Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ असार २८
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

बालबालिका र मानसिक समस्या

Nam Raj Bhatta by Nam Raj Bhatta
September 23, 2020
in Research & Study
Reading Time: 1 min read
A A
6
बालबालिका र मानसिक समस्या
696
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

१) वर्तमान अवस्थामा बालबालिकाहरू लाई देखिने मनोरोग समस्या कस्तो छ ?

  •  बर्तमान अवस्थामा भन्दा पनि पहले देखि नै बालबालिकामा मानसिक समस्या देखिएको हो , तर अहिले यसको पहिचान धेरै भएको कारणले गर्दा समस्या बढ्दै गएको हो कि जस्तो मात्र बुझ्न सकिन्छ। साधारण अर्थमा ६ वर्ष मुनिका बालबालिकाहरुमा विकाससम्बन्धी हुने समस्या बुझ्छौं । जसअन्तर्गत बौद्धिक क्षमता कम हुने समस्या , सामाजिक अन्तरक्रिया सम्बन्धी हुने समस्या , पढाइ सम्बन्धि हुने समस्या, व्यवहार सम्वन्धि समस्या हुन्छन्। ६ वर्ष भन्दा माथिको बालबालिकामा व्यवहारमा समस्या , चिन्ता र डरको समस्या , उदासीनता , तनाव सम्बन्धी समस्याहरु हुन्छन्।
  • किशोरकिशोरीमा माथि भनेको समस्याहरु संगसंगै देखिने समस्याहरु लागूपदार्थको लतमा पर्ने समस्या आत्महत्याको हानी वा आत्महत्याको प्रयास , मोबाइलमा समय धेरै बिताउने भएका कारण बालबालिकाहरुमा मानसिक समस्या हुन सक्छ।
  • अन्त्यमा बालबालिकाहरुमा पनि कडा किसिमको मानसिक समस्या हुन सक्छ । जस्तै: साइकोसिस (psychosis) र बाइपोलर (bipolar) डिसअर्डर ( disorder.)

२) कोभिडको समयमा बालबालिकाहरुलाई कस्ता-कस्ता मनोबैज्ञानीक समस्याहरु हुन सक्छन्?

  • कोभिडको अवस्थामा बालबालिकामा देखिने मनोबैज्ञानीक समस्या धेरै प्रकारका हुन सक्छन्। जुन बालबालिकामा पहिलेदेखि मानसिक समस्याहरु छन भने कोभिडका कारण झन ती समस्या बढ्दै गइरहेकोअथवा बल्झिने हुन सक्छ। त्यस्तो अवस्थामा बालबालिकाहरुले जुन किसिमको स्वास्थ्य सेवा सुविधा पाउनुपर्ने हो त्यसै किसिमको वातावरण नपाएको कारण समस्या हुन्छ। यस बाहेक हुने समस्याहरु मा संक्रमण हुन्छन् कि भन्ने डर ,त्रास वा चिन्ता या आफ्नो परिवारको कोही संक्रमण हुन्छन् भन्ने डर , छिटो छिटो रिसाउने , आनीबानीमा परिवर्तन आउने , निन्द्रा र खानपानमा गडबडी , तनावले गर्दा टाउको भारी हुने,सास फेर्न गाह्रो हुने, बेहोस हुने , अनि किशोर किशोरी हरुमा दिक्क भए जस्तो लाग्ने , फ्रुस्ट्रेसन हुने , भबिष्यको बारेमा अन्योलमा पर्ने मोबाइल र ग्याडजेटमा धेरै समय बिताउने, उदासीनता , आत्मा हानिहरु हुने गर्दछ। . बालबालिका स्वयम् आइसोलेसन या क्वारेन्टाइनमा‌ छ भने झन धेरै तनावको लक्षणहरु देखिन्छ।

३) वयस्क अवस्था र बालबालिकाहरूको मानसिक समस्यालाई कसरी छुट्याउन सकिन्छ?

  • वयस्कहरुमा र बालबालिकामा देखिने मानसिक समस्याहरु लाई समग्रमा कसरी छुट्याउन सकिन्छ भने सानासाना बालबालिका हरुमा शारीरिक लक्षण आउने बानीमा परिवर्तन हुन सक्छ र भावनात्मक लक्षण हरु पनि देखिन सक्छ। तर धेरै जसो स-साना बालबालिकाहरुले वयस्कहरु जस्तो आफ्नो मनको कुरा ब्यक्त गर्न सक्दैन।
  • शारीरिकसमस्या अन्तर्गत :
  • टाउको दुख्ने, पेट दुख्ने हातखुट्टा हरु दुख्ने, कमजोर महसुस हुने, छाती दुख्ने ,सास फेर्न गाह्रो हुने, पटकपटक बेहोस हुने, छाती भारी हुने गर्दछ ।
  • व्यावहारिक समस्या अन्तर्गत:
    छिटो छिटो रिसाउने, भनेको नसुन्ने अटेरी हुने, स्कुल जान नमान्ने या पढाईमा‌ रुचि नदेखाउने , उमेर बढ्दै जाँदा पिसाब र दिशा रोकथाम गर्न सकेपनि मानसिक समस्याका कारण बच्चाहरुले दिसापिसाब बेडमै या कपडामै गरिदिने , कराउने, स-साना कुराहरुलाई लिएर रिसाउने , आफैंलाई चोट पुर्याउने या अरुलाई पनि चोट पुर्याउन सक्छन।
  • भावनात्मक समस्या हरु अन्तर्गत:
  • रिसाउने
  •  उदास हुने
  •  डर त्रास वा चिन्ता हुने

४) बालबालिकाहरुमा मनोबैज्ञानीक समस्या देखापरेमा के-कस्ता उपचार उपलब्ध गराउन सकिन्छ?

  • बालबालिकाहरूका मानसिक समस्यामा पनि ठूला वडाहरुका जस्तै उपचार हरु उपलब्ध हुने गर्दछ। बालबालिकाहरुमा धेरैजसो चाहिँ परामर्श, थेरापी, अर्ली इन्टरभेसन ( early intervention ) र परिवारसँग परामर्शको आवश्यकता हुन्छ। यसको साथसाथै दबाइको पनि उपचार चाहिँ हुन्छ । बालबालिकाहरुमा समान्य तथा कडा खालको मानसिक समस्या पनि हुन सक्छ। यस्तै समस्या अनुसारको थेरापी काउन्सिलीङबाट उपचार गर्नुपर्छ। धेरै कडा खालको समस्या छ भने दबाइ अनुसार पनि उपचार गर्नुपर्ने हुन्छ।

५) अन्तमा बालबालिकाहरूको मनोरोग सम्बन्धी तपाईंको सुझाव के छ?

  •  बालबालिकाहरूको मनोरोग सम्बन्धी मेरो सुझाव भन्नुपर्दा वयस्कहरुमा देखिने समस्या जस्तै बालबालिकालाई पनि समान्य र कडा खालको मानसिक समस्या हुन सक्छ। बालबालिकाहरुका मानसिक समस्याहरु जति छिटो पहिचान गर्न सकिन्छ त्यति नै छिटो र पुरै समस्या समाधान गर्न सकिन्छ। बालबालिकामा मनोरोग भएमा अभिभावक या परिवारको ठूलो भूमिका हुन्छ। अभिभावकहरुले बालबालिकाले भनेको कुरा या भन्न खोजेको कुरालाई ध्यान दिएर सुन्ने र बुझ्ने प्रयास गर्न पर्छ। आफ्नो बालबालिकामा मनोरोगको समस्या हो कि जस्तो लाग्यो भने तुरुन्तै नजिकैको मनोचिकित्सक या चिकित्सक मनोविद संग सरसल्लाह गर्न एकदम जरुरी हुन्छ।
  • [डा.कार्की सँग स्वास्थ्य पत्रकार नमराज भट्टले गरेको कुराकानीमा आधारित ]

Tags: #Health and population ministryChild HealthCorona Virus #Covid19Dr.Utkarsh karkiEarly childhoodKanti Bal hospitalPsychiatry
SummarizeShare342ScanTweet148

Related articles

शहरी क्षेत्रमा GP Clinic को बढ्दो महत्त्व: सूर्यविनायकको HPN Clinic उदाहरणीय

शहरी क्षेत्रमा GP Clinic को बढ्दो महत्त्व: सूर्यविनायकको HPN Clinic उदाहरणीय

by Nam Raj Bhatta
June 26, 2026
0

नेपालमा शहरीकरण तीव्र गतिमा बढ्दै जाँदा प्राथमिक स्वास्थ्य सेवा (Primary Health Care) को आवश्यकता पनि उत्तिकै बढेको छ। विशेषगरी General Practitioner (GP) Clinic हरूले बिरामीलाई प्रारम्भिक मूल्याङ्कन, उचित...

क्यान्सरको एउटै लक्षण हुँदैन, एक–डेढ महिनासम्म निको नभएको समस्या बेवास्ता नगर्नुहोस् : डा. सुदीप श्रेष्ठ

क्यान्सरको एउटै लक्षण हुँदैन, एक–डेढ महिनासम्म निको नभएको समस्या बेवास्ता नगर्नुहोस् : डा. सुदीप श्रेष्ठ

by Nam Raj Bhatta
June 25, 2026
0

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठका अनुसार क्यान्सरको कुनै एउटै निश्चित लक्षण हुँदैन। शरीरको जुन अंगमा क्यान्सर हुन्छ, त्यसैअनुसार लक्षण देखिने भएकाले क्यान्सरलाई एउटै लक्षणबाट चिन्न सकिँदैन।...

२०% मात्र काम गरिरहेको अत्यन्त कमजोर मुटुमा पनि सफल बाइपास सर्जरी सम्भव : डा. विश्व पोखरेल

२०% मात्र काम गरिरहेको अत्यन्त कमजोर मुटुमा पनि सफल बाइपास सर्जरी सम्भव : डा. विश्व पोखरेल

by Nam Raj Bhatta
June 24, 2026
0

ठूलो हृदयघात (हार्ट अट्याक) पछि मुटुको कार्यक्षमता केवल २० प्रतिशत सम्म झरेका बिरामीहरूको समेत सफलतापूर्वक बाइपास शल्यक्रिया नेपालमै भइरहेको वरिष्ठ कार्डियाक सर्जन डा. विश्व पोखरेलले बताएका छन्। उनका...

बागलुङका स्वास्थ्य संस्थामा डेंगु परीक्षण किट अभाव

सुदूरपश्चिममा डेंगीबाट तीन वर्षमा सात हजारभन्दा बढी प्रभावित

by Nam Raj Bhatta
February 22, 2026
0

कञ्चनपुर, १० फागुन २०८२ सुदूरपश्चिम प्रदेशमा अझैपनि डेंगी संक्रमणको जोखिम देखिएको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्यांकअनुसार, विगत तीन आर्थिक वर्षमा प्रदेशभर डेंगीबाट संक्रमित हुनेको संख्या सात हजार...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    829 shares
    Share 332 Tweet 207
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    693 shares
    Share 277 Tweet 173
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    637 shares
    Share 255 Tweet 159
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    689 shares
    Share 307 Tweet 159
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    636 shares
    Share 254 Tweet 159

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • काठमाडौं क्यान्सर सेन्टरले भित्र्यायो नेपालमा पहिलो पटक ‘कार टी सेल’ थेरापी
  • निसर्ग हस्पिटलका मेडिकल डाइरेक्टर डा. अन्सारी SSN च्याप्टरको अध्यक्षमा सर्वसम्मत निर्वाचित
  • क्वेष्ट फर्मास्यूटिकल्स प्रालिले मनायो रजत जयन्ती
  • नबिल बैंकको आर्थिक सहयोग र सुष्मा कोइराला मेमोरियल अस्पतालको प्राविधिक सहकार्यमा जलेका बिरामीलाई निःशुल्क उपचार
  • राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा डा. मिश्र नियुक्त

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.