने रोगको प्रकोप बढ्यो 

by Nam Raj Bhatta
May 31, 2025
0

काठमाडौं, १६ जेठ २०८२ नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण नहुँदा नसर्ने रोगको प्रकोप बढ्दै गएको छ। पछिल्लो तथ्यांक अनुसार नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट वार्षिक ३९ हजार २०० मानिसको ज्यान...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×

लोकप्रिय पोस्टहरू (Popular posts)

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    623 shares
    Share 249 Tweet 156
  • शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप-प्राध्यापक

    600 shares
    Share 240 Tweet 150
  • नेपालमा NCD, OOP र बीमा: सजिलो प्रश्नोत्तर #Insurence 

    597 shares
    Share 239 Tweet 149
  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    592 shares
    Share 237 Tweet 148
  • निसर्ग अस्पतालका डा. पन्तलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान

    591 shares
    Share 236 Tweet 148

This slideshow requires JavaScript.

Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • नेपालमा मानसिक स्वास्थ्य: औषधि सेवन गर्नु लाज होइन, साहसको कदम
  • सुदूरपश्चिममा डेंगीबाट तीन वर्षमा सात हजारभन्दा बढी प्रभावित
  • म्याक्स हेल्थकेयरको रोबोटिक्स इन गायनाकोलोजी कन्क्लेभमा १२० भन्दा बढी वरिष्ठ चिकित्सकको सहभागिता
  • नेपाल बैंक र सिग्मा डायग्नोस्टिक्स ल्यावरेटरी प्रा. लि. बिच सम्झौता
  • फागुन १५ भित्र जेन-जी घाइतेको विवरण उपलब्ध गराउन स्वास्थ्य सरकारको निर्देशन

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti to Unicode
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy Policy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.