आज मिति : २०७९ चैत्र १३
  • Login
Health News Nepal
Kailali Hospital Dhangadhi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result

बालबालिका र मानसिक समस्या

Nam Raj Bhatta by Nam Raj Bhatta
September 23, 2020
in Research & Study
A A
6
बालबालिका र मानसिक समस्या
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

१) वर्तमान अवस्थामा बालबालिकाहरू लाई देखिने मनोरोग समस्या कस्तो छ ?

  •  बर्तमान अवस्थामा भन्दा पनि पहले देखि नै बालबालिकामा मानसिक समस्या देखिएको हो , तर अहिले यसको पहिचान धेरै भएको कारणले गर्दा समस्या बढ्दै गएको हो कि जस्तो मात्र बुझ्न सकिन्छ। साधारण अर्थमा ६ वर्ष मुनिका बालबालिकाहरुमा विकाससम्बन्धी हुने समस्या बुझ्छौं । जसअन्तर्गत बौद्धिक क्षमता कम हुने समस्या , सामाजिक अन्तरक्रिया सम्बन्धी हुने समस्या , पढाइ सम्बन्धि हुने समस्या, व्यवहार सम्वन्धि समस्या हुन्छन्। ६ वर्ष भन्दा माथिको बालबालिकामा व्यवहारमा समस्या , चिन्ता र डरको समस्या , उदासीनता , तनाव सम्बन्धी समस्याहरु हुन्छन्।
  • किशोरकिशोरीमा माथि भनेको समस्याहरु संगसंगै देखिने समस्याहरु लागूपदार्थको लतमा पर्ने समस्या आत्महत्याको हानी वा आत्महत्याको प्रयास , मोबाइलमा समय धेरै बिताउने भएका कारण बालबालिकाहरुमा मानसिक समस्या हुन सक्छ।
  • अन्त्यमा बालबालिकाहरुमा पनि कडा किसिमको मानसिक समस्या हुन सक्छ । जस्तै: साइकोसिस (psychosis) र बाइपोलर (bipolar) डिसअर्डर ( disorder.)

२) कोभिडको समयमा बालबालिकाहरुलाई कस्ता-कस्ता मनोबैज्ञानीक समस्याहरु हुन सक्छन्?

  • कोभिडको अवस्थामा बालबालिकामा देखिने मनोबैज्ञानीक समस्या धेरै प्रकारका हुन सक्छन्। जुन बालबालिकामा पहिलेदेखि मानसिक समस्याहरु छन भने कोभिडका कारण झन ती समस्या बढ्दै गइरहेकोअथवा बल्झिने हुन सक्छ। त्यस्तो अवस्थामा बालबालिकाहरुले जुन किसिमको स्वास्थ्य सेवा सुविधा पाउनुपर्ने हो त्यसै किसिमको वातावरण नपाएको कारण समस्या हुन्छ। यस बाहेक हुने समस्याहरु मा संक्रमण हुन्छन् कि भन्ने डर ,त्रास वा चिन्ता या आफ्नो परिवारको कोही संक्रमण हुन्छन् भन्ने डर , छिटो छिटो रिसाउने , आनीबानीमा परिवर्तन आउने , निन्द्रा र खानपानमा गडबडी , तनावले गर्दा टाउको भारी हुने,सास फेर्न गाह्रो हुने, बेहोस हुने , अनि किशोर किशोरी हरुमा दिक्क भए जस्तो लाग्ने , फ्रुस्ट्रेसन हुने , भबिष्यको बारेमा अन्योलमा पर्ने मोबाइल र ग्याडजेटमा धेरै समय बिताउने, उदासीनता , आत्मा हानिहरु हुने गर्दछ। . बालबालिका स्वयम् आइसोलेसन या क्वारेन्टाइनमा‌ छ भने झन धेरै तनावको लक्षणहरु देखिन्छ।

३) वयस्क अवस्था र बालबालिकाहरूको मानसिक समस्यालाई कसरी छुट्याउन सकिन्छ?

  • वयस्कहरुमा र बालबालिकामा देखिने मानसिक समस्याहरु लाई समग्रमा कसरी छुट्याउन सकिन्छ भने सानासाना बालबालिका हरुमा शारीरिक लक्षण आउने बानीमा परिवर्तन हुन सक्छ र भावनात्मक लक्षण हरु पनि देखिन सक्छ। तर धेरै जसो स-साना बालबालिकाहरुले वयस्कहरु जस्तो आफ्नो मनको कुरा ब्यक्त गर्न सक्दैन।
  • शारीरिकसमस्या अन्तर्गत :
  • टाउको दुख्ने, पेट दुख्ने हातखुट्टा हरु दुख्ने, कमजोर महसुस हुने, छाती दुख्ने ,सास फेर्न गाह्रो हुने, पटकपटक बेहोस हुने, छाती भारी हुने गर्दछ ।
  • व्यावहारिक समस्या अन्तर्गत:
    छिटो छिटो रिसाउने, भनेको नसुन्ने अटेरी हुने, स्कुल जान नमान्ने या पढाईमा‌ रुचि नदेखाउने , उमेर बढ्दै जाँदा पिसाब र दिशा रोकथाम गर्न सकेपनि मानसिक समस्याका कारण बच्चाहरुले दिसापिसाब बेडमै या कपडामै गरिदिने , कराउने, स-साना कुराहरुलाई लिएर रिसाउने , आफैंलाई चोट पुर्याउने या अरुलाई पनि चोट पुर्याउन सक्छन।
  • भावनात्मक समस्या हरु अन्तर्गत:
  • रिसाउने
  •  उदास हुने
  •  डर त्रास वा चिन्ता हुने

४) बालबालिकाहरुमा मनोबैज्ञानीक समस्या देखापरेमा के-कस्ता उपचार उपलब्ध गराउन सकिन्छ?

  • बालबालिकाहरूका मानसिक समस्यामा पनि ठूला वडाहरुका जस्तै उपचार हरु उपलब्ध हुने गर्दछ। बालबालिकाहरुमा धेरैजसो चाहिँ परामर्श, थेरापी, अर्ली इन्टरभेसन ( early intervention ) र परिवारसँग परामर्शको आवश्यकता हुन्छ। यसको साथसाथै दबाइको पनि उपचार चाहिँ हुन्छ । बालबालिकाहरुमा समान्य तथा कडा खालको मानसिक समस्या पनि हुन सक्छ। यस्तै समस्या अनुसारको थेरापी काउन्सिलीङबाट उपचार गर्नुपर्छ। धेरै कडा खालको समस्या छ भने दबाइ अनुसार पनि उपचार गर्नुपर्ने हुन्छ।

५) अन्तमा बालबालिकाहरूको मनोरोग सम्बन्धी तपाईंको सुझाव के छ?

  •  बालबालिकाहरूको मनोरोग सम्बन्धी मेरो सुझाव भन्नुपर्दा वयस्कहरुमा देखिने समस्या जस्तै बालबालिकालाई पनि समान्य र कडा खालको मानसिक समस्या हुन सक्छ। बालबालिकाहरुका मानसिक समस्याहरु जति छिटो पहिचान गर्न सकिन्छ त्यति नै छिटो र पुरै समस्या समाधान गर्न सकिन्छ। बालबालिकामा मनोरोग भएमा अभिभावक या परिवारको ठूलो भूमिका हुन्छ। अभिभावकहरुले बालबालिकाले भनेको कुरा या भन्न खोजेको कुरालाई ध्यान दिएर सुन्ने र बुझ्ने प्रयास गर्न पर्छ। आफ्नो बालबालिकामा मनोरोगको समस्या हो कि जस्तो लाग्यो भने तुरुन्तै नजिकैको मनोचिकित्सक या चिकित्सक मनोविद संग सरसल्लाह गर्न एकदम जरुरी हुन्छ।
  • [डा.कार्की सँग स्वास्थ्य पत्रकार नमराज भट्टले गरेको कुराकानीमा आधारित ]

Tags: #Health and population ministryChild HealthCorona Virus #Covid19Dr.Utkarsh karkiEarly childhoodKanti Bal hospitalPsychiatry
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

असोज ७ गते एकैदिन१८९३ जना डिस्चार्ज हुँदा ११७२ जना संक्रमित थपिए #Covid19

Next Post

फेरि थपिए असोज ८ मा १४९७ जना नयाँ संक्रमित #Covid19

Related articles

Global health politics.
Articles

Global Health Politics.

3 days ago
471
विद्यालय भर्ना हुनु भन्दा पूर्व विद्यार्थीको आँखा जाँच हुनु अत्यन्तै प्रभावकारी
Research & Study

विद्यालय भर्ना हुनु भन्दा पूर्व विद्यार्थीको आँखा जाँच हुनु अत्यन्तै प्रभावकारी

9 months ago
471
स्वास्थ्य अनुसन्धान परिषद्को आठौं शिखर सम्मेलन चैत २७ देखि २९ सम्म हुँदै
News

स्वास्थ्य अनुसन्धान परिषद्को आठौं शिखर सम्मेलन चैत २७ देखि २९ सम्म हुँदै

12 months ago
471
नेपालमा पहिलोपटक सामुदायिक बालवालिका आँखा कार्यक्रम सुरुवात : डा. बेन लिम्बू
News

नेपालमा पहिलोपटक सामुदायिक बालवालिका आँखा कार्यक्रम सुरुवात : डा. बेन लिम्बू

12 months ago
471
आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्य सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम धनगढीमा
News

आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्य सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम धनगढीमा

1 year ago
471
के अबको संसार भ्याक्सिनमै निर्भर हो त?
Research & Study

के अबको संसार भ्याक्सिनमै निर्भर हो त ?

2 years ago
471
Next Post
सुदुरपश्चिममा थप ३६ सहित कुल संक्रमितको संख्या ५ हजार ७ सय नाघ्यो

फेरि थपिए असोज ८ मा १४९७ जना नयाँ संक्रमित #Covid19

Comments 6

  1. Pingback: स्वास्थ्यमन्त्रीमा हृदयेस त्रिपाठीको जिम्मेवारी अरु मन्त्रीहरुको पनि हेरफेर #Healthministry • Health News Nepal
  2. Pingback: मानसिक स्वास्थ्य सेवा बिस्तारमा सुदूरपश्चिम #MentalHealth • Health News Nepal
  3. Pingback: नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा‌ प्रज्वल जंग पाण्डे नियुक्त #pharmacyCouncil • Health News Nepal
  4. Pingback: बिरामीको आफन्त माथि यौन दुर्व्यवहार गर्ने डाक्टर पक्राउ • Health News Nepal
  5. Pingback: कोरोनाको कारण ४० प्रतिशतमा निन्द्रा नआउने समस्या, कसरी समाधान गर्ने? • Health News Nepal
  6. Pingback: मनोपरामर्श लिऔँ, मनोबल बढाऔं, कोरोना जितिन्छ • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Krishnapur Nagarpalika Bipanna Nagarik Upachar Kosh Notice
Dadura awareness message Sudurpaschim
Patan Municipality Baitadi 8 disease notice
Godawari Municipality Kailali Health Offering
Kageshwori Manohara Municipality Office Covid Awareness Message
जाडोमा आगो ताप्दा वा हिटर बाल्दा अपनाउनु पर्ने साबधानीहरु
जाडोमा आगो ताप्दा वा हिटर बाल्दा अपनाउनु पर्ने साबधानीहरु
Blood Glucose Monitoring device at Sudeep International
Blood glucose monitoring device at sudeep international

सूचनाहरु

Parashuram Nagarpalika Suchana
Pauwadungma Rural Municipality 8 Kada Rog Sifaris Notice
Sudurpaschim pradesh health promotion center fire awareness message
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
National Trauma Centre KathmanduNational Trauma Centre Kathmandu

सहयोगी सामाग्रीहरु

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Connect With Us

Popular News

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In